[Show all top banners]

SaruBhakta-II
Replies to this thread:

More by SaruBhakta-II
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 MERO KABITA - "BHAUTE"

[Please view other pages to see the rest of the postings. Total posts: 310]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 146906 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 06-18-05 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो स्याङजा: मेरो सम्झना
(शिखरिणी छन्दमा)

छुदै माताजीका, चरणतलमा, जान्छु म भनी
रुदै आज्ञा दिन्छिन्, दुखित मनले, पुज्य जननी ।
म आएँ पाताल्मा, तर मन उतै, बाल्-हठ गरी
सयर् मै स्याङ्जाका, एक एक गरी, स्वर्ग नगरी॥
(१)
कुभिण्डे, नौडाँडा, सकल पथका, भीर पहरा
उकाली ओराली, अनि निकटका, स्वच्छ छहरा ।
छिचोल्दै राङ्खोला, अलि पर झरी, मिर्दि बगर
दिसिँकोट्, चापाकोट्, वरपर बिते शैशव-पला ॥
(२)
पहाड्की चेली शीतल जलभरी, काँस-करुवा
दरौँ की शिर्वारी, हर क्षण तयार्, पुज्न वटुवा
बुलाँकी नाकैमा, झलमल परी, पल्टन हुँदी ।
मसक्कै मस्किन्थिन्, उपल घरक,गुर्सिनी दिदी ॥
(३)
असार्-साउन् बर्षा, रुझि रुझि म खेल्थे अनमत्तै
सुसाम्थ्यो सल्लेरी, रति भर नमान्ने डर कतै ।
घमण्डी थी आँधी, नसुनु यसको, कल्कल उता
उठाम्थी यो वासै, क्षण भर सुनाम्थी अहमता ॥
(४)
उषा गुथ्दै पस्थी, हिमसगरमा, स्वेत पगरी
मलेङ्कोट् पाखैमा, ढकमक हुने, पुष्प लहरी ।
अँधेरी खोल्सी ती, छङ छङ धरी, संगित कडी
अहोरात्रै बित्थे, घुमि म तटका, कुञ्ज रमणी ॥
(५)
कता अल्झिस् "भौते", किन सुरु भए, यी उँध-गति
धरा यस्तो त्याग्ने, कुन दिन भयो, धृष्ट कुमति ।
म जाउँ त्यो स्वर्गै, पनि नसकिने, विर्सन रति
म जन्मेँको माटो, दिन दिन गएँ, सम्झन अति ॥
(६)
*** *** *** ***
:)
-भउते
 
Posted on 01-21-07 6:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कबिता र गजल् को त बादि नै लाग्यो नि,हन के सारो फुर्ने हो,कहा बाता आउच हो तेस्स्तो लेक्न ,सिकि पौ न प्रभु हरु??
 
Posted on 01-21-07 9:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म लद छु नालिमा तिमी हेरी हास्छ्एउ सडकमा
म खुशी छु तिमीलाई सधैं देखि त द क - भदक्मा
सजौनलाई छैअन तिम्रो लागि म सँग तक्मा
तर म लद् चु नालिम तिमि खुसि हौ है सदक्म
म लद छु नालिमा । । । ।
 
Posted on 01-22-07 6:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.Darshan Bhaute Parvuuuuuu!!!
Lampashaar parera sastanga dandawaat garen!!..:D
Sakiyena Sakiyena!!..:P
One Word!!
Superb!!! All of them!!..:)
Have a good one!!..:D
 
Posted on 01-22-07 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जब छ पर्भो! 'लप' प-या वास्ना आ'को छ खुब! चाँडैनै दुईजनै भएर घुरुक्क दैले खोल्ने छाँट देखिया छ!

सप्पै एक-से-एक शेर छन् के रे, तर तेश्रो त असाध्यै मन प-यो।

हरेक रात आउछौ कि सपनीमा भनी
फैलाई सुत्छु हातको सिरानी तिम्रै लागि

वाह! वाह!!

(पहिला-पहिला हामी पनि तेसै गर्थेम्!)
 
Posted on 01-22-07 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष गुरु, खाश त मेटाउन खोजेको मात्र हो, त्यस्तो भाव दिने शब्दको अभावले/अज्ञानले अर्थ नै अलिक फरक परेको छ। मेटिन त कहाँ मेटिनु नि, तर मेटिएन भन्यो भने त शुरुमै कुचो खाइएला भन्ने डर भो ! :-), प्रोत्साहनका शब्दहरुको लागि धन्यबाद।

तितौरी, :D , पछि कुरा लगाइदिने हैन है, भन्देको छ अहिले नै। :p

बिर्खे-जी, धन्यबाद ! धेरै त पक्कै छैनहोला के तर-


देखेँ तस्बिर जब उनको ठूलो हलचल भयो
एक युग भन्दा लामो यहाँ एक पल भयो
:-)


नेपे गुरु, धन्यबाद।


कौडीकै भाउमा देख्छु हिरा, जुहारत, मणी
मलाई बस् अमूल्य छ,गुरुको, एक टिप्पणी

:-)

मैले यहाँ मात्र भन्न खोजेको हैन कि, रिसर्च कै दौडानमा पनि एड्भाइजरले रातो कलमले गरेको एकै शब्दको सल्लाह / सुझाव / टिप्पणीले कहिलेकाहीँ रिसर्चको दिशा नै परिवर्तन गरिदिन्छ। यसैले म यस्तो टिप्पणीको साह्रै भोको छु।

dilute जी, स्वागत छ। यो भउते पनि सिकारु हो, बरु आउनुस सँगै यात्रा गरौँ।

विवश-जी तपाईँको हरफहरु मीठा छन्। बरु टाइप गर्दा अलिक दु:ख गर्नु पर्यो।

Juggy - बालक ! आशिर्बाद मागो ! :-) हे हे हे। धन्यबाद जग्गी-भाइ ! शुभ-दिन !

गौतम-जी, धेरै धन्यबाद। :-)

मौन पाठकहरुलाई पनि मेरो अभिवादन तथा धन्यबाद !

:-)
भउते
 
Posted on 01-22-07 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देखेँ तस्बिर जब उनको ठूलो हलचल भयो
एक युग भन्दा लामो यहाँ एक पल भयो

लेख्नु त यस्तो पो लेख्नु । नतमस्तक छु, स्रष्टा सँग ।
 
Posted on 01-22-07 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौतेकाजी,
गज्जब छन् गजलहरू, मदिरा भन्दा पनि नशालु छन्, लेख्दै गरम्, हामी पिउँदै गरम्ला। :)
 
Posted on 01-22-07 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौतेकाजी,
गज्जब छन् गजलहरू, मदिरा भन्दा पनि नशालु छन्, लेख्दै गरम्, हामी पिउँदै गरम्ला :D
 
Posted on 01-22-07 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद राहुलदाइ, यो त अझ मुख नधोइकन लेखेको .................. रे क्या हे हे j/k :p , तपाईँहरुको प्रशंसाका २ शब्दहरु नै मेरो लागि उर्जाको स्रोत हुन्।

चित्रे र ठूल्नानी धन्यबाद। पिउँदै जानुस, म थप्दै जाम्ला। सराबीको प्याला भरिराख्न पाए बेएरालाई के चहियो र ? :-)

:-)
-भउते
 
Posted on 07-24-07 10:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विस्मृतीको गर्भ भित्र नहराओस भनेर यसगजललाई क्षुब्ध शेरहरुले टालटुल पार्दै धागो अगाडि तान्ने प्रयाश गरेँ।

:-)
-भउते

 
Posted on 07-24-07 10:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक अनुभव, दुई गजल।

 
Posted on 07-24-07 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह गुरु वाह्!!!!!!!!!
गजल लेख्नु भनेको यस्तो पो!


सहरा थरि थरि खोजें मैले यहाँ,
चौधै भुबन भरि खोजें मैले यहाँ।

तपाईंको खोज र मेरो खोज उस्तै उस्तै हो। फरक खोजको बिषय हुन सक्ला। तारेमाम्।
 
Posted on 07-24-07 11:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेजी (देवरजी),
धेरै पछी हजुरको गजल पढन पाउदा निकै खुशीलाग्यो। ह्जुर्को गजलहरु असाद्यै मन पर्छ।बेला बखत यस्तै पढन पाइराखुम है त
मुल्यांक्न गर्ने क्ष् मता त राख्न सक्तिन 'सरल शब्दमा मार्मिक भाव'दुइटै राम्रो लाग्यो तर पहिलो गजलको अन्तिम हरफ निकै मनपर्‍यो

:)
 
Posted on 07-24-07 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ, धन्यबाद प्रशंशाका शब्दका लागि। तर शब्दहरु साँचिराख्नुस है। धन भन्दा फरक------शब्द अपुरणीय हुन्छ।

मिस-जी, म जे बोल्छु त्यै लेख्छु। गहिरिएर सोँचेर लेख्ने क्षमता ममा छैन, त्यसैले म बोलेको बुझ्नेले मैले लेखेको सजिलै बुझ्छ र म सोही चाह्छु। उच्च भाषाको प्रयोग मेरो पहुँच बाहिरको कुरा हो। पाल्नु भो, मन पराइदिनु भो धेरै धेरै धन्यबाद।


 
Posted on 07-25-07 3:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै राम्रा गजलहरु भउतेजी! अरु पनि जाओस्।

बरु त्यो "---भुवन भरी---"मा "भरी" को प्रयोग नमिलेको हो कि? 'भुवन' सबैतिर चहारेको अर्थमा हो भने 'भुवनभरि' हुन्छ, जुन अरु काफियासंग अलि नमिल्ला। (हुनत, नेपालीमा ह्रस्व-दीर्घको उच्चारणले केहि फरक पार्दैन, त्यसैले मिल्ला पनि।) 'भुवनमा भरेर' भन्ने अर्थमा हो भने 'भरी' मिल्छ, तर भउतेको अर्थ त्यो होइन होला।
अनि 'हराए सरी' को साटो जोडेरै 'हराएसरी' ठिक होइन र?
'केही नपाए धरी---' मा 'धरी' को प्रयोग पनि अप्ठेरो लाग्यो। "घरमा चामल धरी छैन।" भन्ने उदाहरणको हिसाबले हेर्दा "नपाई ----धरी" गर्दा राम्रो होला कि? "----" मा 'माया' राख्दा हुन्छ कि जस्तो लाग्या थियो, तर मायै पाए पछि त किन अरि केहि खोज्नुपर्ला र? त्यै नपाएर यो गजल बन्यो, कि कसो?!

अनि माथिल्लो गजलले त भउते अझै भट्टराइ बूढाकै दोस्ती रहेको देखाउँछ नि! साँच्ची हो भन्या?!

छूचो मुख चिलाएकोले नबोली बस्न सकिएन, माफ पाउँ!
 
Posted on 07-25-07 5:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तिम २ ले मेरो सास रोकियो।।।।
 
Posted on 07-25-07 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धुत् भउते, मन नै भरङ्ग बनाइदियो यार!

भेटिन खै एक लौ खोजेँ जहाँ तहाँ
असम्भव! कि परी खोजेँ मैले यहाँ


दा----मी गयो!

र अर्को, अर्थात् पहिलो गजलको मतला-

बोकि ल्याएँ चुरा पोते थमाउन सकिएन
अफशोच तिम्रो हात समाउन सकिएन

गजल आउँछ जस्तो त लागिराको थियो निकै पहिले देखि नै। जे होस प्रतिक्षाको फल मिठो रहेछ।

धन्यवाद्!

 
Posted on 07-25-07 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-25-07 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhaute,

gajjab chan lau ! Dikdari ta majja_ko shrot bha justo cha !

Its difficult to produce such expressions with relatively longer refrains.

pacchillo ghazal ma ali editing chaiya justo cha !

Actually, I got some inspiration from your later ghazal and I shall attribute to you if I produce one. But it will on positive note.

keep going...
 
Posted on 07-25-07 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त श्याङ्जाका सकल गाउँहरूको सयर गराउनु भो सरुभक्त द्वितीयजी। साधुवाद !!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
TPS for Venezuela is terminated, only 60 days extension for transition period
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat lies revealed
#MAGA#FAFO is delicious
Trump admin revokes 18 months TPS extension for Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
Measles vax deaths vs measles death in USA
Good News for Nepalese TPS Holders!!!
Nepal TPS decision
Don’t Just Read—Join the Conversation
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters