[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ४५ --

[Please view other pages to see the rest of the postings. Total posts: 599]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 229791 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 02-03-07 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
          
--चौतारी -- भाग ४५ --

चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Running for 514 days (as of 02-03-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 44 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
फोटो कपिराइट : नमे

 
Posted on 02-09-07 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुक्रबारे जदौ यो दिले को।।।येउटा म नि फलाकु है त गाम्लेहरु!!!!

दिवालि तुम् भि मनाते हो,
दिवालि हम् भि मनाते है,

फरक् सिर्फ् यितना है,
तुम् दिप् जलाते हो ,हम् अप्ना दिल् जलाते है।।।
 
Posted on 02-09-07 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ सबै जना के के लेखेका हुन कुन्नी आफुले बुझे त मरि जाम ताआआआआआआआआ।
 
Posted on 02-09-07 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ,
सप्पै जना के भाषा बोलेका हुन्?
 
Posted on 02-09-07 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के के बोल्ताए यो शुक्रबार मे
चियाको सट्टा दारू पिए कि कसो
मुझे त मदिरा भरे पिउनि हो त
अरुले पिइ सकेछन नि तआआआआआआ
 
Posted on 02-09-07 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मादलुको दुई तिर भ्वाँङ्ग पर्यो
मुसो मर्यो बिरालो दङ्ग पर्यो
बल्ल पर्यो निरमाया माकुरी जालैमा

शुक्रबारे जदौ!
 
Posted on 02-09-07 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-09-07 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भओ ठुल्नानि?
खै कता छन सपै? आचकल मुन्छेहरु अलि अल्छि भ' झैँ मानिछु!
पइले पइले एउदिनाँ चौतारि भरिन्तो गाँठे!
 
Posted on 02-09-07 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुक्रवारको साँझ,रक्सिको माझ
कति रमाइलो
वरिपरि मोमो र सेकुवा पाए
झनै रमाइलो
काम धाम सबै छोडि
सँधै भरि धोक्न पाए
कति रमाइलो
सपनिमा यसै गरि बस्न पाए
झनै रमाइलो
 
Posted on 02-09-07 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिउन खोजेको होइन
पिउन रोजेको होइन
तिम्रो अनुपस्थितिमा
साहरा खोजेको होइन

कमजोर् न सम्झनु अनु........
अचेल झम् झमे साँझ
प्यारो लाग्न थालेको छ
अचेल पीरो पीरो सितन्
प्यारो लाग्न थालेको छ।
 
Posted on 02-09-07 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ नानुजी र ठुल्दाई!
तिनपाने सुरु अरिसकेओ जस्तो छ नि? :)
 
Posted on 02-09-07 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब् गुरु,रिसानि माफ् !!खासा कुरो चै हिजो येसै बाटो हुदै देशि गाम् बाट शादु महाराज् हरु शिवराति को लागि तिर्थ गर्न जादै थिये,शितल् र अनुपम् येस् कल्पबृछ्य सरि चौतरि देखि सबै देशि शाधु महाराज् हरु राति येतै बास् बस्दा भये अनि चौतरि को महिमा देखि सबै उपस्थित् गाम्ले हरु लै बनारसि चिलिम् प्रसाद् दिदा येस्तो देशि भासा निकलिदा भये,दिन् चिपिदै गयेछि सबै चिलिमे रोग् निको हुन्छ भन्ने मनिचु!!!!!
 
Posted on 02-09-07 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कालि कालि कलकत्तेवाली
इन्द्रकि बेटि ब्रम्हाकी साली
खाओ पान बजाओ ताली
मेरा बचन नजाए खाली
जय गोरखकाली!!

शुक्रबारे जदौ!

सारै बिरउतेर गइयो गाँठे!
हरिशरणम्!
 
Posted on 02-09-07 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीरखे दाइ के गर्नु हजुरहरु ले लेखेको बुझे मरी जाम ।
 
Posted on 02-09-07 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-09-07 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँsssच! सब पोएम दिराको रैछन्तनि!
लु मो पनि एक दिन्छु ल?


बबाल मस्ति छ!
हर्रामि मोज छ!
रड्डिज लाइफ रे?
कसले भनेको?

एकस्ट्रा ट्रिप छ!!
साह्रो झ्याप भइन्छ!
दह्रो खोक्स दिइन्छ!
तोर्पे जिन्दगि रे?
कसले भनेको?

बर्गर ह्याव्स दिइन्छ!
पिज्जा कुतुक्स हानिन्छ!
थोत्रो कोरोला चढिन्छ!
झारपात जीवन रे?
कसले भनेको?


जदौ हाने ल! :)
 
Posted on 02-09-07 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ मर्‍यो यो फटाहा निशान्ते भन्या त यहाँ चौतारिमा पो खोक्दै र छ। नरिसा है भरै सङगै झ्याप हुनु पर्छ।
 
Posted on 02-09-07 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निश ब्रो, झक्काऽस गयो नि त हो।
 
Posted on 02-09-07 5:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डाडाको नाक

मान्छे, गाइ बस्तुले पो सास फेर्छ अनि नाक हुन्छ, डाडाले न केही खान्छ न त सासै फेर्छ , किन चाहियो नाक ? सास फेरोस कि नफेरोस तर मलाइ डाडाको नाकको सार्है माया लाग्छ। मेरो धेरै लामो पिरती छ डाडाको नाक सित। मामा घर कति गइयो कति ? बस चढ्ने चाहि डाडाको नाकमै आउथें । यता उता भिड भाड हुदा बसले नरोक्ने , आफुलाइ घर नगै नहुने , अन्नतत डाडाको नाक नै हुने गर्थयो मेरो स्टेशन। अझै आमासंग हिड्दा त म फुच्चे, मामाघरबाट ल्याएका खितिर, मितिर, डाडाको नाकमा नगै त बस चढ्न नै नसकिने। डाडाको नाकमा अर्को प्यारो बस्तु थियो मेरो, सुन्तलीको पसल । बस त झट्टै नपाइने, बस कुर्दै चियामा बिस्कुट चोपेर खान अर्कै मज्जा हुन्थ्यो। मलाइ त लाग्थ्यो बस नै नआए हुन्थ्यो, यहि बिस्कुटले दिन कटाउन पाए । तर नाम बस भए नि किन बस्थ्यो, जति टनाटन भए पनि पोखरा तिर दौडिहाल्थ्यो । अनि म र आमा सकि नसकि पछाडिको ढोकाबाट कोच्चिन पुग्थ्यो, साच्चै चिया भन्दा नि तातो हुन्थ्यो भित्र। निलो आकाश, पहेलिएका धान, सरदको बतास, यस्तै संग बिते मेरा समय डाडाको नाकसंग। भरत पोखरी देखि २ घन्टाको हिडाइ, सुन्तलिको चिया ,ताल बस अनि डाडाको नाकको चिसो बतास, यो सम्झदा जाहा छु जुरुक्क उडेर मामाघर हिडु हिडु जस्तो लाग्छ ।तर आजकाल डाडाको नाक अर्कै भएको छ, जान को कुरा त के सुन्दा नि आगं सिरिगं हुन्छ। त्यो एरियाको सुरक्षा दिन बसेको पुलिस चौकी रमिता भएको छ अनि बेला बेलामा पत्रिका मा आउने गर्छ समाचार लिएर । केही बर्ष अघाडी म अमेरीका आउनु पहिला मामाघर गएको थिए । त्यसको केहि दिन पछि माओबादी आएर डाडाको चौकी आक्रंण गरेछन। पुलिस सहित थुप्रै मान्छे मरे कैदी सहित । एक जना परियार थरको कारणले गर्दा ति कैदि त्याहा परेका रहेछन। भोलि पल्ट स्थानियाले कैदी मरेको निहुमा तिनिलाइ पिटे र तिनको घरनै जलाइदिए । माओबादीको आक्रमणमा खोइ के सम्बन्ध रहेछ कुन्नि, तर तिनको घर आगो लाग्यो, साना साना केटा केटी घरबार बिहिन बनाइए आफ्नै छिमेकीले । आज फेरि डाडाको नाक आयो समाचारमा । एउटा दुर्घटनामा एक स्थानीए मरेछन। पुलिसले समयमा कदम नचाल्दा उनि मरे भनेर सय भन्दा बढि प्रहरीको अगाडी उनि खम्वामा बदिए, दुनिया रमिते भए । अब त डाडाको नाकको नाकनै रहेन, पुलिसलाइ नै सुरक्षा दिनु पर्ने भयो । अब त मामा घर जादा पनि अन्तै बाट बस चढ्नु पर्ने भयो, डाडाको नाक त मरे नि जान्न !
(तलको फोटो डाडाको नाकमा भएको घटनाको हो – फोटो घन्श्याम पोडेल)

 
Posted on 02-09-07 8:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा वा निश ब्रो, चिलिम को संगत त ब्यापक परे जस्तो छ, यस्तो च्वाँक् पोयम् खोक्स् दिने। नम्बरि दामी छ, मलाइ नि यस्तो लेखुम् लेखुम् लाग्यो। कति सबिताको कबिता लेख्ने?



बबाल मस्ति छ!
हर्रामि मोज छ!
रड्डिज लाइफ रे?
कसले भनेको?

एकस्ट्रा ट्रिप छ!!
साह्रो झ्याप भइन्छ!
दह्रो खोक्स दिइन्छ!
तोर्पे जिन्दगि रे?
कसले भनेको?

बर्गर ह्याव्स दिइन्छ!
पिज्जा कुतुक्स हानिन्छ!
थोत्रो कोरोला चढिन्छ!
झारपात जीवन रे?
कसले भनेको?


नमे को कथा आफ्नै ब्यथा जस्तो लाग्यो। सलाम छ सार्थक् सिर्जना लाई।
 
Posted on 02-09-07 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हो ठुल्दाइ, एक्लै चौतारी रुँगेर बसिरा'हो क्या'हो चिलिम तान्दै? सप्पैलाई वीकेण्ड ला' जस्तो छ, खे पास गर्नुस यता दाजुभाइ बसेर तानुम।

"अब त डाडाको नाकको नाकनै रहेन, पुलिसलाइ नै सुरक्षा दिनु पर्ने भयो । अब त मामा घर जादा पनि अन्तै बाट बस चढ्नु पर्ने भयो, डाडाको नाक त मरे नि जान्न ! "
नमेको ब्यथा साँच्चिकै मन छुने छ, खै कहिले सम्म हो यस्तो?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
From Trump “I will revoke TPS, and deport them back to their country.”
Tourist Visa - Seeking Suggestions and Guidance
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters