[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६२~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 273678 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 07-09-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६२


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी - भाग ६२ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 62 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँ दाइको ब्लग
. चौतारी ताररम्पम अन्तरबार्तामा राहुल दाई अनि मिसको सान्दार अन्तरबार्ता, अरु अन्तरबार्ता आउने क्रममा
. पून्टे दाई एलाईन्स फर डेमोक्र्यासी एन्ड ह्युमन राइट्स इन नेपालको अध्यक्ष पदमा अत्याधिक बहुमतले बिजयी, चौतारीमा बिजय जुलुस


माछाको सुकुटि बनाउने र पकाउने तरिका :) -जिम्माल बा

सुकुटि बनाउने तरिका:

चौतारीको पहिलाको अंकमा भने जस्तै गरेर साना साना माछाको सुकुटि पनि बनाउन सकिन्छ। त्यसको लागि बिशेष किसिमले माछा काटेर ठिक पार्नु पर्दछ।

१)सानो साइजको टिलापिया, रहु(कार्प फ्यामिलिको माछा) वा क्याटफिस ल्याउने। सानो है सानो, नत्र मजा हुँदैन।
२)तपाइँको शहरमा बंगालि स्टोर छ भने पहिले नै सुकेको माछा ल्याउने र नम्बर ३ देखि नम्बर १४ सम्म नपढ्ने।
३)पुछ्छर र बाहिर निस्केका सबै अंगहरु काटेर फाल्ने।
४)माछालाई चपिङ बोर्डमा राख्ने।
५)मजाले पेपर टावलले पुछ्ने नत्र चक्कु चिप्लिएर माछाको सट्टा आफ्नै औँलाको सुकुटि बनाउनु पर्ने स्थिति आउन सक्छ।
६)माछाको पेट पटि बाट माछालाई लम्बाइ तर्फ पुछ्छर सम्म चिर्ने।
७)माछाको पेट पट्टि बाट माछालाई लम्बाई तर्फ मुख सम्म चिर्ने।
८)माछाको कान झिकेर फाल्ने।
९)मन पर्नेले टाउको राख्ने मन नपराउनेले टाउको काटेर फाल्ने।
१०)टाउको मन नपाराउनेले नम्बर ७ लाइ बिर्सने किनभने टाउको फाल्दा कान पनि संगै जान्छ।
११)अब माछालाई अलिकता फट्टयाएर चपिङ बोर्डमा हल्का थिच्ने (जोड लाउनु हुँदैन नत्र माछा कच्याक कुचुक हुन्छ।
१२)माछा ठुलो छ भने माछालाई माछाको काँडाकै समानान्तर हुनेगरि धारिलो चक्कुले चिर्ने र माछाको ढाडमा पुगेर छाड्ने। चित्र नं-२।
१३)चपस्टिक ले प्रत्येक पिस गाभिने गरेर घोच्ने। यसैगरि सबै माछालाई चपस्टिकको सिल मा उन्ने।
१४)पहिलाको साझामा मासुको सुकुटि बनाउने तरिका जस्तै गरेर सुकुटि बनाउने।

सुकुटि पकाउने तरिका:

१)माछाको सुकुटि (३ मुठि जति) एउटा भाँडामा राख्ने।
२) औँलाको सहायताले साना साना टुक्रा बनाउँदै चुँड्ने।
३) कराहिमा तोरिको तेल तताउने।
४) माछाको सुकुटि हाल्ने र अलिकता नुन छर्कने।
५) एकछिन चलाउने।
६) खैरो खैरो भएपछि र हल्का पाकेको मिठो गन्ध आएपछि तुरन्तै झिक्ने। ढिलो गर्नु हुँदैन नत्र माछा डढ्छ।
७) अदुवा (१ इन्च) र लसुन (५-६ पोटि) लाम्चो लाम्चो गरेर काट्ने।
८) हरियो खुर्सानि (थाइ) ४-५ वटा पनि चिर्ने।
९) एक पाउन्ड जति गोलभेँडा काट्ने।
१०)जिरा, धनिया, बेसार र मरिचको धुलोलाई अलिकता पानी हालेर पेस्ट बनाउने र त्यो पेस्टमा ५-६ वटा ल्वाङका टुक्राहरु हाल्ने।
११) कराहिमा तोरिको तेल तताउने।
१२) अदुवा, लसुन र हरियो खुर्सानि हाल्ने, एकछिन पछि मसलाको पेस्ट पनि हाल्ने र भुट्ने।
१३) नुन हाल्ने।
१४) गोलभेँडा पनि हाल्ने र मजाले चलाउँदै भुट्ने।
१५) गोलभेँडा गलेपछि माछा हाल्ने र एकछिन चलाउने।
१६) अलिकता पानि हाल्ने र केहि बेर पकाउने।
१७)पानि सुकेर सबै ग्रेभि माछामा टाँसिन थालेपछि झिक्ने।
१८) स्वादिलो माछाको सुकुटि संगै तिनपाने चुरुप्प पार्ने।



 
Posted on 07-12-07 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली ------ दुम्सी गाम LOL
 
Posted on 07-12-07 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यारी पोट्टर ------ भट्टे गाम,
चित्रे ------ मायालु गाम,

aba correct bhayo chitre?
 
Posted on 07-12-07 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! अझै मिलेन सान्नानी। मारूम् मारूम् टराई! ठूली टराइ मारूम् ल, तिमीलाइ आउँछ होला!
 
Posted on 07-12-07 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.hold on hold on

ह्यारी पोट्टर ------ ओखलढुंगा,
चनादाइ ------ मायालु गाम,
 
Posted on 07-12-07 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मायालु गाम chahi kun gamlai bhanya chitre?
 
Posted on 07-12-07 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के को ट्राइ मार्ने नि, आफ्नो त भात फ्राइ गर्ने बेला भो, तारेमाम्।
 
Posted on 07-12-07 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तालीऽऽऽऽ! सान्नानीले मिलाइन् सबै।
अब म पुरस्कार किन्न जान्छु है त!
 
Posted on 07-12-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मायालु गाम ---Maryland(MD)
 
Posted on 07-12-07 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाssssssssssssssइ,
चित्रेले मिलाउन लाएछ नाम र गाम, सबैलाई तारेमाम!
 
Posted on 07-12-07 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो प्यारो ओखलढुँगा??

खै त सान्नानी, टी भी के भो, अगिदेखी एन्टेना घुमाको घुमाई छु, केई आउदैन? बुस्टर बिग्र्या त हैन होला नि
 
Posted on 07-12-07 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho bhane maile ni hari ke jasto anitna gumauda ghumuda anitina nai bhachiyo tara tv chai aaena
 
Posted on 07-12-07 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फर्माइसि कार्जेक्रममा मेरो ठेगाना कसले गल्ती दिएछ, म काँ भनुचोक को हो र, भनुचोकमा त कैले काँइ बँदेलको सुकुटी खान त तोङ्बा तान्न जाने मात्रै त हो नि!

जे होस छिटो गरुम न कार्जेक्रम सुन्न / हेर्न हतार भैसको, फर्माइस गर्ने सप्पै जनाहरु जम्मा पारेर टि भि टेसनको बाइर जुलुस निकाल्नु परो जस्तो छ, लिड चाँइ कोल्ले गर्ने हो, अगाडि आम है!
 
Posted on 07-12-07 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि, बुस्टर रे, बच्चा बेलाको याद आयो!
 
Posted on 07-12-07 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले नि यादै नगरेको नि, मेरो नि मिलेन च ठेगाना त! कि अस्ति राति तोङ्वा खादा पठाको हो कि त हाम्ले, याद छ ग्वाँचे सोल्टी केई, मलाई त केई याद आएन भन्या!!

लु लु जुलुस जानु पर्यो!! कोई नेता चाईयो ह्याँ! खै अस्ति भर्खर पूण्टे दाइले चुनाउ जित्या रे, जुलुश निकाल्ने बेलाँ कता बेपत्ता?
 
Posted on 07-12-07 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के को हुलुश निकाल्ने सूर् मा हरि?
पूण्टेदा भन्दा नि जेठा राहुलदा, तारेमाम्। बिर्सेकि क्या हो?
 
Posted on 07-12-07 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या हुन् क्या हुन् ठामका नाम पानि । तारेमाम
 
Posted on 07-12-07 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त सोल्टि तोङ्बाको नसामा एक मोहोरको हवाइ पत्रमा फर्माइस लेखेर पठा'को अड्डा कै ठेगाना परेछ, केइ छैन त्यो पनि हाम्रो एक किसिमको ठेगाना नै हो नि, घरमा भन्दा बढि ट्याम तेँइ बित्छ। त्यो हवाइ पत्रको कथा सम्झ्या छ तिम्ले, अस्ती खानपिन गरिसकेपछि पैसा तिर्दा साउनिसँग फिर्ता दिने एक सुका खुद्रा नहुँदा निश ब्रोले साउनिले अरब ग'को आफ्नो बुढालाइ चिट्ठि लेख्न हुन्छ भनेर किनेर राखेको एक मोहोरको हवाइ पत्र खोसेको हैन्, खोसा खोस गर्दा दुइ तुक्रा भ'को हवाइ पत्रलाइ तेइ साउनि को पसलबाट टेप पनि खोसेर टाँसेको हैन, फेरि सेलो टेप नि रैनछ है, अनि त्यो बिजुलि को तारमा टाँस्ने पँहेलो टेपले टाँसेको हैन ! क्या रमाइलो भा थ्यो है! फेरी यो विकएन्डा नि जमुम न है, यसो गर्दा कसो होला?

पुन्टे दाइलाइ नारा लगाउन बोलाउनु पर्‍यो जस्तो छ, हामि त जिन्दाबाद जिन्दाबाद भन्ने त हो नि, के जिन्दाबाद, कैले जिन्दाबाद, कसरि जिन्दाबाद के था हैन? जुलुस सिद्देसि ठाडो घाँटि लाउन पाउनु पर्छ, बस्!
 
Posted on 07-12-07 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

darshak brind aajko prastuti ko kasai bata pani sahi guess naaekole aru pani guess aaos bhanna khatir alikati dhila susti gareka thieu tara julus nikalne samma kuro uthisakeko le prastut chha yahaharukai farmaish ma yo sani nani ko photo dhyan taryaaaaaaan...

um darsahk brind farmaish karta haruko thegana galat huna gaeko ma hamra kehi darshak le complain gareka khabar prapt bhaeko chha ra hami testa galtiharu sachchaudai agami karyakram prastut garne bachan ka saath chhyma magna chahanchhau. (teli prompter ma ta tei lekheko thiyo ta thegana, ke taal ka manchheharu rechhan afai galat lekhera pathauchhan ani hamlai dosh, ghor kaliyug)

galat bhaeka thegana ma gwache ko sahi thegana sanepa ra hari ko kalanki hunasakne sambhawana ka saath, la aba hernus -->

 
Posted on 07-12-07 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

awwwwwwwwww she is so cute than me :P
 
Posted on 07-12-07 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चोssssssssssssssssss क्यूट, हाम्रो फर्माइस पुरा गर्देकोमा थ्यान्क्स सान्नानी!

भन्जिको मुख त हेरियो तर मुख हेर्दा दिनुपर्ने गिफ्ट चाँइ लाग्यो लाग्यो नै गर्नु पर्ला जस्तो छ, गिफ्ट साझामा टाँस्नु भे'न, अर्कैले उडाइदेला, बरु यस्सो खुसुक्क ठेगाना थाहा पाउन पाए हुलाक बाटै भे'नी अस्ती देखी नै भन्जिको मुख हेर्ने भनेर जतनसँग राखेको एक रुप्या डबल पठाइ दिनुहुन्थ्यो, नत्र केटाहरुले तेइ डबल नि उछ्छिट्याउन बेर छैन यो विकएन्डा !

अनी अर्को कुर, यो कलंकी भन्ने त था' छ, पोर साल जिम्मालबासँग काड्मनौ जांदा बसबाट तेँइ ओर्लेको तर यो सानेपा भनेको के हो, ऐले लोउतन्त्र आएसी त सब्बै कुराबाट सा (शाही) हटाइसको रे भन्ने सुन्छु त, नेपा मात्रै हुनुपर्ने हैन र?!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
सालीको चाक
TPS for Nepal likely to extend next week
I hope all the fake Nepali refugee get deported
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Embassy of Nepal might be able to help extend TPS for Nepal
TPS for Venezuela is terminated, only 60 days extension for transition period
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
ICE kidnapping people off the streets over op eds
Democrat lies revealed
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
Trump admin revokes 18 months TPS extension for Venezuelans
नेपालको TPS र USAID यसकारण बन्द हुन जरुरि छ
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
What is the purpose of an F1 student visa in the U.S.?
Why some Nepali people pull each other's legs???
TPS
#MAGA#FAFO is delicious
Good News for Nepalese TPS Holders!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters