[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 (ॐ)चौतारी ६९(ॐ)

[Please view other pages to see the rest of the postings. Total posts: 603]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 193194 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 08-13-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६९

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ६९ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 68 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी कार्यालय
समय-- बिहान ८ देखि ५ (आ-आफ्नो स्थानीय समय)
ओभर ट्यामको नि व्यवस्था छ


अफिस चीफ ---- श्री बिर्कै जिम्माल
असिस्टेन्ट अफिस चीफ --- श्री राहुलदाइ
सिनियर अकाउन्टेन्ट ----- सुश्री ठूली देवी
ट्रान्सपोर्टेसन अफिसर ----- श्री पून्टेदाइ
ईन्टर्टेनमेन्ट अफिसर ---- श्री कुमलवा बिरादर
गजल अफिसर ---- श्री भौतेकाजी
कविता अफिसर ----- श्री दीप ज्यो, श्रीमती मास्टर्नी नानी
जासूसी अफिसर ----- श्री चित्र बादुर
आर्ट अफिसर ----- सुश्री तिरा कुमारी
बेबी सिटिङ अफिसर --- श्रीमती सान्नानी
चौतारी बनाउने अफिसर(इलिन्जियर) ----- श्री ह्यारी
फोटूगार्फर ------ श्री चिप्ले
किचन अफिसर ----- श्रीमती दुर्गेश्र्वरी
स्पोर्टस् अफिसर ----- श्री ग्वाँचूराम
कथा(स्वस्थानी)अफिसर ---- श्री गालब कुमार
बल्खु अफिसर ----- श्री गोतामे ज्यू
भेडियो अफिसर ---- श्री सानुकान्चो
हेल्थ एवं नेपा-हिन्दी कविता अफिसर --------- श्री म्याड्डू भैया
आलु चना अफिसर ‍‍‍‍‍‍------ श्री चनादाइ
ग्याङ फाइट अफिसर ------- श्री निसान्त
नेपाल जाने अफिसर -------- श्री नेउचे बाँदर







Last edited: 13-Aug-07 01:44 PM

 
Posted on 08-15-07 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा स्तुप ग्वार्को तिर होला, हर्को बाँकि ललितपुर नगरपालिका निर!

 
Posted on 08-15-07 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१) पाटनको कृष्ण मन्दिरमा कतिवटा गजूर छन्? खोइ, गनेको छैन।

२) रातो मच्दिन्द्रनाथ सँगै रथ यात्रा गरिने अर्को देवता को हुन्? मिमनाथ

३) पाटन शहर वरिपरि ४ वटा स्तूप राजा अशोकले बनाएका भनिन्छ, अब भन्नुस् ती स्तूपहरू कहाँ कहाँ छन् पुल्चोक र लगनखेल अनी अरु कता कता हो।
 
Posted on 08-15-07 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो ललितपुर नगरपालिकाको भवन अगाडि सडक पारिको स्तुप कुन हो???
स्तुपहरु त कुमारिपाटि तिर र एकान्तकुना तिर पनि कता हो देखेको जस्तो लागेको थियो ति चाहिँ कुन स्तुप परेछन???
 
Posted on 08-15-07 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टुडिखेल स्थित महांकाल को मन्दिरमा ठुलदाई शनिबार र मंगलबार् ( कहिले काहि) मात्र नमस्ते गर्छ, किन?
 
Posted on 08-15-07 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाटनका चार स्तूपहरूमा
१) लगनखेल, भैरव मन्दिरको अगाडि, सैनिक ब्यारेकको उत्तरतिर रहेको स्तूप
२) पूलचोक, ललितपुर उपमहानगरपालिका भवन नजिकै रहेको स्तूप
३) ईमाडोल, ग्वार्को रिङरोड नाघेर एकैछिन पूर्व हिंडेर पुगिने स्तूप
४) शंखमूल, बागमती नदी भन्दा केही दक्षिणमा रहेको स्तूप

उत्तर मिलाउने, टराइ मार्ने सबैलाइ धन्यवाद!
 
Posted on 08-15-07 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टुडिखेल स्थित महांकाल को मन्दिरमा ठुलदाई शनिबार र मंगलबार् ( कहिले काहि) मात्र नमस्ते गर्छ, किन?
----किनभने शनिवार र मंगलवार महांकालको पूजा गर्ने दिनहरू हुन्।
 
Posted on 08-15-07 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरस्कार चाँही खोइ त चित्रे?
 
Posted on 08-15-07 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहे ग्वार्को, नजिक नजिक त पुगेको रहेछु! इमाडोल नै पुगौँ कि जस्तो लाग्या थ्यो तर पाटन भन्दा धेरै टाढा पर्छ भनेर नगएको :P
 
Posted on 08-15-07 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लु, पुरस्कार चैं के दिम् के दिम् भैरा'छ। त्यै अघिको मेरो दौरा सुरूवाल भए नि चल्छ?
 
Posted on 08-15-07 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो, जिम्माल बा धेरै ठाममा पुग्नुभा'रैछ, ईमाडोल नि ग्वार्कोबाट धेरै टाढा छैन।
 
Posted on 08-15-07 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल आजको अन्तिम नेपालि मन्दिरको प्रश्न।

१) दन्तकालिको मन्दीर कहाँ पर्छ?
२) बुढासुब्बाको कम्दीर कहाँ पर्छ?
३) देउति बज्यैको मन्दीर कहाँ पर्छ?
४)सिद्धबाबाको मन्दीर कहाँ पर्छ?

जिल्ला मात्र मिले १ लम्बर, जिल्ला र स्थान दुबै मिले ५ लम्बर!

 
Posted on 08-15-07 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे चित्रे, अघि मैले उत्तर भन्दा पुगेको रहेछु भनेको प्रभु, घुम्न जाँदाको कुरा गर्या हैन हाहाहाहाहाहाहा चित्रे पनि!
 
Posted on 08-15-07 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पजलको उत्तर कुनै पुस्तक वा भौतिक संरचनामा भए पो? तै पनि कसैले महांकालको कथा सुनेको छ कि भनेर प्रश्न राखेको।
किन कि महांकाल देबता, शनिबार निश्चित रुपमा मन्दिरमा बिराजमान हुने र मंगलबार देश देशाबर घुमेर फुर्सद मिले मात्र आउने भएकाले अरु दिन त्यो महांकालको मन्दिरमा देबता नै नहुने भएकोले किन नमस्ते गर्ने? कसो?
पशुपतिमा दर्ता गर्नु पर्छ भन्ने थाहा न पाएर पुण्य कमाए भन्नेहरु र महांकाललाई अरु दिन पूजा गरेर भूजा खुवाएर भाकल गर्नेहरुको स्थिति उस्ता उस्तै हुन्। कसो?
तारेमाम।
नोट्: आज त होइन फुर्सदमा महांकाल देबताको उत्पति बारे कथा राख्ने छु।
 
Posted on 08-15-07 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा, बुझें बुझें!

अब जाम् प्रश्नतिर।

१) दन्तकालिको मन्दीर कहाँ पर्छ?
---धरान
२) बुढासुब्बाको कम्दीर कहाँ पर्छ?
---धरानको बूढासुब्बामा
३) देउति बज्यैको मन्दीर कहाँ पर्छ?
---- यो त सुन्या नै छैन
४)सिद्धबाबाको मन्दीर कहाँ पर्छ?
----- ताप्लेजुङ्

लु ज्जा त! जे पर्ला पर्ला!
 
Posted on 08-15-07 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१) दन्तकालिको मन्दीर कहाँ पर्छ? धरान, बिजयपुर डाँडा
२) बुढासुब्बाको कम्दीर कहाँ पर्छ? धरान, बिजयपुर डाँडा
३) देउति बज्यैको मन्दीर कहाँ पर्छ? थाहा भएन।
४)सिद्धबाबाको मन्दीर कहाँ पर्छ? बुटवलभन्दा माथि, पाल्पा जाने बाटोमा
 
Posted on 08-15-07 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे र चिप्ले दुबै च बाट नाम आउने हरुको प्रयासलाई बधाई छ।
पुर्ण उत्तर अलिक पछि, अहिलेलाई तपाइँहरु दुबै मध्ये कसैले अलि धेरै मिलाए ता पनि हाम्रो अंक दिने नियम अनुसार ५ भन्दा कम मात्र अंक प्राप्त गर्न सफल हुनु भएको छ अहिले सम्म। जति पटक मिलाउन पनि पाइन्छ!

 
Posted on 08-15-07 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे र चिप्ले दुबै च बाट नाम आउने हरुको प्रयासलाई बधाई छ।
पुर्ण उत्तर अलिक पछि, अहिलेलाई तपाइँहरु दुबै मध्ये कसैले अलि धेरै मिलाए ता पनि हाम्रो अंक दिने नियम अनुसार ५ भन्दा कम मात्र अंक प्राप्त गर्न सफल हुनु भएको छ अहिले सम्म। जति पटक मिलाउन पनि पाइन्छ!

 
Posted on 08-15-07 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निम्न लिखित मन्दिरहरु कहाँ कहाँ पर्दछन्?
१) निशानदेवी
२) इन्द्रेश्वर महादेव
३) शैलेश्वरी
४) भुटनदेवी
५) खड्गदेवी
 
Posted on 08-15-07 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यि मध्ये,
भुटनदेवी- हेटौँडा, मकवानपूर!

अरु थाहा भएन

 
Posted on 08-15-07 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुटनदेवी ---- पोखरा
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
TPS for Venezuela is terminated, only 60 days extension for transition period
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat lies revealed
#MAGA#FAFO is delicious
Trump admin revokes 18 months TPS extension for Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
Measles vax deaths vs measles death in USA
Good News for Nepalese TPS Holders!!!
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Don’t Just Read—Join the Conversation
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters