[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६५~~

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 231261 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 07-30-07 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६५


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६५ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 65 editions.

Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइकोब्लग
- कफी विथ कुम्ले कार्यक्रम दोस्रो भागमा ठूली, तितौरी र सान्नानीको अन्तर्वार्ता, अरू आउने क्रममा
- क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित
- चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
- भउतेद्वारा सुध्रिने घोषणा, हरेकको जिस्काई/थर्काईका बाबजुद सुध्रिछाड्ने प्रतिबद्धता



ठुल्दाइको कविता/सविता/रमिता

यो माया पाप हो भने,
*******************

यो माया पाप हो भने,
तिमी अग्नि भएर उठ
म त्यही तापमा जलिदिन्छु।
यो माया श्राप हो भने
तिमी बानी भएर जाग
म चुपचाप सहिदिन्छु।
यदि यो माया पाप होइन भने
यो माया श्राप होइन भने
कुनै करकाप होइन भने
आउ निस्पाप अंगालो लिएर,
चोखो म्वाइ मा बांधिएर
जन्म जन्मान्तर् सम्म
एक अर्कामै सम्माहित् भएर
तिमी खाली सिउंदो फर्काएर
म मायाको छाप भर्दिने छु
मायाको अमर मिलाप लेखिदिने छु।




 
Posted on 08-01-07 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोलवा!

अरे भउते,

आँख से भि अन्धा हुन्छ बहुते लोगहरु
अपने कप्रा आफेँ धुन्छ बताओ क्या करुँ?
बालवाल काटनेको चिज छ थोडै गर्दनपे वार करेछ?
बाप रे भउते सुसरा घरवालि और बकरि एक करेछ!!!

 
Posted on 08-01-07 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सप्पैलाइ नमस्ते अरम पहिला । कस्तो बेलां आयिएच ए
के को झोक हो? लौ न ओ जिम्माल बा, अनि अरु कता गए । छुट्याउनै गार्हो पर्ला जस्तो छ
 
Posted on 08-01-07 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोलवा ! रे हा हा हा हा हा

अरे मदनवा हम्को कोही घरवाली छेन
एकको पट्टायाथा मगर उसको बापने देन
बकरी औ भैँस्को भी हम बहुत मान गर्छ
बोलो बड्कीको तुमने कब कन्यादान गर्छ ?



 
Posted on 08-01-07 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले चाँही हरिप गयो है
 
Posted on 08-01-07 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमि सुन्यो भउतेके अस्टोरी बहुत इमोसनल
मदत हमि करनेछु तिम्रो इन्ट्रेस्ट छ पर्सनल
थोरै तिम्रो बारेमा बताउ घइर और खानदान
बोके दाह्रि पालेर आउ हामि कर्छ बकरी दान

जे राम जि कि।

 
Posted on 08-01-07 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह् वाह् क्या बात छ।
 
Posted on 08-01-07 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे राहुल भैया, बहुते भुख लगेछ हमिलाई । पन्धर्ह मिनटमा रेडि हुने कोहि इजि रैसिपि वैसिपि बताइदिहाल्नुहोस हुजुर, हमि घइर गिएर बनाइलिन्छ। पर उ जो छ नुडल वुडलवाके हैन हुजुर। तारेमामवा!
 
Posted on 08-01-07 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिके छ राहुल भैया हुजुर जो छ बिजि भइलिनुभयो।
हमि घइरको गएर तकारि चुरा खाइलिन्छु।
जे राम जि कि।
 
Posted on 08-01-07 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL !

अरे मदनवा तुम के बड्कीको बकरी बोलेछ
तुमको फिर किस देने बड्किने सैन्डल खोलेछ
बकरीको तो हमि सिर्फ सुकुटी बनाके खान्छ
दान कर्दा बकरीके खुट्टामे के तुम ढोगने जान्छ ?



 
Posted on 08-01-07 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सस्तो मिठो सजिलो स्वादिलो गुलिमरी बनाउने तरिका।
*****************************************
१-आधा आटा र आधा मैदा मिसाउने।
२- स्वाद अनुसारको नून र अलिकति जिराको धुलो मिसाउने।
३- बिस्तारै पानी हाल्दै, मन मनै गीत सुसेल्दै मुछ्ने।
४- मुछेर ठिक्क पारेको पीठोलाई डल्ला डल्ला बनाउने तर हल्ला नगर्ने।
५-डल्लालाई फनेल वा cone को आकार् दिने।
६- coneको बेस लाई औजार प्रयोग गरी व न गरी खोक्रो बनाउने ( भित्रको पीठो झिक्ने)
७- अब यसरि बनेको गुलिमरि लाई नन स्टिकि प्यान वा स्टिकि प्यानमा हाल्ने।
८- हाल्नु अगाडि तेल हाल्ने र प्यानको सम्थर भागमा समानरुपम फिजाउने
९-हाल्दा एक अर्को लाई आलिङन हुन न दिने। ( लभ पर्यो भने बर्बाद)
१०- स्टोभमा दम दिने, आगो अलि कम गर्ने।
११- गुलिमरि को बेस अलि डढे जस्तो हुने गरि तताउने( ड्ढाउने होइन नि फेरि)
१२- अब त्यसमा गुलिमरि आधा डुब्ने गरि पानी हाल्ने।
१३- ढक्कनले छोप्ने।
१४- पानी जब सुक्यो, गुलिमरि पाक्यो।
१५- अलिकति चिस्याउने,छरछिमेकिलाई हिस्याउने।
१६-अचार, चिया पानी संग मज्जाले खाने
आशा छ यो रोटि धोतिको इड्ली, उथप्पम् र देशि Pritzer भन्दा जाति हुन्छ र सधै खाने गरे २२ इन्च बाट् बढेर ३६ इन्छको छाति हुन्छ।
तारेमाम्।
 
Posted on 08-01-07 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धुत् सप्रेको भनेको मान्छे, नानाथरी दोहोरी खेलेर बसेछु।

विष्णुले ऋषिमुनिहरुको ध्यान भङ्ग गर्न विभिन्न रुप धारण गरे जस्तो चौतारीका मुन्छे नानाथरी रुप धरेर मेरो प्रतिज्ञा भङ्ग गर्न कस्सिएको जस्तो पो लाग्यो।

मदनवा

शरीरमा सुनपानी छर्केर चोखो भैकन चौतारीका सबै दिदी बहिनी दाजु भाइहरुलाई नमस्ते गरेँ।


 
Posted on 08-01-07 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुलिमरि खाने कोइ रहेनछ। अब आफै पकाएर खान्छु, तुलु तुलु हेरेर बसे हुन्छ अब, म दिन्न अब।
 
Posted on 08-01-07 5:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब टिरेनको नि ट्याम भयो। तारेमाम्।
 
Posted on 08-01-07 5:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु मन्तयेक ला?

चौतारीको टिरेन कस्तो दौडेको ? बाब्बाबाब्बाबा !!!
 
Posted on 08-01-07 6:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

हा हा हा! हँसाउछन् गाम्लेहरू पनि! दोहोरी चैं दामी गयो!
आज थाहा पाइयो नि कति कुरा। भौतेले सुध्र्या नाटक गरेको बेला बेलामा चिप्लिहाल्दो रैछ, भो भौते अब बल गरेर नाटक गर्नु भन्दा आफ्नै ओरिजिनल रूपमा आऊ। बेकारमा नाटकमा गरेको नाटकीयपन देखेर दर्शकलाइ नै अप्ठ्यारो लाग्ने के! बरू सप्र्या भौते भन्दा बिग्र्या भौते नै रमाइलो चौतारीको लागि त!

अनि म्याड भैयाको पनि नाटक आज अलि फितलो भो। राहुलदाइलाइ खानाको रेसिपी सोधेको देख्दा चौतारीबासीहरू सोच्न बाध्य भए, त्यो नि नूडलको रेसिपी हुँदैन रे! हा हा!

राहुलदाइले गुलिमरीको रेसिपी दामी दिनुभो, तर आफूलाइ त बनाउन भन्दा खान हतार!

चनादाइ, के छ हालखबर?
 
Posted on 08-01-07 6:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

हा हा हा! हँसाउछन् गाम्लेहरू पनि! दोहोरी चैं दामी गयो!
आज थाहा पाइयो नि कति कुरा। भौतेले सुध्र्या नाटक गरेको बेला बेलामा चिप्लिहाल्दो रैछ, भो भौते अब बल गरेर नाटक गर्नु भन्दा आफ्नै ओरिजिनल रूपमा आऊ। बेकारमा नाटकमा गरेको नाटकीयपन देखेर दर्शकलाइ नै अप्ठ्यारो लाग्ने के! बरू सप्र्या भौते भन्दा बिग्र्या भौते नै रमाइलो चौतारीको लागि त!

अनि म्याड भैयाको पनि नाटक आज अलि फितलो भो। राहुलदाइलाइ खानाको रेसिपी सोधेको देख्दा चौतारीबासीहरू सोच्न बाध्य भए, त्यो नि नूडलको रेसिपी हुँदैन रे! हा हा!

राहुलदाइले गुलिमरीको रेसिपी दामी दिनुभो, तर आफूलाइ त बनाउन भन्दा खान हतार!

चनादाइ, के छ हालखबर?
 
Posted on 08-01-07 6:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माफ गर्नुस्, यौटा पोस्ट फोटूकपी भएर दुइटा आएछ!
 
Posted on 08-01-07 8:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ को को छ, मैले जदौ गरें है--

के छ चित्रे हालखबर? नयाँ ठाम कस्तो छ त?


 
Posted on 08-01-07 8:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढ्याऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऊऊऊऊऊऊऊऊऊऊऊ!

अस्ति मनाङ्को वृत्तचित्रमा ढेंडो ओढाल्या देखा'थ्यो। तेई दिन देखि ढेंडो खान मन ला'र तलतल भईरा'थ्यो।

लु जा! आज त कोदाऽ ढेंडो हुसुरिम्, मुलाको अचार, दाल मखनी, हरियो खुर्सानी र रातो प्याज संग!

राहुलदाई, गुलिमरि भन्या त पहिलो छोटि सुन्दै छु। के हुन् तेस्ता?

हरि, चित्रे, भ्यागुते, अरु को को छन्, सबैलाई "ढ्याऊ" जदौ!
 
Posted on 08-01-07 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफूलाई भोक लाइरा' बेलाँ तिनमाना ढेँडो घिचेर डकार्दै आउने ..... ढेँडे हैजा।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
EAD HELP NEEDED URGENTLY!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Don’t Just Read—Join the Conversation
Need Help of IT consultancies
NEPAL TPS IS GONE
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters