[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २२ ~

[Please view other pages to see the rest of the postings. Total posts: 469]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT PAGE
[VIEWED 217547 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 24 pages, View Last 20 replies.
Posted on 08-13-06 2:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत छ सप्पै चौतारवासीलाइ यो २२ औ चौतारीमा । अरु चौतारीहरु जस्तै २१ औ चौतारी पनि राम्ररी सकिइ २२ औ चौतारी चिन्दा सप्पैसंगै म पनि दंग भको छु, अनि यो नया चौतारीमा रमाइलो गर्न मैले पनि कम्मर कसिसकेको छु । अघिल्लो चौतारीमा एक से एक प्रस्तुती भएका थिए । कथा, कबिता र गाइजात्रे सामाग्रि, यति राम्रा भएकि हप्ता दशदिनमै ५०० हारा हारि का धागा बने । हरेक १५- १५ दिनमा चौतारी चिन्दा अलि ब्यबस्थित भएको हो कि जस्तो लाग्छ । यसमा अरुहरुको बिचार के छ कुन्नि ? यस पटक चाइ सधैको रमाइलो सितै चौतारी महोत्शवको लागी थप गफ पनि
गर्ने मेरो सल्लाह छ ।

फेरी पनि चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिरु, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल,फुलौरे ,कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ यो नया चौतारीमा स्वागत गर्दै रमझम गर्ने वातावरण तयार पार्न चाहान्छु । माथिका नाम भन्दा बाहिरका चौतारीमा हेरेर रमाइलो गर्नेहरुलाइ पनि हउसाउदै चौतारीमा चिसो हावा खान आइराख्न चौतारीवासीको तर्फबाट अनुरोध गर्न चाहान्छु ।




आँङ्ग किन तन्काउछौ त्यसरी
अल्छी त मलाई लागेको छ यहाँ!

हाई किन गर्छौ त्यसरी
निन्द्रा त मलाई लागेको छ यहाँ!!

हरेस किन खान्छौ त्यसरी
दशा त मलाई लागेको छ यहाँ!

चरेस किन खान्छौ त्यसरी
नशा त मलाई लागेको छ यहाँ!!


 
Posted on 08-18-06 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-18-06 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

e thuli nahasauna ... :D:D:D::D
 
Posted on 08-18-06 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-18-06 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेओ!!

ठुल्नानी ल यो तल मैले लेखेको छिटो छिटो पढ है :)

"टिप टिप तलाऊमा टल्किने तारा त मट्टितेलको टिन रहेछ"
 
Posted on 08-18-06 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालबा, सञ्चै ?
 
Posted on 08-18-06 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्चै छु ग्वाँचे, तिम्रो के छ नि? कथा हाल्ने हैन?
 
Posted on 08-18-06 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे........ म पनि सञ्चै छु । कथा केइ दिन पछि हाल्ने।
 
Posted on 08-18-06 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजलाइ चाँही एउटा कविता है ................

पुरस्कार

मैले सफलता पाउँदाको क्षण
तिमीले मलाई दिएको बधाई
अप्रत्यसित रुपमा पहिलो पल्ट
मेरो गालामा तिमीले माया गर्दा
सबैभन्दा ठुलो पुरस्कार पाएथें

मेरो सफलतालाई आफ्नै ठान्दै
तिमी खुशी हुँदा छाएको बहार
हेरिरहंदा तिम्रो सुन्दर मुहार
मेरो गालामा तिमीले माया गर्दा
सबैभन्दा ठुलो पुरस्कार पाएथें

मीठा-मीठा भावना साँट्दै
एक अर्काको हात समाएर
कल्पनामा हामी दुबै हराएर
मेरो गालामा तिमीले माया गर्दा
सबैभन्दा ठुलो पुरस्कार पाएथें

आँखाले आँखासँग कुरा गर्दै
तिम्रो ओंठको मुस्कानमा डुबेर
सामिप्यताको नशामा झुमेर
मेरो गालामा तिमीले माया गर्दा
सबैभन्दा ठुलो पुरस्कार पाएथें

दुबैको गन्तब्य एउटै बनाउँदै
सुन्दर सपनाहरुमा भुलेर
तिम्रो मायालु आलिँगनमा झुलेर
मेरो गालामा तिमीले माया गर्दा
सबैभन्दा ठुलो पुरस्कार पाएथें

उज्वल भविष्यको कामना गर्दै
मुहारमा बिहानी अभा छरेर
कहिल्यै नबिर्सिने वाचा गरेर
मेरो गालामा तिमीले माया गर्दा
सबैभन्दा ठुलो पुरस्कार पाएथें

मेरो गालामा तिमीले माया गर्दा
सबैभन्दा ठुलो पुरस्कार पाएथें
 
Posted on 08-18-06 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह वाह!!

सार्‍है राम्रो ग्वाँचे!! मलाई सार्‍है राम्रो लाग्यो।
 
Posted on 08-18-06 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! गजब छ कविता ग्वाँचे
पुरस्कारै पाउनुभएछ नि पाउन पनि:)
 
Posted on 08-18-06 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-18-06 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीरखे दाइ म त्यस्तो थोलो थोलो कुराहरु बुज्दिन । ल तपाइ नै भने दिनुस् त्यो भनेको के हो । आफु पर्यो सानो मान्छे अनि तेस्तो थुलो थुलो कुरा कता को बुझ्दिनु।

साननि म रिसाको चैन। साननि जम् आज् काफल् तिप्न।

ओहो ग्वचे त अल् रोउन्दर् पो रैच। अगि त म कालो बेल्त् हो भन्त्यो। के हो तपै कबिता लेख्ने मा नि कालो बेल्त् हो?
 
Posted on 08-18-06 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर मिस् लाइ मेरो कबिता ले त रुवाबासि नै पो पारेछ --- मिस् मैले कान् समातेर बिस् चोटि उठ बस् गरेँ। लौ अब जिस्काम्दीन् -- हाप् छुट्टि आज त -- खुर्पे डाँडाँ हाट लागिरच् म त जानी हो -- रिबिन् किन्दिम्ला के रे कोइ जानि भे म सङ। कइता नि सुनाम्छु कथा नी सुनाम्ला बाटाँ।
 
Posted on 08-18-06 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्बचेँ तपाईं को कबिता सारी राम्रो लाग्यो तर यि २ शब्द को अर्थ के होला कुन्नी । "सामित्यता" "आलिगन्" मैले बुझ्नै सकिन।
 
Posted on 08-18-06 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे ठुल्नानि, कुराहरु ठुला हैनन् मलाई तिम्रो तोतेबोलि मन परेर त्यो लेखेको जस्ले छिटो छिटो पढ्दा पनि तोते बोलि हुन जान्छ के त्यसैले।:)
 
Posted on 08-18-06 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी, कविता लेख्न त भर्खर सिकिर'हो, के को कालो बेल्ट हुनु'नी । बरु काफल टिप्न हाम्लाइ नि लाने'भे अरु'नी कविता सुनाम्ला क्यारे ।
 
Posted on 08-18-06 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी,

सामिप्यता = Togetherness
आलिँगन = Hug
 
Posted on 08-18-06 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुतेको ४, उठेको १०…फेरि छनक्कै निन्द्रा लाग्यो!

हाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽई!

ए, केटकेटिहुर! अलि सुस्तरी बोले है! डिस्टब् नगरे! :)
 
Posted on 08-18-06 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाsssssssssssssssssssssssssssssssssssssssइ
 
Posted on 08-18-06 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झन् डिस्टब् नगरे भुनेको, चिच्यायो अर्को! के भो? पैरो गो कि के हो कतै? :p
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
TPS Automatically Extended for Six Months!!!
Cricketer Sandeep Lamichhane singing & playing guitar
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
Why Oli must go for the UML to survive?
Who are the real Sukumbaasis?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Zero Civic Sense: Indians in Nepal
Deepak Bhatta could help bring down the three stooges
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters