serial
Replies to this thread:
More by serial
What people are reading
Subscribers
Please log in to subscribe to serial's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 958]
[VIEWED 388745
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-04-08 9:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
-चौतारी - ११८
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
**********************************************************************
*********************************************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
|
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 06-06-08 3:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 06-06-08 3:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्मालबा र सान्नानी
सान्नानि – “ हेलो, ….हेलो…?”
बिर्खै – “हिल्लोsssss…., हउर…. हिल्लोsss…(स्वाँsss)…. हिल्लोsss…”
सान्नानि- “ हेलो….हजुर नमस्कार, फर्माइसि गित कार्यक्रममा”
बिर्खै- “हिल्लोsssss हिल्लोsss… हउर हिल्लोsss…(स्वाँsss)
सान्नानि- “ हेलो?? सुन्नुभएन? नमस्कार छ फर्माइसि गित कार्यक्रममा”
बिर्खै- “ हिल्लोsss.. यो काँ परो?... (स्वाँsss) यो काँ परो?...”
सान्नानि- “यो फर्माइसि गित कार्यक्रम पर्यो, हजुर कहाँ बाट को बोल्नुभएको?
बिर्खे – “हिल्लोsss.?? यो गित फुरमाइस अर्ने रिडिओ हो? हिल्लोss?”
सान्नानि- “ हजुर गित फर्माइस गर्ने कार्यक्रम नै हो। हजुर कहाँ बाट को बोल्नुभएको?”
बिर्खे- “ हउरss? म बिर्खे माइला बोलेको। चौतारि गाउँको जिम्माल क्या त। हिल्लोss?”
सान्नानि- (“ ह्या बुढाले यहाँ फोन गर्न भ्याएछन अब के गर्न थाल्नु?”) “ हजुर बिर्खे जि भन्नुस कस्तो चल्दैछ दिनचर्या?”
बिर्खे- “ त्याँ हाउँरि सान्नानि बोल्छे भन्तो ग्वाँचेले तेइभ’र बात नि मारुम गिद नि सुनुम भनेर भाउते बजियालाई भनेर फुन लाको, नानि हाउँरि सान्नानिलाई देऊ त!”
सान्नानि- (“हरे अन एअरमा बुढाले नाम लिन्छन”) हँ त बिर्खे जि यहाँलाई कुन गित ले स्वागत गरौँ?”
बिर्खै- “ भखर छोरि पा’कि चाइन्जो बेथा बिराम नसोधेओ नि जुग भओ भुनेर नि नानि, स्वाउत अरे है नानि मुइँले नि। हाउँरि सान्नानि छैनन् भनेसि??”
सान्नानि- “ बिर्खै जि हजुरले भन्नुभएको सान्नानि यहाँ छैनन् त भन्नुहोस कुन गित सुन्नुहुन्छ?”
बिर्खै- “ सान्नानि छैनिन रे?? छे होलि, नानिले चिनेनौ बरु, तो भर्खर छोरि पा’ कि नानि क्या, अलि छोटि छोटि मोटि मोटि छे, गालाँ कालो कोठि भ’ कि के?”
सान्नानि- ( ‘ यिनि बुढालाई नलखेटि भएन बा!”) “ हजुर बिर्खेजि हजुरले बोलेको सबैले रेडियोमा सुनिरहनु भएको छ”
बिर्खे- “ (दङ्ग पर्दै) “हन के भन्छिन यिनि नानि? म बोलेओ रिडियाँ सुनिन्छ रे?”
सान्नानि- “ हो नि बिर्खे जि सुनिन्छ, जस्तो तपाइँले रेडियो खोल्दा अरुले फोन गरेको र गित अनुरोध गरेको सुन्नुहुनथ्यो त्यस्तै अहिले हजुरले बोलेको अरुले सुनिरहेका छन्।“
बिर्खै – “ ए रात्तै! हो र भन्या?” “ लु उसो भा मेरो नि डेढि खेत अर्देऊ त बा?”
सान्नानि- “ डेढि खेत रे?”
बिर्खे – “ हो नानि तो सपैले फुन अरेर गर्छन नि डेढि खेत चिनेजानेओ सपैको नाउँ भन्छन अन्खेरुन बल्ल गिद बज्छ नि?”
सान्नानि- “ हाहाहा डेडिकेट भन्नुभएको होला बिर्खैजीले हाहाह”
बिर्खै- “ हो हो तेइ डेढि खेत अर्देउ त बा!”
सान्नानि- “ ल भन्नुहोस कसलाई डेडिकेट गर्न चाहनुहुन्छ गित?”
बिर्खै- “ हेरि तो हाउँरो सानि नातिनी तितौरी कता हिनिँ कता तेल्लाई डेढिखेत हर्देउ त बा!”
सान्नानि- “ ल त बिर्खे जि सुन्नुहोस यो गित, हामिलाई फोन अर्नु भएकोमा धन्यवाद्”
( म माहुरि हुँ राधा….तिमि आँफ मन्जरी हौ….)
बिर्खे – “ साँच्चि एउडा कुरो सोधुम भन्या….…(स्वाँsss)…. हिल्लो!...हिल्लो!....लु काटिएर मरेछ!...भाउतेssss! ए भाउते! भाउते होsss ! कता अन्मरियो मोरो फेरि। फुन बिउरिओ नारन! कुरो अर्दै थेँ फुन बिउरिओ!! हरिशरणम्!!
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 06-06-08 3:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उइलेको "कफि विथ् कुम्ले" को एक झलक:
संवाददाता: तपाईहरु चौतारीमा यत्ति पपुलर हुनुहुन्छ, त्यो पनि महिला बर्गमा बिशेष। यसमा तपाईहरुको के भन्नु छ?
जिम्माल बा: हे हे हे लोल कुम्ले! कस्तो कुरो गरेउ बाउ। म कसरी पउलर हुदोँ हुँ? एउटी छे जिम्माल्नी, त्यो नि घरि घरि खाँउला झै गरेर हेर्छे। एउटीले त देखि सहन्न क्यार्न पउलर हुदो हुँ? एउटी सान्नानी थि, 'जिम्माल बा हउरलाई कस्तो छ' भनेर सोध्थी, त्यो पनि छोरी पाएदेखि नाक मुख देखाउदिन, हिजो रीडियाँ बोल्न फुन गरेओ थिएँ, उसको नाम सोधेओ स्वाँsss स्वाँsss मत्तै आओ। अर्कि नातिनी थि, 'हजुर्बा पुस्टकारी खान्छु' भन्थी, अचेल उ नि हराकी छे, हिजो डेढी खेत गरेओ थिएँ एउटो गाना उसैलाई।
निशान्त: लु आबो चाँहि लाsssस्टै र्याग हान्यो हाम्रो कुम्स पाटले। आबो ब्रोलाई थाहा छदै छन्त हो छप्किहरुले बाल दिनु छड्यो मोलाई भनेर। आबो साsssनो देखिको ग्याँस थियो सिम्स। उ पनि टाप दियो कत्ता हो कत्ता, साली थियो हो कहिले काँहि मल्हम लगाउनुलाई मात्रै भएपनि बोल्ने उ पनि आउदैनन्त आजकाल अन्त के को पपुलर हो? आबो अरु सुड्डीहरुले बबाल गाली मत्रै गर्छ हो! फिरी ब्रोले चाँहि चप्किहरुमा पपुलर भनेर लास्ट चर्हाएको घाउमा नुन हाल्दिन्छ, आम्बो!!
मदनवा: खेँ... खेँ... खेँ..., हमिलाई शरम लागेछ। कहिले देखि हमि कराएछु हमिले लरकि पाएन भन्दै, अब तपाई भन्नु हुन्छ हमि लरकि मे पापुलर छुँ भनेर, खेँ... खेँ... खेँ...।
संवाददाता: तर पनि तपाइँहरु चौतारीका प्रमुख ब्यक्तीहरुमा पर्नु हुन्छ नि। सबै फरक किस्सिम को ब्यक्तित्व हुनुहुन्छ त्यहि पनि सबैको प्यारो हुनुहुन्छ। तपाईँहरुलाई एक अर्का कस्तो लाग्छ नि?
जिम्माल बा: कस्तो लाउनु नि कुम्ले बाउ? उहिले पो थिए राउँरा मुन्छेहरु। सिरे थो मुउलान भासियो, रुइना थि कुन कुनामा छिरी? अहिले यि अल्लारेहरु आ'छन्, निशे छ कहिले होसाँ हुन्न, जहिले नि तो के जाती फिउस हान्चु भन्च राता राता आँखा लाउच। अर्को 'डाउडर हुँ' भन्च भन्नलाई, आफै बिरामी छ जस्तो लाउछ। नलिखुट्टो दुख्यो भनेर देखाउन गयो लरकि पाउन सकिन भनेर रोएर बस्न दिन्न। आफु बिमारी मान्छे उसलाई ढाडस दिएर फर्कन्चु। हन कस्ता मुन्छे पउलर हुन्चन् चौतारियाँ अचेल?
निशान्त: आम्बोsss जिम्स सुड्डाले भन्नु पायो भन्ने बित्तिकै बबाsssल खोक्दिने? आबो मो रातो रातो आँखा बनाएर हिड्यो भने सुड्डालाई चाँहि के को टाउको दुख्यो हौsss? बबाल गर्छ यार! आबो योङ जेनेरेसन मान्छे होन्त हामी अन्त फिक्स हान्नु, झारेहरुलाई कुट्नु भन्ने कुरा त हाम्रो खुनमै छन्त। फिरी धरानको काsssलो सुङुरको बल कोस्लाई देखाउने हो? आबो चौतारीमा सुड्डाहरुले बबाल लोक गाना मात्र सुन्छन्त अनि मोइले कहिले काँहि हाम्रो ग्याङको गाना बजाउछु कि अन्त त्यहि भएर रिस पोखेको। आबो म्याडको बारेमा चाँहि ठिकै भनेको हो! मो सिम्सले छोड्दा त केहि भनेको छैन हगि आबो यो भैया चाँहि छप्कि पाएन भनेर फिरी बबाsssल रुइदिनेन्त।
मदनवा: नियमापत्ति! कुमलवा तपाइँ हमिलाई सम्मान कर्नेलाई ल्याउनु भएछ कि अपमान कर्नेलाई। सबै गावँ मे हम्रो कित्ना इज्जत छ, गावँमे पखला लागेको बेला जिवनजल कस्ले खिलाउछ? हमिले। त निशान्त दाजुलाई उ डेट इस्पाइर भएको दबाई कस्ले दिन्छ? हमिले। त जिम वाला बुर्होलाई बिमार भएको बेला कस्ले दबाई दिन्छ? हमिले। और हमिलाई गालि कर्ने बोलाएछ तपाईहरु?
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 06-06-08 3:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन कता लाएचन सप्पै? हर्क्या पछि लागेर ऐले देखिन नै ठाडो घाँटि लाउन लाए जस्तो छ अल्लारे पाटि।
बरु सान्नानीले एसो च्या झैं ला'थ्यो। जिम्माल बा र ठुल्दाई नि कता लाएचन कुन्नि। पर्वते अब जम्न पर्ला नि त कुनै दिन। बेंसि झर्नि बेला भो। आज अन्तिम दिन मुन्टानामा।
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 06-06-08 3:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्रो तिर त छुट्टी हुनी बेला भयो दाई तेही भएर हिंडे होलान नि सप्पै , ठुल्दाइ खै आज ? कथा लेख्दै हुनुहुन्छ कि क्या हो? अब तल तिर झरेसी एकदिन जम्नै पर्छ दाई , हल्लै मात्र धेरै भयो 
जिम्माल बा र रिठ्ठे मिलेर कता लाए? अघी त खुब घुइचो थियो त अहिले बिलाए 
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 06-06-08 3:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अन्तरे दाई म यतै छु। अब म नि हिँड्नी हो एउ छिना, रमैइलो लागि रा छ हजुरले खोतलेर ल्याका पुराना कुराहरु। नेत्रे बङुर्को छोयला हाम्लाई नि देउ है?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-06-08 3:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
“ सान्नानि छैनिन रे?? छे होलि, नानिले चिनेनौ बरु, तो भर्खर छोरि पा’ कि नानि क्या, अलि छोटि छोटि मोटि मोटि छे, गालाँ कालो कोठि भ’ कि के?”
ए सान्ननी तिमीलाई त "छोटि छोटि मोटि मोटि" रे  अन्तरे दाई आज फुर्सत मा हो? अनी खर्क तिर झर्ने होइन त?  पर्बते मार्साब अघी न मैले सोध्या खोइ उत्तर?
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 06-06-08 3:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यै त फुट्बल भनेको रे के मलाई जिम्माल बा ले, तर कस्तो ठ्याक्कै मिलको नि त अनि रिसाउनु नि भएन
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 06-06-08 3:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माथि त्यत्रो लेखेर खोइ उत्तर रे? हैन मैले लेखेको अरु कसैले देख्दैनन मैले मात्र देख्छु कि क्या हो केही रेस्पोन्स नै छैन बा , म त लेख्ने मात्र रहेछु त
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-06-08 3:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
१ !  ठ्याक्कै मिलेको रे? हो र भन्या? तेस्तै हो र सान्नानी?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 06-06-08 3:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल अन्तरे!
सान्नानीले 'भउते' मिलार अर्को एक अंक प्राप्त गरेकी छिन्! :पि :डि
नेत्रे मइँले बनाम्ने छोयला अलि फरक किसिमको हुन्छ, जिरा मसला हाल्दिन म! तर उहिले नै सत्ययुगमा पुन्टे भन्ने थिए साझामा, उनले त्यो जमानामा (आफू ठिटो हुँदा होला नि) बङ्गुरको छोयला बनाउने बिधि टाँसेका थिए त्यहि कपेर पेस्टिन्छु है त! फरक टेस्टको लागि मेरो बिधि कतै चौतारीमा टाँस्या थिएँ क्यारे त्यो खोज्छु नभए टाइप नै गर्छु जे पर्ला पर्ला! अहिलेलाई पुन्टे बुढाको रेसिपि!--
Poonte |
Posted on 07-Feb-03 10:24 AM
Dhobini's birthday on the 11h re? So, she wont be coming in to do the laundry for us that day? Damn! I gotta make sure I dont run outta undies by then...tell you what, as a birthday gift, how about we do HER laundry instead? You wash her clothes, while I keep her company as she waits for the clothes to dry! OYS...can you do us a favor, please? Pran bhanda pyaro bhai? Hide the rest of her other clothes on the 11th? eheheh
Who's dis WHATEVER?
Chhoila ko recipe:
20 lbs soongoor ko maasu--no boso (serves three) Tukra tukra paarring Polling on the aago--usineko no good--deep fry, or grill Golvedas (tanna), jeera ko dhulo, khursani ko dhulo, dhaniya dhulo, noon, aadi-ityadi masala haru blender ma ghwainya garne Molo the masala mix with poleko masu Leave it for an hour Tanna chireko hariyo khursani ra tanna methi furaune, ani jhwai garne... Kagati nichorne...sir le iskool ma hamro kaan nimothya jastai garera Gwam gwam khane Bholi palta chherne!
OU you too after my saali now? Timi jasta layak lai ta saali ta ke, chhori nai takraunla ni--tyo ni silver boat ma...euta Maruti, ghar (Singha Durbar bhanda ali kata saano), jaagir (basi basi paleti kasera paisa kamaune), ani mero amulya ra endangered piece of hair...as daijo! Wanna wait for about 25 more years? ani LOTTO ni parnu paryo...ani dekhamala sansaar lai, jwai-sasura ko relationship kasto hunu parcha bhanera ;)
SITZ...dijju (kaan ma khusukka!)...tyo hamro univs ko ke jaati program ko bahana parera sutukka bhetne ho ki ke ho? aam? I swear I'll be a gentleman ;) |
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-06-08 3:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ पर्बते काइला खै काँ लेखेउ र तिम्ले? हाम्रा आँखा बुढा भा' छैनन त यती चाडै - जिम्माल जस्तै ठानेउ कि क्या हो ?  ल देखाउ देखाउ लेख्या हो भने चाँही
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 06-06-08 3:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
20 lbs soongoor ko maasu--no boso (serves three) re OMG kati khana sakne yo punte dai launa 
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-06-08 3:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ देखे देखे ! कालो अक्षरमा लेख्या रइछौ ! आफ्नो त पर्पल भन्दा अरु तिर आँखै जादैन ! कस्तो बेइमान आँखा आफ्नो त
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 06-06-08 4:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई त लाएको थियो, कालो अक्षर देख्दैन भन्नि अघी मदनबा ले मैच्याङ लाई मोहोनी लाए जस्तो तिम्लाई पनि पर्पल रङले मुहुनी लाए जस्तो छ  बिचार गर है फेरी मेरो जस्तै हालत होला
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 06-06-08 4:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बङ्गुरको हर्के स्टाइलको छोयला बनाउने बिधी-
सामाग्रि- १) बङ्गुरको फ्याट कम भएको स्टु मिट आधा किलो जति (अथवा हाँसको छाला निकालेर बोसो फालेको मासु) (पाउन्डमा आफैँ हिसाब गरेर निकाल्नुस)
२) रातो प्याज एउटा
३)हरियो लसुन, एउटा सानो मुठा (बेबि लिक भनेर चाइनिज स्टोरमा भेटिन्छ, नभेटे लसुनको पोटिहरु)
४)हरियो कागतिको झोल
५)नून तथा बेसार
६) मेथी (एक चम्चा)
७)रातो खुर्सानी पिनेको १ चम्चा
८)रातो खुर्सानी सिङ्गै ५ -६ वटा
९)धनियाको धुलो अलिकता
१०)तोरीको तेल २ ठुलो चम्चा
बिधी- १) मना छोयला बनाउन मन भए उसिन्ने र हाकु छोयला बनाउन मन भए पोल्ने (ग्रिलमा)(राम्रो संग पाक्न दिनुहोस है?)
२)प्याजलाई टुक्रा पारेर काट्ने
३)हरियो लसुनलाई टुक्रा पारेर काट्ने (वा लसुनको पोटिलाई २-३ टुक्रा पारेर काट्ने)
४)पोलेर वा उसिनेर मजाले पाकेको मासुमा नून,खुर्सानीको धुलो कागतीको झोल अनि प्याज र लसुनका टुक्रा हाले मजाले सकेको बल लगाएर कालो हात भए कालो हात गोरो हात भए गोरो हातले मल्ने, र साइडमा राख्ने करिब ३० मिनट!
५)प्यानमा तोरीको तेल तताउने!
६)तेल तातेपछि मेथि हाल्ने!
७)मेथि पड्कन थालेपछि खुर्सानि हाल्ने र एकैछिनमा बेसार र धनियाको धुलो हाल्ना साथ त्यो तेल मलेको मासुमा खन्याउने (झ्वाईँययययssss!) (सावधान, मसला डढ्यो भने बरबाद हुन्छ स्वाद!) (यहि बेला स्वाद मन पर्छ भने जिराको धुलो वा गरम मसला पनि हाल्न सकिन्छ)
८) फेरि बेसमारि हातले मल्ने, केहि लसुन थिचिउन, केहि मासु दबिऊन, केहि मेथीका गेडा टुक्रिउन!
९) मजाले मलेपछि अझ ३० मिनट जति राखे पछि हर्के स्टाइलको बङ्गुरको छोयला तयाल हुन्छ,लसुनको राग सहितको पिरो छोयला संग तिनपाने चिरिप्प पार्दै आनन्द लिनुहोस!
Last edited: 06-Jun-08 04:24 PM
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 06-06-08 4:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|

जिम्माल बा खोइ त भोज खूवाएको ? आफै बनाएर खाऊ भनेको हो हजुरले?
|
|
|
V2001
Please log in to subscribe to V2001's postings.
Posted on 06-06-08 4:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Harreee, aja dikka lageko belama chautari ma pani jharko lagdo kurakani chaldai recha. 20 more minutes to 5...
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 06-06-08 4:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
याँ साहूको काम सक्यो क्या त अनि फुर्सत पा। अब झर्न ला तेतातिर। तिम्रा गामतिर ता किन आम्थेम नि अब रिठ्ठे तातो न छारो बरु ठुल्दाइकाँ तिर पो जान पर्ला, वाँ ठुल्दाइले माइन्ड गर्न थालिसके अन्तरे म:म: खान आएन भनेर, पर्वते नि बोतल टुलुटुलु हेर्दै बस्या छ रे जम्न पर्च भनेर, त्यो दाउ पो छ ह्याँ आफ्नु।
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 06-06-08 8:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
२) श्री लहरेकान्त लाकौलको पुरा नाम र पद लेख्नुहोस!
उत्तर: यो प्रश्न अलिक चलाखी पूर्ण सोधिएको जस्तो बुझिन्छ। लहरे वा लहरे कान्त लाकौल पनि भनिने श्री सेरियलमान श्रेष्ठ मान्छे जस्तो नाम र काम पनि उस्तै झांगिने रहेछन। जहिंतहीं ढाकेको छ, बर्खाको फर्सी, इस्कुस, तिते करेला, कुभिण्डो र कांक्राको लहारा जस्तो। छारी, माच, बार, थांक्रा, आरुको र बखडाको बुटो, किम्बुको बोट केही छाडेको छैन, लहराले। यानी लहरेले। भन्न खोजेको, चौतारी रसरंग प्रधान पनि उही रे, चौतारी गित संगित टाँसटुस माहशाखाका अध्यक्ष पनि उही रे, चौतारी गालिगलौज तथा निरलज्जि समाजका अध्यक्ष पनि उही रे। तेती मात्रा हो र। इन लोकेसन, न्यूज डिभिजन चौतारी समाचार समिती का बरिष्ट संवाददाता रे, 'चौतारी गणतान्त्रिक जदौ सुधार समिती महासचिब' रे, 'घाइते उद्धार हेतु स्वउद्धार परियोजना महानिर्देशक' रे, 'उस्ताद चौतारी शाम-ए-गलज प्रतिष्ठान प्रमुख' रे। के रे कु रे। एस्ता बहुरुपी लहरे कान्त लाकौले आफ्नो जिब्रो सुधार्न नसकेको तथा सधैं भरी बोर र टेन्सन मात्रा मानि रहेने बानी पनि नछोडेकोले सबै लहरा मासेर मकै छरे घर पनि उजेलो हुने, पोली खान मिठो पनि हुने भन्दै खै कस्कस्ले 'चौतारी रसरंग प्रधान' तथा 'चौतारी गित संगित टाँसटुस माहशाखाका अध्यक्ष' मात्र हुने गरी तल्ला गराको छेउमा जाते तरुल जस्तो ए झ्यांग मात्र रोपेका छन भन्ने बुजिएको छ।
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 60 days
Recommended Popular Threads |
Controvertial Threads |
Conservative discussions |
Venezuela TPS lawuit |
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
Nepal TPS decision |
What is the purpose of an F1 student visa in the U.S.? |
#MAGA#FAFO is delicious |
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने |
Homeowner Charged renting to illegal migrants |
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS |
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
Travelling to Nepal with expiration less than 6 months |
ICE kidnapping people off the streets over op eds |
Don’t Just Read—Join the Conversation |
FDA admits Covid mRNA ‘Vaccines’ CAUSE CANCER |
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA? |
USCIS to Check Social Media Posts of Green Card Applicants Legally Residing in US |
Nepal TPS |
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision |
नपरी भोगिदैन नमरि नर्क हो वा स्वर्ग पुगीदैन |
Trump says he ‘couldn’t care less’ if automakers raise prices 🤣🤣🤣🤣 |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|