[VIEWED 17458
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
timi_mero_sathi
Please log in to subscribe to timi_mero_sathi's postings.
Posted on 01-30-06 8:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कथा आइते र सांइलि तामाड्नी जन्म थलो काभ्रे बाट शहर झरेको पुरा सात बर्स भएछ। गांऊमा माओबादि ले खाना मागेको बेला खाना नादिए पिट्ने र मार्ने धम्कि अनि माओबादिलाई खान दिए सेनाको पिटाइ र घरिघरिको सोधपुछ बाट गांऊमा बस्न सक्ने स्थिति थिएन। एक दिन भनेको बेला खान दिएन भनेर माओबादि ले आंगन मा बाधि राखेको दुईटा लइनो भैसि लिएर गए। पछि सेना आएर माओबादि लाइ भैसि दिएर सहयोग गर्ने तै होइनस भनेर आइते लाइ समातेर लागे। दुइ बर्ष कि छोरि जुनेलि लाइ पिंठु मा बोकेर रुदै सांइलि तामाड्नी आधा घण्टा सम्म पछि पछि पानि आएकि हो “बिन्ति छ पानि मेरो लोग्ने लाइ नलग, माओबादि ले भैसि खोसेर लागेको हो, हामिले दिएको हैन” भनेर कति बिन्ति कराइ गर्दा पानि सेना ले ऊल्टो “बढि नकरा तेरो लोग्ने लाइ भोलि पठाइ दिन्छौ, अइले सुरुक्क जा होइन भने तंलाइ यहि भिरबाट खसालि दिन्छौ” भनेपछि सांइलि रुंदै फर्केको आइते लाइ अझ पनि सम्जना छ। भोलि पठाइ दिन्छु भनेको आइते लाइ सेना ले काहा लाग्यो थाहा भएन। आइते नभएको बेला माओबादि आएर सांइलि लाइ पनि माओबादिमा लाग्नु पार्छ भनेर निकै कर गरे। सांइलि ले नमान्दा बेस्करि पिटेर घरमा भएको मकै पनि लुटेर लगे। छ महिना पछि आइते एकाएक घरमा आयो, ऊसको शरिरभरि निलडाम थियो, हातमा प्लास्टर लगाइएको थियो। त्यसपछि ऊनिहरु गांऊ छोडेर शहर आए सेना र माओबादि को आतंक बाट दिक्क भएर दुइ बर्षको छोरि बोकेर शहर पशेको हिजै जस्तो छ तर शहरमा भारि बोकेर, कुल्लि काम गरेर परिवार पालेको पनि सात बर्ष पुगेछ। र, आजै जुनेलि १० बर्षकि लागि अनि जुनेलि लाइ टाइफाइड ले छोएको पानि एक महिना पुग्यो। जुनेलि दुब्लाएर नर्कट जस्ति भएकि छ। “अब टाइफाइड निको भयो, छोरि लाइ केहि तागतिलो खान दिएर छिटै बलियो बनाउ”, डाक्टरको स्वर आइते को कान मा ताजै छ। तर बन्द र जुलुस ले गर्दा हिजोआज काम पाऊनै गाह्रो। अलिअलि बचाएको पैसा पानि ओखति गर्दैमा सकियो कहांबाट ख्वाऊनु केहि तागतिलो? ब्यथा “ए जुनेलि को बाऊ आज छोरी को जन्मेको दिन पनि हो, बिहान देखी छोरि मासुभात खाने भनि रहेकि छ, घरमा अलिकति गहुको पिठो र लसुन बाहेक केहि छैन। मतिटेल पनि सकियो। जाऊन एसो कतै काम पाइन्छ कि? फेरि भोलि के खानु”? एघार बजि सक्यो। सांइलि को स्बर ले आइते झस्कन्छ। हो आज त केहि कमाऊनै पर्छ, हिजो पनि दिन भर केहि काम पाइएन फेरि भोलि देखि सात दिन बन्द भन्छन् भन्दै आइते नाम्लो बोकेर सडक तिर लाग्छ। तर तिन बज्दा सम्म केहि काम नपाएकोमा आइतेलाइ चिन्ता लग्छ। आज पनि काम पाइदैन क्यारे के गर्ने होला? “ए आइते मेरो एकबोरा चिनि र तिन टिन मतिटेल घरमा लग्दिन्छस?, तिन सय दिन्छु, भोलि देखि सात दिन सहर बन्द भन्छन पसल खोल्न नसकेपनि घरबाटै भएपनि चिनि र मतिटेल बेच्नु पर्ला” राम साहु ले आइते लाइ भन्यो। यसलाइ त दुइ ताल गर्नु पर्छ साहुजि फेरि सामान गरुंगो पानि छ अलिकति पैसा बढाइदिनुहुन्छ कि ? आइते को जाबाफ थियो। “मोरा पैसा बढाइदे भन्छ, भोलि देखि सात दिनको बन्द मा काम पाइनस भने कसरि डेराको भाडा तिर्छस”? हो त नि भन्दै आइते भारि बोकेर साहु को घर तिर लाघ्छ। फर्कदा साहुले दिए को तिन सय बाट मासु, मतिटेल र गहुको पिठो लिएर खुसि हुदै डेरा तिर लाग्छ। आइतेले कालो झोलामा सामान बोकेको छ। सायद यो सांझ को पांच बजेको होला। बाटोमा जुलुस जिन्दाबाद र मुर्दाबाद को नारा लागाऊदै अगाडि बढिरहेछ कति ले हात मा मसाल पनि बोकेका छन्। जुलुस पुलिस चौकि तिर बढिरहेछ्। यो माओबादि को जुलुस हो अब यंहा सेना ले आक्रमण गर्छ बाटो मा कसैले भनेको आइतेले सुन्छ। आइते हतार हतार डेरा तिर लम्क्न्छ। आइतेको डेरा पुलिस चौकि बाट एक किलोमिटर मात्र टाडा छ। यत्तिकैमा ड्याम डुम गोलि चलेको आवाज आऊछ । ए भाग भाग पुलिस ले गोलि चलायो मर्लास आइतेको पछाडि बाट कोइ कराऊछ । आइतेको जिऊ एकपटक सिरिङ्ग हुन्छ मरिने पो भइयो क्यारे। ऊ बेतोड ले डेरा तिरा डौडिन्छ। डेरा को ढोका देखिएपछि जोड ले कराऊछ साइलि ढोका खोल म आइपुगे । यत्तिकै मा पछाडि बाट कसैले भन्छ ए त्यो कालो झोला बोकेर भाग्ने माओबादि लाइ ठोक । ड्याम्म…… आइतेलाइ पछाडि सुइरो ले रोपेको जस्तो हुन्छ । ड्याम्म……आइते ले फेरि ढाड मा अर्को सुइरो को अनुभब गर्छ। सांइलि भन्दै आइतेको निरजिब शरिर डेरा को ढोका मा बज्रिन्छ । हल्ला सुनेर साइलि ले ढोका खोलि तर ड्याम्म……सांइलिले के भो थाहनै पाइन। ऊसको निरजिब शरिर आइतेको लास माथि घोप्टिन्छ। कोलाहलले गर्दा टइफाइडले थला परेर निदाएकि जुनेलिको निद्रा खुल्छ। ऊसलाइ लाग्छ शायद बाऊले मासु लिएर आए। मासु र भात खान पाऊने आशाले उसको आंखामा एक प्रकार को चमक छांऊछ ।
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-19-06 10:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिमी मेरो साथि, धेरै मजाको लाग्यो! साझाबसैमा, साँच्चै सत्य घटना हो? मैले पनि यस्तै केहि घटना सुनेको थिएँ, धन्यवाद् कथाको रुपमा राखिदिनुभएकोमा!
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 02-20-06 1:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिमी मेरो साथीजी, तपाईँको लगन र शिल्पको प्रशंशक हुँ, तर एउटा कुरो भन्न मन लागेको छ, त्यो माथिको प्रकाश र उषाको कथाको विषयवस्तु अलि पुरानो भएन र? यस्ता कथाहरु धेरै लेखिइसकेका छन्। तपाईँजस्तो सलल कथा लेख्न सक्ने मान्छेले अलि नया विषयवस्तु रोज्ने गर्दा राम्रो होला। अन्यथा नलिनुहोला, एउटा हितैषी साथीको सल्लाहको रुपमा लिइदिनुहोला। ******************************** साझाबसैमाजी, अत्यन्त मार्मिक सत्य राख्नुभयो। शाही कुकुरहरुका कारण देशका धेरै कान्छा दाइहरुको हाल त्यस्तै भएको छ। यीनले त्यो पापको मूल्य चुकाउने दिन कहिले आउने हो, ब्यग्र छु म।
|
|
|
timi_mero_sathi
Please log in to subscribe to timi_mero_sathi's postings.
Posted on 02-20-06 5:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
word map, jairamji ki and Birkhe maila ji, हजुर हरुलाइ फेरि एकपटक मुरिमुरि धन्यबाद। nepali kancha ji, हजुरको कथा पनि राख्नुहोस, सबैले सुनौ साझाबैसैमा जि, धन्यबाद, सत्य घटनाको लागि, हाम्रो देसको स्थतिले गर्दा कथा पनि सत्य घटना जस्तो लाग्छ र सत्य घटना पनि कथा जस्तो लाग्छ। र, अन्त्यमा Gautam B ji साथिहरुको सुझाब लाइ अन्यथा लिने कुरै आउदैन र लिन पनि हुदैन। तपाइको सुझाबलाइ मनन गर्नेछु। तिमि मेरो साथि
|
|
|
nepali_kancha
Please log in to subscribe to nepali_kancha's postings.
Posted on 02-27-06 11:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो कथा कसरी भनुम म आफ्नो कथा । कसरी भनुम म आफ्नो ब्यथा साझा बसी समछ्य राख्दै छु यो कबिता । कथा हो यो अफुनै बस्ने समाजा को कथा हो यो अनैतीका राज् निति को कथा हो यो अफुनै बस्ने भात्किए को घर को । लग्थ्यो मलाई यो कथा किन यस्तो पखेटा कटीय्को परेवा जस्तो मरुभुमिमा हिंड्ने एक यात्राी को प्यस जस्तो । आज मेरो घर सुन्नेता ले भरिएको छ जता हेर्यो तेतै भात्किए को छ साथी आज किन आफ्नो आफ्न्ता नै एक बिरानो भैराखे को छ । हत्त्य र बिद्रोह ले पलुवा पलायेको छ हिजोको एक् सरल् र सधारन् नगरिक् अज एक् हत्यरा बन्न गैरहे को छ। अज किन येस्तो लगि रखे को छ अफ्नो घर् पनि एक् लडाइ को मैदान रहेय् छ।। अशा थ्यो, कथा को अन्त हुन्छ हरियलि बशन्त भयेर अशा थ्यो , कथा को अन्त हुन्छ दियो को उजयलो भयेर अशा थ्यो , कथा को अन्त हुन्छ सान्त बातवरन् भयेर। तर सथि यो कथा मा येस्तो कुनै मोड् नै छैन, जस्म एक् शन्ति को बेउ बकि छ जस्म स्वभिमानि को झन्डा फहरिअ को छ जस्म कोहि अन्नयाए अत्याचार् सङ लडेको छ। सथि यो एक् कथा नभयेर यथार्थ हो। यो हमि सबै को एक् जिबन् ब्याथा हो।।
|
|
|
timi_mero_sathi
Please log in to subscribe to timi_mero_sathi's postings.
Posted on 08-23-06 10:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कथा सानै देखि म फुटकर कबिता लेख्थे । स्कुलमा कबिता प्रतियोगितामा पुरस्कार पाएको पनि छु। साथिहरु भन्थे मेरो कबितामा संघर्स र भाबना पोखिएको हुन्छ। जे होस, क्याम्पस पुग्दा सम्म एक दुई पत्रिकामा मेरा कबिता प्रकासित भैसकेका थिए। पछि एउटा नाम चलेको मासिक पत्रिकाले नियमित नै मेरा कबिता छाप्न थाल्यो त्यस बापत मैले केहि परिस्रामिक पनि पांऊथे। म “तिमि” उपनाम बाट कबिता लेख्थे। असलि नाम कसैलाइ थाह थिएन। X X X X X X मेरो घर तनहुं जिल्लाको दुर्गम गाऊंमा पर्छ। बा, आमा बैनि र म, चार जनाको परिबार दुख: सुख: ले बाचेका। आम्दानि थियो खेतको धान र भैसिको दुध बेचेको पैसा। एस यल सि सकेपछि मैले पोखरा क्याम्पस ज्वांइन गरे। मेरो पढ्ने खर्च जुटाऊन मेरा बाऊ लाई त्यति सजिलो थिएन। कहिले काहि साहु संग ऋण पनि लिन पर्थ्यो। खाएर बचेको धान र दुध बेचेर कतिनै आम्दानि हुन्छ र। यसरि जेनतेन चलिरहेको हाम्रो परिबारमा एकदिन भैंचालो गयो। पैह्रोले पुरिएर खेतमा काम गर्दा गर्दै मेरा बाऊंको म्रत्यु भयो। म तुरुन्त गांऊ फर्के। बा को काज क्रिया सकिएपछि आमाले पोखरा गएर पढाइ जारि राख्न कर गर्नु भयो। जेठो छोरो भएर पनि घरको सारा भार आमा र बहिनिको कांधमा छाडेर म पोखरा गए। मनमा कता कता नमिठो अनुभब भैरहेको थियो। क्याम्पसमा पढ्दा मेरो एक जना हुने खाने परिबारको केटो संग मित्रता थियो। उसलाइ मेरा कबिता साह्रै मन पर्थे। पछि उस्को परिबारनै काठमाण्डु बसाइ सर्यो। उनिहरु त्यहां प्रिन्टिङ प्रेस चलाएर बसेका थिए। उ काठमाण्डु गएपनि म संग बराबर सम्पर्क गरि रहन्थयो। पछि गएर उ मेरा कबिता हरुको एक प्रकारको फ्याननै भनेपनि हुने। खासमा उ एक असल मित्र थियो। X X X X X X आज म धेरै खुसि छु। हिजो मात्र मेरो काठमाण्डुको साथिले एक प्रस्ताब पठाएको थियो। त्यो के भने यदि मैले २०० स्तरिय कबिता लेखेर प्रकासन र कपिराइटको सम्पुर्ण अधिकार उसलाइदिने हो भने उ मलाइ २०,००० रुपैया दिन तयार छ। प्रस्ताब मेरो लागि एकदम नयां थियो। मैले खुसिसाथ त्यो प्रस्ताब स्बिकार गरे। र, आज गांउबाट खबर आको छ। बहिनिको बिबाहको कुरा पक्का भैसकेको छ रे । तिन महिना पछिको साइत जुरेको रहेछ। मलाइ सबभन्दा खुसि के मा छ भने कबिता बेचेर को पैसाले बहिनिको बिबाहमा म पनि आमा लाई सहयोग गर्न सच्छयम हुनेछु। मलाइ सहरमा राखेर पढाउन गांउमा आमा र बहिनिलाइ कति दुक्ख गर्नु पर्छ भनेर मलाइ थाह छ, त्यसैले पनि म बहिनिको बिबाहमा आफ्नो तर्फबाट केहि गर्न चाहन्थे। X X X X X X आज मेरो कबिताको पाण्डुलिपि तयार भयो। बहिनिको बिबाहमा दुइ महिना मात्र बाकि छ। साथिले काठमाण्डुनै आएर पाण्डुलिपि बुझाउन कर गरेकोले म भोलि काठमाण्डु जादैछु। ब्यथा ओहो, काठमाण्डु कस्तो प्रदुशित शहर, पेट्रोल र फोहरको गन्ध अनि मान्छेको भिड बाहेक केहि छैन यहां। बच्चामा एकपटक बा आमा संग शिबरात्रिमा आको थिए यंहा, अहिले त अर्कै भैसकेछ काठमाण्डु। साथिको घर शहरको अर्कै कुनामा थियो। म कबिताको पाण्डुलिपि बोकेर साथिको घरतिर लागें। आज शायद शहरमा बिरोध जुलुस थियो, शहरको मध्य भागमा के पुगेको थिए एउटा जुलुस जिन्दाबाद र मुर्दाबादको नारा लागाउदै अघि बढि रहेको थियो, जुलुसको पछि पछि लाठि लिएका प्रहरिहरु थिए। म जुलुस भन्दा अगाडिनै बाटो काट्न थाले। पछाडि के भयो मलाइ थाह भएन तर मान्छेहरु आत्तिएर भागाभाग गर्न थाले। म पनि छिटो छिटो बाटो काटेर पेटि तर्फ लागें। यत्तिकैमा शायद पछाडि बाट मलाइ कसैले धक्का दियो, कबिताको पाण्डुलिपि मेरो हातबाट खसेर शडकमा छताछुल्ल भयो। म हत्पत छरिएका पाना टिप्न थाले। पछाडि सायद प्रहरि होला भन्दै थियो “ ऐ त्यो जुलुसमा पर्चा छर्दै हिड्नेलाइ ठोक”, म चिच्याए “यो जुलुसमा छर्ने पर्चा होइन मेरो कबिताको पाण्डुलिपि हो” म भाग्न खोजे। ऐया कस्ले हिर्कायो मलाइ ? किन रगत बग्दै छ मेरो टाउकोबाट, केहि पनि देख्न छाडे, लौन के भो मलाइ, हे भगबान। X X X X X X धेरै बर्षहरु बिते, शहरको एउटा पाटिमा एक जना अधंबैसे माग्ने बस्छ।प्रहरि ले ल्याएर छोडेको रे उसलाइ पाटिमा। उसको नाम के हो? कहाबाट आयो कसैलाइ थाह छैन। उ कसैलाइ केहि पनि भन्दैन, शायद उसलाइ पनि थाह छैन होला। धेरै जसो समय उ सडकमा मागेर बिताउछ। माग्न बस्दा पनि उ केहि गुनगुनाइ रहेको हुन्छ, गित गाए जस्तो, कबिता पाठ गरे जस्तो। कोहि भन्छन उ एक घायल कबि हो, कोइ भन्छन उ बिरहि गायक हो। बिहान बेलुका उ कागजमा केहि लेखि रहेको हुन्छ। के लेखेको छ ति पानाहरुमा कसैलाइ थाह छैन। आज शहरमा बिसाल जुलुस छ, जुलुस जिन्दाबाद र मुर्दाबादको नारा लागाउदै अघि बढिरहेछ। पाटिको माग्ने जुलुस लाइ एकटक हेरि रहेको छ। जुलुस पाटि नजिक आइपुग्नु अघि त्यो माग्ने दौडेर सडकमा आउछ र सडकमा छरिएर रहेका कागजका टुक्रा बटुल्दै चिच्याउछ “यो जुलुसमा छर्ने पर्चा होइन, मेरो कबिताको पाण्डुलिपि हो”। कसैलाइ थाह छैन त्यो माग्ने हरेक जुलुसमा त्यसो किन गर्छ।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 08-23-06 10:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ekdam ramro timi_mero_sathi, yo lastko katha matra padhne mouka pae aru pahileka ni pakkai padhnechhu.
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 08-23-06 11:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लामो हेर्दै राम्रो कथा जस्तो छ , भरे हेर्छु फुर्सद् मा :)
|
|
|
meera
Please log in to subscribe to meera's postings.
Posted on 08-23-06 1:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Timi_mero_sathi ji, BEAUTIFUL! Euta happy ending ko katha ni jawos. Sajhabusaima, sarai ramro kato.
|
|
|
sajhabusaima
Please log in to subscribe to sajhabusaima's postings.
Posted on 08-23-06 6:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज बुबाको मुख हेर्ने औंसि तर मलाइ हेरक साल जस्तै आज पनि मेरो बितेर गएका बुबा सँग यो प्रश्न सोध्न मन लाग्छ कि मलाइ जन्माउन आमालाइ साथ दिदैमा बुबा को भुमिका पुरा भयो त ? मेरो जन्म भन्दा अगडि आमा को जिन्दगि मा कति उतार चडाब आएका थिए होलान त्यो त आमा माथि हालिएको सौता ले पनि म सहजै अनुमान लगाउन सकिन्छ तथापि सानि आमा दुष्ट नभए पनि। फेरि म जन्मिदा खेर आमा गोठालोबाट फ्रकिनु मात्र भएको थियो रे भनेर सानिआमा सुनाउदा जिउ सिरिङ्ग गर्छ र भन्न मन लाग्छ "ड्याड आइ हेट यु"। सायद सैतान हरु ले पनि आफ्ना गर्भवति श्रीमति लाइ यति दुख दिदैन, फेरि के आइमान्छे भनेका बच्चा पैदा गर्ने कुनै घरयासि मेसिन त पक्कै होइनन्, त्यति पढेर र राजनिति गरेर पनि त्यो दिमाख यति सानो कुरा किन नघुसेको? थाहा छ अहिले सम्म तपाइ का कारणले हामि ले सानिआमा लाइ सानि आमा भनेर बोलाउन सक्दैनौ तथापि हामि सबैलाइ थाहा छ कि उनि निर्दोष छिन। फेरि म जन्मिएर बुझ्ने भए पछि मलाइ कहिले याद छैन भन्दा हुन्छ बाहेक तपाइ को काख मा खेलेको २०४५ साल असार महिना को हुरिबतास आउदा (१० मिनेट थियो कि बुवा याद भए?)अनि मैले कहिले यो कुरा को आभाष पाइन कि बुबा को माया कस्तो हुन्छ , नभए बुबा को माया कस्तो हुन्छ दिदि भनेर सोद्धा जवाफ फर्काउन सक्थे होला ,कान्छि लाइ? के भनेर जवाफ दिउ कान्छि लाइ कि उ सँग अधिकार छैन सुन्ने? त्यसमाथि पनि तोरि लाउरे राजनिति र साथ मा आउने भुमिगत नेता हरु भिडको कारणले आमा ले भोक्नु परेका सम्मस्या, परिवार ले भोग्नु परेको आर्थिक सम्स्या ले तपाइ लाइ कहिलै पिरोलेन तर थाहा छ त्यसैले नै हामि लाइ जिन्दगि कै सबै भन्दा प्यारो चिज हामि बाट चुडाएर लिएर जाँदा कसरि बाँच्यौ होला हामि ?समाज को अगाडि टुहुरा भनेर कहलिदा पनि सधै आमा का फोटो ले हामि लाइ झकझकाउथ्यो। अनि त्यहि फोटो तिमि हरु केहि बन्नु पर्छ मेरा खातिर भन्दै सुर्या का सुनौला किरणका साथ सन्देस लिएर आउतथ्यो हरेक बिहानि हामि माझ। थाहा छ कहिले काँहि हामि परिवार जम्मा हुदाँ अहिले पनि सोच्छौ सायद आमा पहिले बित्नु भएको भए हामि गाँउ का अरु साथि जस्तै हामि पनि ५,६ बच्चाका आमा हुने थियौ होला अनि दादा हरु हलि वा त ड्राइभर हुने थिए होलान अनि हाम्रा सम्पति हरु त्यति खेर जस्तै पा्टि का नाम मा आउने स्याल हरु ले लिलाम गर्ने थिए होलान, आज सम्म त । बुवा म कसरि भुलु त्यि कुरा कसरि भनु मैले तपाइ लाइ क्षमा दिए भनेर। मेरि आमा मा के कमि थियो र जिन्दगि भर यातना दिनु भयो अनि के गल्ति थियो हाम्रो कि हामिले बुबा भएर पनि कहिले माया पाउन सकेनौ?अनि के गल्ति थियो सानि आमा को सयौ माइल टाढा को मान्छे लाइ एकलास ठाँउ मा सोता को रुप मा भित्राएर? अनि के पुर्खा को नाम मा ५ ,७ लाख को सम्पति र थर छोड्दैमा बुबा को भुमिका पुरा भयो त ? त्यसो हो भने मलाइ चाहिन्न त्यो थर चहिन्न मलाइ त्यो सम्पति, मलाइ मेरि आमा फिर्ता दिनुस, प्लिज मलाइ मेरि आमा दिनुस। बुवा म यति खेर मेरा भित्ता मा टाँसिएर बसेका आमा को तस्विर हेर्छु अनि सँगै रहेको हजुर को र लाग्छ च्याँतिदिउ बिचवाट फेरि आमा को हसिलो मुहार ले मलाइ घायल बनाउछ र लाग्छ भगवान ले जोडेको जोडि अनि त्यसमाथि त्यति यतना र दुख सहेर पनि तपाइकै लागि बाँचेकि मेरि आमा लाइ हहिले बितेर गए पछि के भनेर जवाफ दिउ जस्तो लाग्छ अनि थुच्चुक्क बस्छु र रुन्छ अनि भन्छु हे भगवान सक्छस भने राम्रो मान्छे को जन्म दिनु सक्दैनस भने कसैलाइ टुहुरा नबानउनु उसको आमा खोसेर र अझ सक्छस भने नालायक बाबु हरु को पैदा नै नगर्नु। बुबा खै म के भन्नु सानदाइ र ठुलदाइ लाइ यहि कुरा ले सताउछ कि क्या हो उहाँ हरुले आफ्ना बच्चा मा तपाइ को थर राख्न छोडेर आप्नो गोत्र मात्र लेख्न थाल्नु भएको छ। अनि ठुल दिदि सधै आफ्ना बच्चा माझ झुट्टो बोल्दै हुनु हुन्छ कि उहाँ ले बुबा लाइ कहिले पनि देख्ननुनै भएन भनेर हुन त हुन पनि सक्छ कहिले बनारस कहिले हरिद्व्आर शंकै छ। साथमा सान दिदि हरेक साल पशुपति गएर बत्ति बाल्नु हुन्छ कि अरु आमा हरु ले हाम्रो आमा ले भोगे जस्तो जिन्दगि भोग्न नपरोस भन्ना को खातिर ।सम्पुर्ण परिवार बिदेस भासिएको हाम्रो परिवार को आमा छदा को खुसि अहिले फोन मा सिमित भएको छ र हेरक दिन हामि लाइ यहि कुरा ले पिरोल्छ कि हाम्रो भबिष्यको पुस्ता ले पनि हामि जस्तै भोग्न नपरोस। बुबा अरु सबै हाइ हाइ गर्छन यति खेर यसको छोरा वा छोरि भन्छन तर दुख लाग्छ हामि लाइ याँहा सम्म लेर्याउने आमा को नभएर जसले जिन्दगि भर वास्ता नै गरेन त्यस्तो मान्छे को नाम बाट । आज पनि मलाइ याद छ हामि लगायत सानिमा का छोरा छोरिलाइ पढाउन आमा ऋण खोज्न गाँउ गाँउ पुगेको अनि घरमा भएका बुवा भुमिगत नेता हरु सँग तास खेल्दै आमा ले गरेको काम लाइ निरुत्साहित गर्न खोजेको ।सायद त्यसैले पनि होला मलाइ कता कता बिबाह बन्धन भन्ने कुरा बाट डर लाग्छ कि आमा ले पाएको दुख सम्झेर।तर थाहा छ यहि कारणले नि होला मेरि आमा को माया झन गाढा गाढा बन्दै गएको छ झन झन प्रगाढ। बुवा यो साल को गुनासो तपाइ को नाम मा यतिनै , फेरि हेर्नु न हाँसो लेखु भने पनि कुनै त्यस्तो कुरा याद चेन त्यो कुरा सम्झेर तपाइ लाइ मिस गरु । जे भए पनि यो साल लाइ यति नै भेड अर्को साल मा ।नमस्कार ++++++++++++++++++++++++++++++++++++++++++++ यो कथा कसैले ळेखेको कथा लाइ नेपालि मा ट्रान्सलेट गरेर पोस्ट गरिएको हो र बास्तबिक लेखक को लागि कमेन्ट भए इमेल मा लेखिदिनु होला कि उहाँ सम्म पुग्न सकोस ।
|
|
|
timi_mero_sathi
Please log in to subscribe to timi_mero_sathi's postings.
Posted on 08-24-06 1:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साझाबुसैमा जि, ज्यादै राम्रो कथा पोस्ट गर्नु भो, नेपालि बास्तबिकता संग धेरै मेल खाने खथा छ यो । कथाकारलाइ मेरो थरफ बाट धेरै धेरै धन्यबाद
|
|
|
sajhabusaima
Please log in to subscribe to sajhabusaima's postings.
Posted on 08-24-06 3:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तल्ला घरे घिमिरिनि हजुरआँमा मैले देखेदेखि नै उस्ता का उस्तै थिइन । डल्लि भएका ले पनि होला सायद ७०औ बसन्त र गाला चाउरि पर्दा पनि जो कोहि झुक्न्थे उनको काम गराइ र मेला पात मा गाँउने दोहरि बाट। भाग्य ले ठगिएकि यि हजुरआमा ले ३० बर्ष हुन पाउदा नपाउदै श्रिमान गुमाउनु भएको थियो रे त्यसको केहि बर्ष पछि नै एउटै छोरो शंकर ले पनि दादुरा को शिकार भएर १८ बर्ष मा देहत्याग गरेपछि उनको लागि यो संसार मा एक छोरि भन्दा कोहि रहेन भनेर हजुरआमा मलाइ सुनाउनु हुनथ्यो वच्चा अवस्थामा । बिहान बेलुका घाँस दाउरा गर्ने बुढिहजुरआमा ले सकि नसकि छोरि को बिबाह त गर्नु भयो तर ५०औ बसन्त मै बुढि रोगले ग्रसित हुन थाल्नु भयो रे। जब म बुझ्ने भए त्यस बेला सम्म मा त्यि बुढिआमा को कपाल फुलेर सेता भैसकेका थिए, दात झरेर थोति अनि बसाइ छोरि र छोरि को परिवारका साथमा । मलाइ थाहा छ म बच्चा नै थिए,सयाद म गलत छैन भने त्यो असार को महिना थियो र म २ कक्षा मा पढदै थिए , एक दिन गाँउ का जमिन्दार सुब्बा बाजेको भैसि मर्र्यो, गाँउ मा नेपाल झाँक्रि डाकियो, झाक्रि ले त्यि बुढि आमा लाइ देखाउदै यि बोक्सि बुढिले तिम्रा भैसि खाइन भने, जमिन्दार ले मान्छे लगायर बुढिलाइ चुटनु सम्म चुटे अनि चार मोडा मोडेर माथि पिपल बोट देखि तल जिम्दार घाट सम्म घुमाइयो त्यि बुढि आमा लाइ बोक्सि भनेर चिनाउदै सारा समाजको अगाडि। अस्ति सम्म हामि लाइ पढनु पर्छ भन्दै जंगल देखि लेर्याको रातो माटो र काठ को पाटि लेख्न को लागि दिने त्यि हजुरआमा आज समाजको अगाडि बोक्सि भइन। कुरिति, अशिक्षा र दुर्गम मेरो गाँउ को खवर न त कुनै पुलस थाना मा रजिस्टर भयो न त कुनै पञ्चायत ले नै त्यि जमिन्दार को बिरुध्दमा आबाज निकाल्न सक्यो, अहेब लाइ भेटन त २ दिन हिड्नु पर्ने मेरो गाँउमा डाक्टर को त सायद छाँया पनि पुगेको थिएन होला त्यति खेर सम्म । बुढिआमा न त मर्न सकिन न त अब कसै हाँस्न सक्ने भइन यस घटना बाट। गाँउ मा त्यि बुढि आमा लाइ निकाल्न अनेक असफल प्रयास भए अन्त मा बुढि आमा लाइ नगरेको को गल्ति स्विकार गर्न लगाइयो र त्यो भैसि मारे बापत त्यसको पैसा तिर्ने भन्ने सर्त पञ्चायत ले निर्णय गर्यो, नगरोस पनि कसरि त्यि नै शोसक पञ्चायत का अध्यक्ष थिए। बुढि आमा का दिन हरु बिग्रदै गए एक पछि अर्का आरोप हरु लाग्दै गए यस्तै मा एक दिन छिमेकि भट्ट कान्छा को देहान्त भयो । सबैले बुढिले मारेको भने तर मलाइ यथार्थ थाहा थियो कि त्यो झाडा पखाला थियो न त त्यि अशिक्षित हरु ले अहेव ले भनेका सुन्थे न त त्यि शोसक का कुरा काट्थे । बुढि आमा लाइ गाँउ बाट निकालियो तर बुढि आमा को जाने ठाँउ कहि थिएन, बुढि दुइ चार दिन सम्म रुदै पागल जस्तो भएर गाँउ का सिमाना मा छोरि लाइ कुरुनु हुन्थयो, हामि हरु ले लगेका खाना आसिर्बाद दिदै खानु हुन्थयो तर एका एक बुढि आमा हराउनु भयो त्यसको केहि दिन पछि बुढि आमा को लास सिमलघाँरि को एकलास बिचमा भेटियो झुन्डिएको अवस्थामा। पुलिस आयो उहि शोसक को कुरा सुन्यो आत्म हत्या भनेर सर्जमिन बनायो तर यति कुरा सोचेन कि त्यति ३० फिट काहालि लाग्दो रुखमा चडेर त्यि ७० बर्षिए हजुरआमा ले कसरि आत्महत्या गरिन,र गरेकै भए पनि किन गरिन होला, अहिले मलाइ लाग्छ त्यस्तो मुर्ख लाइ कसले सहि बनाएको थियो होला पैसा ले कि पावर ले भनेर। त्यस पछि मैले सोचे सायद त्यि हजुर आमा सँग पैसा थियो भने यसरि मर्नु पर्ने थिएन होला भन्ने र त्यो घटना बिस्तारि सेलाउदै गयो छोरि को परिवार त्याँहा छोडेर बर्दिया सरे। अब त हुदाँ हुदा अहिले त्यो सिमलघाँरि लाइ बोक्सि जंगल भन्छन मान्छे हरु र त्यसको बरिपरि जान डराउछन । फेरि बच्चाहरु लाइ भन्नु पर्दा घिमिरेनि बोक्सि आउछिन घर बाट ननिक्लनु तर पनि किन किन मलाइ आत्म देखिनै त्यि हजुरआमा प्रति श्रद्धा छ कि बच्चा मा सायद हात समातेर रातो पाटि मा बाँस को छेस्का लाइ कलम बनाएर क ख लेख्न सिकाएको ले पनि हुन सक्छ । जे भए पनि अन्त मा म के भन्न चाहान्छु भने अरु हजुरआमा हरु ले पनि बोक्सि भनेर यस्तै मरन मर्न नपरोस । जदौ।
|
|
|
timi_mero_sathi
Please log in to subscribe to timi_mero_sathi's postings.
Posted on 08-24-06 8:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
pretty जि र tyra जि धन्यबाद , meera जि happy endings ko story पनि लेख्दै जाने छु। thank you very much for suggesting.
|
|