[Show all top banners]

happylotus007
Replies to this thread:

More by happylotus007
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अब म अमेरिका बस्दिनँ....

[Please view other pages to see the rest of the postings. Total posts: 27]
PAGE: <<  1 2  
[VIEWED 27249 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 06-06-15 6:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो करियर छाडेर नेपालवाट अमेरिका पस्दाका अनेक पीडाहरू छन्। १७ वर्षसम्म अमेरिकाको माटोमा पसिना बगाएँ मैले। २ छोराको लागि २ वटा घर र सबै भौतिक सामाग्री जोडेँ। तर, ६ हजार २ सय ५ दिनसम्म अमेरिका बस्दा यो भूमिमा म एकदिन पनि खुसी भएर बिहान घरबाट निस्कन र बेलुका घर फर्कन सकिनँ।
हरेक बिहान उठेर काममा जाँदा फलामको भारी बोकेजस्तो हुन्थ्यो। अमेरिका बसेको १७ वर्षसम्म कुनै दिन फ्रेस भएर काम गरीनँ। र, खुसी भएर काम गरीनँ।
नेपाल छाड्नुको कुनै कारण थिएन। नेपाली समाजमा हिरोको भूमिका थिएँ। दर्शकहरूको माया प्रसस्तै पाइरहेको थिएँ। र, त्यहिबेला साँस्कृतिक कार्यक्रमको लागि अमेरिका आउने अवसर पनि पाएँ।
सन १९९८ को डिसेम्वरमा अमेरिकामा आइपुगेको हुँ। साँस्कृतिक कार्यक्रमका लागि अमेरिका छिरेको थिएँ। अमेरिकामै बस्छु भनेर आएको थिइनँ। इमान्दार भएर बोल्दैछु। कलाकारले ग्रिनकार्ड पाउँछ भन्ने साथीहरूको सल्लाहले म पनि ग्रिनकार्डको पछि लागेँ।
त्यसको एउटै कारण थियो, ‘मेरो परिवार र मेरो छोरोको राम्रो भविश्य। अब उनीहरू हुर्किए। मैले बाबु हुनुको भूमिका निर्वाह गरेँ। अब मलाई नेपालमै गएर बस्न मन छ। त्यसैले अब सधैँका लागि नेपाल फर्किदैछु।
कलाकार भएका नाताले ग्रिन कार्ड बन्यो। परिवारलाई अमेरिका ल्याएँ। छोराहरूको भविश्यको लागि भनेर पसिना बगाउने क्रम निरन्तर जारी रह्यो। दिन, महिना र वर्ष बितेको मैले पत्तो पाइनँ।
६ वर्ष अगाडिदेखि म नेपाल फर्किदैछु भन्दै हिडेँ। १७ वर्ष लगाएर अमेरिकामा बनाएको जगलाई एकैचोटी छाडेर जान सजिलो थिएन त्यसैले समय लाग्यो। घर छोराको नाममा सारेको छु। आफूले चलाउने गाडी बेचेको छु।
वालुवाटारमा घर बनाएँ। जन्मथलो चितवनमा रहेको पोल्ट्री फार्म भाइहरूबीच भागवण्डा भएको छ। अब नेपालमा त्यहि ब्यवसाय र चित्त बुझेको खण्डमा चलचित्रमा खेल्नेछु।
अमेरीकामा बिताएको १७ वर्षको अवधिमा मैले अनेक संघर्षहरु गरेँ। प्रेमराजा महत र मैले कोठा सेयर गेर सेभन एलाभेनमा काम गर्दाको पीडा सम्झँदा एक निमेषका लागि मन मौन भएर आउँछ।
राति ३ बजे उठेर काम गरेँ। महिनौसम्म बिना छुट्टी काम गरेँ। परिवार र छोराहरूको नाममा गरेको संघर्षलाई अब नेपालमै फर्केर बिट मार्ने तयारीमा छु। गएको साता नेपालमा सहयोग बाँडेर आएँ, अब नेपालमै बसेर सकेको सहयोग बाँड्ने विचार राखेको छु।
ड्राइभिङ लाइसेन्स बनाएपछि अलिकती सहज भएको अनुभव गरेँ। तर, देशमा बसेजस्तो सहज कहिल्यै भएन। विण्डिजमा काम गर्न थालेपछि अलिकति जीवन सहज भएको अनुभव गरेँ। तर, छोराहरू हुर्केका थिएनन् त्यसैले विण्डिजमा पनि संघर्ष गर्न छाडिनँ।
केहि वर्षअघि रेष्टुरेन्टमा पनि हात हालेको थिएँ। मेरो रगतमा जताततै कलाकारिता बगेको छ, शायद त्यसैले अन्त कुनै ठाउँमा खुसी भएर जम्न सकिनँ।
जो खुसी छन् उनीहरूले अमेरिका त्याग्नु पर्छ भन्ने छैन। तर, मनभित्रबाट खुसी हुन सक्नेहरू नेपाल फर्किए हुन्छ भन्ने मेरो आग्रह छ। यसपाली भूकम्पले देश दुखेका बेला अलिकती राहत बोकेर नेपाल पुगेँ। गाउँमा बाआमा र केटाकेटी बाहेक अरू कोहि छैन।
देश बाआमा र केटाकेटीले चलाउन सक्दैनन्। हामीले बाहिरबाट देश विग्रेको आरोप लगाउनु बेकार रहेछ भन्ने लाग्यो।
अमेरिका नपुगेसम्ममात्र सपनाको संसार थियो। पुगेपछि विल्कुल फरक। तर, नेपाल छाडेर हिड्दा पनि स्वर्ग थियो, भर्खरै गएको भूकम्पले मुलुक सिथील भएपनि देश स्वर्गैजस्तो छ। त्यसैले मैले अब सदाका लागि नेपाल फर्केने निर्णय गरेको हुँ।
सेतोपाटीका लागि ज्योति देवकोटासँगको कुराकानीमा आधारीत।
http://global.setopati.com/america/756/
Last edited: 06-Jun-15 06:49 AM

 
Posted on 06-08-15 7:14 PM     [Snapshot: 2209]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@DG: 80 cents hola
 
Posted on 06-08-15 7:25 PM     [Snapshot: 2220]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

supernova kina dahtnu jamam 80 grans , i want 80 millions someday
 
Posted on 06-09-15 3:38 AM     [Snapshot: 2321]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालीहरु घोषणा गरेर चरचित हुने लालायित मानबहरु हुन । सोमको मिलिटरी छोरो यही सेटल भै सक्यो अब जति खेर अमेरिका अाएपनि रोकतोक छैन किन नजाउन त ? अस्तिसम्म सोसल सेकुरिटिको भत्ता लोभ गर्या थ्यो तर जानु भन्दा अगाडि गफ किन नहान्ने हैन त? ब्रोहरु भन्नुस त वेन्डीको म्यानेजर हुनु कति गारो कुरो हो? तर सोमले पोर नेपाली माथि डन्का पिटाइ राथ्यो तेतिबेला। फिर्ति सवारीको कुनै गारेन्टी नहुदै गये पो ल त भन्नु । गौरी मल्ल जादाँ पनि यस्तै गफ नेपालको माया ब्ला ब्ला तर उनको पनि हरापत्ति रिजेक्ट भा थ्यो कतिलाइ के था ? तर कम्तिमा उनको फिर्ति सवारीको कुनै गारेन्टी थिएन नि हैन ? हाहा तर केही उपाय नि थिएन नि !
 
Posted on 06-09-15 5:21 AM     [Snapshot: 2345]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Saroj khanal nepal mail baseko bhaye pani kalakarita garera 2 ta Ghar banana sakthyo hola, aba chhora chhoa haru USA ma settle garaunu kunai thulo kura hoina, babu am a bins pani Nepali haru USA ma settle bhayeka chhan. Jabani jatti USA ma majduri garera bitayepachi non productive age ma nepal gayera k garni? Paisa liyera nepal ma pani contribution garna gako bhaye ramro. Paisa liyera nepal ma retire huna Gaye pani ramro. Natra nepal lai bojh badhauna budeskalma kina nepal Janey? Nepal KO bojh ghatauna jaruri chha badhauna hoina.
 
Posted on 06-09-15 6:21 PM     [Snapshot: 2648]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haha Nepali actors and actress haru ko dasaha her era hansai uthcha
 
Posted on 06-09-15 7:56 PM     [Snapshot: 2693]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mula sabai jhol nicharera bokra matra bhaye pachi nepal nafarke k garne ta. Lato desh ma gado tanneri bhane jhai aba nepal gayera priyanka sanga movie khelne bichhar hola. Nas bro timro dream girl lai yesle aba k matra garne ho. Timi yeta coding ko bug fix gardai gara uta usle timro maiya lai functional testing gardai qa pass garera production ma dhakelne bhayo.lol.
 
Posted on 06-10-15 4:13 AM     [Snapshot: 2821]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khelyo movie bichara budeskal ma, aaba Nepal ko dhulo mailo hilo pollution dhuwa fohor khadai base matra ho. Ani yo Priynaka lai chai timi haru le kina uchaleko sajha ma, priyanka vanda ramri nayika haru pani chan like Nisha, Hema, Nandita etc, jaile aayo tyo Priyanaka Priyanka, dhotini Priyanak vaye ni hunthyoni baru hoinara?
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Embassy of Nepal might be able to help extend TPS for Nepal
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters