[Show all top banners]

deeps
Replies to this thread:

More by deeps
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Ma Aauchu

[Please view other pages to see the rest of the postings. Total posts: 34]
PAGE: <<  1 2  
[VIEWED 16564 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 05-29-05 6:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसैले छेक्न सक्दैन

तिमीले मान या नमान
तिमीले ठान या नठान
तिम्रो चाहनाले अब केही हुँदैन
तिम्रो इच्छाको कुनै अर्थ छैन
किनभने,
तिम्रो शहरमा आउने मेरो निर्णयलाई
अव कसैले रोक्न सक्दैन,
कसैले छेक्न सक्दैन।

मान्छेहरू भन्छन्,
म धेरै ढिला आउन लागेको छु,
तैपनि उनीहरू खुशी छन्
भन्छन्,
'ढिलै भयो तर आउने निर्णय त गर्यो'
मलाई थाहा छ
थुप्रै जंघार तर्नु छ,
थुप्रै भङ्गालाहरू पुर्नु छ।

आउने बाटोमा काँडे तार लगाइने छ
बाटोभरि एम्वुसहरू विछ्याइनेछ
खुल्ला नसके,
कुनै बहानामा
मेरो हत्या गर्ने कोशिस गरिने छ
तैपनि मैले आउनै पर्छ
गोली वारूदको गन्धसंगै
नयाँ युगको संखनाद गर्नै पर्छ।

०७ मा हावा चलेको छ
०४६ ले केही पात हल्लाएको छ,
जंगलीराजले रूखनै हल्लाएको छ
तर,
यस्ता साना हल्लाई मेरो रहर हैन
टालेटुले सम्झौता मेरो गन्तव्य हैन
मलाई,
उठ्नै नसक्नेगरी ती रूखहरू ढाल्नुछ
अनि, एक नयाँ इतिहासको निर्माण गर्नुछ।

खै के भन्छ तिम्रो ज्योतिषीले?
खै के भन्छ तिम्रो भगवानले?
मैले सल्लाह माग्ने ज्योतिषी छैन
न त तिम्रो जस्तो भगवान नै छ,
त्यसैले,
यो निर्णय म आफै गरेको छु,
भगवानको खुशीका लागि पनि म आउनै पर्छ
तिमीलाई र तिम्रो राज्यलाई ढलाउनै पर्छ
तिमीलाई थाहै छ,
जनता मेरा लागि भगवान हुन,

म फगत एक "क्रान्ति" हुँ।
 
Posted on 06-13-05 4:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपजी मर्मस्पर्शी छन् तपाईंका कविताहरु। अरु पनि जाओस।
 
Posted on 06-14-05 1:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के मलाई यो फन्टको इतिहास बताउन सक्नुहुन्छ?
 
Posted on 06-14-05 2:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप्स जी,

तपाईका भावना र सोचाईका आक्रोसपुर्ण कबिताहरुमा जति सत्यता, दायित्बबोध र पिडा झल्कन्छ, त्यो नि अहिलेको कटु यथार्थ हो। तपाईँका कबिताहरु हाम्रा प्रेरणाका स्रोतहरु हुन।

अरु पनि पाउने आसमा...

-------------
भबिश्यको नेपाल
 
Posted on 06-14-05 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Simple words yet so strong meanings. Deep bro u got one more fan added from today. Way to go myan. Keep up the spirit through words.
nivaN
 
Posted on 06-15-05 8:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nivaN, ji Dherai Dherai Dhanyabad.
हेर्नुहोस् न, तपाईले पठाएको मेसेजले मलाई अप्ठ्यारो पो पारिदियो। खासगरी नेट मा बस्दा बस्दै र केही पढ्दा पढ्दै जे देख्यो लेख्न मन लाग्छ तर अंग्रेजीमा लेख्यो भने त्यति अर्थ राख्दैन। पहिले त म साझामा छिर्थे मात्र तर अचानक एक दिन यो फन्टको बारेमा धेरै चर्चा सुने र विचार गरे। अनि मनमा जे आयो त्यो लेखिदिदै गएँ। वास्तवमा कतिपय कुराहरू नेपालीमा लेख्न जुन मजा छ त्यो अंग्रेजीमा छैन कि जस्तो लाग्यो। हुन त म अंग्रेजी नजानेको ले पानि होला। जे होस् म नेटमा बसेको बेला कुनै कुराले छोयो भने लेखीहाल्छु, यसलाई कविता वा कला भन्दा पनि एक आम नेपालीको अभिव्यक्तीका रूपमा मात्र लिइदिनुहोला। फेरि पनी हौसलाको लागि धन्यवाद।
 
Posted on 06-16-05 12:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी शान्तिको राग अलापेर मान्छे मार
अनि,
तिमी क्रान्तिको बहानामा मान्छे मार
कुरा एकै हो,
तिम्रो शान्ति र क्रान्तिको एकै उद्देश्य छ,
एउटालाई मशानघाटको शान्ति चाहिएको छ
अर्कोलाई मान्छे मारेर क्रान्ति चाहिएको छ।

शान्ति त हामीलाई पनि चाहिएको छ
क्रान्ति त हामीले पनि गर्नु छ
तर,
हामीलाई जनताको क्रान्ति चाहिएको छ
जनताको लागि शान्ति चाहिएको छ।

जनताको रगत चुसेर शहर बस्नेहरू
जनताको रगत चुस्न जंगल पस्नेहरू
शान्ति त हामीलाई पनि चाहिएको छ
क्रान्ति त हामीलाई पनि चाहिएको छ
तर,
जनताको रगतमा होली खेलेर,
जनताको नाममा जनता मारेर
हामीलाई न त शान्ति चाहिएको छ
न त क्रान्ति चाहिएको छ।
 
Posted on 06-16-05 6:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) अति उत्तम!
 
Posted on 06-16-05 7:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deeps ji,
Ekdam ramro. You have a knack for this; I must say.
Please feed us with some more. I would be an eager silent reader. Good luck.

-IndisGuise:)
 
Posted on 06-18-05 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप जी,
तपाईँले त मेरा मनमा िदयो बालिदिनु भयो हौ। यसलाई कायमै राखिदिनुहोस् ल?
 
Posted on 06-19-05 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप्स जी,
नेपाली युनिकोडको नाली बर्ली थाहा पाउनका लागि http://www.sajha.com/sajha/html/openthread.cfm?forum=2&ThreadID=17982&show=all मा जानुहोला। त्यहाँ सबै कुरा पाउनुहुनेछ।
 
Posted on 09-21-05 10:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर्नुस, यी जोगीहरूले हो देश चलाउने। राजाको पाटन भ्रमण। अव, राजा पनि जोगी बन्नु र यसै गरी अर्को राजाको स्वागतका लागि सडकमा हिड्नु बाहेक कुनै विकल्प छैन। अहिले पाटनतिर बाजा गाजा सहित राजाको सवारी हुँदैछ। सारा पसलहरू बन्द गराइएका छन्। घरका छत र बाटोका छेउछाउमा पुलीस आर्मीको पहरा छ। बाटोघाटो बिहान देखिनै बन्द छन्।
वाह महाराज, क्या जमाना आयो। तपाई एक जना हिड्दा सारा जनताले हिड्न नहुने। आफ्नो काम गर्न नपाउने। अन्य फोटोको लागि प्रतिक्षा गर्नुहोस्।

 
Posted on 09-21-05 10:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घरको छतमा पहरा दिदै गरेका विचरा प्रहरीहरु।

 
Posted on 09-21-05 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद दिपजी यी फोटाहरुका लागि।
 
Posted on 09-21-05 11:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

latest picture

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
From Trump “I will revoke TPS, and deport them back to their country.”
Tourist Visa - Seeking Suggestions and Guidance
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters