Dada_Giri
Replies to this thread:
More by Dada_Giri
What people are reading
Subscribers
Please log in to subscribe to Dada_Giri's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 594]
[VIEWED 190024
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 12-31-06 11:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!! चौतारी २००७ उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता ---मास्टर्नी दिदी आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर चट्पटे को पैसा तिर्न नबिर्सौ :P । नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु। पुरानो सपना गयो अब लाग्यो नयाँ साल पुरानो बानी गयो अब लाग्यो नयाँ बानी त्यो बानी पनि हेर खाली बियर खानि मान्दैन यो मन दिनमा एकोचोटि नतानी पुरानो सपना गयो अब लाग्यो नयाँ साल !!! पुरानो सपना गयो अब लाग्यो नयाँ साल खेलौ अब नयाँ जीवनको नयाँ तासक्ओ खाल अनायसइ होला नि बर्बदी फेरी जीवन मालामाल बिदा गरुम अब यो पुरानो बर्ष लाई स्वागत गर्न तयार होउ अब नयाँ हर्श लाई पुरनो सपना गयो अब लाग्यो नयाँ साल !!! - बीसे (vivasg) सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, sunima_sh - सानीमा, rahulvai - राहुले, /राहुलभाइ दाइ ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं। अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!! -ठुली नेपाल मा गुतपाक तितौरा खादै होली, हामी चाइ यहाँ थुक निल्दै बस्दै :s -पु दा को सकृयता मा हुने भनिएको कृसमस भेला थमौती :( -झन्डै ४ महिना भुमिगत रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौते दाइ/भौतेगुरु को चौतरीमा उपस्थिती :D -त्यसै गरि गालब ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिती :D -र , साझा चौतारी विकि मा । मायालु हौ भनुम् भने माया लुकाउउँछ्यौ निष्ठुरी हौ भनुम् भने आँखा जुधाउँछ्यौ चौपारी हौ भनुम् भने च्याटरुम गन्हाउँछ्यौ च्याटरुम हौ भनुम भने शित्तल बनाउँछ्यौ --- ---
|
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 01-01-07 5:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहाहाहाहा सिरे जवैँ :-) पछाडि बाट स्वागतम्। (वेलकम ब्याक भनेको के :D)
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 01-01-07 6:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए चित्रे पनि भेटियो, कस्तो दुब्लाएछ मोरो त । घराँ खान दिन्नन कि अरु अर्थोकै कुराको चिन्ता परो कुन्नि तिमीलाई, सुकेबाँसको लौरो जस्तै ख्याउटे जो भएछौ केरे । बरै, म त कहाँ जानु , कहा नजानु नि। चईनी एक दिन साँझ जमुनि र म तेसै जो बसि राका थिएम केरे । जमुनिले मकै भुट्दै थिई, मैले आलु पोल्दै आगो फुक्दै अरि राको थे केरे । यसरी त भएन, हेर अलि धेरै जो पैसो कमाम्न परो भनि केरे जमुनिले । त्याँसी अब तिमी एक-दुई साललाई चईनी अराप (अरब, Gulf) जाउ, एकै सालमा जो चईनी जिम्माल बुढाको खेत सप्पै किन्न सकिनी पैसो कमिन्च अरे भनेर भनि । मैले कस्ले भनो तँलाई यस्तो कुरा, अरबाँ चईनी बुटाँ फल्नी हो र पैसाका नोठ, लच्छिमीले दिए यही नि पाईन्छ नत्र कही नि पाईन्न भनेर सम्झाउदै थिएँ, ठ्याक्क काका र लाले आईपुगे केरे । जमुनिले पुनि मकैको घान उतारी, अनि मकै र मोही खाँदै काका, म र लाले भएर बात मार्न थालियो केरे । काका अरु भन्दा अलि चल्तापुर्जा मुन्छे केरे, उनैलाई सोध्न परो भनेर सोधेँ । "हैन काका, जमुनिले त अरब जाउ, पैसाको त बिटा का बिटा पाईन्च अरे भन्छी, के हो, तपैलाई केही थाहा छ ?" भनेर सोधेँ । लाले ले पुनि कान ठाडो पार्यो । अब मकै चपाम्दा (चपाउँदा) त आफुले मकै टोकेको आबाज आएर अरु बोलेको नसुनि केरे, लाले ले नि के निहु पारम के निहु पारम भन्ठानेछ र मेरा दाँतले तेती सारो टोक्न मिल्दैन मकै, बरु म मोही मात्रै खान्चु, तिमेरुको कुरो नि सुन्न हुनी भनेर ङिच्च हाँसो केरे । जमुनि अधबेस्रीले फेरि कुरो बुझिन र लाले दाईलाई अलि डढाएर झुरा पारिदिम त भन्दै थिई, अनि लालेले मुखै फोरेर भनो केरे, "हैन, मैले नि यिनेरुको कुरो सुन्चु भनेर हो के, मकै चपाम्दा सप्पै सुनिदैन के" । काका मुन्छे त बेसरी देस देखेकै जो हुन केरे, उनलाई किन थाहा हुन्थेन तेस्तो अराप को कुरो, सप्पै थाहा रईच । त्याँसी काकाले बेलि बिस्तार लाए केरे यसरी । काका - अब हेर सिरे, हाम्रा देसाँ भन्दा तेहाँ कति हो कति धेरै पैसा कमिन्छ । महिनाको २० हजार रुप्याँ त खाएर बसेर फिलिम हेरेर नि बँच्छ । तर तेहाँ जान जो प्रलय छ। अब काठमान्डुमा अरब पठाउनी भनेर आपिस खोलेर बसेका "दलाल" भन्नी मुन्छे हुन्चन् । हो ति दलाल हुरलाई चईनी पुग-नपुग लाख रुप्याँ दिन पर्च । तेसमा हवईजहाज चढेर जाने भाडा पनि समेटेर हो है । हवईजहाज चढ्नी भनेसि त लाले ले "म पुनि जान पर्च कि क्या हो, सिरेलाई सँगी (साथी, mate) म हुनी, मलाई सँगी सिरे हुनी" भनि हालो ।
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 01-01-07 6:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
काका ले फेरि भने, "तो त हो तर तिमेरुले चईनी जनही लाख लाख रुप्याँ कहाँऽट जुटाम्चौ त नि? " लाले ले थपि हालो केरे, "अब गाम मा चलेको चलन केरे, सर सापटले काम चलाम्नी त हो नि । रिकुटे लाहुर बाट आको छ, भउते सित नि टन्नै पैसा छ, सापटी मागेर जानी त हो नि " अनि काकालाई सोधे केरे, "पैसा जुटाम्न सकेम भने तेसो भा तपैले चईनी काठमान्डु लगेर ति दलाल भन्नी मुन्छे सित हाम्रो चाँजो पाँजो मिलाईदिन सक्नु हुन्च त?" काकाले, " किन नसकुम्ला र? मेरो चईनी मावली पट्टीको भदाहा कुम्ले तेतै काठमान्डुमा बसेर आईए बिए पढ्च। अब काठमान्डु जाँदा चईनी तेसैका डेराँ बसम्ला १-२ दिन, दलाल सित कुरो अर्दा नि कुम्ले चईनी आईए बिए पढेको मुन्छे, फेरि तेसैको सँगी नि छ आर्को दीपे भन्नी गँजडी, तिनेरुलाई लिएर गएसी दलाल ले ठग्न नि सक्दैन केरे हाम्लाई । दीपेले त अझ काठमान्डुका पुलिस-पुलिस्नी चईनी सिपाई-हल्दार सप्पै चिनेको छ, दुई-चार मुठी चईनी येतै गाम तिरको गाँजा पुनि लग्दिन पर्च, पसुपतिनाथ नि घुमाईदिन्च । " भने । ठग्नी कुरो सुनेसि म भनी झसक्कि भएँ केरे । "हैन ती दलाल भन्नी मुन्छेले ठग्चन पनि र काका ?" भनेर सोधे । "चईनी तिनेरुले ठग्नी जो भा त एक बाजी नेपे दाजीलाई पुनि भन्न परो र उनको सल्लाहा लेर र उनलाई नि सँगै नराखिकन त हुन्न कि क्या हो" भनेर भने । जे भा नि नेपे दाजी भएसि मलाई आड लाउनी के । काकाले, " हैन, कोई कोई नक्कली दलाल हुन्चन के, सक्कली दलाल ले त ठग्दैनन। तेई पुनि कुम्ले र दीपे भएसि डराम्न पर्दैन, मेरो बचन मान " भने । "अब जानी जो नभए सम्म र चईनी पासफोटाँ भिस्सा र जहाजको टिकेस जो नकाटेसम्म कसैलाई नि नभने हुन्च, काम भए सर्द जो भओ केरे , नभए फेरि सबैको नजराँ किन हुति हारा हुनी हो ?" भने काकाले। काकाको कुरो ठिकै हो, गएसि सप्पैले थाहा पाम्चन, नगए क्यार्न भन्न परो भन्ठाने केरे । तेति खेरै लालेले "हैन यो पासफोटाँ भिस्सा" भनेको के हो र भनेर सोधो । काकाले अर्थ्याए । चईनी जिल्लाबाट हाकिम हुरले हाम्रो फोटाँ सहीछाप लाएर यो मुन्छे नेपाली हो भनेर एउटा किताब जस्तै दिन्चन अरे, तेसलाई पासफोटो (passport) भन्चन अरे, त्याँसी तो अराब भन्नी देसका हाकिम हुरले फेरि आर्को छाप लाम्चन अरे, तेसलाई भिस्सा (visa) भन्चन अरे । अब तो अरबाँ त कुन कुन देसका मुन्छे जानी कुन कुन देसका केरे, कुन देसका हैँचन भनेर चिन्न लाई चईनी तो पासफोटो र भिस्सा लेर मत्रै जान दिन्च अरे के । तो दिनको सल्लाहा तेति जो भओ केरे । अनि मर्का पारो पैसा ले जो - दुई लाखले । अनि जे भए नि मनपेट मिल्नी त पुन्टे दाजी हो हुन भनेर पुन्टे दाजीकहाँ गएम सप्पै । दुई लाख पैसो कसरी जुटाम्न सकिएला पुन्टे दाजी भनेर सोधेको त उनले लाईदिए केरे नयाँ बुद्दि । पुन्टे, " चईनी उता'ट आएसि यो गामै किन्नी पैसो कमाउन सक्नी भा लौ यसो अरओ । गएर जिम्माल लाई उजिन्डेमा खेत राखेर पैसो सापटी लेओ, त्याँसी फर्केर आएसी जिम्माल का जो घर खेत किनेर जिम्मालको उठीबास लाईदेओ" । एकै छिन पछि फेरि पुन्टे दाजी त खुसीले मुख उज्यालो पारेर भने, " साँच्ची हेर सिरे र लाले" अनि फेरि गदगद हाँसे पुन्टे दाजी । अनि फेरि आँखा चिम्लेर भगवान सम्झँदै भने, " सत्त परमेस्वर, यो सिरे र लाले ले आँटेको पुगोस प्रभु, यो जिम्मालको भन्दा धेरै पैसा र धेरै सम्पति लेराएर यो जिम्मालको चईनी घरबारी किनेर राखुन यिनेरुले, म त कति खुसी हुन्थे नि प्रभू। हे देबी माई, ल मैले सिरे र लाले फर्केर आको दिन चईनी पन्चबली चईनी मुसाको बली सबै चढाम्ला " भन्दै एक रुपैयाको ढ्याक मकैको खोस्टामा धागोले बाँधेर तेसलाई अलिकति पानीले धोएर मेरो र लालेको टाउका वरिपरि घुमाम्दै "सत्त परमेस्वर" भन्दै फलाक्न थाले । त्याँसी पुन्टे दाजीले, " ल केटा हो, तिमेरु जानी पैसो चईनी चोरेर भा नि निकालम्ला, तिमेरुले आँटेको पुग्च, चईनी पुग्नै पर्च, तो जिम्मालका " भन्दै पन्च बलीको भाकल गरे । -------------------------------------------------------------------------------- बाँकी पछि फेरि बेलि बिस्तार लगाम्ला फुर्सदाँ । अब हामी जो फर्केर आईसकेम केरे अराब गाका मुन्छे । अब त क्यार्न लुकाम्न परो र हाम्रो कुरा कथा । कसैलाई यो हाम्रो कुरा थाहा छ भने चौपारीमा भन्दै अरे हुन्च, म आएर फेरि थपम्ला, साँचो कुरो भनम्ला । हिजाऽज तेत्ति फुर्सद छैन के अझै । Keep Rolling...
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 01-01-07 6:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भउते जेठानले नि पछिल्तिर बाटै म आको देखेछन, क्यारी चिनेका होलान गाँठे । जे भा नि, जेठान नि हुन, सँगी पुनि हुन, म आज भउतेका घर तिरै लागे ल । उतै गएर बात मार्न पर्ला । Keep Rolling...
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 01-01-07 6:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ गाउँले हो मजाओ कथा बुनेचन् shree 5 (नेपाली मा श्री ५ चाँइ लेख्नै मुन नलाउनि क्या) ले ता......... राम्रो लाओ Keep Rolling.....
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 01-01-07 7:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
sunima_sh
Please log in to subscribe to sunima_sh's postings.
Posted on 01-01-07 7:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-01-07 8:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम है,Shree5 को कहाँनी बडो अच्छ लाग्यो ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-01-07 8:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Guys i m back here again :P
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-01-07 8:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्नानी, तारेमाम है, म:म्: खाने भए, रहुल बुढा कहाँ आउनु क्या रे ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-01-07 8:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
mo:mo ta sarai mitto lagcha tara aaj bharkharai nepal baat tannai mo:mo khar aako. pet ni dukhiraacha. aru kunai din khana aaulaa. bythe way thanks
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-01-07 8:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 01-01-07 9:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठूली आएको?:) कस्तो भयो नेपाल बसाइ? कोसेली के ल्यायो त ? राहुलदाइको म:म: पसल मा पनि मिठो म:म: पाउछ हो ??
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-01-07 9:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
, मिस, तारेमाम् है।म:म्: पसल त कहाँ हुनु, आज बिहान देखि पानी परेको झोंकम घरै मा पकाको । अ्रिका तिर म:म्: पसल खोल्ने चाँही पलान छ, चौतारीका गाम्ले हरु लाई २५% छुट दिने बिचार छ ।
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 01-01-07 9:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए, ल सिरे नि आएचन्, ठुली नि आइचन्। अब दादाको स्याउते चौतारीमा साउती मार्न झन मजा हुनी भअ। पुरानै चौतारीमा आ' जस्तो लाग्न थाल्यो। ख्वाक्क ख्वाक्क!
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-02-07 1:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते है गाम्लेहरू!!! ए ठूली! तिमी आयौ? :) कस्तो भयो नेपाल बसाइ? कहाँ कहाँ घुम्यौ? मलाई एकदम खुशी लाग्यो तिमी आएकोले. ह्याप्पी न्यू यियर २००७!
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 01-02-07 5:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ !! सपैलाइ ए ठुली पनि फर्कि सकिछन् त चित्रे के बिधि आत्तिएको ठुलि नहुँदा - कति धेरै प्रश्न एकै सासमा सोध्न भ्याको नि ? ख्वाक्क ख्वाक्क ख्वाक्क ख्वाक्क!
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 01-02-07 7:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठूली फर्किछन् नेपाला'ट। नेपालको अचेलको खवरको पार लाम्दै थिन् ठूली, चित्रै हाम्फाल्दै आईपुग्यो। 'अब गोताएँ याँ' नबसेकै बेश, विचराहरु बल्ल-बल्ल भेट हुन पा'का छन्!' भनेर हिने म दुबैलाई बाई-बाई गरेर। भउतेका घरनिर पुग्या'थें, "-- ज्वाईँ पछिल्तिरा'ट स्वागत छ--" भनेर भउते करा'को सुने। स्वागत पनि धेरै-धेरै थरिका हुँदा रछन्, भउतेलाई था' र'छ! फेरि, म त भउत्या' ज्वाईँ हैन, मलाई त किन बोलाम्थ्यो तेसरी भउतेले, कल्लाई बोलाम्छ भउते भन्नी लागो। हैन को र'छ भउतेको ज्वाईँ हेरेरै जानु परो भनेर भउतेका आँगनतिर लागें। थुक्क--! मैले सिरेलाई बिर्सिरा'! बज्जे पोहर अरब जान्छु भनेर हिनेको, फर्केर आएछ। यस्सो अरबका कुरा पनि सुनम् भनेको, सिरेले "सबभन्दा पैला, आजै, जमुनीलाई लिन ससूराली जान्छु, दुई-चार दिन ससूराली बसेर आ'सी तिमारु भातमाराहर्लाई अरबका बात सुनाम्ला!" भनो के रे। हुन नि' हो, अब विदेशका गफ आफ्नी जहानलाई पैला नसुनाई काँ अरुलाई सुनाम्नु?! मान्छे त सिरे अझै दुब्लै र'छ, सुक्या ज्यान अझै फुक्या रैनछ। तर दामचैं कमाको जस्तो छ है! होश गरे है जिम्माल!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-02-07 9:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
miss nepal ko basaai saro ramro bho. tara rugha laage ra hairan. ghumna ta dharai thaumaa ghumna paaena. dai ko bihele garda bg bho. jehos sabai chautari sathi haru laai miss gare.
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 01-02-07 9:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ ! ए ठुलि के छ ? कैले फर्क्यौ? खोइत हामिलाइ पनि ल्याइदिन्छु भन्या जस्तो लाम्तो कोशेली ? जे होस् बिहेको कसार खान पाइएला जस्तो छ ।
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
Recommended Popular Threads |
Controvertial Threads |
Conservative discussions |
TPS Re-registration case still pending .. |
TPS for Nepal likely to extend next week |
सालीको चाक |
ChatSansar.com Naya Nepal Chat |
TPS for Venezuela is terminated, only 60 days extension for transition period |
Venezuela TPS lawuit |
tesla stock OMG !! |
Those who are in TPS, what’s your backup plan? |
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
I hope all the fake Nepali refugee get deported |
Court Hearing Approval. |
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants |
Best Consultancy for H1 sponsorship in USA. |
Trump admin revokes 18 months TPS extension for Venezuelans |
Who is hottest nepali female? |
NEPAL TPS |
Documents instead of Birth Certificate |
Now, more than ever, is it a good idea to apply for advance parole? |
|
Looking for girl |
Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|