[Show all top banners]

fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 म भित्रका महरु

[Please view other pages to see the rest of the postings. Total posts: 37]
PAGE: <<  1 2  
[VIEWED 18982 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 01-25-08 11:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सर्वप्रथम त "जगटाधारी "जि नविन सोचको लागि धन्यवाद , साझावासि साथीहरु यो कलम मेरो ,लेखाई मेरो तर शुरुको फुराई "जगटाधारी "जिको हो । "जगटाधारी "जिले दिनुभएको क्यान्भासमाँ सकेसम्म राम्रो रङ पोत्ने प्रयास गर्ने छु ।

 

"यो सिट मेरो हो शायद"

झ्यालमाँ बसेको सिटप्रति इशारा होला भनेर म सर्न मात्र खोज्दै थिएँ , बोली फेरि बदलियो ।

"होइन ,तपाइँलाई अफ्ठ्यारो हुन्छ भने त्यतै बस्नु भए पनि हुन्छ ।"

आवाज मधुरो थियो ,  मेरो फर्की फर्की केटीको अनुहार हेर्ने बानि छैन त्यसमाथि 'पल्पसा क्याफे' बाट ध्यान हटाएर मैले उस्को अनुहार हेर्न खोजेँ भने त्यो आवाज मधुरो हुनै पर्छ ।

" स्पेस कम भयो ब्याग छिर्दै छिरेन !" म सँग सहायता माग्दै थिई शायद । उस्को अनुहार दुई हातले छेकिएको थियो ब्याग मिलाउन खोज्दा ,अनि कपाल लामो रेशमी सिटसम्म झर्ने, म उठेको मात्र थिएँ , कन्डक्टर आएर त्यो मौका म बाट खोस्यो ।अनि बसे पछि उ मुस्कुराई मानौ म उठेको मात्रलाई पनि उ धन्यवाद दिन चाहन्छे ।पल्पसा क्याफे चरमोत्कर्षमाँ भएर होला मेरो उ तिर ध्यान कम नै थियो ।बाटोको गोलघुम्तिसँग रिस पनि उठ्दै थियो मन नलागि नलागि भएपनि उ र म ठोक्किरहेका थियौ ।बिस्तारै बिस्तारै अँध्यारो आफ्नो साम्राज्य फैलाउने होडमा थियो । मोबायल को एयरफोन कानैमाँ मिठो धुन गुन्गुनाईरहेको थियो ।एक्कासी उ मेरो अगाडि आएर कानको एयरफोन हटाउन ईशारा गरी ।

"लामो यात्रामाँ परिचय जत्ति चाँडो भयो त्यत्ति राम्रो होइन र ?"

म फगत मुस्कुराएँ  , केटीहरु सँग खुलेर गफ गर्न सक्दिन भनेर भन्छन् साथिहरु ,शायद साँचो बोल्छन् ।

"तपाइँको भोलि एक्जाम छ हो ?"

" किन ?" यसपाली मेरो उत्सुकता बढ्यो ।

"you seem so much  into this book !" उ हाँसी।

"राम्रो छ नि त ।" मैले पाना पल्टाउँदै भने ।

" एउटा कुरा भनौँ ?"

" के कुरा भन्नुहोस न !"

" यसमाँ पल्पसा मर्छे नि !"

मलाई एकचोटी झनक्क रिस उठ्यो । उ कसरि यस्तो गर्न सक्छे । एकै चोटि त्यो किताब रस निचोरिएर खोस्टा मात्र बाँकि भए झैँ लाग्यो । उ भने पेट मिची मिची हाँसिरहेकि थिई । पहिलो भेट ,how dare she ......?

"सरि , मैले यत्ति नभनेको भए तपाइँ किताब छोड्नु नै हुने थिएन ।हाम्रो परिचय अधुरै रहन्थ्यो । "

"मेरो नाम प्रतिक , प्रतिक रेग्मी ।"

"मेरो पल्पसा" उ फेरि हाँस्न थाली । "सरि सरि मेरो नाम निशा "

"बिराटनगर कुनै खास कारणले हो ?"

"ट्रेनिङ छ ।तपाइँ नि ?" प्रश्न सोध्नु जरुरि थियो ।

" रिसर्च हो ! i m doing masters in criminal psychology , किड्न्यापिङ केसहरु सँग रिलेटेड रिसर्च हो ।"

"Really ? need guts !!!!!!!!! ,तर नेपालमाँ त criminal psychology पढाइ हुन्न नि , होइन र ?"

"म भख्खर हो आएको , सरे युनिभर्सिटि बाट ,its in UK , चिप्स? " उसले आफुले भख्खर खोलेको चिप्स म तिर तेर्स्याई । मैले उस्को अनुहार हेर्दै अफ्ठ्यारो मान्दै दुई वटा चिप्स उठाएँ । she was too young to do the research !
" i have to show something to you "

"के हो ?" म उत्सुक भएँ ।

 मोबायल उठाएर उस्ले पर्तिरको सिटको माथि देखाई । ७ र ८ नम्बर भन्दा माथी "अपरिचित ब्यक्तिले दिएको कुनै पनि बस्तु सेवन नगर्नुहोला" भनेर लेखिएको थियो ।

"Now........ you are in danger !"

"stop" म हाँसे ।उ हरेक भेटमाँ जिउन खोज्छे एउटा जीवन जस्तो लाग्यो मलाई ।

" May i call u तिमी" मलाई थाहा छैन मैले किन यस्तो भनेँ । मैले यत्ति धेरै अपरिचित केटिहरु सँग बोलेको छुइन अहिले सम्म ।

"sure .........गफ गर्न सजिलो हुन्छ , तर म पनि तिमी नै भन्छु नि !"

" तिमी फ्लाइटबाट किन नआएको ?"

" मलाई बसको यात्रा एकदम मन पर्छ । नयाँ नयाँ सहयात्रि पाइन्छ । तिमीसँग भेट हुन जुरेको रहेछ ,त्यसैले होला "

 

"तिमी असाध्यै कम बोल्छौ ।" एक छिनको मौनता चिरेर उ फेरि शुरु भई । मलाई उङ लाग्न थालिसकेको थियो ।

"अनी तिमी असाध्यै धेरै ।" मैले आँखा चिम्लीचिम्ली जवाफ फर्काएँ ।

"तिमी अरु भन्दा भिन्न छौ ।" उसको इशारा शायद मेरो एप्पियरेन्सतिर थियो ।

" भिन्न भन्नाले ?"

" भिन्न भन्नाले भिन्न , असाधारण , भिँडमाँ बेग्लै ।"

"राम्रो मा कि नराम्रो मा ?" मैले हाँस्दै भने ।

"राम्रो मा नि यार ।केटाहरुमा यस्तो लजालुपन धेरै कममाँ हुन्छ ।"

"मलाइ थाहा छ म कति राम्रो छु ।"

"मान्छेले आफुलाई अरुको आँखाबाट पनि हेर्न सक्नुपर्छ ।"

। म धेरै बेर  आशय बुझ्न ती शब्दहरु खेलाइरहेँ ।बिहान बस बाट ओर्लिँदै गर्दा उस्ले मलाई हेरेर हाँसी ।

"always think that you are a gem.............तिमी सँग यात्रा रमाइलो रह्यो ।" यो अन्तिम वाक्य थियो उस्को । ऊसको टि-शर्टको पछि "dont stare at me" लेखिएको थियो तर किन किन मैले उबाट नजर हटाउन सकिन ।

क्रमश:


 
Posted on 02-04-08 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"उसले शब्दहरु लाई गोल घुम्ति घुमाई ।म सँग शब्द हरु थिएनन उ सँग प्रतिस्पर्धा गर्न , थोरै समय  हामि मौन नै रह्यौँ ।
साँझको बेलामा भित्रको पहेँलो प्रकाश मौनताको पर्यायवाचि बन्यो।"


वा! वा!!........ क्या सटिक छन तपाईंका भनाइ हरु। बडा मज्जा आयो पढ्नलाई पनि। अरु पनि जाओस है छिट्टै fuchhe केटो जी।


 
Posted on 02-04-08 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Can you write in the same font that you used the first time? The last post comes out as blocks when I copy and paste in a word pad to print.
 
Posted on 02-05-08 7:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे केटो ज्यु,

भने पछी फेरी बिराटनगरमा पनि भेट हुने भयो हैन त?

हजुरलाई त साँच्चिनै जुराको जस्तो छ त्यो केटी जता गए पनि छाया जस्ता पिछै नछोड्ने। कथा रमाइलो भैराछ। अर्को भागको प्रतिक्षामा छु।


 
Posted on 02-05-08 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

fucche keta ji, katha ta ghamasan gairarecha ni ta, ekdam ramro cha...
 
Posted on 02-06-08 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाई, मलाई सांच्चै पल्पसा क्याफे पढेको जस्तो लाग्दै छ ।
यो दोहोरो जुरेको भेट । क्या मज्जा आँउछ यार पढ्दा ।

 
Posted on 02-21-08 9:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jhapali thito,kanchha01,dipika and somewhere on d earth dai thanks for the comments .............यो कथा अलि सेलाइसक्यो होला हुन त धेरै दिन भो पोस्ट नगरेको !तर पनि सुरु गर्दै छु , बिर्सिनु भएको भए अगाडिका भागहरु रिफ्रेस गरेर मात्र पढ्नुहोला ।

भाग-३ बाट अघि

भाग-४

मैले फोनमा म पनि जाने कुरा बताउन पनि आफ्नो बढीरहेको सास को गतिलाई normal मा ल्याउनु पर्यो । फोन राखि सकेपछि आफै भित्र एकदम उकुसमुकुस भएझै लाग्यो । धेरै बेर सम्म बुरुक बुरुक उफ्रिरहेको मुटु लाई समातेर बसे । सुमन अचानक भित्र छिरेपछि मात्र मैले आफुलाई controll गर्ने प्रयास गरे।

"तँलाई एउटा कुरा भने तँ रिसाउन त रिसाउँदैनस नि है ?"

"त्यो कुरा कस्तो हो त्यसमाँ depend गर्छ , अब तैँले तेरो girl friend कै नाम अहिले सम्म लुकाएको रहिछस भने त रिसाउनै पर्यो नि ! कि कसो?"

उस्ले आफ्ना परेला पुलुक्क म तिर उठाउँदै , मुसुक्क हाँस्दै जवाफ दियो ।

"भयो त्यसो भए त म भन्दिन ।"

"साले ,,,,,,,,,,, indirectly भन्छ , तँलाई मैले मङ्गलबजार मै देखेको ! कहिले भन्लास भनेर पर्खेर बसेको ,बल्ल भन्यो ।"

साँच्चै म झुठ बोल्नमाँ कमजोर छु ।मैले ङिचिक्क दाँत देखाएँ अनि एउटा निर्लज्ज हाँसो हाँसे ।

"नाम के हो ,के गर्छे भन न त ,अझै हाँसेर बस्छ केटी जस्तो"

मैले उस्लाई सबै कुरा बेलिबिस्तार लगाएँ ।अनि आफुलाई त्यो केटी मन परेको पनि बताएँ । केटीहरुको psychology को बारेमाँ पक्कै उस्लाई म भन्दा धेरै थाहा छ । धेरै बेर गमेर उस्ले चिना हेरेपछि पन्डित ले दिने भाका माँ आफ्ना कुरा भन्यो ।

"केटी frank हुनु भनेको यो होइन कि तँ झ्याप्पै purpose गर ,अनि झ्याप्पै accept हुन्छ ।"

"अनि के हो त?"

"यो training माँ नभन , त्यसपछिको भेट माँ भन्नु ।"

"किन नि?"

"give time..........dude ,केटिहरु बाहिर जस्तो देखिए पनि भित्र लजाउँछन ,अनि मायामा maturity खोज्छन् । thats why you have to give time !"

उसले आफुले जाने जति मलाई अर्थ्यायो । म पनि बोधिसत्व प्राप्त भएपछिको बुद्द जस्तो रमाइ रमाइ घर फर्केँ ।

 

बिराटनगर

 

training भन्दा मलाई training पछि का पल हरु रमाइला लाग्थे ।हामी दुवै रिक्सामाँ डुल्न जान्थ्यौँ । उ कुरा गरिरहन्थि तर म सुनिरहन्थेँ । पानीपुरि कि शौखीन उनी ठेला देख्ने बित्तिकै रिक्सा रोकेर शुरु भइहाल्थि । अनि म उन्को बालापन माँ साथ दिन्थे ।हामी त्यहाँका अरु सहभागि चिन्दैनथ्यौ तर त्यो त झन मेरो लागि सहयोगि सावित भयो ।मैले धेरै मौका पाए हामी बिचको एकान्तमाँ तर सुमनका शब्दहरुले मलाइ रोके । हुन पनि एक महिना नै त हुँदैछ भेट भएको । केटिहरु बाहिर जस्तो देखिए पनि भित्र लजाउँछन ,अनि मायामा maturity खोज्छन् । त्यो training त्यत्ति चाडै कसरि बित्यो मलाई पत्तै भएन ।

अन्तिम दिन म आफ्नो room माँ कपडा मिलाउँदै जाने तयारिमाँ थिएँ अचानक निशा मेरो कोठामाँ छिरी ।

"मलाई तिमी सङ्ग केहि कुरा गर्नुछ ।"उ आफ्नो t-shirt को फेर माँ दुई औँला चलाईरहेकी थिई ।

"भन न ।"मैले स्वीक्रितीमाँ टाउको उठाउँदै भने ।

"तिमी असाध्यै सोझो छौ ।" उसले मेरो कोठाको ढोकामाँ ढेसिँदै भनी ।

के उसले भन्न खोजेको कुरा यहि थियो ?

"किन नि?" मेरो उत्सुकता बढ्यो ।

"बिराटनगर को बसाइमाँ मैले एउटा असाध्यै राम्रो सोझो साथी पाएँ ,जस्को साथमाँ दिन हरु कसरि बिते थाहै भएन ।"

"सोझो मान्छे पाएँ भन्दैमाँ जिस्काउनै पर्छ त ?" म अझ कपडा नै मिलाए झै गर्दै थिएँ ,तर मेरो ध्यान कपडामाँ थिएन ।

"I m serious .now I think I can move further ,म अलि लोभि छु ।मलाई त्यो साथीको साथ जीवनभरिलाई चाहियो ।"

उ मेरो नजिकै आई ,आफ्ना पैँतालाहरु थोरै उठाएर मेरो निधारमाँ चुमी अनि बाहिर निस्कि ।म भने सुमनका शब्दहरुको बिचमाँ आफु यन्त्रवत खडा भइरहेँ ।

क्रमश:

 

 

अब यहाँ पछिका भागहरु "जगटाधारि"बाट । मेरो तर्फबाट यत्ति नै ,आशा छ कथा तिमीले सोचे जस्तै भयो होला ।


 
Posted on 02-22-08 7:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i enjoyed every bit of this.
मज्जा आयो । सबै तनाब हटाएर पुरै Imagination कथामा पुगेको थियो । दत्त चित्त भएर पढ्न सकें, नत्र म पनि त्यहि सुमन जस्तै हो ।

तर दुई कुरा ।
१ किन यस्तो ढिला?????
२ सक्न किन यस्तो हतार ।
मलाई अझै चाहियो,
 
Posted on 02-22-08 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे केटो, यो भाग पनि धेरै राम्रो लाग्यो। तर धेरै नै छोटो भयो यो भाग त।सायद समयको अभाबले होला। जे जस्तो भए पनि लेख्ने क्रमलाइ चै निरन्तरता दिनुस है।
 
Posted on 02-22-08 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चेकेटो लौ धन्यवाद है --अर्को भाग नि पढ्ने अवशर दिनुभाकोमा।

--केटिहरु बाहिर जस्तो देखिए पनि भित्र लजाउँछन ,अनि मायामा maturity खोज्छन् ।--

हो र? !!!गज्जब छ साह्रै राम्रो लाग्यो 

दिपिका सिस सन्चै?:)

 

Last edited: 22-Feb-08 08:52 AM

 
Posted on 02-22-08 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्चै छु शुभ भाई म। Thank you for asking
Last edited: 22-Feb-08 09:13 AM

 
Posted on 02-22-08 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ?
Last edited: 22-Feb-08 09:20 AM

 
Posted on 02-22-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिहिहिहिहििहहि

जोकर !!!! दिपिका नरिसाउन सिस?

मरे हासेर हिहिहिहिह 


 
Posted on 02-22-08 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ, म त " दिपिका सिस सन्चै" भन्दा मेरो कुन चै भाइ परेछ भनेर जवाफ दिएँ नचिनेनै पनि, तर तिम्रो दोश्रो प्रश्न ले चै मलाई दोधारमानै पार्यो। मेरो दाजु भाइहरुलाइ त राम्रो सगँ थाहा छ उनिहरुको सिस तेत्तिकै रिसाउदिन भनेर र मैले त यहा रिसाउन पर्ने कुनै कुरा पनि देखिन।  जे भए पनि तिम्रो मन खुलेर हाँसेछ खुशि लाग्यो।

 
Posted on 02-22-08 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

katha dherai man pareo....malai


 
Posted on 02-22-08 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

somewhere on d earth:दाइ कथा मन पराइदिनु भएकोमा धन्यवाद ,छोटो को सम्बन्धमाँ यो कथा जतिखेर शुरु गरियो ,यो मेरो plot थिएन ,र यहाँ सम्म मात्र म लेख्छु भनेर सोच बनाएको थिएँ बाँकी"जगटाधारि " बाट ढिलोको कुरा त तपाइँलाई थाहा छ होला , भुलचुक माफ पाऊँ ।

dipika02-धेरै धेरै धन्यवाद , छोटो को कुरा त मैले माथि नै अर्थ्याइसकेँ ,लेख्ने प्रयास सकेसम्म गर्नेछु ।तपाइँको "पुजाको पुजा"मैले साझा मा पढेको पहिलो कथा थियो । यस्तो लेख्न सके त भनेर मैले धेरै बेर सोचेको थिएँ ।

Shubha-thanks..............खोइ के खोज्छन खोज्छन केटिहरु?अहिले सम्म guess नै guess माँ बाचिएको छ ।

satellite-thanks for the comments................


 
Posted on 02-23-08 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका दिदी,

कस्तो भुसुक्क बिर्सिएको त :(  म त झल झली सम्झिन्छु त हजुरलाई --

त्यो त मैले थाहा पाइ हालेनि हजुर नरिसाएको

दिपिका दिदीलाई खुशी दिलाउन सकेकोमा म झन फुरुङ छु

माफ है फुच्छे केटो हजुरको धागोमा  आएर विषयबस्तु भन्दा बाहिरको कुरो गरेको मा-- :)  


 
Posted on 02-23-08 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ भाई मैले पनि सम्झे हजुरलाई झल झली

 हजुरलाई म पालो को पैचो त कहाँ छोड्छु र? हेर आफ्नो सिस लाई पनि कसैले झुक्यौछ  हजुर बदमाश


 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
#MAGA#FAFO is delicious
What is the purpose of an F1 student visa in the U.S.?
Measles vax deaths vs measles death in USA
Nepal TPS decision
Don’t Just Read—Join the Conversation
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Nepal TPS
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA?
Freedom of speech is dead in USA
Whatever happening in airport are illegal and should stop ? What are these immigration lawyers doing ?
Travelling to Nepal with expiration less than 6 months
Homeowner Charged renting to illegal migrants
USCIS to Check Social Media Posts of Green Card Applicants Legally Residing in US
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters