[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 यो कथाको अन्त्य छैन - २

[Please view other pages to see the rest of the postings. Total posts: 32]
PAGE: <<  1 2  
[VIEWED 12832 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 03-26-08 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(मलाई fucheketo ज्यूको लेखन शैली असाध्यै मनपर्छ । उहाँले लेख्नु भएको "यो कथाको अन्त्य छैन" (http://www.sajha.com/sajha/html/openThread.cfm?forum=283&threadid=56999) कथालाई कथाकी नायिका सुधाको दृष्टिकोणबाट प्रस्तुत गर्ने इच्छा कथा पढिसक्ने बित्तिकै लागेको थियो, निष्ठुरी समयले इच्छा पुरा गर्न दिएन, अहिले त्यो धोको पुरा गर्ने जमर्को गर्दैछु ; आफ्नो कथालाई पृथक दृष्टिकोणबाट प्रस्तुत गर्ने अनुमति दिनु भएकोमा fucheketo ज्यू लाई धेरै धेरै धन्यवाद ।। )
---------------------------------------------------------------------------------------------------

उहाँ टेलिकमको इन्जिनियर, म हस्पिटलकी नर्स । व्यावसायिक रुपमा हामी बिल्कुलै भिन्न छौं । हिजोआज त झन् उहाँ टेलिकमको शेयरका कुरामा लाग्नु भा'छ । "शेयर" एउटा यस्तो विषय, जुन मैले चाहेर पनि कहिले बुझ्न सकिन । यस्तो कम्प्लेक्स फिल्डमा पनि मान्छेहरु कसरी काम गर्लान् भन्ने उत्सुकता भने म मा पहिले पनि थियो, अहिले पनि छ ।

पहिले पहिले मेरो अगाडि शेयर किनबेचका कुरा हुँदा, त्यहाँबाट उठेर अर्कातिर हिंड्नु नै ठिक लाग्थ्यो मलाई, आफूले नबुझ्ने विषयमा दिमाग खपाउनु मात्र, समयको बर्बादी भन्ने ठानेर, तर अहिले.... !! शायद यही नै हो माया भनेको, उहाँले शेयरकै कुरा गरेपनि म सुनीरहनसक्छु र बुझ्नपनि खोज्छु! थाह छ, उहाँलाई पनि म यी सब कुरा बुझ्दिन भन्ने तर पनि सबै कुरा भन्नुहुन्छ मलाई, अनि उहाँको यो बानी मलाई असाध्यै मनपर्छ ।

अस्ति उहाँले बोल्दा बोल्दै निदाएँछु म, भोलिपल्ट बिहान साह्रै नराम्रो लाग्यो मलाई । " आखिर म उहाँका हरेक सुखदु:खमा साथ दिन्छु भनेर नै उहाँको जिन्दगीमा आएकी हुँ, अर्धाङ्गिनि बनेर, उहाँका तनावका कुराहरु सुनेर तिनमा मलम लगाउन सके पो केही राहत हुन्थ्यो उहाँलाई" उहाँका कुरा बुझ्ननसक्नु को आफ्नो लाचारीमाथि साह्रै रिस उठ्यो मलाई । त्यसैले फेरि सोधें "
साँचि हिजो त्यो शेयर को हिसाब के के भन्दै हुनुहुन्थ्यो नि?" । उहाँ मुसुक्क हाँस्नुभो, अनि कुनै झर्को नमानी फेरि सबै कुरा भन्नुभो । उहाँका कुरा मा आफ्नो राय दिन मन नलागेको होइन मलाई, तर खै के राय दिने । तरकारी केलाइकुलाइ गरेर भान्छाको चाँजोपाँजो मिलाउँदै थिएँ म , अफ सिजन भएकोले होला, काउलीमा धेरै किरा परेको थियो,
"हेर्नु त यो काउलिको किरा ,किरा भएको काउलिलाई पनि यति महँगो लिएछ मोरोले!!!!!!!!!" तरकारी पसलेसँग रिसाउँदै भनें मैले ।
खै के सोचेर हो, माया नै माया भरिएका आफ्ना सुन्दर आँखाहरुले मलाई हेरिरहनुभएको थियो उहाँ ।

"के हेर्नुभएको नि फेरि?"

"काउलिको किरा !"

"मेरो अनुहार मा छ त? उ त्यहाँ हेर्नुस त भुईँमा त्यहाँ पो छ त ।" हाँस्दै भनें मैले । उहाँपनि हाँस्नु भो । उहाँको यही मुस्काननै थियो मैले खोजेको । सोच्दा पनि अचम्म लाग्छ मलाई, वर्षदिन अघि सम्म, कहिले नदेखेको, नामै नसुनेको मान्छेको मुहारमा एक मुस्कान ल्याउन, जे पनि गर्न तयार छु म आज ।


मेरो अफिस (हस्पिटल नै भए पनि, कार्यक्षेत्रलाई अफिस नै भनिंदो रैछ) मा एकदुइजना सहकर्मीहरु शेयरको खुब कुरा गर्थे, "आज भने उनीहरुसँगै बुझेर भएपनि धेरै कुरा थाहपाउँछु," शेयरका बारेमा बुझिछाड्न प्रतिबद्ब भएँ म !


अफिस पुगेपछि सहकर्मीहरु माझ कुरा उठाएँ शेयरको, छक्क परे उनीहरुपनि, मैले त्यो सब सोधेको देखेर, तर जति जाने बताइदिए !! "आज भने म पनि शेयरको कुरा मा कुरा थपेर उहाँलाई मख्ख पार्छु म" उहाँको हँसिलो मुहार सम्झँदैमा पुलकित भएँ म!

-----------------------------------------------

"शेयर पुरै बिक्रि भएनछ नि ,टेलकम को !"घर भित्र छिर्ने बित्तिकै उहाँले भन्नुभो ।

"साधारण मान्छेको लागि त अचाक्लि नै बायस्ड भएर बनाएको थियो अरे नि त रुल्सहरु होईन ?" बुझी नबुझी सुनेका कुरा मैले नि भनी हालें ।

"कस्ले भन्यो र तिमीलाई ?"

"अफिसमाँ यस्तै कुरा भइराखेको थियो ।मैले पनि एकछिन सुनेकी थिएँ"

"सब वाहियात हो बुझ्यौ?तिम्रा अफिसका त मान्छे नै काम नलाग्ने छन् ,तिनीहरुलाई कर्मचारिलाई दिइने सुविधा के हो के थाहा?"

"टेलकम चलेको पनि त हामी जस्ताले फोन चलाइदिएर त हो नि ,फेरि अर्को कम्पिटेटर मार्केटमाँ आयो भने टेलकम डुब्न के बेर ?" मेरो अफिसलाई गाली गरेको सुने पछि कता कता झोंक चल्यो मलाई पनि !!

"यो पनि अफिसमैँ सुनेकि त हौलि नि ?" रिसले, तनावले रातो भएको उहाँको मुहार देखें मैले। "हेत्तेरिका, चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भनें झैं भयो मलाई !! थोरै कुरा मात्र बुझेर, त्यसरी भन्नु नहुने हो मैले, बेकारमा तनावमा भाको मान्छेलाई झन् ...." आफैं देखि दिक्कलाग्यो मलाई । अनि कुरो अघि बढ्न नदिइ, चुप लागेर बसें ।

--------------------------------------------------------------------------

"सुन्नुहोस न , पेट्रोल को लाईन बस्नुभो?"खाना खाइसकेपछि अब त रिस साम्य भो होला भनेर सोधें मैले ।

"कहाँ ,अफिसबाट कसरि भ्याउने ?" झर्किँदै भन्नु भो!

"हाम्रो अफिसमाँ कोटामा मागेका रहेछन ,मैले पनि मेरो स्कुटरलाई भनेर माँगेकी छु ,तँपाईलाई चाहिन्छ भने!" मेरो त गौरिघाटबाट चाबेल नै हो पुग्नु पर्ने, हिंडेरैपनि जान सक्छु, तर उहाँको पुल्चोकसम्म जानुपर्छ, पेट्रोलको जरुरत मलाई भन्दा उहाँलाई छ, अरु दुनियाँ थरि तनावलाई कम गराउनमा केही गर्न नसकेपनि, यस कुरा मा त सहयोग गर्न सक्छु, भन्ने सोचेरै मैले यसो भनेकी थिएँ ।

"पर्दैन । चाहिएको छैन तिम्रो अफिसले देको ,तिम्रो अफिसको कुरै नगर ।" मेरै अफिसले उहाँलाई सारा टेन्सनहरु दिएको जस्तै गरेर भन्नु भो, उहाँले !! मलाई साह्रै नराम्रो लाग्यो, रिसपनि उठ्यो । आफ्नु रिसलाई मन भित्रै थुनेर, गरम बनिरहेको परिस्थितीलाई अझ गरम नबनाउन मैले राम्रै सित जानेकीछु, त्यसैले चुप लागेर बसें ।

भान्छाका सुसे धन्दा सकेर कोठामा पुग्दा उहाँ सुतिसक्नु भएको रहेछ । मलाई निकै नराम्रो लागि रहेको थियो, अर्कोपट्टि फर्केर ढल्किएँ म ओच्छ्यानमा, कति बेर सम्म निद्रा पनि लागेन, फेरि राम्रो सित कुरा गरेर फकाउनु पर्यो भनेर उहाँ पट्टि फर्किएं म । मस्त निदाइसक्नु भएको रैछ, निद्रामा मस्त भएको त्यो निर्दोष मुहार देखे पछि मेरो त सबै रिस त्यही बेला मर्यो । भोली बिहान कुरा गरुंला भन्ने सोचेर सुतें म पनि !

------------------------------------------------------------------------


राति सुत्न ढिलो भएको भएर होला, म उठ्दा त सात बजी सकेछ । सवा सातमा अफिस पुग्नु पर्ने थियो । चिया सिया बनाउन पनि भ्याइन, सुतेको मान्छेलाई उठाएर मैले चियापनि बनाउन भ्याइन भन्न पनि मनलागेन, उसै त रिसाइरहेको बेलामा!! पछि फोन गरेर कुरा गर्नु पर्ला भन्ने सोचेर, हतार हतार अफिसतिर लागें ।


उहाँ रिसाएकै कारणले होला शायद, मेरो मन पनि हाँसिरहेको थिएन । अझ राम्रो कुरा भन्दापनि रिसाएको देखेर मेरो चित्त साह्रै दुखेको थियो । त्यहीपनि कुनै पनि सम्बन्धमा एउटा आगो हुँदा अर्कोले पानी बन्न त जान्नै पर्छ, नत्र यी नाजुक सम्बन्धहरु मजबुत बनाउँदै लान नै कहाँ सकिन्छ र !!


अब त उठ्नुभो होला भन्ने सोचेर फोन गरें, पुरै रिङ्ग गइसकेपछि पनि उठाउनु भएन । उठ्नु भाकै छैन कि, अझै पनि रिस मरेको छैन, मैले केही भेउ पाउनै सकिन ।  हातगोडा फतक्क गले जस्ता भए ।

 

"अब आइन्दा आफूले नबुझेका विषय मा जान्ने भएर कहिले पनि बोल्दिन" सम्पूर्ण दोष आफैंमा खन्याएँ मैले । काममा पटक्कै जाँगर थिएन, किन किन, म उहाँलाई एकदम मिस गरिरहेकी थिएँ ।कति पल्ट उहाँको नम्बर डाइल गर्न खोजें, तर फेरि अझ रिसाउनु होला जस्तो लागेर, आँटै आएन ।


" मैले अघि फोन गरेको त पक्कै थाहपाउनु भो, कलब्याक नि नगर्ने " म भुट्भुटिइ रहेकी थिएँ, छट्पटिइ रहेकी थिएँ । काठमाडौंको अनियन्त्रित ट्राफिक, अनि हस्पिटलमा दिनहुँ देखिने एक्सिडेन्टका नयाँ नयाँ केसले गर्दा मलाई साह्रै डर लागिरहन्थ्यो ।मोबाइल छ र त , यस्तो हुन्छ, नभा भए म के गर्थें होला !!

" अफिस पुग्नु भो होला अहिले सम्म मा त, कमसे कम आइपुगें भनेर फोन गरे पनि ढुक्क त हुन्थ्यो । कस्तो छुच्चो मान्छे........"

उहाँकै बारेमा सोच्दै थिएँ फोनको घन्टी बज्यो । मेरो हर्षको कुनै सिमा रहेन ।

"सुन न तिमीले कल गरेकी रहिछ्यौ नि?"

उहाँको बोलीमा कुनै रिस थिएन, नरम स्वरमा बोल्नु भएको थियो उहाँ, मलाई फकाउन खोजे जस्तै गरी ।

फोन राखेपछि मलाई ढुक्क भयो, नयाँ स्फुर्ती शरीर भरी आए जस्तै भयो । काममा पनि जाँगर लाग्यो, अनि उहाँको एक फोनकल पछि म फेरि हिजोअस्तिकै सुधा भएँ । कति शक्ति हुँदोरहेछ मायामा एकैछिनमा मान्छेलाई बदल्दिन सक्ने !


बेलुका घर जाँदा गौरिघाट चोकमा तरकारि किन्दै थिएँ । अचानक एउटा विचार आयो । सोचें आज म उहाँलाई मीठो लाग्ने, कुखुराको मासु, रहडको दाल, टिम्मुर हालेको टमाटरको अचार र भात पकाउँछु, उहाँ पक्कै खुशी हुनुहुनेछ ।
 





Last edited: 26-Mar-08 08:42 AM
Last edited: 26-Mar-08 08:54 AM

 
Posted on 03-27-08 7:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Spearhead, Thanks for the comment. Unfortunately, I don't have any sister.
Sampada, Thanks.
 
Posted on 03-27-08 7:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Spearhead, Thanks for the comment. Unfortunately, I don't have any sister.
Sampada, Thanks.
 
Posted on 03-27-08 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्य हुनुहुन्छ वहाँ जसले चेलीलाई पाउनुभयो! गजब गयो!

माष्टरनी नानीको पनि धमाका आएछ फेरि! गजब!

 


 
Posted on 03-27-08 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maldai, Cheli lai paune ta khoi dhanya hun hoinan tha chhina, Sudha lai paune chhin dhanya hun. . Thanks for reading this.


 
Posted on 03-31-08 6:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

simply loved it .....i thought tyo meri sudhaa hos....kalpanama rachiyeki bhaye pani lagyo u meri ho....thanks for making this story so beautyfullllllllllllll..........
 
Posted on 03-31-08 7:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks fucheketojyu.
उनी तपाईँकै कल्पनाकी सुधा हुन् । मैले त उनको भावना मात्र प्रस्तुत गरेकी हुँ ।

 
Posted on 03-31-08 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली तिम्रो यो प्रस्तुती पनि राम्रो लाग्यो, काल्पनिक सुधाको राम्रो चित्रण गरेकी पाएँ। अरु पनि लेख्दै गर है।

 
Posted on 03-31-08 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Cheli,

That was a good one! I hope every wife can be as understanding as Sudha character in your story. I want to read more stories like this.


 
Posted on 03-31-08 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks a lot to Yakku and Dipika.
 
Posted on 03-31-08 5:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमाइलो प्रस्तुती रहेछ चेली। अरु पनि जावस।
 
Posted on 03-31-08 9:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो लाग्यो ।

 
Posted on 04-01-08 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks a lot to Suntale jyu and Som jyu as well.

These types of comments inspire to write more.  Thanks to all for inspiring me.

 


 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Nepal TPS decision
Nepal TPS has been Extended !!!
Homeowner Charged renting to illegal migrants
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Don’t Just Read—Join the Conversation
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
FDA admits Covid mRNA ‘Vaccines’ CAUSE CANCER
नपरी भोगिदैन नमरि नर्क हो वा स्वर्ग पुगीदैन
Trump says he ‘couldn’t care less’ if automakers raise prices 🤣🤣🤣🤣
H4 Visa (99% approval rate) remains the Safest and Easiest Way to Come to US
Freedom of speech is dead in USA
NEED TRADE SHOW HELP- LAS VEGAS
Be the voice to Renew TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters