[Show all top banners]

चेली
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
  अनुहार

[Please view other pages to see the rest of the postings. Total posts: 29]
PAGE: <<  1 2  
[VIEWED 17284 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 07-14-08 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुहार

( यस कथाका घटना तथा पात्रहरु बिल्कुलै काल्पनिक हुन् कसैको वास्तविक जीवनसँग मेल खान गएमा संयोग मात्र हुने छ )

माइक्रो बसबाट ओर्लिएर, कलेज तिर जाँदै थिएँ, “ हाई रश्मी” पछाडिबाट पूजाको आवाज सुने मैले । “हाई, के छ हालखबर?” मैले भनें । “ठिकै छ, तिम्रो नि, हिजो किन नआएको कलेज?” उसले सोधी । “ अलि सन्चो थिएन त्यसैले” मैले उत्तर दिएँ । “ ए!! अनि एउटा कुरा थाह पायौ ? प्रियाको बिहे हुने रे नि?” उसले भनी । “ हँ , प्रियाको बिहे, अनि प्रविन अहिले पढ्दा पढ्दै बिहे गर्न राजी भाको त ?” छक्क पर्दै सोधें मैले । “ प्रविनसँग कहाँ हो त? प्रिया जस्ती केटीले प्रविन जस्तो गाउँबाट आएर दु:ख गरेर बसेको केटासँग बिहे गर्छे होला त ? खै को चार्टर्ड एकाउन्टेन्ट रे । प्रियाले प्रविनलाई त युज गरेकी हो नि, एक्जाममा हेल्प हुन्छ भनेर ।यति भन्दा पूजाको मुहार भरि प्रिया प्रतिको उसको दृष्टिकोण छल्किएको थियो । हुन पनि प्रियालाई हाम्रो कलेजभरि कसैले मनपराउँदैनथे । पढाइमा राम्रो गर्न नसकेपछि कलेजको टपर प्रविनसँग नजिकिएकी थिइ उ । आफ्नो स्वार्थपूर्तीको लागि मात्र उ प्रविनको पछि लागेकी थिइ त्यो हामी सबैलाई राम्रो थाहथियो, तर प्रविन यी सब कुरा थाह भएपनि, थाह नपाए जस्तो गरेर प्रियाको प्रेममा मानौ पागल नै भए जस्ता भएकोथियो । “अनि प्रविन? उसलाई थाह छ यो सब कुरा? “ मैले सोधें । “ थाह होला नि, सबैलाई थाह भएपछि, ह्या उसलाई नि केही फरक नपर्ला “ पूजाले भनी । “ होइन यार! प्रविन त कहाँ त्यस्तो छ त!” म भन्न खोज्दै थिएँ, मेरो कुरा पनि पुरा नभइ पूजाले भनी – “हेर, प्रिया केटी मान्छे भएर त कहिले एउटा कहिले अर्कैलाई आफ्नो ब्वाइफ्रेन्ड भन्दै हिंड्न उसलाई केही फरक परेन, मायाको पवित्र सम्बन्धमा खेलबाड गर्दै हिंडेकी उही त हो नि! प्रविनलाई के फरक पर्छ र, उसलाई त समाजले पनि केही भन्दैन” नारीबादी, पुरुष विरोधी पूजाले आक्रोसित हुँदै भनी । “हो , त्यही त, खेलवाड प्रियाले गरेकी हो, प्रविनले त साँचो माया गरेको हो नि” साथी भएको नाताले प्रविनको पक्षमा बोलें म । “ ह्या!!! जे भए पनि उ केटा त हो! केटाहरु सबै उस्तै हुन्, अनुहार मात्र फरक ल त मेरो ल्याबमा जानु छ, गएँ है “ उसले भनी ।

पूजाका कुराहरुमा विश्वस्त हुन सकिरहेकी थिइन । प्रविन मेरो राम्रो साथी थियो, प्रोजेक्टहरुमा हामी धेरैजसो सँगै हुन्थ्यौं । उसले प्रियालाई मनपराउन र उनीहरुको सम्बन्ध अघि बढ्न थाले पछि उ निकै बदलिएको थियो । कलेज भरिकी चरित्रहीनमा नाम कहलिएकी प्रियालाई उ मुटु रित्याएर माया गर्थ्यो । उसैलाई देखेर मलाई लाग्न थालिसकेकोथियो माया साँच्चै अन्धो हुँदोरहेछ भन्ने पनि । बानी व्यवहारदेखि लिएर अरु यावत कुराहरुमा प्रविन र प्रिया बिल्कुलै भिन्न थिए । प्रियाको बारेमा सबैकुरा थाह भएर पनि, उप्रति मरिमेट्ने प्रविन, कि एकदम महान हो कि त बिल्कुल मुर्ख जस्तो लाग्थ्यो मलाई । “ यसरी प्रियाको यसरी अर्कैसँग बिहे हुने भन्ने कुरा सुने पछि कति निराश भएको होला, प्रविन, पढेलेखेको बुझ्ने मान्छे केही गलत कदम त पक्कै नउठाउला नै…” यस्तै सोच्दै लाइब्रेरी पुगें म ।

कुनाको टेबलमा बसेर पढिरहेको थियो प्रविन । उसलाई पढिरहेको देखिनु कुनै ठूलो कुरा थिएन, पढ्ने खालकै विद्यार्थी थियो उ तर आज ! उसले प्रियाको बिहेको बारेमा केही सुनेकै छैन होला जस्तो लाग्यो मलाई । म उसकै छेउको कुर्सीमा गएर बसें । “ए रश्मी ! अहिले कस्तो छ तिमीलाई सन्चो भयो ? “ उसले सोध्यो । “ हजुर भयो, तिमी यहाँ के पढेर बसेको नि?” मैले सोधें । “ त्यतिकै प्रोजेक्टको केही आइडिया पाइन्छ कि भनेर । “ यति भनेर उ फेरि पढ्न थाल्यो । उसको मनको कुरा पढ्नै सकिन मैले । मनको कुरा मुहारबाट पढ्न नखोजेको त होइन तर उसको मुहार भावशुन्य थियो त्यसबेला । यत्तिकैमा मोहित आयो । मोहितलाई हाम्रो क्लास भरि कै सबै भन्दा हाउडे विद्यार्थी भन्दा खासै फरक नपर्ला, कुन बेला के भन्दा कसलाई फरक पर्छ, उ केही विचार गर्दैनथ्यो, बोल्न पाउँदा जे पनि बोल्थ्यो । प्रविनलाई धाप मार्दै, हाँस्दै उसले भन्यो – “ वाह वाह यस्तो पो हुनुपर्छ; गर्लफ्रेन्डको अर्कैसँग बिहे हुने पक्का भइसक्यो, यो यहाँ पढेर बसेको छ, कुल यार कुल…”  मुसुक्क हाँसे जस्तो गर्यो प्रविन, त्यो मुस्कान मेरो कल्पना भन्दा धेरै बाहिर थियो, म तीनछक्क परें “ बिहे नै गर्न त उसलाई कहाँ सक्थें होला र म? मैले उसलाई छोडेको भनेर सबैका नजरमा म भिलेन बन्नु भन्दा त….” बोल्दा बोल्दै म तिर हेर्यो उसले, म छक्क परेर उसैलाई हेरिरहेकी थिएँ, बोल्दा बोल्दै टक्क अडियो उ, उसको मुहार निकै गम्भिर भए जस्तो भयो अनि उ फेरि अघि कै किताब पढ्न थाल्यो । मेरो कानमा कता कता बाट पूजाको स्वर गुन्जिए झैं लाग्यो मलाई - “केटाहरु सबै उस्तै हुन्, अनुहार मात्र फरक”

के साँच्चै प्रविनलाई केही फरक परेन त ? के साँच्चै सबै पुरुष उस्तै भावनाविहीन हुन्छन् त ? कहिले हो जस्तो लाग्छ अनि कहिले होइन जस्तोपनि । यसकुराको जवाफ मैले आजसम्म पाउन सकेकी छैन तर पूजाले भनेको त्यो वाक्य आज पनि दिमागमा आउने गर्छ -“केटाहरु सबै उस्तै हुन्, अनुहार मात्र फरक” ।।

 

 

 

 


 
Posted on 07-20-08 8:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले दाइ, " अँ "  भन्न त अलि ठाडो हुन्न र भन्या?  तिमी भन्ने साथीसँग पनि हजुर नै भन्छु म त त्यसैले! " पुल्चोकको कुरा गर्या प्रटै भो मलाई। " रे??  "( यस कथाका घटना तथा पात्रहरु बिल्कुलै काल्पनिक हुन् कसैको वास्तविक जीवनसँग मेल खान गएमा संयोग मात्र हुने छ )" भन्या झन् !!  

नारायणगढज्यू, सबै  पुरुष उस्तै हुँदैनन् म पनि मान्छु, तर कहिलेकाहिं घटनाहरुले नसोचेको कुरा सोच्न बाध्य बनाइदिन्छन् नि !!

 

धन्यवाद धेरै धेरै पढिदिनुहुने सबैलाई !!  


 
Posted on 07-20-08 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली,

Not a bad thought but everyone is different when it comes to handling these kind of situations...each and every girls/guys are god gifted with same kind of feelings, everyone gets hurt when they are left behind, everyone finds himself/herself empty when promises are broken, but the only difference is some of them (even girls) are strong enough to overcome or handle the situation in a better way...

So, "केटाहरु सबै उस्तै हून्, अनुहार मात्र फरक्” भन्दा पनि “ मानब जाती (केटा/केटी)  सबै उस्तै हुन, अनुहार मात्र फरक्” would have been a fair quote.


 
Posted on 07-20-08 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Birkhe, Serial, Crazy_love, Riththe, Nepche, Spring, SurNaTal and all skeptic friends,

 

Here are some scientific facts to back up what Cheli’s friend said about men.

 

Have a surprise and fun.

 

 

X-celling Over Men

MAUREEN DOWD

 

The New York Times

Published: March 20, 2005

 

"genetically speaking, if you've met one man, you've met them all. We are, I hate to say it, predictable. You can't say that about women. Men and women are farther apart than we ever knew. It's not Mars or Venus. It's Mars or Venus, Pluto, Jupiter and who knows what other planets."

 

Women are not only more different from men than we knew. Women are more different from each other than we knew - creatures of "infinite variety," as Shakespeare wrote.

 

http://www.nytimes.com/2005/03/20/opinion/20dowd.html?_r=1&ex=1111986000&en=c83c50072f4f26ef&ei=5070&oref=slogin

 

Nepe


 
Posted on 07-20-08 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 20-Jul-08 12:44 PM

 
Posted on 07-20-08 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 20-Jul-08 12:44 PM

 
Posted on 07-20-08 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घटना हरुले देखाउलान, तर म मान्दिन ।..........each case should be individualized., as the doctors says .. ( about love .. anton chekov)
सुन्तले दाई संग म सहमत छु ।
सबै पुरुष उस्तै हुन त? तो त न पुरुषमा लागु होला न नारिमा। म अरु कोही जस्तो छु भन्ने त कदापी लाग्दइन?
 

राम्रो कुरा उप्काउनु भयो । धन्यबाद ।


 
Posted on 07-20-08 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

_Saajan_ ji, “ मानब जाती (केटा/केटी)  सबै उस्तै हुन, अनुहार मात्र फरक्”  Hmm nice thing to ponder huh!

Nepe Dai, Thanks for the comment, :-)

Som Daju, Thanks :-)

 


 
Posted on 07-21-08 6:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(यस कथाका घटना तथा पात्रहरु बिल्कुलै काल्पनिक हुन् कसैको वास्तविक जीवनसँग मेल खान गएमा संयोग मात्र हुने छ )

 यदि सत्यता हो भने मेरो भन्नु केहि छैन साना साना कुराले मनमा छाप छोड्छ ,त्यहि लेखिदिने न हो ! त्यसमा पनि केटालाई बुझ्न गल्ति हुने ठाउँहरु त साथिहरुले औँल्यादिहाले , प्रस्तुति छोटो मिठो छ ,पढ्नेहरुले पनि कुरा केलाउनलाई धेरै ठाउँ छोडेको मन पर्यो ,चित्त बुझ्यो  । 

 तर यदि  यो कथा बिलकुलै काल्पनिक हो भने त चेलिले केटामान्छेको अर्को पाटो नदेखे जस्तो लाग्यो , अथवा माया गर्ने केटाहरुको संगत नगरे जस्तो लाग्यो ।


 
Posted on 03-12-14 9:09 AM     [Snapshot: 5001]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली जी,

तपाईंको कविता पढ्थें सानो कथा पनि रहेछ साझा-ढुकुटी मा .... पढ्दा आनन्द आयो .... तर माथि सप्पैले भने सरि केटा सप्पै एकै हुन्नन् नि..... फुच्चे ले भने जस्तै यसको पक्का पनि अर्को पाटो नि होला..... अब त्यो पाटो पो लेख्ने कि .....

- थाहा छैन
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Best Consultancy for H1 sponsorship in USA.
Trump admin revokes 18 months TPS extension for Venezuelans
Who is hottest nepali female?
NEPAL TPS
Documents instead of Birth Certificate
Now, more than ever, is it a good idea to apply for advance parole?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters