highvoltage
Replies to this thread:
More by highvoltage
What people are reading
Subscribers
Please log in to subscribe to highvoltage's postings.
:: Subscribe
|
जे होस् केही त गरे हाम्रा नेताले
[Please view other pages to see the rest of the postings. Total posts: 22]
[VIEWED 21619
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
highvoltage
Please log in to subscribe to highvoltage's postings.
Posted on 07-31-08 3:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
काठमाडौंमा घर भएका सभासद्ले पनि लिए घरभाडा भत्ता
नवीन विभास/नयाँ पत्रिका काठमाडौं, १५ साउन
2008-07-31,Thursday
राजधानीमा
घर भएका पार्टी अध्यक्षहरूदेखि महासचिव र चर्चित युवानेतासम्मले पनि बुझे संविधानसभा
सचिवालयबाट घरभाडा भत्ता |
१२ वर्षे संसदीय कालको पुनरावृत्ति गराउँदै संविधानसभाका सदस्यले
पनि सकेजति सुविधा बटुल्न थालेका छन् । राजधानीमै घर भएका सयभन्दा बढी सभासद्ले घरभाडा
भत्ता बुझेर पुरानै दिन सम्झाएका छन् ।
काठमाडौंका रैथाने सभासद्देखि उपत्यकाबाहिरबाट आएर महल ठड्याएकासम्मले मासिक ६ हजार
पाँच सय रुपैयाँ घरभाडाबापत लिएका छन् । घरभाडाबाहेक उनीहरूले अन्य सुविधा र तबलबापत
करिब ३९ हजार ९८ रुपैयाँ बुझेका छन् ।
संसद् सचिवालयले महिना बित्नासाथ सबै सभासद्लाई घरभाडासहित पारिश्रमिक दिँदै आएको
छ । 'मेरो घर काठमाडौंमै भएकोले भाडा तिर्नुपर्दैन, त्यसैले भाडा भत्ता आवश्यक छैन'
भन्ने सभासद् एकजना पनि भेटिएका छैनन् । भत्ता लिने विषयमा पार्टीअध्यक्ष, महासचिवदेखि
सभासद्हरू एकनास देखिएका छन् ।
'मेरो घर काठमाडौंमै भएकोले भाडा
तिर्नुपर्दैन, त्यसैले भाडा भत्ता आवश्यक छैन' |
आफ्नै घरमा बसे पनि घरभाडा तिर्न भनेर राज्यबाट पैसा लिनेहरूमा पूर्वप्रधानमन्त्री
लोकेन्द्रबहादुर चन्ददेखि एमाले महासचिव झलनाथ खनालसम्म छन् । त्यस्तै, जनशक्ति पार्टीका
सहअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, माले महासचिव सिपी मैनाली, नेमकिपा अध्यक्ष नारायणमान
बिजुक्छे र जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचनले पनि आफ्नै घरमा बसेर राज्यबाट
भाडा भत्ता लिएका छन् ।
कांग्रेस नेता नरहरि आचार्य, गगन थापा, डा. प्रकाशशरण महत, डा. मिनेन्द्र रिजाल,
डा. नारायण खड्काले मात्र होइन, एमालेका भीम रावल, शंकर पोखरेल, रामनाथ ढकाल, युवराज
कार्की र विष्णु रिमालले पनि भत्ता बुझेका छन् ।
घरभाडा लिने सभासद्हरूका पनि आफ्नै तर्क छन् । जनशक्ति पार्टीका सहअध्यक्ष लोहनी
काठमाडौंमा घर भएको सभासद्ले घरभाडा लिनुहुँदैन भन्ने नियम नभएकोले आफूले भत्ता लिएको
बताउँछन् । उनी भन्छन्, 'नियममा भएको सुविधा त किन छाड्नुपर्यो र ? नियमको परिधिमा
रहेर काम गर्ने हो ।'
'सबैले लिन्छौं,' नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे 'रोहित'ले
नयाँ पत्रिकासित भने, 'म त त्यो पैसा पार्टीलाई दिन्छु ।' बिजुक्छेको मजदुर किसान
पार्टीका पाँचजना सभासद्मध्ये चारजनाको भक्तपुरका घर छ भने जग्गेबहादुर शाही मात्र
उपत्यकाबाहिरका हुन् । तर, पाँचैजनाले घरभाडा लिएका छन् । संसदीय कालमा यो चलनको
विरोध गरेको सम्झँदै बिजुक्छेले भने, 'त्यतिबेला उपत्यकाबाहिरकाले मात्र घरभाडा लिने
चलन थियो, तर चुनाव क्षेत्र सिन्धुपाल्चोक हो भन्दै पशुपतिशमशेर राणा र चुनाव क्षेत्र
नुवाकोट हो भन्दै डा. प्रकाशचन्द्र लोहनीले घरभाडा लिन थालेपछि सबैले लिन थालेका
हुन्, हामी पनि लिन्छौं ।'
कांग्रेस नेता नरहरि आचार्यले समेत महाराजगञ्जस्थित आफ्नै घरमा बसेर घरभाडा लिएका
छन् । घरभाडाबापतको सुविधा लिनुभएको छ कि छैन ? भन्ने नयाँ पत्रिकाको जिज्ञासामा
आचार्यले भने, 'पाएको सुविधा लिन हुन्न भन्ने कहीँ लेखेको छ ?' तर, घरभाडाबापत कति
रकम पाइयो भन्ने यकिन नभएको उनले बताए । नयाँ पत्रिका संवाददाताले ६ हजार पाँच सय
हो भनेपछि उनले भने, 'त्यतिले त पुगेन नि । म त सम्पर्क कार्यालयको भाडा मात्रै १०
हजार तिर्छु ।'
अस्ति तलब लिँदा मेरो पिएले सबै
पैसा ल्याएछ, मलाई त थाहा पनि थिएन-गगन थापा |
रातो पुलमा घर भएका कांग्रेस युवानेता गगन थापाले एकपटक झुक्किएर
घरभाडा भत्ता लिएको बताउँदै अब नलिने दाबी गरेका छन् । 'अस्ति तलब लिँदा मेरो पिएले
सबै पैसा ल्याएछ, मलाई त थाहा पनि थिएन । अर्को महिनादेखि त्यस्तो भत्ता लिन्न,'
उनले भने । अघिल्लो महिना लिएको घरभाडा भत्ता कुनै सामाजिक काममा लगाउने पनि उनले
जनाए ।
कांग्रेसका अर्का सभासद् बलदेव शर्मा मजगैंयाको घर कपनको सरस्वतीनगरमा छ भने पूर्वगृहमन्त्री
पूर्णबहादुर खड्काको तिलगंगामा र शशांक कोइरालाको महाराजगञ्ज चक्रपथमा । डा. नारायण
खड्का, डा. रामशरण महत र डा. प्रकाशशरण महतको घर बाँसबारीमा छ भने प्रकाशमान सिंहको
चाक्सीबारीमा । तर, यी सबैले बकाइदा घरभाडा भत्ता लिएका छन् ।
एमाले महासचिव झलनाथ खनालको घर डल्लु आवासमा छ भने एमालेकै मजदुर नेता विष्णु रिमालको
बानेश्वरमा । यसैगरी सभासद् भीम रावल र युवराज कार्कीको घर घट्टेकुलोमा छ । रामनाथ
ढकालको गोंगबु र सुरेन्द्र पाण्डेको घर सीतापाइलामा । उनीहरूले पनि भत्ता लिएका छन्
। एमाले युवानेता शंकर पोखरेलको पनि कोटेश्वरमा घर छ, तर उनले भाडा भत्ता लिएका छन्
। 'घरभाडा भत्ता लिन्छु,' सभासद् पोखरेलले खुलस्त पारे । उनले त्यो पैसा खर्च भइहाल्ने
पनि बताए ।
माओवादी सभासद् नन्दकुमार प्रसाईंले
सीतापाइलास्थित आफ्नै घरमा बसी घरभाडा भत्ता बुझिरहेका छन् |
'एकमुष्ठ दिन्छ, लिइयो होला,' प्रसाईंले
नयाँ पत्रिकासित भने, 'कति ट्याक्स काट्छ, कति के-के काट्छ । त्यसपछि पार्टीलाई
दिइयो ।' |
जनअधिकार फोरमका सभासद् जयप्रकाशप्रसाद गुप्ताको घर सिनामंगलमा छ भने अर्का त्यही
पार्टीका सभासद् शरतसिंह भण्डारीको भैसेपाटीमा । यसैगरी, तमलोपा नेता हृदयेश त्रिपाठीको
घर भैंसेपाटीमा छ । उनीहरू सबैले भत्ता लिएका छन् ।
जनमोर्चा नेपालका सभासद् अमिक शेरचनले अनामनगरको घर जनदिशा दैनिकलाई भाडामा दिएर
मासिक २० हजार उठाउँछन्, त्यतिले नपुगेर उनले आफ्नो डेरा भाडा तिर्न राज्यबाट मासिक
६ हजार पाँच सय लिएका छन् । दोहोरो भाडा उठाउने शेरचन भाइको जाउलाखेलस्थित घरमा बस्दै
आएका छन् । तर, आफू दुई वर्षयता भाडामा बसेको उनले बताए । 'सुविधा त के-के छ कुन्नि
? एकमुष्ट दिने गरेकाले लिइयो होला,' शेरचनले भने ।
माले महासचिव सिपी मैनालीको चाबहिलमा भव्य घर छ । मैनाली र सभासद्पत्नी निलम केसी
(सीता खड्का) एउटै घरमा बस्छन् । तर, राज्यबाट छुट्टाछुट्टै भाडाभत्ता लिएका छन्
। 'सुविधा लिएका छौं, केही रकम पार्टीमा पनि दिएका छौं,' नेता मैनालीले नयाँ पत्रिकासित
भने ।
माओवादीका केन्द्रीय तहका २२ सभासद्मध्ये नन्दकुमार प्रसाईंको मात्र काठमाडौंमा घर
छ । प्रसाईंले सीतापाइलास्थित आफ्नै घरमा बसी घरभाडा भत्ता बुझिरहेका छन् । 'एकमुष्ठ
दिन्छ, लिइयो होला,' प्रसाईंले नयाँ पत्रिकासित भने, 'कति ट्याक्स काट्छ, कति के-के
काट्छ । त्यसपछि पार्टीलाई दिइयो ।'
असनमा घर भएका कांग्रेस सभासद् नवीन्द्रराज जोशीले भने आफूले पाउने घरभाडा नेपाल
भाषा र नेवारी बाजाको संरक्षणका लागि दिने घोषणा गरेका छन् ।
आफ्नै घरमा बसेर राज्यबाट भाडा भत्ता लिने सभासद्हरूको चर्को विरोध गर्नेहरू सडकमा
मात्र नभएर संविधानसभाभित्रै पनि छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर
केसी त यसरी भत्ता लिनेहरूलाई अत्याचारी भन्छन् । 'दैलेख र कालिकोटमा सिटामोल पनि
नपाएर जनता मरिरहेका छन्, तिनै जनताको भोटले काठमाडौंमा महल ठड्याउनेहरूले उल्टै
घरभाडा भत्ता लिनु अत्याचार हो,' केसीले व्यंग्य गर्दै भने, 'नेपालमा विचित्र छ,
के खान हुन्छ के खान हुन्न ? ठेगानै छैन ।'
Source:
http://www.nayapatrika.com/newsdetail.php?id=807310459463217&n_id=23
|
|
|
|
nepal_republic
Please log in to subscribe to nepal_republic's postings.
Posted on 08-01-08 8:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Tada ka relative hunn ni. Ka ma sanga apaii pugna pauncha hola ra. Ma ka samma aii pugne ho bhane ta sara nepali janta le paunu parcha. If unless but otherwise ayoo bhane raja ji lai pakka party(but 0% probablilty ma ka samma aii pugne) Be prepared for that. No offense as well. Thanks
|
|
|
MR_TRUTH
Please log in to subscribe to MR_TRUTH's postings.
Posted on 08-01-08 3:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सित्तैमा आएको माल पचाउने नेताहरुका बानी नेपालिहरुका लागि कुनै आश्चर्य रहेन तर याहाँ गगन थापाको नांगो झुठ देख्दा यिनलाइ भबिष्यमा ठुलै नेता हुन अभ्यासको कमी कम छैन भन्ने महशुस भयो । के यिनि खरबौंपति हुन ? जसलाइ आफ्नो आम्दानीको मतलब चासो छैन? पिएले जति दिन्छन, स्वीका्रछन? अरु नेताले त खाए त खाए भन्दै इमान्दारिता लत्याउदै कटू सत्य बोलेका छन तर गगन थापाजिको इमान्दारिता त रहेन रहेन, सत्यलाइ पनि बंग्याइ घुमाउरो पाराले महागफ दिदै जनतालाइ पंगु बनाउन चुकेनछन । बुढो नेताहरुको बिरोध गर्दा गर्दै भबिष्य पनि अहिल्यै देख्नु पर्दा वाक्क लाग्यो ।
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
Recommended Popular Threads |
Controvertial Threads |
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
TPS Re-registration case still pending .. |
ChatSansar.com Naya Nepal Chat |
सालीको चाक |
Conservative discussions |
Looking for girl |
tesla stock OMG !! |
TPS for Nepal likely to extend next week |
Who is hottest nepali female? |
TPS To F-1 COS |
I hope all the fake Nepali refugee get deported |
Nepal TPS has been Extended !!! |
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
Those who are in TPS, what’s your backup plan? |
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
Venezuela TPS lawuit |
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
Embassy of Nepal might be able to help extend TPS for Nepal |
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
interesting fact about sajha. |
|
Looking for girl |
Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|