serial
Replies to this thread:
More by serial
What people are reading
Subscribers
Please log in to subscribe to serial's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 91]
[VIEWED 133352
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-09-08 2:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यस कथा का घटना तथा पात्र हरु काल्पनीक होइनन्, कसैको वास्तविक जीवन सँग मिल्न गएमा कथाकार आफु मात्र एक्लो नभै अरु पनि रैछ भनेर दंग पर्ने छ।
एक जना नखर्माउली छ शिकागोमा - अस्ती फोन गरी है - के भन्छ भनेको त उस्को समर बिग्र्यो रे टिउसन तिर्ने पैसो छैन रे - के गर्ने रे - मैले पनि क्रेडिट कार्ड स्वाप गर्ने अरु के गर्ने नि भन्दे है। त्यस्पछी अर्को दिन फोन गरेर वीकेन्द मा उस्को प्लान छ मलाई आउनु पर्दैन रे - बाल मतलब मलाई पनि ठिकै भयो भनेर बसे, नत्र कम पैसो खर्च हुन्थ्यो - पैसो बच्यो भनेर बस्यो दिनभरी सुतियो -- कान पनि हल्का भएको छ नत्र ट्यार ट्यार र टुर टुर गरेर एकछिन बस्न दिदैन्थ्यो।
अब समर कसरी बिग्र्यो भन्लाउ - ल सुन वीकेन्द काम नगर्ने - बिहान १० देखी राती ६-७ बजे सम्म मात्र काम गर्ने त्यस्पछी दिन्दिनै कहिले के कहिले के, नाच्न पनि उलाई नै पर्ने, घुम्न नि उलाई पर्ने, किन्न नि उलाई पर्ने, महँगो ठाउँ मा उलाई नै खानु पर्ने अनी कार्ड चाँही मेरो घोट्ने - बाबा नसकिने अस्ती मेरो ठाउँमा आयो घुम्न - रमाइलो लागेन रे - एस्तो ठाउँ पनि ठाउँ रे, मन परेन रे - मलाई नै आउ रे शिकागो। आफ्नो पैसा खर्च गरेर आएपछी कहाँ हुन्छ त रमाइलो - भन्न लाथे घाँटि सम्म आकोथ्यो - निल्दीएँ
अनी अस्ती ANA गाको नि थाहै नदीकन, साझा मा फोटो देखेर बबाल। त्यो सानचा लाई नि किन फोटो राख्नु परेको होला। अनी त घुम्नु पर्यो रे उलाई पनि - अप्सन दिएको मलाई १ न्यू योर्क २ वेष्ट कोस्ट ३ फ्लोरिडा एस्तो नि अप्सन हुन्छ। बहुला कुकुर ले टोक्या छ र, आफु मरी मरी काम गरेर पैसा कमाउने, उ चाँही यो चाहियो त्यो चाहियो भन्ने। विन्टर मा जाउला वेष्ट कोस्ट भनेर फकाको छु। अहिले देखी नै प्लान सुरु भैसक्यो, अब विन्टर मा नयाँ बाहाना खोज्नु पर्ला। अहिले त ठुस्क्या छ जती ठुस्के नि ठुस्कोस्। किन ठुस्किन मन लाको होला है त्यो नखर्माउलीलाई।
कसरी ठुस्किन्छ भन्ने बारेमा लेखुँ है।
ठुस्किन्छ कसरी भन्दा पनि कसरी लोप पर्यो भेट कसरी भो भनेर भनौ न पहिला।
त्यो मोरी शिकागोमा पढ्छ undergrad क्या त्यही। एही सालको मे तिर जाडो सकेर घुम्नु पर्यो भनेर शिकागो गएँ। ठाउँ त रमाइलो थियो। घुमघाम गरेर बलिङ खेल्न गैयो। त्यही ठाउँ मा एक हुल भनु कि बथान केटी हरु - अप्सरा भनुन खेलिराथी, खेल्न त्यती नआउने JPT खेल्दैथ्यो, खेल्ने भन्दा नि हाँस्ने धेरै, आफु पनि साथीहरु सँग खेल्न शुरु गेरे। आफुत खेल्न मग्न तर पनि कहिले काही नजर उठाएर हेरिथ्यो। एक जना मेरो साथी ले मलाई खुसुक्क त्यो एक जना केटी ले अघिदेखी मलाई हेरिराकोछ भनेर भन्यो। नाक फुलेर कस्तो मेरो - दंग भएँ अनी यसो हेरेको त मुसुक्क पो हाँस्दो रैछ। हंग्सले झन्डै ठाउँ छोडेको मेरो। राम्री त ब'बाल राम्री नि, सलक्क परेको जिउ, हाइट पनि ठिकै थियो, आँखा को त कुरै नगरु - त्यही आँखा मा डुब्ने रहर जाग्यो - साथ साथै सविन राइको गीत पनि याद आयो।
कोमल तिम्रो त्यो बदन मा ढल्न मन लाग्यो एकछिन लाई सारा भुलेर हराउन मलाई इच्छा जाग्यो
एकछिन पछी म मेरो अडर रेडी भएको लिन गएँ। पैसा बुझाउन्दै थिएँ, मेरो नजिकै आएर उभी अनी हाइ आइ एम ----- भनेर भनी मैले पनि आइ एम सेरिअल भनेर भने। कस्तो मिठो बोली - कानमा ध्वनी बज्यो मेरो। एकछिन पछी हाम्रो साथीहरु सँग उस्को साथीहरु को बिच पनि कुरा कानी भयो - यानी चिनाजान भयो।
अब मलाई खेल्न मन लागेको थिएन, साथीहरु लाई तिमीहरु खेलिराख भनेर म अली पर पट्टी रहेको सोफामा गएर बसे। उस्लाई मौका मिलिहाल्यो, भन्नै परेर आएर बसी। के भो किन नखलेको भनेर सोधी - एसरी शुरु भएको गफ एकैछिन्मा कहाँ पुग्यो कहाँ पुग्यो। मस्किदै मेरो बारेमा सोध्न थाले - मैले पनि भन्दै गएँ। उस्ले नि आफ्नो बारेमा भनी। उस्ले भनेको एउटा कुरा अहिले पनि मलाई याद छ, I am a simple girl with simple thinking रे धेरै हाइ फाइ मान्छे हरु मन पर्दैन रे, रिस पनि चाडै उठ्दैन रे अनी एकदमै सोसिएलाइज हुन सक्ने मान्छे रे अनी मान्छे ठुस्स परेको त मनै पर्दैन रे। मक्ख पर्दै सुन्दै गएँ। आफुलाई के था जाल बुन्दै छ भनेर फसिदै गयो लहरे। मेरो हरेक कुरा मा उ हाँस्थी, मन चाँही आनन्द थियो मेरो। त्यो दिन उसँग एक घण्टा जती कुरा गर्यो होला। पत्तै पाएन टाईम गएको। जाने टाईम भयो, मलाई पनि फर्किनु थियो म्याडिसन, जाने बेलामा हग गरी मोरिले - दिल बागबाग भयो अनी त्यही बेला मेरो पाइन्ट को खल्ती मा केही हाल्द्यो । जादै गर्दा फर्केर हेरी अनी मुसुक्क हाँसी। मैले खल्टी बाट तो चिज निकाले - काचकुच परेको कागज रैछ, खोलेर हेरे मैले जे सोचे त्यही थियो फोन नम्बर दिएर गइ मोरिले अनी सँगै लेखेको थियो कल मी।
घर पुग्दा १२:३० भैसकेछ। फोन गरौ त जसो लागेको थियो तर गरिन, मनमा कुर खेलाई खेलाई सुते। बिहान उठ्दा ८:०० बजिसकेछ, सोमबार थियो काम त जानै पर्यो, गएँ तर काम गर्ने फिटिकै मन थिएन, चौतारीमा पनि गैन त्यस्दिन। जीवनको सबैभन्दा लामो दिन त्यै दिन जस्तो लाग्यो। बल्ल बल्ल ५ बज्यो, ५ बजेर के गर्नु, हाकिम गएको थिएन, उ नगए सम्म आफु पनि जान मिलेन, कुर्नै पर्यो, ५:२० तिर बल्ल उठेर गयो, अनी आफु पनि लागे घर तिर। घर गएँ, एक्लो ज्यान खाना पकाउनै पर्यो, मेल सेल चेक गरे - एसो त्यसो गर्दा गर्दै ९ बजिसकेछ। फोन गर्न त मन थियो तर गरिन, खाना खाएँ। जे पर्ला पर्ला भनेर फोन लगाएँ, हेल्लो आवाज आयो उताबाट, मैले परिचय दिएँ - अनी त हिजो किन फोन नगरेको रे, उ कुरिराकी रे फोन आउछ भनेर भन्न थाली। के भनौ के भनौ भयो, तर बहाना त बनाउ नै पर्यो - अनी ड्राइव गर्नु परेको ले धेरै थाकेको अनी पुग्ना साथइ सुतेको भनेर भने। सोमबार मे को तेस्रो हप्ता बाट हाम्रो फोन मा कुरा कानी शुरु भयो अनी त्यस्पछी दिनहुँ जसो कुरा हुन थाल्यो। यसरी शुरु भयो हाम्रो मिलन यात्रा। जुन को तेस्रो हप्ता हाम्रो एक महिने आनिवोर्सरी मा फेरी म शिकागो पुगे। त्यो बेला चाँही एक्लाई गएँ, साथीहरुलाई लिएर जाने त चान्स नै भएन नि। पहिलो डेट थियो मेरो र उस्को, घुम्घाम गर्यो, त्यो दिन त शिकागो त झनै राम्रो लाग्यो, राती गएर क्यान्डल लाईट डिनर पनि खैयो, मोरी त आज अझ बढी राम्री देखिन्थी, पहिलो पटक मेरो क्रेडिट कार्ड घोटियो। त्यो दिन त खुशी खुशी साथ घोटियो, के थाहा त अब देखी मैले नै हरेक पल्ट मैले नै घोट्नु पर्छ भनेर। त्यस्प्छी कती पल्ट घोटियो भन्ने लेखाजोखा नै छैन। पहिलो महिना सम्म त यो किनिदेउ है भन्दै मस्किन्थी, म पनि के कम भुटुक्कै हुन्थ्यो अनी जे भन्यो त्यही। तर मेन प्रब्लेम त अहिले पो छ त। अहिले त सोध्दा पनि सोध्दिन, खुरु खुरु सामान उठाउठी अनी काउटर मा सामान बुझाएर - ही विल पे भनेर देखाउछ अनी खुरुखुरु घोटिन्छ क्रेडिट कार्ड। अनी बिल नि द ब्याग। कहिलै मेरो हातमा बिल परेन। के किन्यो, कती कतिको किनियो थाहा छैन, बस जम्मा कतिको किनियो त्यो थाहा छ। एक दिन चाँही हेर्नै पर्यो भनेर उ रेस्ट रूम गएको मौका पारी बिल निकालेर हेरे, सामानको पैसा देखे - ब्लूड प्रेसर पैताला मुनी बाट टाउको सम्म पुग्यो...............................
.....सामानको पैसा देखे - ब्लड प्रेसर पैताला मुनी बाट टाउको सम्म पुग्यो। एउटा लिप स्टिक को $३३ रे, के छ एस्मा भनेर हेरेँ, साधारण लिप स्टिक नै रैछ, तर नाम चाँही लान्कम रे, - यो हेरे पछी अरु हेर्नै परेन। बिल त्यही छोडि बाहिर निस्के अनी कहिले बाहिर निस्किन्छ भनेर कुरेर बसें। हनी भन्दै उ बाहिर निस्की - अँ भन्नै बिर्सेंको, मलाई उ हनी भनेर बोलाउँछ, यानी म चाँही उस्को हनी, अब हुन पनि हो नि, माहुरी जस्तै मरिमरी कामगर्ने म, मह काट्ने चाँही उ भएपछी, म भएन त उस्को हनी।
मैले समानको बिल मागें। बिल के बिल भनेर काखै मा बसी अनी भन त किन चहियो बिल बाबा तिमीलाई बिल भनेर जिस्किन थाली। यती मात्र के भनेको थियो, माथा तातेको ११० डिग्री बाट झरेर खर्ल्याम खुर्लुम ९९ डिग्री मा पुग्यो, तर यो पटक आफुलाई सम्मालेर १०२ डिग्री सम्म पुर्याएँ तर जती गरे पनि ११० पुगेन। उ कुरालाई अर्कै तिर मोड्न प्रयास्रत थियो, र हरेक पल्ट बिफल हुँदै थियो, केही नलागे पछी जुरुक्क उठेर कोठामा गै, अनी समान र बिल सहितको पोका मेरो अगाडि फ्याँकिदियो अनी शुरु भयो डाइलग बाजी जाबो एस्तो सामान किनिदिएर के के न गरिदीएँ भनेर सोचेको होला रे, चाहिया छैन रे कसैले किनिदिन, उ आँफै किन्न सक्छ रे - यस बिच उसले मलाई हनी भनेर एकचोटी पनि भनिन - र अन्त्यमासामान सबै रिटर्न गरिदेउ भनेर आफ्नो कोठामा गै अनी ढ्याआमssssss - यो चाँही ढोका लागेको आवाज।
म पनि के काम, आखिर उस्कै प्रेमी न ठहरीएँ, गएर फिर्ता गरिदीएँ सामान सबै, अनी फर्केर फिलिम हेर्न थालें। मैसाब अझै कोठामै रैछ। म पनि बाल मतलब भनेर फिलिम हेर्न मग्न। १ बजे पछी भोक लाग्न थाल्यो। फ्रिज खोलेर हेरें केही छैन रैछ, अन्डा थियो पकाउन मन लागेन, जुस लिएर पिएँ। एकछिन पछी महारानीको सवारि भयो कोठाबाट किचन तर्फ, पकाउन लग्या रैछ, अरु केही त थिएन अन्डै होला, हो रैछ अम्लेट। कस्तो मिठो बास्न थियो, ल अब खान पाइने भयो भनेर मख्ख थिएँ। मोरी त पाकेको अम्लेट लाई प्लेटमा हालेर मलाई हेर्दा नि नहेरी लुइँ लुइँ आफ्नो कोठामा पो जाँदो रैछ। फेरी ढ्याआमssssss ढोका लायो।
अब त भएन भनेर केही त गर्नु पर्यो भनेर सोचे, रिस त मरेको थिएन, त्यस्माथि भोक लागेको। जुरुक्क उठे अनी गएँ फास्ट फुड रेस्तुरन्तमा, टु गो को लागि चिपोट्ले लिएर आएँ, आएर फिलिम हेर्दै खाएँ अनी पोको चाँही देख्ने गरी ट्रास क्यान मा राख्दें। खाइवेरी महारानी फेरी बाहिर निस्की खाली प्लेट लिएर, प्लेट धोइ, अनी नजर चाँही पोको माथि परी हाल्यो। प्लेट राखेर कोठा तिर जाँदै गर्दा बाटोमा टक्क अडी अनी सि गेभ मि अ कोल्ड हार्ड लूक। मैले नि पुलुक्क हेरें। सवारि फेरी कोठा तिर भयो अनी फेरी ढ्याआमsssssss।
फिलिम पनि सक्यो अनी म कम्प्युटर चलाऊदै थिएँ, यस्तै पाँच बजेको थियो, मैसाब मेरो सामु आएर टक्क उभीइ, हातमा टकिया थियो। मैले केही सोच्न नपाईकन नै मलाई त्यै टकियाले हान्न थाली। सके सम्म त छेके, हादै थियो लगातार, एउटा चाँही मुखैमा लाग्यो, मेरो पाली पनि उस्को हात बाट टकिया खोसेर हान्दे मैले नि, मैने एक मारा वो भि सोलिड मारा भने जस्तै मुखै मा लाग्यो। अली जोडले नै लागेको जस्तो छ टुचुकै बस्यो। मुख चाँही रातो भैसकेको थियो अनी केही उपाय नदेखेपछी उसले आफ्नो अचुक अष्त्र प्रहार गरी, अष्त्र मात्र हो र ब्रम्हाष्त्र नै हान्यो नि मलाई, दुइटै आँखा बाट गंगा जमुना बहन थाल्यो उसको।
एकछिन सम्म त वास्ता गरिन, तर कतिन्जेल बच्न सकिन्छ र, आखिर ब्रम्हाष्त्र न पर्यो, फकाउनै पर्यो भनेर फकाउँन शुरु गरें। तिमी मलाई माया गर्दैनौ रे, उसलाई इउज गर्यो रे, केटाहरु त्यस्तै हो हुन्छ रे, केटी नफसेसम्म जे पनि किनी दिने रे अनी फसें पछी बिल माग्ने रे - ल अब भयो त। होइन बा होइन मैले त्यस्तो गर्न खोजेको होइन, यू नो, आइ डोन्'ट मिन ड्याट, अफ्कोर्स आइ लभ यू भन्दै फकाउन थालें। बल्ल बल्ल मानि मोरी। अनी भन्न थाली अघिनै किन नभनेको रे एस्तो, अघि नै फकाउनु पर्छ रे मेरो दिनभरी टाईम वेष्ट भयो रे - ल भयो त जो चोर उसकै ठुलो स्वोर भनेको एही हो।
अनी राती के गर्ने प्लान बनाउन थाल्यो। जस्तो प्लान बनाएपनी पर्ने त आफ्नै खल्टी न हो। राती खाना नपकाउने रे ग्रोसरी जानु पर्छ, भोली जाउँला आज बाहिरै खाउँ है भने। मैले पनि मुसुक्क हाँस्दे अब के नै गर्न सकिन्छ र। सबै कुरा ठीक भैसकेको थियो मोरिले सामान खोइ, हनी भनेर सोधी। अब फर्साद परेन, फिर्ता गरिसकेको समान कहाँ छ भन्ने। के भन्ने भन्ने साँचो कुरा नै भन्दे। अचम्म उ रिसाइन अनी भनी ठिकै छ नि पहिला मल जाउँ सामान फेरी किनौं अनी खान जाउँला। मैले टाउको हल्लाएँ। उठेर कोठा तिर जाँदै थियो के सोचेछ कुन्नी टक्क अडेर राती मुभि पनि जाउँ है, नयाँ फिलिम आको छ रे भन्यो, हुन्छ भन्नै पर्यो, हदैन भन्ने त कुरै भएन, अनी कती खर्च हुन्छ भनेर हिसाब गर्दै बसें।
मल पुगियो, सामान किन्न थालियो, सबै अघी नै किनेको थियो। सर्प्राइजsssssssssss, यस पटक अघीको भन्दा दुई तिनवटा सामान बढी नै थियो। How did I not see that coming। अघी तिरेको भन्दा बढी नै तिर्नु पर्यो, एउटा बिल के मागेको थिएँ आपत नै आइलाग्यो। क्य्रासिएर ले Sir, Do yo want bill with you or in the bag भनेर सोधी। महारानी ले पनि म तिर हेरेर Do you want bill honey? भनेर सोधी। एसपल्ट चाँही मैले नै भन्दे in the bag।
Last edited: 12-Sep-08 04:07 PM
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-10-08 2:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाग २
फेरी शुरु गर्न मन लाग्यो, धेरै गनगन गर्यो यो लहरेले भनेर नरिसाउनुस् है। अब साझा भनेको एसैको लागि हो ।
फोनमा कुराकानी को त कुरै नगरौं, वीक्देजमा ३-४ पटक दिउँसो अनी राती नौ बजेपछी ११ सम्म त जान्छ जान्छ, कहिले काही बाह्र सम्म पनि पुग्छ। वीकेन्द मा त बिहान देखी नै। बिहान सात बजे फोन गरेर उठाउँछ मलाई त्यो पनि वीकेन्दमा अनी ११ बजे सम्म त शिकागो पुग्नु पर्ने। यस्तै छ जिन्दगानी। अब महारानी को आग्या पालन गर्नै परो।
अब लागौ फोन वार्तालाब बारे। दुई तीन घण्टा त कुरा हुन्छ, पक्कै पनि राजनीति र खेल्कुद बारे कुरा हुँदैन होला है, भन्नै परेन। अब के हुनु नि उसको साथीले यो किन्यो, मलमा नयाँ ब्रायन्ड को यो आको छ त्यो आको छ, एसतै एसतै सुन्यो ए हो भनेर बस्यो। चुप लागेर सुनेर बस्न पनि नहुने, कमेन्ट गर्नै पर्ने। म चाँही अहिले के गर्छु भने स्पिकर अन गर्छु सुन्छु अनी बिचबिचमा कमेन्ट गर्या जस्तो गर्छु अनी आफ्नो काम गरेरह्यो। २ घण्टा फोन मा कुरा हुँदा १ घण्टा ५० मिनट उसैले बोलेको हुन्छ बाँकी दश मिनट चाँही मैले।
अब त मेरो लुगा पनि उसैले चुज गरिदिन्छे। बाबा मैले लगाउने लुगा हो म आँफै छान्छु भन्दा पनि तिमीलाई फ्यासन सेन्स छैन रे, कस्तो लुगा कहिले लगाउनु पर्छ पनि थाहा छैन रे। अब आफुलाई राम्रो लाग्ने लुगा छान्न नि के को फ्यासन र स्यासन चाहियो। अस्ती मलाई एउटा टीसर्ट छान्न नै दुई घण्टा भन्दा बढी लगाइदी, यो ट्राइ गर भन्या छ त्यो ट्राइ गर भन्या छ, कुनै मा के भएन कुनै मा त्यो भएन। म एक्लै गएको भए दश मिनट पनि लाग्दइन्थ्यो। बेकारमा टाईम वेष्ट।
साँचै अश्तिन त म झन्डै बेहोश भएको। किन भन्नु होला फेरी। तिमीसँग धेरै क्रेडिट कार्ड छ, धेरै कार्ड बोक्नु हुँदैन, बढीमा दुइटा मात्रै बोक्ने गर, हरायो भने के गर्ने - तिमीलाई गाह्रो भए म राखिदिन्छु रे। अब बिरालो लाई दुध को रखवाली गर जस्तो भएन त। मुटु बलियो भएर मात्र मेरो, कमजोर मुटु भएको मान्छे भएको भए त राम नाम सत्य नै। हरायो भने एकचोटि घोटिन्छ, अनी कार्ड कम्पनीमा फोन गरेर बन्द गर्यो, मैले घोटेको होइन भन्यो क्रेडिट पाइहाल्छ, तिमीलाई दियो भने त हरेक पल्ट घोटिन्छ,कम्प्लेन नि गर्न नहुनी क्रेडिट नि नआउने भनेर भन्दे। एस्पाली त मुखैबाट चिप्ल्यो। नचिप्लिनु चिप्लिहाल्यो सुन्न पारीहाल्यो। तिम्रो कार्डमा बचेँको छु भनेर सोचेको हो म, उल्टै हेल्प गर्न खोजेको, विश्वाश गर्ने जातै होइन यो केटा मान्छेको रे ल। अरु भएत विश्वाश गर्न हुन्थ्यो तिमी पर्यौ के गर्ने भनेर भन्न मन लाथ्यो भनिन, फेरी किन सुरु गर्ने भनेर। चुप लाग्यो आनन्द तर लिमिट कत्ती हो त्यो पो थाहा भएन त मलाई।
हामी कहाँ थियौ रे अँ फोन कै कुरा भैराखेकोथियो होइन। मेरो फोन को चाँही कन्ट्राक्ट सकिसक्याथ्यो मे मा। कन्ट्राक्ट एक्स्टेन्ड नगर पछी सँगै गरौला उसको कन्ट्राक्ट सकेपछी रे, जुन मा मैले एस्टेन्ड गर्न लाग्डा एसो भन्यो मलाई। सँगै गरौला भनेको मतलब फेमिली प्लान।
फेमिली प्लान लिदाँ को फाईदाहरु
१ उसँग जती कुरा गरेपनी पैसा लाग्दैन, जहिले मन लाग्यो गरे पनि भयो
२ दुइटा फोन को १२० तिर्नु भन्दा, फमिली प्लान लिएर ७० तिरेको बेश होइन त
ल यि दुई बुदाँहरुलाई आनलैइज गरौ :
एक नम्बर त ठिकै हो, भन्ने कुरा केही छैन, चित्त बुझ्ने खाल्को छ।
प्रोब्लम दुई नम्बरमा छ। दुइटा फोन को १२० त हो तर त्यस्मध्य ४५ चाँही मेरो फोन को म आँफै तिर्छु अनी ७५ चाँही उसको उस्ले आँफै तिर्थ्यो। अब फेमिली प्लान भएपछी ७० पुरै मैले नै तिर्नुपर्ने होला। ७० मात्र भए त ठिकै छ अब एक्स्ट्रा फिचर पनि चहिने होला महारानी लाई जस्तै अन्लिमिटेड टेक्स्ट, पिक्चर अन्द भिडियो मेसेजिङ, वेब ब्रौजिङ, भि-कास्ट (मेरो भेराइजन हो)अनी मिनट पनि अली बढी नै चाहिन्छ होला। यो सबै गर्यो भने त १०० भन्दा बढी पुग्ने चान्स् २००% नै छ। अनी सबै मैले नै तिर्नु पर्ने, हुँदैन भन्दे अनी हतनपत उस्को कन्ट्राक्ट नसकिदै मैले आफ्नो कन्ट्राक्ट एस्टेन्ड गरे। नत्र फसिथ्यो पुरै।
अगस्त एन्द मा उस्को कन्ट्राक्ट सको अनी त्यही बेला देखी आइ-फोन चाहियो भनेर किच्किच। जन्मदिनको गिफ्ट रे, जन्मदिन आउन तीन महिना बाँकी छ, गिफ्ट चाँही अहिले रे। पछी बर्डे मा दिनु पर्दैन रे, अहिले नै देउ रे। कस्तो भन्देखिन अहिले दियो भने त ३ महिना पछी याद हुने कुरै भएन, मैले पनि हनी बर्डे मै दिन्छौ, त्यो बेला अली इस्पेसल हुन्छ, पछी नै दिउँला भनेर फकाएँ। एकछिन ठुस्स पारी पछी मानि मोरिले। धन्न दिन बलियो रैछ मेरो त्यो दिन, पक्कै धन बचट भनेर लेखेको हुनुपर्छ।
Last edited: 12-Sep-08 04:09 PM
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 09-10-08 3:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-10-08 3:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो भाग पनि रमाइलो छ ल ! अरु नि खुरु खुरु लेख ! टाइप हान्न अल्छि लाग्छ भने भोईस रेकर्ड गरेर अट्ट्याच गर !
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-10-08 4:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे- कथा मार्मिक ढंगले गैराख्या छ। शिक्षाप्रद पनि छ। बुझ्नेलाई रक्तचन्दन नबुझ्नेलाई खुर्पा बींड।
साच्चै भन्नु पर्दा, लहरे अधुनिक किचकन्याको फेलामा परेको छ। प्रताप मल्ल को बेलाको किचकन्ने ले रगत चुसे, लहरिले नगद। प्रतापेले रानी पोखरी बनाए, अब लहरे ले रानी टोकरी भए नि बनाउनु पर्छ। लोप भनेको लोप नै हो, किच्क्कन्ने सित नै किन नहोस्। 
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-10-08 4:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहाहा अत्ती हसाउने फेरी ठुल्दाइ ! नबुझिदो पाराले हसाइसक्ने ! आधुनिक किच्कन्ने ले नगद चुस्छ रे लोल
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-11-08 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपालकी छोरी जि, एस्तै पर्या छ, मान्छे त सोझो नै हुँ म, मान्छी शेरै डिमान्ड वाला परेर पो पिर पर्या त।
चिप्ले जि जे भने नि हुन्छ अब चौखन्ड नि सही तर भनेको चाँही के नि अब थप्ने काम चाँही बिस्तारै गर्नुपर्ला - काम ले पेल्ला जस्तो छ
रिट्ठे जि अब त्यसै गर्नु पर्ला जस्तो छ, टाइप हान्न त साह्रै अल्छि लाग्ने भन्या, सान दाई लाई भनेर यो फिचर पनि राख्नु पर्ला है
ठुल्दाइ जि मार्मिक त मार्मिक हो, उस्लाई त मोजै छ नि हैन र अब ठुल्दाइ रानी टोकरी मैले बनाउनै पर्दैन उसैले बनाइसक्यो - मेरो खल्टी मा
पढ्ने सबैलाई धन्यवाद
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 09-11-08 11:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे को लहरी को एक्स्टेन्डेड भ्रर्सन अैइसकेछ नि त। रमाइलो छ लहरे,अनी तेस्पछी के भयो, आई फोन किन्देउ त? ल ल लन्च टाईम मा टाइप गरिहाल।
अत्ती हसाउने फेरी ठुल्दाइ- आधुनिक किच्कन्ने रे लोल
|
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 09-11-08 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा हा !!!!
लहरेले यस्तो पीडा पनि कस्तो रमाइलो गरी सुनाउन जान्या हौ ?
पढ्न त हिजो बेलुका पढेको, तर अझै त्यसको ह्याङओबरले छोड्या छैन । हा हा हा हा
झन त्यसमाथि, त्यो रातो अक्षरमा लेखेको यस कथा का घटना तथा पात्र हरु काल्पनीक होइनन्, कसैको वास्तविक जीवन सँग मिल्न गएमा कथाकार आफु मात्र एक्लो नभै अरु पनि रैछ भनेर दंग पर्ने छ। भन्ने कुरो पो दामि छ त ।
त्यसमाथि ठुल्दाइको कमेण्ट, बाफ रे बाफ
अधुनिक किचकन्याको फेलामा परेको छ। प्रताप मल्ल को बेलाको किचकन्ने ले रगत चुसे, लहरिले नगद। प्रतापेले रानी पोखरी बनाए, अब लहरे ले रानी टोकरी भए नि बनाउनु पर्छ।
ल ल लहरे बौचा पेलम पेलम । पढ्ने हामी छँदैछम नि ।
बरु त्यो क्रेडिट कार्ड घोट्न पर्यो भनेर धेरै पीर नगरम । शुरुशुरुमा त्यस्तै हो, पछि बानी परिहाल्छ । अलि पछि महारानी आफ्नै गृह मन्त्री मा प्रमोशन भए त झन "घ्यु कहाँ पोखियो दालमा" भने झै त हो नि । हा हा हा हा
|
|
|
Dallas_guy
Please log in to subscribe to Dallas_guy's postings.
Posted on 09-11-08 3:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
thutuno ra mutuno samhalna nasakepachi dukha paaincha re....mutuno ali samahlnu parne....
|
|
|
usnepaliboy
Please log in to subscribe to usnepaliboy's postings.
Posted on 09-11-08 8:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मित्र लहरे, गाउ मा लोड शेद्दिङ भएको ले भर्खर मात्र तिम्रो लेख पढ्न पाये, खुशी लाग्यो। अमेरिका गर केटा त गजब लेख्दो रछ। घर तिर बा आमा लाई सञ्चै छ। दु:ख को कुरो के भने नि लहरे, यहाँ बा ले पल्लो घरे अन्तरे कि सानी छोरी सँग तिम्रो बिहे को कुरो चलाऊनु भा छ। अन्तरे को भाई जनतारे ले त पहिले हुँदैन भनेको थियो, बिदेश तिर बसेको केटा को भर हुँदैन उता आर्कै केटी हुन्छ भन्थ्यो तर पछी सबैले कराये पछी बिचरो जनतारे को के लाग्थ्यो र? अहो..... एस्तो कुरा सुनेर गाम मा सुन्तली(अन्तरे कि छोरी) को भईमा खुट्टो छैन। म त लहरे सँग बिहे गरेर अमेरिका जाने भनेर हैरान छ। गाम मा तिम्रो प्रगती देखेर सबै खुशी छन, अझ तिमीले त्यो तार नचाहिने श्याल फुन लिये देखी त गाउ मा सबैको नाक घिरौला जत्रो भाको छ। अब त म पनि त्यहाँ आउँदै छु। अन्तरे को घर मा गाई ब्याएको छ, सुन्तली ले सुद्ध गाई को घिउ लगिदे तिमीलाई भनेर हैरान गरिरछे। गाई चै सुद्ध हो घिउ चै थाहा छैन। बा आमा ले गुन्द्रुक, मश्योउरा, भट्मास नि लग्दे भन्दै हुनुहुन्छ।
जेहोस् तिम्रो कुरो पढेर चै खुशी लाग्यो, अरु पनि थप्दै जाउ हामी कमेन्ट हान्दै जाउला। आसा छ म त्यहाँ आयेपछी हुन पनि सक्ने र नहुन पनि सक्ने भाउजु सित भेटाउने नै छउु। गाउ को बाँकी कुरा अब तेही आएर सुनाउला। ए साची त्यो कार्ड बेला बेला मा हेर्नु नि, धेरै घोतिएर कहिले काही धुवा निसकिन्छ।
उही गुलेली हान्न जाने साथी.
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-12-08 9:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्टे जि टाइमै टाईप हम्या हो, टाँस्न मात्र ढिला भएको हो,
चना तरकारी जि एस्लाई पीडा भन्ने कि के भन्ने छुट्ट्याउनै सकेन भन्या, हो हो चना दाई घ्यु कहाँ पोखियो दालमा नै हो, :)
डल्लास गाइ जि सुझाब को लागि धन्यवाद
यूएस नेपालो बोए जि मित्र तिमीले पढ्न त पढ्यौ नि, निक्कै खुशी लाग्यो, ए साँचै हो र मेरो बिहा को कुरा चलिराछ रे, ल मार्यो के गर्ने होला, यो मोरीले थाहा पायो भने त के हुने हो भगवान जानुन, एउटा उपाए, एसो गरे के होला, सुन्तली लाइ बिहा गरेर गाउँमै राख्नु पर्ला, अम्रिका लैजाउ भन्यो भने काठमाडौं घुमाइदिनु पर्यो, अनी अम्रिकामा नेपाली धेरै भ्एको ले एस्तो भएको हो भनेर भन्नु पर्ला, अब गाउँमा त्यत्रो सम्पत्ति छ हेर्ने मान्छे नि चहियो नि होइन, अनी त म यता हुँदा नि यताइकै हुने, गाउ जाँदा नि मुया गर्ने हुने, कस्तो लाग्यो त बिचार बरु क्रेडिट कार्ड धेरै घोटिन्दा कार्ड बाट नभएर मैले टुटुल्को बाट धुँवा निस्कान्छ भन्या।
बाँकी पढ्ने सबैलाई धन्यवाद
अर्को भाग छिट्टै आउँदै छ ।।।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 09-12-08 9:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"तिमीसँग धेरै क्रेडिट कार्ड छ, धेरै कार्ड बोक्नु हुँदैन, बढीमा दुइटा मात्रै बोक्ने गर, हरायो भने के गर्ने - तिमीलाई गाह्रो भए म राखिदिन्छु रे"
हा हा हा लहरे रमाइलो सँग प्रस्तुत गरेको छौ यो बिना प्रेमको प्रेम कथा। एउटा मनमा लागेको कुरा सोध्छु है बौचा? यदी भोली तिमी सँग पैसा भएन भने तिम्रो लहरी तिमी सँगै हुन्छिन भन्ने विश्वाश छ त साथी तिमीलाई? छ भने त ठिकै छ, छैन भने किन बेक्कार समय र पैसा दुबैको बर्बाद गरिराछौ त?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-12-08 9:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाग ३ - हुन पनि दोष जती सबै उसैको होइन, मेरो पनि बराबर दोष छ। भन्न पाछैन किनिदीइहाल्थे अनी बानी बिग्रदैन त। बिगारने आफु परियो। तर जसले जे भने पनि ख्याल राख्छ मोरीले। मेरो हरेक कुराको ध्यान राख्छ। अहिले मेरो बजन अली बढेको छ, अब उस्को प्रोजेक्ट रे मेरो वेट घटाऊने। उस्को फेवरेट खाना हो चीज केक, जहिले पनि शिकागो जाँदा चीज केक फ्याटोरी नछिरेको दिन हुँदैनथ्यो तर आजकाल हामी त्यहाँ जादैनौ। म नभा बेलामा खान्छ खाँदैन थाहा छैनतर म सँगै हुँदा खाँदैन। त्यती न हो हामीलाई चाहिने।
उसको अर्को राम्रो बानी भनौ या के भनौ, खाना चाँही मिठै पकाउछी। कसैको मुटु मा बस्न मुखको बाटो भएर जानु पर्छ भन्छन् ठिकै रहेछ। भनेको जस्तो बनाएर खुवाउछ उसले मलाई। आफु परियो खानामा सौखिन। त्यसै वेट बढेको कहाँ हो र मिठो खाना पाएपछी आँखा चिम्लेर खाइदिन्थे। अस्ती एकदिन त अचम्मै भो, ईण्डियन खाना खान गएको थिएँ, टन्न खाएँ, सबै खान सकेर पनि डेजर्ट भनेर ४ वटा लालमोहन पनि सकाएँ, केही भनिन मलाई। त्यही साँझ जिम लगेर दौडाइ मलाई, ३ घण्टा जिम मै, थाकियो, कती पसिना निस्क्यो निस्यो, निचारेको भए दुई बाल्टिन हुन्थ्यो होला। अघी खाएको क्यालोरी सबै घटाऊनु पर्छ रे। रिस त उठ्छ नि, तीन तीन घण्टा दौडनु परेपछी। तर पनि मलाई भन्दा मेरो स्वास्थ को ध्यान राख्ने कोही छ भनेर दंग छु म।
अँ साँचै, उ फेरी निकै राम्रो नाच्छे, आफु भने नाच्न भनेपछी फिटिक्कै नआउने। जुलाईमा उस्को एकजना साथीको बिहा थियो। हामी दुबैलाई निम्तो थियो। मैले नचिन्ने भएकोले जान त मन थिएन तर उस्को अगाडि मेरो के लाग्थ्यो। गएर मात्र पुग्ने हो र, नाच्नु पनि पर्ने रे। कपल डान्सकी हो कि के डान्स गर्नुपर्छ भनेर दुई हप्ता देखी नै ट्रेनिङ शुरु। कहिले एसो गर भन्या छ, कहिले त्यसो गर भन्या छ, आफुलाई नआएपछी के गर्ने, कहिले के मिल्दैन कहिले के। दुई हप्ता सँम्म ट्रेनिङ गर्न लगाएर बल्ल बल्ल ओके भनी। बिहामा गएँ, रमाइलो नै थियो, साचै बिहा चाँही उस्को कुइरे साथीको। नयाँ अनुभब थियो, रमाइलो नै भयो। अब कुइरेको बिहामा नाटक हुन्छ नि बेहुलिले फुल फाल्ने अनी उस्की केटी साथीहरुले समात्ने। त्यो बिहामा पनि त्यस्तै भयो। फुल फालियो, फुल समातियो SURPRISEssssssssss, मेरै मान्छीले समाती फूल। फूल खोसाकोस गरेको हेर्न त रमाईलै हुन्छ, मजा नै आयो तर उसैको हातमा परेर पो टेन्सन। कुइरेको राम कहानी अनुसार, जसले फूल समात्छ, उस्को पहिले बिहा हुन्छ रे। उसको बिहा भएर मलाई टेन्सन हुनु नपर्ने हो, तर उसले बिहा गर्ने मान्छे म नै हुँ अहिले सम्मको लागि, उ त दङ थि नि, सबैले बधाई दिदै थि उसलाई।
भोली फेरी घुम्न निस्कियौ। कता भन्ने प्रश्न नै आएन नि, केटी सँग गएपछी मल भनेर भन्नै परेन नि। पसलहरु चहार्दै थियौ, एउटा पसलमा गएर टक्क अडी, कुन पसल भन्नु होला फेरी, अब कुन पसल भन्ने, कुन नि त्यही सुन पसल। उसको आँखाटक्क अड्केको थियो हिरा जडिट औठीमा। आहा कस्तो राम्रो औठी रे। के गर्ने, के भन्न लागेको आफुले बुझे जस्तो लाग्यो, तर पनि होइन होला भनेर या नबुझे जस्तो गरेर, एस्तो हेर्नु हुन्न भनी तानेर लगें। फेरी एकछिन मै अर्को सुन पसलमा पुगी उ - आहा यहाँ पनि रैछ रे औठी। अब सुन पसलमा औठी नभएर साडी हुन्छ त। फेरी पनि मैले तानेर अन्तै लान खोजें। यो पल्ट चाँही मलाई बेसरी हग गरी मलको बिचमै। केही बोलिन एक्छिन, के भयो भनेर सोधे, उत्तर आएन।
त्यो एक्छिन चुप लागेको शान्त समय त गुस्ताभे र आइके (हुरिकेन) आउने भन्दा पहिले हुने सन्नाटा पो रैछ। मेरो कान निर मुख लगेर बिस्तारै, हनी हामी पनि बिहे गरौ न भन्यो। के भन्ने भन्ने, out of nowhere के भन्ने अब, आज को राशीमा बज्रपात हुने भनेर लेखेको हुनुपर्छ। मुख बाट केही शब्द नै निस्केन बरु हिन्दी फिल्म को डाइलग पो याद आयो - ए सुन्ने से पहेले मेरे कान क्युन फट नही गइ, जमिन क्युन फट बही गइ, आशमान क्युन गिर नही गया। लोप परेको ४ महिना पूरा भएको छैन, बिहा गरौ रे। एस्तो नि कही हुन्छ, होइन र भन्या।
क्रमश:
|
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 09-12-08 2:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीपिकाको प्रश्न:
भोली तिमी सँग पैसा भएन भने तिम्रो लहरी तिमी सँगै हुन्छिन भन्ने विश्वाश छ त साथी तिमीलाई? छ भने त ठिकै छ, छैन भने किन बेक्कार समय र पैसा दुबैको बर्बाद गरिराछौ त?
भाग ३ पढेपछि मेरो विचार (उत्तर नै भनुँ न)
थोरै पैसा र नशा(जवान लहरे देखेपछि लागेको नशा)को पछि लागेर लहरीले पो बेक्कार समय र जीवन दुबैको बर्बाद गरिरा' जस्तो लाग्यो । 
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-12-08 2:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बेइमान लहरे, केटी फसाए पछी बिहे गर्नु पर्छ त। फसाउने अनी खसाउने गर्नु हुन्न बाबै ।
४ महिना रे। ४ दिन को लोप मा पनि बिहे हुन्छ।
कसैको कसैको त ४ घण्टा को लोप मा।
सपना देखाएर कल्पनालाई छोडेर बिपना संग लाग्न पाइदैन है। महिला संघमा उजुरी पर्यो भने, चढी सकेको पिलेन बाट नै झ्याइंकुटी गर्दै उलिनकाठ मा राखेर र्याइं र्याइं पार्छ। होस् गर । जोश मा होस् हुन्न। अनी अरु लाई दोष दिने होला फेरी।
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 09-12-08 3:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो बाउचा त पिरेम मा परेर पिरेम रोगी भएर नि कथा लेखिसक्यो, लोल........लहरी कि काहानी हाम्राइ बाउचा कि जुबानी,
This reminds me of titles of these hindi movies- first "Maine pyar kiya" then comes "Maine pyar kyu kiya" lol
दामी छ

|
|
|
Brain Malfunction
Please log in to subscribe to Brain Malfunction's postings.
Posted on 09-12-08 4:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे,
ल ल रमाइलो छ । जावोस जावोस आरु पनि ।
सुरुवात त रमाइलो छ , आन्त्य पनि रमाइलो नै होस् भन्ने शुभकामना छ ।
|
|
|
Dallas_guy
Please log in to subscribe to Dallas_guy's postings.
Posted on 09-12-08 4:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
When you slept with Lahari, you should have thought she is not going to leave you alone. Hmmm..girls are like that....Thats why I told you, "Mutuno samhalnu parne bro."
But hey Lahre, isn't Lahari watching this thread also? I think you are in LOVE with lahari...Party ma hamilai pani boalu hai...Ma ful samatula...
|
|
|
usnepaliboy
Please log in to subscribe to usnepaliboy's postings.
Posted on 09-12-08 9:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो भाग पनि गजब छ है। आर्को को प्रतिछया त छदै छ। तुरुन्तै लेखुम कमेन्ट पाउम। अस्तु उही यू एस "गुलेली हान्ने" नेपाली बोए।
|
|
|
usnepaliboy
Please log in to subscribe to usnepaliboy's postings.
Posted on 09-13-08 11:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै त, भाग ४ छैन भनेको? कत्ती पर्खाको होला। लहरी ले पर्खाएको बदला हामी सँग लिएको हो कि के हो? अस्तु
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
Recommended Popular Threads |
Controvertial Threads |
Conservative discussions |
TPS Re-registration case still pending .. |
TPS for Nepal likely to extend next week |
सालीको चाक |
ChatSansar.com Naya Nepal Chat |
TPS for Venezuela is terminated, only 60 days extension for transition period |
Venezuela TPS lawuit |
Toilet paper or water? |
TPS EAD auto extended to June 2025 or just TPS? |
tesla stock OMG !! |
Those who are in TPS, what’s your backup plan? |
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination? |
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
I hope all the fake Nepali refugee get deported |
Court Hearing Approval. |
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants |
From Trump “I will revoke TPS, and deport them back to their country.” |
Tourist Visa - Seeking Suggestions and Guidance |
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post? |
|
Looking for girl |
Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|