
लोचन रिजालको उतारचढाव
लोचन रिजालको लागि यो वर्ष निकै कष्टकर रह्यो । केहि महिनाको अन्तरालमा नै उनले आफ्ना मातापिता गुमाउनु पर्यो । एकातिर यति विशाल पिडा छँदैछ भने अर्को तर्फ संगीतको लगाव कम हुनै मान्दैन । चार वटा हिट्स एफएम म्युजिक अवार्डसले सम्मानित लोचन हाल काठमाण्डु विश्वविद्यालयमा Ethnomusicology अध्यापन गर्दैछन् । उनले www.worldsings.com मा आफ्नो गीत "चिप्लेटी" लाई प्रतिस्पर्धाको लागि दर्ता गराएका छन् । उनको गित मन पराउने जो कोहीले पनि सो वेवसाइटमा गएर उनको गीतलाई विजयी बनाउन सहयोग गर्न सक्नेछन्, जस्ले उनलाई 10,00,000 अमेरिकी डलरको पुरस्कारको लागि छनौटमा पर्न मद्दत गर्नेछ । उनको विषेश गायन शैली र भिन्दै खालको सांगितिक रुचि भएका गीतहरु अचेल अमेरिका स्थित रेडियोहरुमा पनि बजाइन थालेका छन् ।
Vote and help him be an international artist..............
source---- http://www.hitsfm.com.np/music_updates.php?id=75