Replies to this thread:
What people are reading
Subscribers
Please log in to subscribe to 's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 630]
[VIEWED 209972
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 04-07-07 1:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी ५१ ~   सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भइ फैलिएका, मेची-महाकाली । प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरुका रगतले, स्वतन्त्र र अटल ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल । बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल । उ को हो म को हो यो जात्रामा
पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'! | Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language) | | Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics, workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
| सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila - साहिंला, Poonte - पून्टे दाई, पून्टेदा, Kick - काका, GautamB. - गोताएँ, गोतामे ज्यू, Shree5 - सिरे, Bhaute - भउते, भौतेकाजी, Nepalean - नमे, Amazing - झिल्के, Sandhurst_Lahure - लाहुरे जेठा, Camoflaged - कुम्ले, Miss_me - मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty - सान्नानी, Uptowngal - ठूल्नानी, ठूली, Tyra - तितौरी, तिरू, Nirman - निरे, Ruina - रूइना, Matrix_rose - पुष्पपुरी, Ocean - मुन्द्रे, Lau_ta_lau - लाले, Bostonian_nepali - बेंसीथाने नेपाली, Sano_kanchha - सान्कान्छा, Ishwor - ईश्वर, Floraj - फुलौरे, ज्योतिष महाराज, World_map - चित्रे, Echoes - धने, Dalli_Resham - डल्ली फुपू, Subha - सुभे, शुभ दिदी, Chipledhunga - चिप्ले, Foe_4_Misty - मिस्टे, Gwanche - ग्वाँचे, Sajha_user - सन्जु, Vata-ta-ta - भट्टे, Gaalab - गाले, Lootekukur - लुते, Sherpini - शेर्पिनी, Ma_chameli - चमेली, Ramkisne - रामकिस्ने, Nepal_ko_chora - नेप्चे, Cerine - सेरू, Yahoooo - यामे, Harke_kailo - काहिंला, Nails - चरिनंग्रे, Bob_dai - बबे दाई, Deep - दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu - नानु, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
|
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 04-16-07 10:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल् durgesori ... durgesori नयाँ हो? के हो चौतरी नाम? थ्यान्कु कुम्ले, हाउ आर् यु डुइन्? हाउ इज् आओर् भाउजु? सुँक्क सुँक्क क्वाँ क्वाँ................... ठुलीले हाम्लाई वास्तै गरिन।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-16-07 10:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु सानानी के भनेकी मोरी तिमीले तिमी त मेरो बेस्ट फ्रेन्द तिमीला म वस्ता नगरुलात । बरु तिम्ले त मलाई बिर्सेंउ जस्तो लाग्यो । खै चौतारी मा आउँदाअनी आउँदैनौ ।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 04-16-07 10:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एहेहे ठुली थ्यन्क्स्। ल आउ अब अस्तरे लाइ जिताउँ ((((( Go Ausie Go ))))) ((((( Go kangaroo Go ))))) ((((( Go Ausie Go )))))
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 04-16-07 10:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुम्ले, दिमाग चाट्ने आफू, अनि मैले चाँटें रे? अस्ति हरिको कथा नसुनेको भए त म पनि पूरै फँस्ने रैछु नि. :) जे होस् तिम्रो आवाज चैं मलाइ पुरानो साथीको जस्तै लाग्यो, एकदम फेमिलियर. :) पून्टेदाई, तपाई नि किरकेटीको पछि लाग्न थाल्नु भएको? धोबिनी भाउजूलाइ भन्दिम्? ;) सान्नानी, लङ् ट्याम नो सी, हाउ आर थिङ्स्? राहुलदाइ र दुर्गे, नमस्ते! ठूलु, आज त कस्तो हावा हुरी चलेको, घाम लाग्यो भने चौरमा बसेर बदाम खाँदै मीठ्ठो मीठ्ठो गफ गर्नु पर्छ है! ;)
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-16-07 10:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
huss saanaani ((((( Go Ausie Go ))))) ((((( Go kangaroo Go ))))) ((((( Go Ausie Go )))))
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 04-16-07 10:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ म नि अस्सीहरूलाइ सपोर्ट गर्छु आज. ((((( Go Ausie Go ))))) ((((( Go kangaroo Go ))))) ((((( Go Ausie Go ))))) :D या़SSSहूSSS, हिजो आयरल्याण्डले बंगालीहरूलाइ हराएछन् नि, अनबिलिवेबल! :D :D
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 04-16-07 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दुर्गे माता!!!!!!!! हाँरो बा को त फुले छैन के रे कपाल, हाँरो जस्तै झरेको मत्रै छ। झरेको नि के भनुम्, कपाल ले बाटो बिरा'को मत्रै हो कि जस्तो लाउँच मुलाई त! खप्पर तिर उम्रनु पर्नि के रे, बाटो बिरा'र नाक, कान तिर उम्रन्छन् अचेल! :p धेरै पछि पो देखा परेऊ, सान्नानी, गाथाँ आरामै? असि न ससि, खुरुक्का आफ्नै देसीका सन्तानलाई रुटिङ नगरेर! खूब काङ्गारु जस्तै बुरुक बुरुक ऊफ्रन मन छ कि के हो? सिलिङ्मा खप्पर ठोकेसि थाहा पाउलाऊ! क्यार्नु, चित्रे, आज डाउडरकाँ जान पर्नि, अनि काम पछि जानि भुनेर केहि ट्याम् फुर्सदाँ किरकिटी सिकि रा'को नि।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 04-16-07 10:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:) नमस्ते!! ((((( Go Ausie Go ))))) ((((( Go kangaroo Go ))))) ((((( Go Ausie Go ))))) Durgesori जी हउर लै मेरो दुइहातजोडि प्रणाम है :D अनि प्रिती के छ त तिम्रो हालखबर । निकै खुशी देखिन्छ्यौ नि ! :)
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-16-07 10:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मास्टरनी दि नयाँ बर्षको हार्दीक मँगलमय शुभकामना खै आज भोली तिरु नि कता हराइ हराइ ।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 04-16-07 11:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लङ् ट्याम नो सी चित्रे, थिङ्ग्स् आर् ओके? हाउ आर् यु इन् न्यु प्लेस्? कङ्गारु मन पर्छ क्या मलाई पुन्टेदाई क-कस्ले क-कस्लाई फोन गरे रे, क-कस्ले क-कस्लाई भोइस् मेल् छोडे रे, आफु त एउटा पुन्टेदाई हउरको इमेल् आउला भन्दा भन्दा मेरो कपालै फुल्यो इमेल् चाहीँ आएन। :( लौन कताट देख्या मिसले म खुशि भा? त्यै त तिरु कता हराइछे, है ठुली......... बोलाम् न चिच्याएर। (((((((( ए तिरु )))))))) (((((((( तिरु हो )))))))) (((((((( झट्ट आउ झट्ट ))))))))
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-16-07 11:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
(((((((( ए तिरु )))))))) (((((((( तिरु हो )))))))) (((((((( झट्ट आउ झट्ट ))))))))
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 04-16-07 12:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
.LOL @ chitre!! ekdam chine chine jasto lagyo re mero swor? hmmm..!! Gafadi nai ho ke hamro chitre pani. :P :-)
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 04-16-07 1:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पून्टेदाइ, के भो? किन जानु पर्ने डाउटर काँ? धोबिनी भाउजूले लुगा पिट्ने दाबिलोले हानेर तालुमा आलु फलाइदिनु भो कि क्या हो? :P बुढेसकालाँ किरिकेटीको पछि लाग्नु भनेर कस्ले भन्यो नि? :P अब च्यात्येको पेटिकोटको ब्यान्डेज बनाएर टाउकोमा बाँधेर बस्नुस् अनि सन्चो होला। :P :P नमस्ते मिस दिदी! सान्नानी, आइ आम फ्यान थ्याङ्कू ईन माइ न्यु प्लेस। :) साँच्चै तिरू कता हराइ अचेल? सान्फ्रे गाम्मा पेन्टिङ् गरेर बसिरा'होली। कुम्ले, तिम्रो स्वर साँच्चै चिन्या चिन्या जस्तो लाग्यो क्या, सही कुरा बोल्दा नि उल्टो मलाइ पो गफाडी रे। :O मलाइ ४ मिनेट २८ सेकेन्डसम्मा फूनमा रिङ्गाउने गफाडी कि म गफाडी? ;) अनि के छ नि फूलरिडाको हालखबर? हाम्रोमा त वेदरै खराब भो नि आज। :( अरू सबै साथीहरूलाइ यो चित्रेको गर्मी, सरी जाडो , आइ मीन जदौ! (गर्मी आउने बेला नि भो भन्ने सुन्या)
|
|
|
Durgesori
Please log in to subscribe to Durgesori's postings.
Posted on 04-16-07 1:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुन्टे दा को पनि कपाल झरिसकेको भनेको न झरोस् पनि किन "मि त अलरेडी सिल्ली ओल्ड म्यान्, वीथ फाईभ सिल्ली वाईभ्स्, गोईङ् फर नम्बर सिक्स् दिस् मंसीर। " भन्छौ ५ चै जना मिलेर दिनका दिन तिर्मो कपाल लुछ्ने होला । आबु झन् छैठौ ल्याएपछित चिन्डेनै हुन्छौहोला । होस् गरे है बेलैमा सान्नानि मा नयानै हो । शुभकामना छ है नया बर्खको मिसलाई पनि मेरो दुइहातजोडि प्रणाम है चित्रे, कुम्ले, राहुल दा, ठुलि सबैलाइ मेरो आन्द्रैदेखि नमस्कार छ है
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 04-16-07 2:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तलको हरियो बाकस भित्र टाईप गर्नुहोस् । त्यहाँ भरिएपछी अक्षरहरु स्वत: माथि आउँछन् र नमिलेका अक्षरहरुलाई यहाँ माथि आएपछि पनि सच्याउन सक्नुहुन्छ । तपाईंको कम्प्युटरको क्षमताको सदुपयोग गर्न तथा उत्पादकत्व बढाउन टाईप गर्ने काम सकेसम्म तलको हरियो बाकस भित्र गर्नुहोस् । टाईप गर्दै जाँदा नमिलेका अक्षरहरु सच्याउनको लागि यो बाकस प्रयोग गर्नुहोस् । :पि
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-16-07 3:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम्, रमाइलो गरी राख्या रैछन्, केटाकेटी हरु, आफु अलि बिजी भैयो आज । भोली खैरे को गृह कार्य बुझाउने चेष्टमा दिमाग खाएको छ । कृक्रेट नि मज्जा सँग हेर्न पाएको छैन । हे भगवान! बुढेसकाल मा प्रौढ शिक्षा कसैले न पढ्नु, चेतना भया । तिरु, हाउ आर् यु? वि मिस् यु लट्।
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 04-16-07 3:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ कुम्लेले हरियो बाकस राख्नै बिर्सेछ :-)
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-16-07 3:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुम्ले गफाडी कि चित्रे गफाडी भनेर छुट्याउने जिम्मा मेरो भो, किन ब्यर्थै बाद बिबाद ? लौ कुम्ले राहुल दा लाई फोन हानुम भरे ८ बजे तिर ।
|
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 04-16-07 5:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु ! मन्तयेक ला? उताआ पल्तिर गाममा ठुल्दाइ र ठुलि भिड्दै र'छन एक दनक त मैले नि दी दें के रे । यो हरियो बाकसाँ क्यार्न लायौ कुम्ले? ठुल्दाइ त प्रौढकक्षाआ गन्थन पो अर्दैर'छन त । दुर्गे त पुण्टे दा'लाइ जिस्क्याम्न ला' रैछ, ठुली, सानी, मिस र चित्रे खसिको सपना देख्न थालेको हो कि के हो? दशै आ' जस्स त लाएन गाँठे । किरिकेटिआ हालखवर के छ? खोइ रामे, झिल्के, हरी कता गो? कुखुरो बोकेर आउँथे भउते, यसपाली त माछा ल्याउँछ कि आश गरेरै बसेछु के रे, अस्ति कसले हो माछा मार्दैछ अरे भन्थो । लु यो गफ यत्तिकै, अब आजआ भाग कथा - भाग - ९ --------------- हडताल सकिएर शुरु भएको कक्षामा हडतालको ह्याङओभर बाँकि नै थियो । असरल्ल स्कुल, लथालिङ्ग वातावरण । अविश्वास र आशंका - शत्रुतापूर्ण हेराइहरु । सरमिसहरुले विशेष गरेर नेता बनेका बिद्यार्थिहरुमाथि प्रतिशोधमय ब्यवहार गरेको महशुस चनालाइ हुन थाल्यो । वार्ताको बहसमा चनाको कडा कडा तर्क सामना गरेको कारण नै हो वा अरु केहि, चनाले आफुमाथि शिक्षकहरुले असामान्य ब्यवहार भएजस्तो लाग्न थाल्यो । कक्षाभित्रको प्रश्नोत्तर र बहसहरुमा चनालाइ अवमुल्यन गर्न थालियो । चनालाइ कुनै समुहमा पनि नराख्ने, चनासित बहस गर्न कोहि पनि अघि नसर्ने, चनाले सोध्ने प्रश्नहरुलाइ बेवास्ता गर्ने अथवा त्यो असम्बन्धित प्रश्न हो भनेर पन्छाउने, चनाले दिने उत्तरहरु ठीक बेठीक के हो केहि पनि नभन्ने, र चनाको होमवर्कहरु पनि नजाँच्ने, होमवर्क गरेपनि नगरेपनि केहि नभन्ने । शिक्षकहरुको यस्तो ब्यवहार एकहिसाबले चनालाइ मानसिक तनाव दिने खालको थियो । अर्कोतिर बढेको २५% फी को निमित्त चना जिम्मेवार रहेको जस्ता कुराहरु बेलाकुबेला साथिहरुमाझ हुने हुनाले चनाका साथिहरुसित पहिला जस्तो आत्मियता हुन सकेको थिएन । पैसा तिर्न आएका अभिभावकहरु पैसातिर्ने काउण्टरको झ्यालबाट चनालाइ आक्रोशित नजरले हेरे जस्तो लाग्थ्यो चनालाइ । यी सबै कारणवाट एकप्रकारले हतोत्साहित चना कक्षा भित्रको नियमित र अतिरिक्त क्रियाकलापहरुमा पनि रुचि हराउदै गयो । कसैको विरोध नगर्ने तर सक्रिय सहभागि नहुने र नेतृत्त्वदायी भुमिका पनि नलिने ब्यवहार प्रदर्शन गर्न थाल्यो चनाले । फलत: बगैचा फेरि बनेन, भित्ते पत्रिका नियमित भएन । कक्षाकोठाको नियमित सरसफाइ पनि हुन छाडयो । कक्षाकोठा भित्रको गाग्रीहरु बेलाबेला खाली हुनथाले । हड्तालको बेला भत्काइएको धम्प्वा: मर्मत भएन । पानी खान स्कुल कम्पाउण्ड बाहिर जानु पर्ने स्थिति आयो । कक्षामा एकले अर्कोलाइ सिकाउने वाताबरण पनि हरायो । पालो लगाएर गरीने काममा सबैले अनेक बहानाबाजि गर्दै काम ठग्न थाले । कहिलेकाहि सरहरुले "पहिले गरेको जस्तै कामहरु किन नगरेको? फेरी त्यस्तै गर्नु पर्यो " भन्नु हुन्थ्यो तर चना केहि नबोलि चुप लागेर बस्थ्यो । चमेलि कमल गगन आदिले सबैले सहयोग नगरेको भनेर पन्छिदै कुरा गर्थे । त्यसको अलावा चनाले सोच्दै नसोचेको बिभिन्न दोषारोपणको सिलसिलाहरु पनि शुरु भयो । गायत्रीले "चनाले मह राखेको मिठाइ चोरेर खायो" भन्दै हिडिछन जबकि चनाले त्यस्तो मिठाइ देखेकै थिएन । कहिलेकाहिँ केटीहरुले तितौरा ल्याएर बाँड्दै खाँदा चना पनि साथ दिन्थ्यो तर यो मह राखेको मिठाइको कुरा कहाँबाट कसरी आयो चनाले बुझ्दै बुझेन । यस्तो कुरामा झगडा परेर गायत्रि, रमा आदिसित चनाको बोलचालै बन्द हुन गयो । रमेशले "चनाले खेलौना बिगारिदियो" भन्न थाल्यो जुन खेलौना गगन र निर्मलको छिनाझपटिमा बिग्रेको थियो । हुँदा हुँदा पहिला बगैचा बनाउने इत्यादि काम गर्ने बेलामा चनाले गाली गरेको कुराहरु समेतको अनावश्यक चर्चा हुन थाल्यो । काममा कडा मिजास प्रदर्शन गर्ने चनाले भनेअनुसार काम नहुँदा गाली पनि गर्थ्यो कहिलेकाहिँ । कामहरु ब्यवस्थीत हुँदा चनाको गालीलाइ सबैले सराहना नै गरे तर ती गालीहरुको प्रतिक्रिया ब्यक्तिगत आक्षेपको रुपमा पछि यस्तरी आउँला भन्ने सोच चनाको मनमा पलाएको थिएन । "चनाले मलाइ यस्तो भन्याथियो, चनाले मलाइ त्यस्तो भन्याथियो" भन्दै प्रतिशोध साँध्नेहरुको लहर नै चल्यो, कोहि जिस्किएर भन्थे कोहि नजिस्किकनै । यसैगरी पहिला पहिला चनासित नजिक हुने होडमा प्रतिस्पर्धा गर्ने सुजना, अन्जु आदि ले चनालाइ घमण्डि भन्दै हिड्न थाल्यो । दिक्क मानेर सुस्ताइरहेको चनासित हिसाब सिक्न आएका सुजना, अन्जु र मन्जुलाइ चनाले केहि दिन अगाडि "म अहिले सक्दिन" भनेको रहेछ । हडताल हुन अगाडिसम्म सबैले "तेरो र चनाको जोडि मिल्छ" भनेर भन्ने हुनाले सुजना बेलाबेलामा चनामाथि हैकमि शैलिको ब्यवहार प्रदर्शन गर्थिन । सुजनाले भनेपछि चनाले गर्नै पर्ने जस्तो । मन राखिदिन हो वा किन - सुजनाको कुराहरु चनाले प्राय: मान्थ्यो नै । परपरपरपर बोल्ने र छिटो प्रतिक्रिया दिइहाल्ने स्वभावको सुजनाले चनाको कुरामा सधै सही थाप्यो । चनाले पनि सुजनाको कुराहरु "नाई" कहिल्यै भनेको थिएन । तर त्यसदिन अन्जु र मन्जुको अगाडि त्यस्तरी निर्मम तरीकाले "म अहिले सक्दिन" भन्दा सुजनाको अभिमानमा बज्रपात भएको थियो होला शायद । त्यसैले "चना घमण्डि भएको छ अचेल" भनेर भन्दै हिडेकि थिइ होलिन सुजना । दुर्गाले चनालाइ "सुजनाले अचेल तिमीलाइ खूब घमण्डी भन्दै हिडेको छ नि किन? " भनेर बताएपछि चनालाइ नरमाइलो लागेको थियो नै । त्यसमाथि दुर्गाले यो कुरो चनालाइ बताइदियो भनेर सुजना र अन्जु दुइजना दुर्गासित झगडा गर्न थालिन । शुरुको मुखाले बाझाबाझ केहिबेरमै भुतालाभुतालमा परिणत भयो । दह्रो ज्यान भएको दुर्गालाइ ठिकैको अन्जु र अलि फिस्टे सुजनाले गरेको आक्रमण प्रत्याक्रमणको सिलसिलाले कक्षाकोठा निकै तनावपूर्ण भयो । हँसिलो मिजासका रमाइला केटीहरुको रणचण्डी स्वरुप - बाफ रे!! केहिबेरमा सबै मिलेर झगडा छुटाए, कसैले जितेन तर चनाले आफु हारेको महशुस गर्यो । यो सबै देखेको चनासित अफशोस बाहेककेहि थिएन । यसरी बिभिन्न घटनाक्रमका कारण साथीहरुमाझ आत्मीयता गुमाउँदै गएको चना उक्त त्रैमासिक जाँचको नतीजा आउँदा तीन छक्कै परे । सँधै पहिलो दोस्रो हुने चना दशौ तहमा झरेको रिजल्ट आयो । जाँच त्यस्तरी बिग्रेको थिएन तैपनि यसरी अस्वभाविक रुपमा खस्किनुमा उसले आफुलाइ सरमिसहरुले गरेको पक्षपातको शिकार भएको ठान्यो । उसैपनि एक वा दुइ तह तलमाथि हुँदा पनि तहल्का मच्चिने वातावरणमा दशौं तहसम्म गिर्नु भनेको एकप्रकारले प्रलय नै थियो त्यो । चनाले दु:खको पीडा महशुस गर्यो भने कक्षाका अरुको आँखामा अन्यौलपुर्ण सहानुभुति । रिजल्ट भएपछि कसैसित नबोलि चना स्कुलबाट फटाफट छिटो निस्कियो । केहि पर पुग्दा उसलाइ पछाडिबाट कसैले तान्यो । प्रतिमा रहेछ । हातैमा रिजल्ट बोकेकि प्रतिमाले चनालाइ रिजल्ट कै कुरा गर्यो । "अइ चना, खै तिम्रो रिजल्ट नदेखाउने हाम्लाइ ?" "हाय् खत्तम रिजल्ट के देखाउनु? होस ।" "खै न हेरुम - तिमी टेन्थमा कसरी पुगेको? जाँच बिग्रेको थियो ?" "त्यस्तो बिग्रेको त थिएन ।" "जाम हाम्रो घरमा घरमा बसेर कुरा गरम । बाटोमा के लामो कुरा गर्नु?" "होस म घर जान्छु । पछि आउँला ।" "जाम न भने जाम ।" "होस होस, म पछि आउला के ।" "हिड जाम । जाम भनेपछि जाम न, जिद्दि ।" प्रतिमाले उनको घर जान साह्रै कर गरिन । वास्तवमा हड्तालको बेलादेखि तनावरत चनालाइ प्रतिमाले निकै अब्जर्भ गरेकि रहिछिन । चनाले थाहा नपाएको आफ्नै बारेका कतिपय कुराहरु प्रतिमाले भनिन र चनाको रिजल्ट नराम्रो हुन्छ होला भनेर पहिलेइ अन्दाज गरेको भनेर बताइन । रिजल्टमा पक्षपात भएको कुरो पनि निर्धक्क बताइन । बिशेषत: उनले चमेलि फर्स्ट हुनुमा पक्षपातकै करामत हो भनिन। नत्र चना, कमल, अमर, अन्जु र चन्द्रहरु भन्दा पछाडि पर्नु पर्ने हो चमेलि भनेर भनिन । प्रतिमाको बिचारमा कुनै कारणवश चमेलीले सरमिसहरुको सद्भाव जितेर सँधै धेरै धेरै नम्बर ल्याउने गरेको थियो । भोलिपल्ट बि सेक्सन मा नै रहेका बिमल र रत्न चनालाइ घरमै भेट्न आए । चनाको नम्बर थोरै आएर दशौ तहमा झरेको सुनेर चिन्तीत थिए दुबै जना । उनिहरुले पनि प्रतिमाको जस्तै कुरा गरेर फाइनलमा पनि त्यस्तै पक्षपात गर्छ होला भने । बलबहादुर दाइले चनालाइ हड्तालमा धेरै नै लागेर मुर्ख बनेको भनेर गाली गरे । कमलादिदिसित बलबहादुर दाइको सम्बन्ध त्यति राम्रो गइरहेको थिएन ट्रेजेडि होला होला जस्तो भइरहेको थियो त्यो बेला । तर खग्गु बलबहादुर दाइ भने अर्कै केटीतिर आँखा लगाउन थालिसकेको थियो । चनाको अन्तर्मनमा भने बलबहादुर दाइले कमला दिदिलाइ अन्याय गरेको भन्ने परेको थियो । एकदिन बलबहादुर दाइको चिठ्टी नबोकिकनै कमलादिदिलाइ भेट्न गयो चना । कमलादिदिले सँधैजसो चिठ्टी लिएर आएको होला भन्ने ठानिन । तर चनाले उनीहरुबीचमा समस्या भएको थाहा पाएर कुरो बुझ्न आएको भनेर बतायो । कमलादिदिले आक्रोशको आगो ओकलिन । चनासित चुपचाप सुन्नु बाहेक अरु बिकल्प थिएन । फर्केर बलबहादुरदाइलाइ सुनाउदा बलबहादुर दाइ पनि आगो नै बने । उनले पहिलो प्रहार त चनालाइ नै गरे - म सित सल्लाह नगरी किन भेट्न गएको भन्दै । दोस्रो प्रहार - किन चुपचाप सुनेर बसेको, जवाफ दिन पर्दैन थ्यो? खाली हड्तालमा नेता बन्दा मात्रै बोल्न आउँछ तिमीलाइ भन्दै जङ्गिए । अनि तेस्रो प्रहार कमलादिदिको आक्रोशको प्रत्युत्तरहरु साथ । चनालाइ लाग्यो - दुबैजना घमण्डी एक से एक रहेछन, ब्रेक भयो ठीकै भयो । यसबाट चनाले सिक्यो - लभको मामिलामा मिडल म्यान बन्दा साह्रै अप्ठेरो हुने रहेछ, दुवैतिरको रीस खप्नु पर्ने । यो बुझिसकेपछि चनाले फेरी कहिल्यै मिडल म्यान नबन्ने बिचार गर्यो । केहि हप्तापछि, घरबाहिर बसिरहेको बेला मुलाको अचार थेगो हाल्ने सर चनाको घर अगाडिबाट जाँदै थिए, चनालाइ देखेपछि टक्क अडिए । "ल टिम्रो घर ह्याँ हो? मलाइ ट ठाहा नै ठिएन ।" "हो सर ।" "ल टिमिसिट एउटा कुरा गर्नु पर्ने ।" भन्दै सर त घरभित्र नै छिर्नु भो । "टिम्रो ट रिजल पनि राम्रो भएन रे हो?" "अँ सर, पहिला जति नम्बर आएन ।" "हेर टिमि नयाँ मान्छे । टिमिलाइ राजनिटि ठाहा नै हुन्दैन । टिमि हरतालको बेला बार्टा गर्न आउनै नहुने । आएपनि चुप्प लाएर बस्नु पर्ने । डेख्यो ट्यो मुलाको अचार गगनचा कस्टो ज्ञानि भएर बस्यो । नेटा पनि भयो सबैले डेखेर पनि ल्यायो कसैले नराम्रो पनि भनेर ल्याएन। अब टिमिले ट्याँ टेट्रो कुरा गरेर ट ल्यायो टर टिमिलाइ झन कसैले मन पराएर पठाएन । कुरो गर्न जानेपनि ढेरि कुरा गर्न हुन्नेन के । ठाहा पाइ राख ।" "अँ सर त्यस्तै रहेछ ।" प्रशिक्षण दिएर बोल्न सिकाएको कुरो चनाले सरलाइ भनेन । "टिमि राम्रो विद्यार्ठि हो । एसएलसिमा टिमले फस दिब्जन हानेर ल्याउँछ । टर टिम्ले मेनट गरेर पध्न पर्छ । यो जाँचमा लम्बर आएन भनेर चिन्टा गरेर नबस । म थोकेर भन्दिन्छुँ टिम्रो किलासबात टिमिले र कमलचाले माट्र फस दिब्जन हान्छ, अरुले सक्दै सक्दैन ल । ल चिन्टा नगर राम्ररी पध है । केइ परेर ल्यायो भने मलाइ भन्नु है । म टिमलाइ हेल्प गरेर डिन्छुँ नि ।" "हस सर ।" *******************************************************************************************
|
|
|
Durgesori
Please log in to subscribe to Durgesori's postings.
Posted on 04-16-07 5:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चनाको आत्मकथा पढे निकै इन्तरेस्तिङ् लाऔ लौ अरु भाग पनि छिट्टै पढ्न पाम है
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 60 days
Recommended Popular Threads |
Controvertial Threads |
Conservative discussions |
Venezuela TPS lawuit |
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने |
ICE kidnapping people off the streets over op eds |
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा |
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
What is the purpose of an F1 student visa in the U.S.? |
#MAGA#FAFO is delicious |
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS |
Nepal TPS |
Measles vax deaths vs measles death in USA |
Whatever happening in airport are illegal and should stop ? What are these immigration lawyers doing ? |
Homeowner Charged renting to illegal migrants |
Freedom of speech is dead in USA |
Nepal TPS decision |
Who is the real enemy? |
Don’t Just Read—Join the Conversation |
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA? |
NEED TRADE SHOW HELP- LAS VEGAS |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|