[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - शतकांक विशेष ~~

[Please view other pages to see the rest of the postings. Total posts: 713]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
[VIEWED 327265 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
Posted on 02-13-08 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - शतकांक विशेष --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 100 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


ह्याप्पी प्रणय दिवस (भ्यालेन्टाइन्स डे) फेब १४

 

तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।

 

चौतारी - शतकांक विशेष

चौतारी १०० औं अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ 
बधाइ!
यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा
-

१) चौतारी बनाउनेहरूको नामावली र बनाएको संख्या --
नमे ---
२४, चिप्ले --- १, मिस दिदी --- २, सानो कान्छा ---
सान्नानी ---
३, नेपेसाहिंला --- १, चित्रे ---  २९
गालब ---
८, कुम्ले --- ५, तितौरी ---
दादा ---
१, हरी --- ९, रामचन्द्रे ---
रिट्ठे --- २, लहरे --- ३

२) चौतारीमा आफ्नो पहिलो दिनको अनुभव सुनाउनुहोला।

३) यो बिशेष अंकमा चौतारीका सबै पुराना मित्रहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै 
बिजी भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।


४) १०० औं अंकमा पहिलो ईन्ट्री गर्ने बोर्ड फर्स्टलाइ आकर्षक पुरस्कार-- अर्को चौतारी भेलामा प्रमुख अतिथि बनाइने, र आयोजकको घरमा बस्ने पहिलो प्राथमिकता दिइने।


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 14-Feb-08 02:58 PM

 
Posted on 02-15-08 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


raamro lagyo netre. lu lu aruni lekhnus.

 
Posted on 02-15-08 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही भन्या, यस्तो नि गर्ने हो नरे।
सबै हसुर्न गये जस्तो छ,
ए कती हसुर्न सकेको,
 
Posted on 02-15-08 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तरेले 'याद' आयो कि सिलसिला फेरि यहाँ ताजा गरेकोमा मलाई पनि के के याद आयो के के प्रभु!!!

लोल नेत्रे! कुलेलम ठोक्या हैन बल्ल लेख्न लाग्या नि! राम्रो छ भावना! एकोहोरो मायाले दुख पाइएछ भनेपछि!

"तिम्रो अंकमाल्मा अरुलाई देख्दा
मेरो अधरका आँशुको याद आयो"

कसैलाई भनेर यस्ता शब्द लेख्ने मान्छेले उसैलाई अरुको अंगालोमा देख्दा कस्तो भयो होला!!


 
Posted on 02-15-08 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह्! वाह्! अनि बाह् ! बाह् !
अन्तरेले के जन्तर लगाए हुन् कुन्नि, बडा मिठा मिठा गजल सुनाउनु भयो। पुन" एक पटक वाह् वाह् अनि बाह् बाह्।

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथै तारेमाम् स्विकार्नुस्।


 
Posted on 02-15-08 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!

धुत् अगि नाम,ठेगाना र पद टाँसेर भात हसुर्न गा' त एस्तो कुरो आइसक्या रेछ कमरेड भगुतभाई भन्डारि 'अखन्ड' को-

"""...निजलाई हाम्रो क्रान्तिकारी जनकार्वाही अनुसार बुर्जुवा सत्ताका नाइकेहरुको  दाँत झार्ने निर्णय गरिएकोमा निको एउटै पनि दाँत बाँकी नदेखिएकोले पुन: अर्को निर्णय गरी अब उपरान्त फेरि पुरानो सत्ताले टाउको उठाउन खोजे त्यही सत्ताकै नलिखुट्टा भाँचेर खप्परमा बजारिने निर्णय गरिएको छ।..."

राज्यसत्ता खतरामा छ जस्तो छ! सबैले एकजुट हुनु पर्ने बेला आएको छ!! 


 
Posted on 02-15-08 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ठुलि तिमीनै त रेछौ एक शहारा। अरु लेखुम्ला त्यस्तो याद आउने कुरा त यो मानसपटलमा एक भकारी नै छन।
 
Posted on 02-15-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 पनि २ लाइन लेख्छु याद आयो भनेर-


जब जब तिम्रो याद आयो,
तब तब यहाँ बर्बाद आयो।


 
Posted on 02-15-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वातावरण गजलमय भएछ यहाँ त!! राम्रा छन् सबैका रचनाहरु ॥

 
Posted on 02-15-08 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"ल ठुलि तिमीनै त रेछौ एक शहारा" किन भनेको मैले बुझिन नेत्रे??????


 
Posted on 02-15-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुल्दाइ

 


 
Posted on 02-15-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि तिमीले मेरो रचना राम्रो छ भनेकोमा धन्यवाद भनेको नि। 
 
Posted on 02-15-08 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई भने फेरि आज मेरो घरको याद आयो
छिमेकको चौतारीको ठूलो वरको याद आयो

सानै त छेस् एक्लो ठाउँमा गई के पो गर्छेस् होला
खान पनि नपाई कहिले भोकभोकै पर्छेस् होला
आज फेरि आमाबाको त्यही डरको याद आयो
मलाई भने फेरि आज मेरो घरको याद आयो!!


 
Posted on 02-15-08 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घुम्टो  बाहिर के चन्द्रमा उदायो

व्यथाको पुरै आवाद आयो

 

अधरको विणामा झंकार छुट्यो

गालिको खस्रो संवाद आयो

 

प्रेम खोज्दै हिँडिस 'जिम्माल'

प्रेम कि घृणा विवाद आयो

 


 
Posted on 02-15-08 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल लाई राम्रो लागेछ मेरो त मनै रमायो।
 चेली ल अब तिम्रो पालो।
 
Posted on 02-15-08 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


प्रेम खोज्दै हिँडिस 'जिम्माल'

प्रेम कि घृणा विवाद आयो

 

नेत्रे सरिहै मैले बुझ्दै नबुझेको।



 
Posted on 02-15-08 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maila dai ko yaspali ko kabita ta maile kehi bujhina!! Abstracj art jatti aru le bujhenan tetti ramro hunchha re bhanthe!! yo ni testai ho?

 
Posted on 02-15-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


साच्चै नै चौतारी त आज गजलमय बनेछ, लौ तातौ है सबैजाना
दोश्रो राउन्ड को जदौ अनी तारेमाम सित्तै मा (ठुल्दाइ स्टाईल मा)


म कतै जान्न, येतै छु --हेर्दै छु
लेख्न नजाने पनि यहाँहरुले लेखेको पढ्दै छु


 
Posted on 02-15-08 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आपुई चेली, हैन हौ, केइ एब्सट्र्याक्ट नि छैन हौ गजल त, ठुलदाजुकोमा अलिक थपिवरि हेरेको हौ! बरबाद आयो भनेकोलाई डल्लै गजल बनाइदेकोन्त हौ बरबाद वर्डहरु राखेर!
 
Posted on 02-15-08 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि सरी होइन एउटा गजल जावस।
 
Posted on 02-15-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Posted on 02-15-08 12:30 PM     Reply | Notify Admin
 

ठूलु,

 

जब नई खर्क मे थे तो फिक्र तक न की

जब दूरी है तो आदाब हि आदाब, ठुलु क्या है

 

टाँस्दिम फोटो ?

 

Nepe


 


Posted on 02-15-08 12:42 PM     Reply | Notify Admin | Edit

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


आदाब bhaneko ke ho nepe daa?

टाँस्दिम फोटो ? तस्बिर थुल्नानिको भनेर हो खित् खित् खित्


Last edited: 15-Feb-08 12:46 PM

 


Posted on 02-15-08 12:46 PM     Reply | Notify Admin | Edit
 

जब आप् नजदिक थातो याद कर्नेके जरुरत नहिथा
जब आप् दुर होगए तो आपेके याद नाकार्के निद नहि आताथा।

shirish dai le marnu huncha aba malai hola jpt lekhyo bhanera. sorry dai


 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Homeowner Charged renting to illegal migrants
Measles vax deaths vs measles death in USA
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
Don’t Just Read—Join the Conversation
FDA admits Covid mRNA ‘Vaccines’ CAUSE CANCER
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA?
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
USCIS to Check Social Media Posts of Green Card Applicants Legally Residing in US
Nepal TPS
नपरी भोगिदैन नमरि नर्क हो वा स्वर्ग पुगीदैन
Trump says he ‘couldn’t care less’ if automakers raise prices 🤣🤣🤣🤣
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters