[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 शुभेक्षा

[Please view other pages to see the rest of the postings. Total posts: 492]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT PAGE
[VIEWED 516650 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 25 pages, View Last 20 replies.
Posted on 10-23-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     8       ?     Liked by
 

शुभेक्षा

 

 

"हुने बेलाँ अनेक हुन्छ, बुझिस?" बाङ्गेले मेरो कोठा भित्र छिर्दै भन्यो।

 

"त्यो बुझेको अहिले हो ? तर यो राउण्डमा बुझ्नु पर्ने के हो?" मैले सोधें। निक्कै प्रफुल्ल देखिन्थ्यो। कोठाको ढोका लाउनु अघि यसो भर्याङ्ग सम्म पुगेर उस्ले माथि हेर्यो, यता उती यसो चाल बुझ्यो अनि कोठाको ढोका लायो।

 

उस्को चाल हेर्दा कुरा गतिलै जस्तो बुझियो।

 

छालाको ज्याकेटबाट पाँचसेपचपन्नको एउटा खिल्ली तिर तेर्साउँदै भन्यो " यो सल्काउँदै गर --"

 

"काँ सल्काउने कोठामा? उसै जो भेट्यो उसैलाई छोरो बिग्रियो भन्न थाल्या छन अचेल  --"

 

"ह्या भन्दै गर्छन नी -- झ्यालाड फुकम बाहिर भैहाल्छ नी --लाईटर झिक --" बाङ्गेले एउटा अर्को खिल्ली पनि झिक्दै भन्यो। पान्सेपचपन्नको खिल्ली नलिएर पनि भएन। लिन लिएँ तर अब सल्काईहाल्ने आँट पनि आएन।

 

लाईटर तिर नलाग्या देखेर होला उस्ले सोध्यो "किन ? को को छन घराँ? तेरो बा काकालाई मैले मोटरसाईकलाँ टंगाल तिर बत्त्या देख्या हो अघि --फेरी के को डर हो?"

 

"भरे बाउ फर्किदा यहाँ धुबाँले छोड्या गन्धले सबै पोल लाई हाल्छ नी" मैले भनें। भन्न भनें तर चुरोट तान्ने धुन गज्जबले चढी सक्या थ्यो।

 

"अब थाह नभा कुरो भे पो --- माथि तेरो काकाको कोठाँ चार्ली सेन्ट होला नी -- जा लिएर आईज-- दुई चोटी छ्वास छ्वास दिएसी मग मग हुन्छ कोठा --" उस्ले सुझाव दियो।

 

सुझाब ठिकै हो तर माथि काकीले किन भनेर सोधिन भने? के भन्ने के --

 

"किन बेक्कारको रिस्क लिने -- हिन्न उता भिमसेन थान तिर जाम --त्यता बाट बिशाल नगर जाने गल्ली तिर लागे सी चुरोट के हुक्कै तानेनी केही फरक पर्दैन।" मैले भनें।

 

"त्यो हो -- चिया सँग तान्न पाए हुन्थ्यो भन्या के -- जा चिया भन माथि -- यहाँ मिलार सल्काउँछु के -- बरु लाईटर काँ ? उही दराजको दोस्रो खण्डमा हैन ? एडभान्सड फिजिक्सको पछाडी?" सोध्दै जस्तो पनि गर्दै र्याक सम्म पुगिसक्या थ्यो।

 

"यहाँ मिल्दैन बाङ्गे तान्न-- पख चिया भनेर आउँछु अनि के गर्ने बिचार गरम्ला" मैले उस्लाई रोक्दै भनें।

 

"बोरै गर्छस यार तैले पनि -- एउटा चुरोट तान्न पनि त्यो दुर्योधनले धोती तान्दाको जस्तो टेन्सन -- जा।" मेरो ओछ्यानमा बस्दै उस्ले भन्यो।

 

"दुर्योधनले त तेरै धोती तान्या त होला नी" ढोका तिर लाग्दै मैले भनें।

 

"द्रौपदीको तान्ने चै को त? ए! दु:शासन हो क्यारे -- त्यो द्रौपदी पनि हरहराउँदी थिई है महाभारतमा --अब ओरिजिनल त देखिएन सिरियलको कुरा गर्या नी--अहिले के गर्दै होली है--" बाङ्गे द्रौपदी चिन्तनमा लाग्यो।

 

माथि तिर लागें। बाङ्गेको भर थिएन। तु फर्किनु थ्यो।

 

माथि मैले चिया भनेर आउँदा बाङ्गेले तल चुरोट सल्काईसकेछ। कोठाँ पस्ना साथ पडकिएँ। उस्लाई केही केही। "जा माथि पुजा कोठाबाट एउटा गतिलो बास्ना आउने धुप ल्या -- अनि एउटा जुन देउताको भा नी फोटो पनि च्यापेर ल्या -- अरुले देख्दा तँ सुध्र्या जस्तो नी हुने --हाम्लाई बिग्रिन नी मिल्ने --आईडिया सिक्न यार दाई सँग --अब संगत गर्या पनि निक्कै भैसक्यो --" बाङ्गे ढुक्कै थ्यो।

 

"यो मैले तेरो सल्काईदेको हो -- ला ली -- मेरो चिया सँग सल्काउने हो --" उस्ले चुरोट तिर तेर्साउँदै भन्यो।

 

अब कसैले तल मेरो कोठामा चिया लिएर आउलान भन्ने पिर भो --त्यसको उपाय माथि आफैले चिया लिन जानु थ्यो --आफु माथि जाने भए पछि चुरोट तानेर जाने कुरा भएन -- धुप पनि साँच्चिकै खोज्नु पर्ला जस्तै थ्यो। यत्तिकै कोठाबाट निस्किएँ।

 

चिया लिएर आउँदा बाङ्गेले अघि सल्काको चुरोट सकाईसकेछ। धुवाँको गन्ध रंगमंगीएकै थ्यो कोठामा।

 

चिया लिंदै सोध्यो। "खोई देउता? देउतालाई नी दे एउटा सल्काएर -- सरसोतीको फोटो होला नी सरसोतीको--जा ले -- बिद्यार्थीले सर्सोतीको अगाडी हैन धुप बाल्ने? बाउले भरे स्याबास भन्छन -- बिद्यानस -- बरु छिटो गर" उस्ले अर्को चुरोट झिक्यो।

 

एक छिनमा नभन्दै मेरो कोठामा सर्सोतीको फोटो अगाडी एउटा धुप बल्दै थ्यो। नबालेर के गर्नु?

 

"ए! सर्सोतीलाई देखेर संझिएँ --झन जे भन्न त्यै भन्न बिर्सी रा--" बाङ्गेले चिया चुरोट सँगै भन्यो।

 

"के?" मैले सोधें --

 

"हुने बेला अनेक हुन्छ के " उस्ले भन्यो।

 

"के भो?" मलाई पनि थाह हुनु पर्यो नी।

 

"तरुनीहरु खोज्न कहाँ मात्रै पुगिएन? --के मात्रै गरीएन? के मात्रै भोगीएन? भन --"

 

उस्ले "भन् " भने पनि त्यसमा भन्नु पर्ने केही थिएन।

 

"अनि अहिले के भो ?" मैले बरु सोधें।

 

"अहिले तरुनी घरमै आई" उस्ले मुसुक्क हाँसेर भन्यो।

 

मैले झ्यालबाट यसो बाहीर हेर्या उस्ले "तेरो घराँ हैन मेरो घराँ आई" भन्यो।

 

"को?" मैले फेरी सोधें।

 

"तरुनी" उस्ले भन्यो। अनि थप्यो "बिजुली छे बिजुली"

 

"करन्ट लागेर मर्लास नी" मैले भनें।

 

"मरे नी स्वर्गै पुग्छु" उस्ले सजिलै भन्यो।

 

"मलाई के फाईदा भो तेरो घराँ तरुनी आएर?" भाको कुरा सोधें मैले नी।

 

"अब तैले भेट्या तरुनी तेरै हुने भै-- मेरो तर्फबाट खतरा भएन --अब यो भन्दा बढी के चाहियो तँलाई?" उस्ले निर्धक्क हाँसेर भन्यो।

 

"तँ का आएकी तरुनीको कथा चै के हो नी?" मैले सोधें।

 

"अघि बाउको साथी थ्यो घराँ छोरी लिएर।" बाङ्गेले सुनायो।

 

अनि तँलाई "लाउ बाबु यो मेरी छोरी भन्यो?" मैले तिर हर्दै भनें।

 

"त्यो नी भन्छ एक दिन, बरु तँ पनि सुटको नाप दिन गै राख जन्ति पनि यही धर्के सर्ट जिपर बिग्र्या पाईन्ट लार जाने हैन होला नी?" उस्ले तिर हेर्दै भन्यो।

 

"काँ बिग्रया View/Share this post only

 
Posted on 12-04-08 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तरुनीहरु त अस्ति मैले देख्या भन्दा झन राम्री भएछ्न। दुई चार दिन नदेखेर हो कि, पानी खोजिरा बेलाँ मोही भेटेर हो कुन्नी।

 

दीप पर्भो, शुरु देखि पढिरहेको भए पनि कमन्ट हाल्न पा थिन। रोचक छ पर्भो, अघि बढोस् अरु।  



 
Posted on 12-04-08 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तरुनीहरु त अस्ति मैले देख्या भन्दा झन राम्री भएछ्न। दुई चार दिन नदेखेर हो कि, पानी खोजिरा बेलाँ मोही भेटेर हो कुन्नी।

 

दीप पर्भो, शुरु देखि पढिरहेको भए पनि कमन्ट हाल्न पा थिन। रोचक छ पर्भो, अघि बढोस् अरु।  



 
Posted on 12-04-08 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kohi manchhe haru ta sachikai Bange hunchhan bhanya, mero pani life ma ek so-called very close and best sathi thiyo for about 7-8 years. mero harek kura thaha paunu usko rights ho bhane jasto garthyo, usko kaam ra kura bhane kehi bujhnai nasakine; kaha samma bhane usle America ma further study ko lagi apply gareko, admission payeko, visa apply gareko, visa mileko, air ticket lisakeko, shopping gari sakeko, etc. kehi thaha diyena malai, ani America udane bhanda dui din agadi ma kaha aayera  (aauna ta sadai aauthyo ni chiya padkauna ra kahile kahi bhat hasurna) 'la ma ta parsi bihana America ko lagi udadai chhu' bhanchha ba. Complete shock ni ma ta. Katha ko Bange bhanda pani bange ni tyo moro ta. Katha ko Bange ta kamsekam paisa kharcha garthyo ni keta haru ko lagi, uslai ta 75-80% times maile nai sponsor garnu parne, "la aaja ta paisa tir hai" bhanyo bhane ultai "ta mula paisa kamuachhas, ma kina tirne?" bhanera jawaf pharkautho.

la la je bhaye pani yespali kehi bhai halchha ki jasto chha somharu ko life ma. Sirak aru kasaile khosera laijane chance chhadaichha, tesaile ali bessari chyapera rakhau hai Deep pravo. Mutu ra relationship track ma aauna kati samaya lagyo pravo, sabai details ma lekhau hai.


 
Posted on 12-04-08 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kohi manchhe haru ta sachikai Bange hunchhan bhanya, mero pani life ma ek so-called very close and best sathi thiyo for about 7-8 years. mero harek kura thaha paunu usko rights ho bhane jasto garthyo, usko kaam ra kura bhane kehi bujhnai nasakine; kaha samma bhane usle America ma further study ko lagi apply gareko, admission payeko, visa apply gareko, visa mileko, air ticket lisakeko, shopping gari sakeko, etc. kehi thaha diyena malai, ani America udane bhanda dui din agadi ma kaha aayera  (aauna ta sadai aauthyo ni chiya padkauna ra kahile kahi bhat hasurna) 'la ma ta parsi bihana America ko lagi udadai chhu' bhanchha ba. Complete shock ni ma ta. Katha ko Bange bhanda pani bange ni tyo moro ta. Katha ko Bange ta kamsekam paisa kharcha garthyo ni keta haru ko lagi, uslai ta 75-80% times maile nai sponsor garnu parne, "la aaja ta paisa tir hai" bhanyo bhane ultai "ta mula paisa kamuachhas, ma kina tirne?" bhanera jawaf pharkautho.


 
Posted on 12-04-08 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 à¤¬à¤¾à¤™à¥à¤—ेले फेरी बङाइदिने भयो जस्तो छ दीपलाई  


 
Posted on 12-04-08 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 बाङ्गेले फेरी बङाइदिने भयो जस्तो छ दीपलाई  

"तरुनीहरुले सर्ट थर्केको देख्लान र तर्सेलान भन्ने डर भै सक्या थ्यो।"--- कसो आँत्तेर भागेनन दुइटै। अरु भन्दा नि बाङ्गेले मार्थ्यो। यो जाडोमा घामलाई पनि तर्साइस सिरकलाई पनि भनेर


 
Posted on 12-04-08 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahahahaha....

aru ni pelam deep jyu!!!

 
Posted on 12-04-08 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahahahaha....

aru ni pelam deep jyu!!!

 
Posted on 12-05-08 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तर भाको चैं खास, पाखाँ बस्या मनले खोला भेट्या थ्यो। ---


 
Posted on 12-05-08 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तर भाको चैं खास, पाखाँ बस्या मनले खोला भेट्या थ्यो। ---

खोला भेट्यो तर बगार लाने चै हो कि बगराँ पछार्ने हो चै बुझ्न बाँकि नै थ्यो। बगार नै लाने भए पनि ढुक्क भै हाल्ने स्थिती कहाँ हुन्थ्यो ? पौडीन पनि जानीराख्नु पर्थ्यो। खोलालाई बगीदिए पुग्यो, तमासा हेलिनेको हुन्थ्यो, हुँदा खेरी।

निशिन्ताका अधरमा पहिलेनै मुस्कानका फुलहरु झपक्कै फुलेका थिए। बाङ्गे माथि पुस्पबृष्टी गर्दै केही लजाएझैं गरी बाङ्गेको नजिकै गएर उभिई। निमेष भरको लागि बाङ्गे बिचलित देखियो। यता सिरक तरुनी चै मेरै नजिक थिई। उस्को रन्को बढ्दो थ्यो, अनि चै नौनी बन्दो थिएँ। कसैले एक शब्द बोलेको थिएन। त्यसको चाप मलाई परेको थ्यो। के गर्ने?, के बोल्ने?, को सँग बोल्नेके सोध्ने? कस्लाई सोध्नेजस्ता प्रश्नहरुले मलाई बौधमा भिडियो हेर्न जाँदा मान्छेले तान्या जसरी तान्दा थिए।

त्यो नि:शब्द परीस्थीती सुल्झाउने ठेक्का मैले लेको छु जस्तो लागेछ खै किन हो मलाई त्यति बेला। त्यै चापको अन्यौलमा अकस्मात मैले सिरक तरुनी तिर हेरेर अलि ठुलै स्वरमा भन्दीएछु, "नारायन तत्सत! के गर्ने हो के अब?" मेरो त्यस्तो अप्रत्यासित सोधाईले सबै झस्किए पहिला त। सबै भन्दा धेरै त्यै सिरक तरुनी झस्किई नी। मेरो छेउमै थिई, अनि मैले भन्या पनि उसैलाई हेरेर थिएँ। दुईटै तरुनीहरुको अधरबाट मुस्कानले कुलेलम ठोकीसक्या थ्यो।

अनि तत्कालै बाङ्गेको निर्बाध हाँसो गुन्जियो। अघि झस्किएका तरुनीहरु निमेष भरको अन्यौल पछी फेरी मस्किए। अनि बल्ल नी बौराएँ।

बाङ्गेले निशिन्ता तिर हेर्दै भन्यो "पर्खिदा पर्खिदा --" उस्ले अरु केही थप्नु अघि नै निशिन्ताले मुस्कान थाती नै राखेर भनी "छिटो आए पछि पर्खिनु पर्छ नी" चै अझै गुन्दै थिएँ, हैन यो सपना हो कि बिपना हो--बाङ्या बल्छीमा त्यस्ती राम्री तरुनी पर्या छे--फेरी आफ्नै छेउ की  सिरक तरुनी उत्पात राम्री लाग्न थाल्यो। सोचें "कतै अघिको चुरोटाँ बाङ्गेले भाङ् धतुरो हालेर दिएन?" नशाले छोडे पछी एक हुल मान्छेले ठ्ट्टा गर्दै आफुलाई घेरीरा देखियो भने बर्बादै हुन्छ नी।

"यही हो मेरो साथी दीप" बाङ्गेले पहिला मेरो परिचय गरायो निशिन्ता सँग। मुस्कानका केही फुलहरु उस्ले तिर पनि हुर्याई अनि भनी "चिन्या "

"चिन्या रे?" बाङ्गेले निशिन्ता तिर हेर्दै सोध्यो। नी अलमलिएँ।

"अस्ति घराँ हैन? सप्पै हाम्रो सोफा खुँदेर --" उस्ले भनी।

निशिन्ता तिर देखाएर बाङ्गेले हाँस्दै सोध्यो मलाई "तैले चिन्या छस हैन?"

मैले पनि पाको बेलाँ भनेर " चिने देखि बिर्सिनै सक्या छैन?" भन्दें।

बाताबरणमा हाँसो मिसिएर मनमोहक भो।

सिरक तरुनी तिर हेर्दै अनि बाङ्गेले मलाई भन्यो अब उता चै आफै परीचय गर।

परीचय भैसकेकै हो तै पनि सिरक तरुनी तिर हेर्दै मैले भनें " दीप"

"मैले कैले होईन भने?" उस्ले सिधै तिर हेरेर भनी।

सोधाई पछि उस्ले आफ्नो अधरमा खिँचेर राख्या मादक बाणलाई नजर धनुषमा चढाई अनि मेरो मुटु ताकेर छोड्या हुनु पर्छ, धसाई मुटुमै। खुत्रुक्कै भएँ नी।

साँझले आफ्नो उपस्थितीको आभाष दिंदो थियो। हामी बालुबाटार तिर हान्निदै थिएम। ठिटीहरुलाई घर पुर्याएर मोटरसाईकल लिन फर्केर आउनु पर्ने कुरा मैले बुझिसकेको थिएँ।

निशिन्ता बाङ्गे हामी (भन्या सिरक ) भन्दा दुई कदम अगाडी हिन्दै थिए। उनीहरुको बेग्लै गुनगुन थियो।

"टीसीमा पढ्ने रे हो?" सिरक तरुनीले मलाई बाटामा सोधी।

"भर्ना चै भा हो, पढ्ने चै अन्तै" भाको कुरा भन्दें।

"किन?" उस्ले सोधी "पढ्ने चैं काँ नी?"

"त्यस्को ठेगान छैन, यी आज पनि अहिले भगबतीबालमा जानु पर्ने थ्यो पढ्न यता आएँ--उता अरु साथीहरु पढ्दै छन, शनिबार ब्यान पशपती तिर पढ्न जान्छु, मंगलबार बेलुका चाबेल गणेशथान तिर हुन्छ पढाई, अरु दिनहरुको पनि कैले कता कैले कता हुन्छ यस्तै --बिजोग नी" भनें।

उस्ले अरु एक दुईटा अरु कुराहरु सोधी। आफुलाई पनि निक्कै कुरा सोध्न मन थ्यो तर यसो यता उताका सामान्य कुराहरु बाहेक अरु सोधीन।

अलि अघि बढे पछी, बाङ्गे निशिन्ता रोकिए। हामी सँगै भए पछी निशिन्ताले बाङ्गे मलाई फर्किन भनी। बाङ्गेले घरै सम्म पुर्याएर फर्किम्ला नी भन्या उस्ले मानीन। उनीहरुको घर त्यसो त्यहाँबाट नजिकै थ्यो। दीदी बहीनीको घर संग संगै रे।

बाङ्गे रोकियो, चै अघि बढें। निशिन्ताले तिर हेर्दै सोधी "कता नी?"

"अब मलाई फर्किनु भन्या छैन, पुर्याएर आउँछु" मैले सिरक तिर हेर्दै भनें।

"पर्या छैन" निशिन्ताले नै भनी।

उनीहरु गएको हामीले हेरी रहेम। उनीहरुले जति चोटी फर्केर हेर्दा पनि उनीहरुलाई हाम्ले निरास गरेनम। .....


 
Posted on 12-05-08 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>सोधाई पछि उस्ले आफ्नो अधरमा खिँचेर राख्या मादक बाणलाई नजर धनुषमा चढाई अनि मेरो मुटु ताकेर छोड्या हुनु पर्छ, धसाई मुटुमै। खुत्रुक्कै भएँ नी।<<

दिप ब्रो को भाग्य खुलेकै हो त - केटी भेटाएकै हो त -
हैन अहिके सम्मा दिप ले त्यो सिरक तरुनी को नाम किन नसोधेको मैले बुझ्न सकिन -
साथी भन्या त बाङ्गे जस्तो पो त हुनु पर्छ - साथी को समेत भलो गरिदियो, बाङ्गे महाराज कि जय है न त दीप ब्रो।


 
Posted on 12-05-08 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>सोधाई पछि उस्ले आफ्नो अधरमा खिँचेर राख्या मादक बाणलाई नजर धनुषमा चढाई अनि मेरो मुटु ताकेर छोड्या हुनु पर्छ, धसाई मुटुमै। खुत्रुक्कै भएँ नी।<<

दिप ब्रो को भाग्य खुलेकै हो त - केटी भेटाएकै हो त -
हैन अहिके सम्मा दिप ले त्यो सिरक तरुनी को नाम किन नसोधेको मैले बुझ्न सकिन -
साथी भन्या त बाङ्गे जस्तो पो त हुनु पर्छ - साथी को समेत भलो गरिदियो, बाङ्गे महाराज कि जय है न त दीप ब्रो।


 
Posted on 12-05-08 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै दिन देखी पढि रा थें तर कमेन्ट गर्न चैं भ्या थिन। as usual धेरै राम्रो छ। झन यही frequency मा आयो भने त सुन मा सुगन्ध भयो।

 
Posted on 12-05-08 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै दिन देखी पढि रा थें तर कमेन्ट गर्न चैं भ्या थिन। as usual धेरै राम्रो छ। झन यही frequency मा आयो भने त सुन मा सुगन्ध भयो।

 
Posted on 12-05-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

 

हैन कति छोटो ? ए!!! छोटो त हैन र'छ । ६७३ शब्द - भन्या लामै हो, तर मनको बेगसँगै बग्ने कथा भ'र होला, एकै सासाँ पढ्न सिध्या झै भो, धन्य प्रभो । अरु भाग पनि थप्पिदै जाओस, प्रभुको जय होस ।

 

"उनीहरुले जति चोटी फर्केर हेर्दा पनि उनीहरुलाई हाम्ले निरास गरेनम। ....." -> ह्याँनेर मनाँ खेल्ने भावनाहरुको बयान जाओस है अर्को पल्ट ।


 
Posted on 12-05-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-05-08 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो गजबै भएछ प्रभो एस्पाली चै बाङे ले सही काम गरेछ,मिलाई छाडेछ। तरुनी हरु सँग को भेट मा त आँफै त्याहा पुगे जस्तो लाग्यो बाङे सँग । लौ दिप ब्रो को ठाममा म बसे है यो भाग देखी चै।

सोचें "कतै अघिको चुरोटाँ बाङ्गेले भाङ् धतुरो हालेर त दिएन?" नशाले छोडे पछी एक हुल मान्छेले ठ्ट्टा गर्दै आफुलाई घेरीरा देखियो भने त बर्बादै हुन्छ नी।

जय सम्भो अली कम भो।


 
Posted on 12-05-08 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'सोधाई पछि उस्ले आफ्नो अधरमा खिँचेर राख्या मादक बाणलाई नजर धनुषमा चढाई अनि मेरो मुटु ताकेर छोड्या हुनु पर्छ, धसाई मुटुमै। खुत्रुक्कै भएँ नी।'
प्रभु, यो स्वोस्थानिको रश्लीला हो कि महाभारतको ? तर जे भये पनि त्यहा लाग्या बाण यहाँ सम्म सुन्या जस्तो भो । एस्तो पो बर्णन । माने प्रभु माने । 

 
Posted on 12-05-08 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'सोधाई पछि उस्ले आफ्नो अधरमा खिँचेर राख्या मादक बाणलाई नजर धनुषमा चढाई अनि मेरो मुटु ताकेर छोड्या हुनु पर्छ, धसाई मुटुमै। खुत्रुक्कै भएँ नी।'
प्रभु, यो स्वोस्थानिको रश्लीला हो कि महाभारतको ? तर जे भये पनि त्यहा लाग्या बाण यहाँ सम्म सुन्या जस्तो भो । एस्तो पो बर्णन । माने प्रभु माने । 

 
Posted on 12-05-08 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la la wastai nagari nirash huna dina pani ta bhayena ni thiti haru lai. gajab ko chha, yespali ta romantic and exciting scene halera Deep bro le katha ma, wow wow....... ani tyespachhi ke bhayo?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
सालीको चाक
TPS for Nepal likely to extend next week
I hope all the fake Nepali refugee get deported
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Embassy of Nepal might be able to help extend TPS for Nepal
TPS for Venezuela is terminated, only 60 days extension for transition period
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
ICE kidnapping people off the streets over op eds
Democrat lies revealed
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
Trump admin revokes 18 months TPS extension for Venezuelans
नेपालको TPS र USAID यसकारण बन्द हुन जरुरि छ
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
What is the purpose of an F1 student visa in the U.S.?
Why some Nepali people pull each other's legs???
TPS
#MAGA#FAFO is delicious
Good News for Nepalese TPS Holders!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters