[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६२~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 273687 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 07-09-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६२


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी - भाग ६२ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 62 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँ दाइको ब्लग
. चौतारी ताररम्पम अन्तरबार्तामा राहुल दाई अनि मिसको सान्दार अन्तरबार्ता, अरु अन्तरबार्ता आउने क्रममा
. पून्टे दाई एलाईन्स फर डेमोक्र्यासी एन्ड ह्युमन राइट्स इन नेपालको अध्यक्ष पदमा अत्याधिक बहुमतले बिजयी, चौतारीमा बिजय जुलुस


माछाको सुकुटि बनाउने र पकाउने तरिका :) -जिम्माल बा

सुकुटि बनाउने तरिका:

चौतारीको पहिलाको अंकमा भने जस्तै गरेर साना साना माछाको सुकुटि पनि बनाउन सकिन्छ। त्यसको लागि बिशेष किसिमले माछा काटेर ठिक पार्नु पर्दछ।

१)सानो साइजको टिलापिया, रहु(कार्प फ्यामिलिको माछा) वा क्याटफिस ल्याउने। सानो है सानो, नत्र मजा हुँदैन।
२)तपाइँको शहरमा बंगालि स्टोर छ भने पहिले नै सुकेको माछा ल्याउने र नम्बर ३ देखि नम्बर १४ सम्म नपढ्ने।
३)पुछ्छर र बाहिर निस्केका सबै अंगहरु काटेर फाल्ने।
४)माछालाई चपिङ बोर्डमा राख्ने।
५)मजाले पेपर टावलले पुछ्ने नत्र चक्कु चिप्लिएर माछाको सट्टा आफ्नै औँलाको सुकुटि बनाउनु पर्ने स्थिति आउन सक्छ।
६)माछाको पेट पटि बाट माछालाई लम्बाइ तर्फ पुछ्छर सम्म चिर्ने।
७)माछाको पेट पट्टि बाट माछालाई लम्बाई तर्फ मुख सम्म चिर्ने।
८)माछाको कान झिकेर फाल्ने।
९)मन पर्नेले टाउको राख्ने मन नपराउनेले टाउको काटेर फाल्ने।
१०)टाउको मन नपाराउनेले नम्बर ७ लाइ बिर्सने किनभने टाउको फाल्दा कान पनि संगै जान्छ।
११)अब माछालाई अलिकता फट्टयाएर चपिङ बोर्डमा हल्का थिच्ने (जोड लाउनु हुँदैन नत्र माछा कच्याक कुचुक हुन्छ।
१२)माछा ठुलो छ भने माछालाई माछाको काँडाकै समानान्तर हुनेगरि धारिलो चक्कुले चिर्ने र माछाको ढाडमा पुगेर छाड्ने। चित्र नं-२।
१३)चपस्टिक ले प्रत्येक पिस गाभिने गरेर घोच्ने। यसैगरि सबै माछालाई चपस्टिकको सिल मा उन्ने।
१४)पहिलाको साझामा मासुको सुकुटि बनाउने तरिका जस्तै गरेर सुकुटि बनाउने।

सुकुटि पकाउने तरिका:

१)माछाको सुकुटि (३ मुठि जति) एउटा भाँडामा राख्ने।
२) औँलाको सहायताले साना साना टुक्रा बनाउँदै चुँड्ने।
३) कराहिमा तोरिको तेल तताउने।
४) माछाको सुकुटि हाल्ने र अलिकता नुन छर्कने।
५) एकछिन चलाउने।
६) खैरो खैरो भएपछि र हल्का पाकेको मिठो गन्ध आएपछि तुरन्तै झिक्ने। ढिलो गर्नु हुँदैन नत्र माछा डढ्छ।
७) अदुवा (१ इन्च) र लसुन (५-६ पोटि) लाम्चो लाम्चो गरेर काट्ने।
८) हरियो खुर्सानि (थाइ) ४-५ वटा पनि चिर्ने।
९) एक पाउन्ड जति गोलभेँडा काट्ने।
१०)जिरा, धनिया, बेसार र मरिचको धुलोलाई अलिकता पानी हालेर पेस्ट बनाउने र त्यो पेस्टमा ५-६ वटा ल्वाङका टुक्राहरु हाल्ने।
११) कराहिमा तोरिको तेल तताउने।
१२) अदुवा, लसुन र हरियो खुर्सानि हाल्ने, एकछिन पछि मसलाको पेस्ट पनि हाल्ने र भुट्ने।
१३) नुन हाल्ने।
१४) गोलभेँडा पनि हाल्ने र मजाले चलाउँदै भुट्ने।
१५) गोलभेँडा गलेपछि माछा हाल्ने र एकछिन चलाउने।
१६) अलिकता पानि हाल्ने र केहि बेर पकाउने।
१७)पानि सुकेर सबै ग्रेभि माछामा टाँसिन थालेपछि झिक्ने।
१८) स्वादिलो माछाको सुकुटि संगै तिनपाने चुरुप्प पार्ने।



 
Posted on 07-15-07 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

च‌ौतारी कान्ला मयनी पुगिसकेछ, कोई नि देखीन्नन त!
 
Posted on 07-15-07 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

poonte jee,
reinstalling windows may help
 
Posted on 07-15-07 10:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्ते दाई लाई त फिल्म म निक्कै चाख र च् हौ। फिल्म दीतेल डेस्कटप मै राख्नुभा र छ त। के के दीतेल हो हम्लाई पनि सुटुक्क भन्या देखी हुन्थ्यो क्यारे।
 
Posted on 07-15-07 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टेदाइ, अनि त्यो डेस्कटपको Banjul भन्ने फोल्डर चैं Gambia को राजधानी बान्जुल हो?

हरि, सानिमा, रिठ्ठे के गर्दै हो? मलाइ त सुतान दिन मोन लाग्यो अब!
 
Posted on 07-16-07 7:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

heylu guyssssssssssssssssssssssssssss
 
Posted on 07-16-07 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु! के छ ताअाअाअाअ?
ठुली एक्लै ? चिया खायौ त?
शुक्रबारे साँझको ह्याङ् ओभर सोमबारे बिहान सम्म छ जस्तो लाग्यो। सुस्त सुस्त छ, चौतारिको आवा हावा।
 
Posted on 07-16-07 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फूलै फूल मात्र पनि हैन रहिछ जीवन
काँडा बीच फुल्ने फूल रहिछ जीवन

सोमबारे जदौ यो बिर्खे माइलाको
 
Posted on 07-16-07 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काँडा बीच फुल्ने फूल रहिछ जीवन
wowwwwwwwwwww chiplu u r absolutely right
 
Posted on 07-16-07 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली, ठुल्दाइ, चिप्ले नमस्ते अरें है!

के हुदैछ?
 
Posted on 07-16-07 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आ म्मै
 
Posted on 07-16-07 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्या… कता हिंडेको कता आ ईचुम के रे…आर्कै गाम पो परे जस्तो छ लु मार्यो…एसो हेर्दा त किसिम् रमाइलो होला जस्तो छ है यो गाम्…बरु उ त्यता निक्कै मुन्छे को हल्लखल्ल छ नि…के रच बिचार गर्नु परो

आ म्मै गाँठे यो बर् को चौतारीयाँ कत्ती बिधी मुन्छे…चौतारीयाँ सप्पै गाम्ले बसेर बात् मार्न लाइचन्…।बरु म लाई नि बसुम बसुम पो लाएर आओ हो… एकातिर डिलाँ पिध अड्याउने ठाउँ खोज्नु परो म पनि… (मन मनै: बरु गाम्ले ले को आयो यो हेर्दै फटाहा जस्तो छ भनी लखेट्ने पो हुन कि…पैलो पल्टो आको एसो गिफ्ट पिर्जेन्ट ल्याम्न पो पर्थो कि…केइ ल्या हैन आफुले…।हुनता रेड लेबलाँ तितौरा चोपेर खानी बानी पर्या छ रे यो गाम का गाम्ले को बन्थे…कहा साध्ये हुन्थ्यो र…)

आ…भन्चु है म ता जे पर्ला टर्ला चौतारि अघिल्तिर यहि चौराँ पलेटि कसेर बसि दिन्चु जे सुकै गरुन्…

जदौ है गाम्ले हो कुन् गाम् परो कुन्नि बाटो बिरार आ इयो के रे…राम्रै भच झै मान्या छु मुइले त

आफु त परियो अन्तरे लप्पन् छप्पन् जानिन्न…अब बसेसि उठिन्न जे गर्छौ गर लौ गाम्ले हो बरु रेड् लेबल् र तितौरा पछि ल्याइ दिम् ला के रे

 
Posted on 07-16-07 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्मै ... अन्तरै आइसकेछ । कताट आइस अन्तरे । म बाटोको राउरो सअ मेलो नपार पाउनु दुख पाए के रे ।पल्लोगामको मुन्छेआओ नभने गाम्ले हो। बिछ्ट्टराउरो देखेरआइछुके ।
 
Posted on 07-16-07 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरी बाँदर के छ? राहुल दा दर्शन
अन्तरे हजुर लाई स्वगर छ चौतारी मा
 
Posted on 07-16-07 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लप्पन् छप्पन् bhaneko ke ho taaaaaaaaaaaaaaaaaaaaaa?
 
Posted on 07-16-07 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहुर!!!!!!!!!!!!
आकाशे र अन्तरेलाइ नि स्वागत छ चौतारीमा
 
Posted on 07-16-07 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु !
लौ चिने चिने जस्तो लाग्यो है अन्तरे,होइन कतै पल्लो गाम को जन्तरे? तारेमाम्।
नया भए नया तारेमाम्, पुरानै भए पुरानै,
के साह्रो हल्ला हो यति धेरै आज एका बिहानै?
 
Posted on 07-16-07 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठुलि हो नाकैमा फूली
ए ठुलि हो नाकैमा फूली
हेलिकप्टर चढेर तिर्सुली

सोमबारे जदौ! यो बिर्खै माइलाको!!

यो सप्ताहन्तमा चौतारी गामका गाम्ले एउ दुई जनाले फुन अरेओ बेला कुरो अर्न पाइएन मेरो आफ्नै पराबिधिक कारनले अर्दा चाइन्जो चित्त नदुखाम है! :)

लु हन के बिधि उरन्ठेउलाहरु जम्मा भएछन गाँठे चौतारिमा! लु रमैलो हुने भओ!
रिट्ठे, आकाशे, अन्तरे सपैलाई स्वागत छ!
 
Posted on 07-16-07 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दा मेरो नाक मi फुली छैन। यो आउने भाईटिका मi एउटा फुली गिफ्ट दिने हो
लु कुरा गर्दा गर्दै दर्शन नि गर्न बिर्सें छु। ल हजुर दर्शन गरेर बिर्खे दा
 
Posted on 07-16-07 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सप्पै ले स्वागत गरे बाबै म ता तेतिक्कै पो डरै रा रैछु लौ राम्रै भो।।।
स्वगत् गर्नि जत्ति सप्पै गाम्ले लाइ धान् को भात् है त अनि ठुल्दाइ जन्तरे हैन अन्तरे नै हुम् म ता येता नयाँ ओक्र तिर को

अनि जिम्माल् बा उरन्ठेउला त आकासे र रिट्ठे अरु होलान् है आफु त परियो अन्तरे लप्पन् छप्पन् जानिन्न

पी येस्: अनि ठुली लप्पन् छप्पन् भन्या चै ह्यान्कि प्यान्कि भन्नि हो क्यारे भन्छु म ता

 
Posted on 07-16-07 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुलि!

हेरि कुरो के भनेनि चाइन्जो, आउने भाइटिकाँ एउडा मात्तै हैन गाँठे दिएसि गोडा तिन चारेक फुलि नै दिन्थेँ नि, तर क्यार्नु; हेरि यो अउँरिकाको ठाम, तो फुलि नाकै मा लाम्ने भा' पो दिनु, मुन्छे नि थरि थरिका हुन्छन, कोइ आँखिभौँ मा लाम्छन, कोइ ओठै चाइन्जो छेडेर फुलि छिराम्छन, कोइ भुँडि प्वाल पारेर लाम्छन, अझ भन्नै मिल्दैन जता पायो तेतै लगाम्छन्! हेरि तिमि चाइने दाहिने नाकमा टिलिक्क टल्का'र फुलि लाम्ने हो बने लु यो भाइटिकाँ यो बुडोले फुलि हालिदिने भओ! :)

ए रात्तै अन्तरे! भनेसि तिमि लप्पन छप्पन नजान्ने सोजो मुन्छे परेउ? कतै हाउँरो कुम्ले जस्तो सोझो त हैनौ? हेर्दा त सिधा नै देखिन्छौ के रे। सुकिलो कमिज सुरुवाल लाएछौ। ओहो इस्टकोट नि मजाको रेछ, लु सकिएन तो गोल्सटारे जुत्ता नि भिरेछौ गाँठे!तिम्लाई त कता देख्या देख्या अस्तो लाओ! तो परार हल्हलेमा रोदिमा जोर मादल ठोकेर सुन्तलि फकाउने तिमि त परेनौ कतै?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
#MAGA#FAFO is delicious
What is the purpose of an F1 student visa in the U.S.?
Measles vax deaths vs measles death in USA
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Don’t Just Read—Join the Conversation
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Nepal TPS
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA?
Freedom of speech is dead in USA
Nepal TPS decision
Whatever happening in airport are illegal and should stop ? What are these immigration lawyers doing ?
Who is the real enemy?
Travelling to Nepal with expiration less than 6 months
Homeowner Charged renting to illegal migrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters