[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६५~~

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 231300 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 07-30-07 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६५


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६५ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 65 editions.

Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइकोब्लग
- कफी विथ कुम्ले कार्यक्रम दोस्रो भागमा ठूली, तितौरी र सान्नानीको अन्तर्वार्ता, अरू आउने क्रममा
- क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित
- चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
- भउतेद्वारा सुध्रिने घोषणा, हरेकको जिस्काई/थर्काईका बाबजुद सुध्रिछाड्ने प्रतिबद्धता



ठुल्दाइको कविता/सविता/रमिता

यो माया पाप हो भने,
*******************

यो माया पाप हो भने,
तिमी अग्नि भएर उठ
म त्यही तापमा जलिदिन्छु।
यो माया श्राप हो भने
तिमी बानी भएर जाग
म चुपचाप सहिदिन्छु।
यदि यो माया पाप होइन भने
यो माया श्राप होइन भने
कुनै करकाप होइन भने
आउ निस्पाप अंगालो लिएर,
चोखो म्वाइ मा बांधिएर
जन्म जन्मान्तर् सम्म
एक अर्कामै सम्माहित् भएर
तिमी खाली सिउंदो फर्काएर
म मायाको छाप भर्दिने छु
मायाको अमर मिलाप लेखिदिने छु।




 
Posted on 08-02-07 8:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार है ठुली, पूण्टेदाइ र बाँकी पछि आउने सप्पैलाइ!

पूण्टेदाइ आज त दिनभरी चौतारी तिरै त होला नि, ल ल नयाँ कथा-कुथुङ्ग्री सुन्न पाईने भो!
 
Posted on 08-02-07 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरी नामअस्ते गरेहै मैले नि।
 
Posted on 08-02-07 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-02-07 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो राति किन छल्न आओ भन्या त गाम्ले पातकिहरु मिलेर काट्नु कुरा काटेछन अर्नु गालि गरेछन्!
 
Posted on 08-02-07 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु।
के छ ताअाअाअा?
ठुली, हरी, पूण्टे दा चिया खानौ भो?
हिजो रात भरी मुखामुख, मुक्का मुक्क त सुनेको थिएं। अरु नै बाहिरका अल्लारे, झारे पारे हरु होला भन्थानेको थिएं। आफनै गाम्लेहरु रैछ । त्यो नि सुध्रेको भउते, पात्तेको पूण्टे दा, मातेको बिर्खे दाइ, लातेको गोतामे, आनि रातेको हरि।
राम् राम् कस्तो कस्तो बोलिबचन।
 
Posted on 08-02-07 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste hai jimmal baa thuli hari rahulda ra pachhi aauen sappailai
lau na ni raat bhar sapanaa ke ke jati aavaj sunekim chautariya gali garagar bhalirarecha .!!
ani jimmal ba haurko gaali garna ajhai napugya jasto cha ni . kina risairanu bha:):)
 
Posted on 08-02-07 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अलि राउँरो सँअ पडुम त माष्टरनी नानि, गालि नि कस्तो कस्तो जान्या हुन??? पड्यो भने ए रात्तै साँचै लाउछ कि सराप भने अस्तो हुने!
 
Posted on 08-02-07 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

birkhe da, raahul da, miss darsan
 
Posted on 08-02-07 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बहुत दिनके बाद हामीले पनि एक्टा कविता लिखेछु। त सुनिहाल्नुस्, हाम्रो कविताके शिर्षक छ-

"मदनवा बिग्रियो!"

देहातमा त सोझै थ्यो' '1' जस्तो
चौतारीमा आउनासाथ बांगेर '२' भयो
अहिले त बटारिएर '५' भएछ
मदनवा बिग्रियो! मदनवा बिग्रियो!

सिगरेट-दारु कहाँ हूजूर!
पान-सुपाडी तक छुन्नथ्यो
अब त 'दारु नहीं तो नींद नहीं' भन्छ
सूर्य अस्त नेपाल मस्त! मदनवा बिग्रियो!!

आउँदा सम्म शादी-शुदा छु भन्थ्यो
बूढीको फोटो हेल्थ पोष्टमा टाँस्थ्यो
'शादी करे छैन, लरकी खोजेछु' भन्छ अब त
हेल्थपोष्टमा ऐशोर्या टाँस्यो! मदनवा बिग्रियो!!

अगाडी केटी देख्यो कि खें खें खें गर्छ
हेल्थपोष्टको औषधि सब केटीलाई बाँड्छ
निशेले 'कालो पदार्थ' धेरै खुवाए जस्तो छ
मदनवा बिग्रियो! मदनवा बिग्रियो!!

बिहे ग-यो, कुम्ले सप्रियो
बिहेइ नगरी भउते सप्रियो
हाम्रो मदनवा कसरी बिग्रियो?!
मदनवा बिग्रियो! मदनवा बिग्रियो!!

धन्नवाद!!!!

खें खें खें खें खें खें खें खें खें खें खें खें खें खें खें खें खें खें खें खें खें खें खें खें!!!!!!!!!


 
Posted on 08-02-07 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खें खें खें खें खें खें खें खें खें खें खें खें खें खें खें खें खें खें खें gotame daa
 
Posted on 08-02-07 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुध्रेको भउते, पात्तेको पूण्टे दा, मातेको बिर्खे दाइ, लातेको गोतामे, रातेको हरि, तातेको ठुल्दाइ लगायत सपैलाइ जदौ ।

मलाइ छोडि मेरो छायाँ कतै भागेछ
तिमीसम्म आइपुग्दा साँझै परेछ ।

म त यो गीत सुन्दैछु के रे । गाम्लेहरु क्यार्दै हो नि ??
 
Posted on 08-02-07 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खें खें खें खें खें खें खें खें खें खें खें खें खें खें खें खें खें खें खें ठूली!
 
Posted on 08-02-07 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
दर्शन अरे है गौतम बाउ!! अब त गौतम बाउ पनि ? राम राम राम !! मदन भइया त्यस्तो ?
जिम्माल बा लाग्ददैन क्यार्न लाग्ला र?
ठुलिलाई दर्शन फर्काए है मुइले नि
 
Posted on 08-02-07 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार मेरो पनि सबै महिला तथा सज्जन ब्रिन्दहरु लाई
 
Posted on 08-02-07 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई नमस्ते गरेँ है।
हिजो त के सारो झगडा भएछ हौ !

रात भरी सपना नि अनेक अनेक देखेर। घरी कस्को खप्पर फोरेको देख्याछ, घरी कसलाई स्याउलाले छोपेर पुत्ताको देख्या छ धुत् ।

रउसी खान छोड्छु भन्नु र सुध्रन्छु भन्नु उस्तै उस्तै रे'छ। भोलि देखि छोड्छु भन्यो, भोलि देखि सुध्रन्छु भन्यो, फेरि दौँतरी भेटेपछि उस्तै।

ठिकै छ, अब देखि रउसी नि खान्न, अनि बिग्रदा नि बिग्रन्न।


 
Posted on 08-02-07 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन नि रिठ्ठे ra चनाजीलाई देखिनछु थक्क लाओ बाबै दर्शन अरे है चनाजी रिठ्ठेjee hajurhurlai ni
 
Posted on 08-02-07 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

feri bhaute babu aamnu bhe chha !! hajur bhaute jee darshan takraye ( manmnai darshan arda ardai jane bho byanbharee)
 
Posted on 08-02-07 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमि बिगडे छेन।

गोत्मे दाजू भन्छ, आजकल हमि बिगडे छु
जैसन छु ठिके छु, कसको के उखाडे छु?
गोविन्दा जैसन डानस कर्छु, नम्बर वन जहिले छु
दो और पाँचके चक्करवामे, हमि बाङ्गो कहिले छु?

सिकरेट हमि फुँके छेन, दारु वारु त ओषधि हो
पान सुपाडि परसादि छ, खाना पचाउने बिधि हो
के करने हुजुर निँद चुराइलियो, बनवारिके बेटिने
हमि सला जे करे नि, राम्रो इमेजवा मेटिने????

चोरातिके लरकालोग सब्, सुध्रे जस्तो दिखाउने
हाथिके दो दाँत हुन्छ, चबाउने और दिखाउने
खेँ खेँ खेँ हमि करेछु, हँसने बानि रामरो हो
चाहे जोलाई ओषधि दुँ ,हलेथपोस्ट्वा हाम्रो हो

हमि भि थाहा पाएछु, कुमलवा कति सुधरे छ
भउते भैया सुधरनेको, यो लाइफे सला थोरे छ
निसान्त भैया दिए छेन, हमको केहि काला चिज
गोत्मे दाजु छरेर गियो, गावँमा हम्रो दुखके बिज

जे राम जि कि।
 
Posted on 08-02-07 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामे दा नि के कम हुनुन्थ्यो नि। यो मोराहरुले मेरो गोतामे दा लै धरै हेपेको थियो नि लौ देख्यो मोराहरु बल्ल फेला पर्यो गोतमे दा। खे खे खे खे खे गोतामे दा
रित्थे, भाउते जि, चना दा, सबैलाइ सन्चै होला क्यारे। उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ् मेरो प्यारो मदन्वा लाइ त झन्दै बिर्सेको। खित खित खित
 
Posted on 08-02-07 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह् वाह् वाह्!
गोतामे गुरु शेर त मदनवा सवा शेर
एउटा लार्की पताइ लिनुस्, नत्र हुन्छ देर।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Nepal TPS decision
ICE kidnapping people off the streets over op eds
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS to F1 Status.
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
#MAGA#FAFO is delicious
Any input on remote jobs(IT related or Sales or Marketing)?
Don’t Just Read—Join the Conversation
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters