[Show all top banners]

हेत्तेरिका!!
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६४~~

[Please view other pages to see the rest of the postings. Total posts: 704]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE



पुनश्च: यो चौतारी बनाउदा श्री चित्रेको सहयोगको लागी आभारी छु, कृपया आशिर्बाद दिदा नभुल्नुहोला!!

[VIEWED 200436 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
हेत्तेरिका!!
Posted on 07-24-07 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६४

चौतारी-६४

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६४ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 64
editions.


Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइको ब्लग
- कफी विथ कुम्ले कार्यक्रम अन्तर्गत जिम्माल बा, निसान्त र मदनवाको अन्तर्वाता, अरू आउने क्रममा
- क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित
- चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु


दीप ज्योको कविता

आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क
सोमबार आउँछ नारेर जान्छ
मङ्गलले त झन जोतेरै मार्छ
बुध आउँछ झिनो आश पलाउँछ
तलबि बिहिबार मात्रै आफ्नो लाग्छ
शुक्रबार आउँदा हतार हतार हुन्छ
हेर्यो शनिबार त बाटो लाग्दै हुन्छ
आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क



 
Posted on 07-28-07 4:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भ्याउते भ्याउते भ्याउते भ्याउते
भ्याउते भ्याउते भ्याउते भ्याउते!!!!

लु ज्जा त!


तिरू, त्यो भ्याउतेलाइ तितौरा नदेऊ है! हामी मात्र बाँडेर खाने ल?
 
Posted on 07-28-07 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-28-07 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-28-07 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भ्याउते हो कि पून्टेदाइ हो?
 
Posted on 07-28-07 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नाम बाट दिन भरि कसले पोस्ट गरेर बसेछ !

चित्रे-जी, तिरा-जी नमस्ते !
 
Posted on 07-28-07 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रुवाई हेर्दा भ्यागुते जस्तो छ, खप्पर हेर्दा म जस्तो! मेरो कपाल चोर्छु भन्दा छाला समेत उँखेल्यो कि के हो बज्जेले?

अब त बोउसी उत्रे उत्रेऽऽऽऽऽऽऽऽऽ जस्तो छ!

बोउसी उतार्न तिरु ढ्याउसी नै चाहिने र'च?
 
Posted on 07-28-07 5:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे-दाजी, नमस्ते !
 
Posted on 07-28-07 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो त बोउसि सोउसी होईन, मेरो कम्पुटरलाई ला'को भाईरस बज्जेलाई नि लाएछ। जति उम्काइनि, छिनलाई उम्के जस्तो हुनि, अनि फिरि फर्केर आम्नि।

झाँक्री साँक्री होईन, तिरु फिरु नि होईन, चित्रे लाईदिम के रे! मेरो कम्पुटरलाई उसैले निको पारेको। ल, चित्रे, ठोक्दिम बज्जेलाई! कुने बेला लात ठोकेर स्वाहा भन्न परो भुने चईं थाहा पाम्। चाकाँ लात ठोकेर भाईरस मुखाऽट ओकल्नि अरेर बजाईदिन्छम्!
 
Posted on 07-28-07 6:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल पून्टेदाइ! यो भौतेलाइ भाइरस नै लागेको जस्तो छ।ट्याम ट्याममा निको भा' जस्तो गर्छ, फेरी बल्झिन्छ।म जन्तर मन्तर गरेर कुन बेला भौतेलाइ बजाउने हो, पत्ता लाएर तपाइलाइ भन्छु है त!
 
Posted on 07-28-07 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भ्याउते भ्याउते भ्याउते भ्याउते
भ्याउते भ्याउते भ्याउते भ्याउते!!!!
 
Posted on 07-28-07 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नेपालियन-जी, नमस्ते ! के छ हाल खबर? हिजो आज त बोलचाल-भेटघाट-फोनच्याट सबै बन्द भो त तपाईँ सँग !

सबैलाई रात्रिकालीन अभिवादन।


 
Posted on 07-28-07 9:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ भौतेकाजी! कसरी ठीक पारूम् यार म तिम्लाइ? हत्तेरी!!!
एन्टी-भाइरस पठाइदिम् कि क्या हो?
हरेऽऽऽऽऽ!!! ठीक होउ न प्लीऽऽऽज!

अघि दिउँसो तिरूलाइ देखेर नर्मल हुनलाइसक्या मान्छेलाइ फेरी लाटो भाइरस लागेको जस्तो छ।अब चैं पून्टेदाइ लाइ भनेर लात बजाउन नलगाइ भएन!
 
Posted on 07-28-07 9:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, चित्रे, भउते अनि नमे। के छ ताअाअ?
चित्रे, प्याकिङ भो? गाँस बास को ब्यबस्था भो?
 
Posted on 07-28-07 9:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम राहुलदाइ, ब्यबस्था हुँदैछ बिस्तारै!
तपाइको के छ नि?
 
Posted on 07-28-07 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम राहुल-दा।
चित्रे-जी, अब सायद उमेरले ओरालो लागेको सँकेत दे'को होला। मज्जै आउन छोड्यो, गफगाफमा।
 
Posted on 07-28-07 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते गुरु, के भनेको त्यस्तो? उमेर ओरालो लागेको रे? सिधेको भउतेले अन्त सन्त बोल्न थाल्यो कि क्या हो? पूण्टे दा लाई हेर्नुस्, पूण्टेदाको तालु हेर्नु। उमेर त मज्जाले टल्केको छ। त्यति ले चित्त न बुझे, यो ठुल्दाई लाई हेर्नुस्। ठुल्दाईको जांगर हेर्नुस्। जिन्दगिले जति लात मारे नि, जिन्दगिसंग अझै बात मारिरेहेछु। हेरम्, जिन्दगि को जीत हुन्छ कि यो राहुलेको।
 
Posted on 07-28-07 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाजु, अरु गफ गर्न पो मज्जा आउन छाड्यो भनेको। अब अरु गफ बाट चिलिम गफ मा रुपान्तरण हुने उमेर भे'छ जस्तो छ। निशे, मदनवा, तितौरी आदि-इत्यादिको तालमा हिड्न सकिन छाड्यो। अब पुन्टेदा त मान्छे अन्टनै हुनुभयो नि। लास्टाँ तुलसीको मठाँ सुनपाली ख्वाउनीबेलाँ नि मुख बन्द गरेर धोबिनीको पेटीकोटले छानेको तिनपाने माग्लानुहोला जस्तो छ। चितामा सुत्दा नि एक गिलास तिनपाने र धोबिनीको पेटीकोट सँगै लिएर सुत्नुहुन्छ होला सायद। उहाँको देखा-सिखी गरेर कहाँ सक्नु दाजु

मेरो किलास १ देखि १० सम्मको किलासमेटले गाएको गीत सुनाउन मुन लाग्यो सबैलाई। कस्तो मनको गीत गाउँछ भने।


 
Posted on 07-28-07 10:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निरमुयाले चईने अन्तै दिल बसाईछे र पो भउते यस्तो? कति दिन हरिनको छाला ओढेर बस्दा हुन्, हामी नि हेरम्ला। बाघै न परे!
 
Posted on 07-29-07 4:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेका किलाँस दौँतरीहुर पुलिस हुन् कि जस्तो मानिचु। पुलिस कट ग-या रेछन् कपालाँ।
कोइ छ चौपारियाँ बागचाल खेल्नी?
 
Posted on 07-29-07 7:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मनमा गुन्जिर'ने गीत लाउनु भयो भउते दाजुले।
म १० किलास तिर हुँदा निस्केको हो यो गीत ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Conservative discussions
सालीको चाक
tesla stock OMG !!
Looking for girl
Who is hottest nepali female?
TPS for Nepal likely to extend next week
I hope all the fake Nepali refugee get deported
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Those who are in TPS, what’s your backup plan?
Venezuela TPS lawuit
interesting fact about sajha.
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Embassy of Nepal might be able to help extend TPS for Nepal
TPS for Venezuela is terminated, only 60 days extension for transition period
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
To Sajha admin
ICE kidnapping people off the streets over op eds
If you got nothing to lose, fight tooth and nail explore every avenue
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters