[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ७१~~

[Please view other pages to see the rest of the postings. Total posts: 666]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 249401 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 08-22-07 7:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७१

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ७१ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 70 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

अन्तरेको गजल (श्रृंगारकर्ता:- भौतेकाजी)

बेसी झरेँ सम्झी तिमी आयौ ल पक्कै
सालको पात बज्यो बोलायौ ल पक्कै

बिझाउने बोलि 'नि आहा कत्ति मीठो
ख्यालैमा हो कि, अहो रिसायौ ल पक्कै

आँखा तर्‍यौ मलाई देखेर आज किन
तर लुकी सुटुक्क चिहायौ ल पक्कै

मुहार भरि कोरिए रिसका रेखा
मन्मनै भने तिमी लजायौ ल पक्कै

नगर प्रयाश ब्यर्थै भन्यौ मलाई
समर्पित सपना सजायौ ल पक्कै

"अन्तर"मा देखियो किरण प्रेमको
ह्रृदयमा काउकुती छिपायौ ल पक्कै


Last edited: 22-Aug-07 08:36 PM

 
Posted on 08-24-07 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् के हुदै छ हो ? अहिले लानसिङ् भन्ने हवाइ अड्डामा मौसमको कारणझक मारेर बसेको छु।
हिजो अस्ति पनि यो बुढोको अनुपस्थितिमा के के कुरा काटे रे, पाप लाग्ला है,जथाभाबी कुरा काटे।
 
Posted on 08-24-07 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए कानकट्टा जोगि! क्यार्न आम्न पा छैन मै बुडोलाई नानाथरि फलाक्छौ ए अलछ्छिना??
तो भउते भातमाराकोको संगत लाओ कि के हो तिम्लाई कि खरानि भनेर काउसो दलेऊ ज्यानभरि???? पानी भन्या कस्तो हुन्छ थाहा छ??? न नुहाए नि एसो चोपलिएर आए त हुन्तो नि गाममा, कुइगन्ध गनाइराछ तो गाँजा र तिउँरो ज्यानको पसिना, एस्तो पसिना ले'र क्यार्न असिना बर्साओ जसरि गालि गर्छौ हँ?

 
Posted on 08-24-07 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म pani जिम्दै छु तिरु, खै अरु कता मोरेचन कुन्नी।
 
Posted on 08-24-07 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-24-07 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तित्तौलूssss खै कता गए अरु??? भउते खै???

हाहाहाहा जग्गि र मुन्नि रनभुल्लमा परेछन्! हाहाहाहा
 
Posted on 08-24-07 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुक्क..............49.6 Patel to Broad, no run, India have won. It was full and outside off, Broad shuffled across and attempts another heave but doesn't connect.

India 329/7 (50 ov)
England 320/8 (50.0 ov)
India won by 9 runs



मानविजि नमस्कार, धेरै दिन पछी देखिनु भो,सँचै हुनुहुन्छ होला भन्नि मानिछु!
 
Posted on 08-24-07 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>>>>यो बिर्ख्या सन्तानलाइ चारपाता मुडेर चारकोशे झाडि कटाउनुपर्ने अनि बल्ल ठीक हुन्थो!! रे खित......खित.........खित............, जिम्मालबा तपाईंको सन्तान पनि छ?
 
Posted on 08-24-07 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गरिराको ग्वाँचे???

कता गए सब??? कि सुरु भयो सबको शुक्रबारे सन्ध्यानन्द???
 
Posted on 08-24-07 4:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!

तो त जग्गेले सप चौतारिबासिलाई भनेओ नि। अब हेरि सबले जिम्माल बा भन्छन मलाई, अनि सबले हल्ला गरेको मोरालाई दिक्क लागेछ अनि भन्या नि!
 
Posted on 08-24-07 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नु जिम्मालबा एउटा बड्डेको भोज हसुरेर आको, ढ्याउsssssssssssss ठुलि कता गैन सुपारी थो कि, एउटा टुथ पिक पनि चाइयाथ्यो, तपाईंसँग होला कि?
 
Posted on 08-24-07 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोल्टी खतरा गेम भो हई, आजको दिन चै सखाप पारो। हेर्न चै मजा भो... २० रन सम्म त हानेको हो

मामाश्री देखा परेचन, कता बेपत्ता हो दिनभरी?

मानविजि नमस्कार, जोगीबाबा चिलिम खोज्दै चिच्याईरा हो क्या?
 
Posted on 08-24-07 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता हुनु भान्जो, कइँ नभा जात्रा हाँडिगाउँमा भनेअस्तो अलि चौतारिमा चिरबिर बढोकि आफ्नो जोत्नु पर्ने गह्रो देखाइदिन्छ साहुले! तेइ हो अब फुर्सत!
अब हेरि गैरे कान्लाको कैले साहुकाँ ग'र २ बटुको बाक्लो कोदोको जाँड हरियो खुर्सानि किटिक्क टोक्दै ठाडो घाँटि लाम्ने हो!
 
Posted on 08-24-07 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त हरी सोल्टी, रामै चेज गर्‍या हो इयुल्याण्डले नि, क्रिक इन्फोले यस्तो लेख्छ:
It's only the third time that both teams have posted 300 in an ODI in England. What a run-fest this was. Tendulkar hit a strokeful 99 before Dravid shone with a sparkling 63-ball 92 to lift India to 329. England got off to a flier but were slowed down by the spinners - Piyush Chawla and Ramesh Powar - in the middle overs. Mascarenhas biffed a 39-ball 52 but could not get them home. The series stands tied 1-1 with five matches to go.
 
Posted on 08-24-07 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तुथ पिक रे??? तो कुचाको डाँठ चिरेर गिजाँ हुल्ने भा' छ!
कति चपायौ शिकार??? एकआध किलो त दाँत मै अड्कियो जस्तो छ नि! लु आज हिँड्ने भा' हिन के रे तल हिजो पारेको जाँड छ रे, भउते अइ नै गैसक्यो हामि पुग्दा मातेर यो कुना नि मेरो उ कुना नि मेरो भन्दै लोक गित गाइरा' भेटिन्छ!
 
Posted on 08-24-07 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ बिर्ख्या सन्तान, के खान सुँघ्न आउनु परो हाम्रा जिऊ, आफ्नै जिम्माल्नीको फरिया सुंघ्न जाउ न!! अल्छिना जिम्माले अर्काको नातिनीलाइ उकास्न लाज छैन?? पातकि बुढालाइ कुहेको गोलभेडामा डुबाएर तेहि टुकुचामा बगाउन नपुगया!!
 
Posted on 08-24-07 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्ले कसैको नातिनिलाई नि उकास्या छैनम्। बरु जोगिको नि नातिनि छ भन्ने आजै था पाइयो बाबै! कुन्नि कसको काँ घर जोगि को जहाँ तहिँ घर भन्ते अगेर हो रेछ! लु अब तिमि फत्फताम्दै अर अलि भिक्षा धेर पाउलाउ आजको तिउन तरकारि टर्ला र एउदिन बढि बाँच्लाऊ, हाम्रो त भोग गर्न जाने बेला भओ तिमि योग अर्छौ कि आजै राति मर्छौ हाम्लाई मतलब छैन!
 
Posted on 08-24-07 4:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL
ho ho hajur Pa उकास्न laageko ho

mero pani ANMASKAR sabailai
 
Posted on 08-24-07 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-24-07 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुचाको डाँठ् त के हालि भो र, घिच्न नि टन्नै घिचिएछ नि, चार जनालाइ बनाको खाना त एक्लैले घिचियो, पछि आउने मुन्छेहरुलाइ त खाना नपुगेर दाल्मुठ र चिउरा दिंदैथे।
जाम भने जाम्त नि, एक बटुको जाँड हुलेपछि पेटभित्रको हलचल ठिक होला कि, कुखुरा र सुँगुर त पेट भित्रै झगडा गर्न लाछन, जाँडले फिट्टु भे'सि झगडा गर्न छोड्लान कि!

आब्बुइssssssssss जोगि सोम नि ढलिरा'रैछन् नि त्याँ कुना देख्दै नदेखिरा', जिम्मल्बाको सन्तानलाइ भगाउने कुरा त सुन्या हो तर कोल्ले बोल्या भन्ने थाहै नपाइ कपेर पेस्टेको, जोगि सोम्ले पो रैछ। अस्ति त्याँ मन्दिरको धर्मसालामा जोगि सोमले टुकुचा किनर बाट टिपेर ल्या'को रायोको साग र मागेर ल्या'को चामलको क्या मिठो भात पकार ख्वाकोथ्यो भन्या, झन खाना खाइ सकेसी गाँजा नि तान्न दे'को क्या मजा आयो। जोगी सोम छैन आज माल?
 
Posted on 08-24-07 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब पिलेनको ट्याम् भो, गफ गर्दै गरम्, तारेमाम्। हाब अ नाइस विकेण्ड्।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Need Help of IT consultancies
Nepal TPS decision
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters