[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --- चौतारी - ९० ---

[Please view other pages to see the rest of the postings. Total posts: 608]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 252981 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 12-11-07 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - ९० --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 90 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



जन्मदिनको हार्दिक शुभकामना!
 

जन्मदिनको संगीत


डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी
(पल्लाघरे अन्तरे, अन्तू)
 
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी
(जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)

डिसेम्बर १८: श्री हरि हर हाडा
(हरितालिके, ह्यारी पोट्टर )

डिसेम्बर २१: श्री भउत भाइ भण्डारी
(भौतेकाजी, भ्यागुते महाराज )
 
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
 
डिसेम्बर ३१श्री दान बहादुर दवाडी
(दाने, दानव, डाउनटाउन गाइ)
 

सूचना!


चौतारी सम्मेलनको लागि आयोजकको घरमा बस्नको लागि सिट पूरा भैसकेको हुनाले अन्य महानुभावहरूले आफैले
बासस्थानको बन्दोबस्त गर्नुहुन बिनम्र अनुरोध गरिन्छ. अन्तिम समयमा बासस्थान मिलाउन गाह्रो हुने र आयोजक
स्वयं पनि मिलाइदिन असमर्थ हुनसक्ने कुरा उल्लेख गर्न चाहन्छौं. कसैलाइ असुबिधा पर्न गएमा क्षमा प्रार्थी छौं.


-- चौतारी सम्मेलन आयोजक समिती

 
Last edited: 11-Dec-07 03:22 PM

 
Posted on 12-17-07 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन यो सरुभक्ते कताटि आ'र एकैचोटि नयाखर्क जाने कुरो अर्छ हँ??


 
Posted on 12-17-07 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! भौतेकाजी त आज पूराऽऽऽऽनो कोट लाएर आउनुभो नि!
शुरूको दिन तपाइ र म मात्र हुने रे? कहाँ हुन्छ र? सबै आउनुपर्छ. आम्छन् आम्छन्, म मिलाम्ला.

राहुलदाइ, कम्पुटरको किरा मार्न फर्म्याट भन्ने विषादी छर्नु पर्यो.
 
Posted on 12-17-07 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते ले नयाँ रुप लिए जस्तो छ। शुक्रबार चित्रे र भउते मात्र नयांखर्क मा हुने भएर थरथराए जस्तो लागो। रिट्ठे र अन्तरे को धोबी पछाडमा परिने भो  बिचरा। न डराउ, भउते चित्रे, बिस्तारै पछार्नु भन्देम्ला, सेन्ट्रलपार्कमा।

 
Posted on 12-17-07 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ, तपाइहरू नि शुक्रवार नै आउनुस् न क्या! भौतेको जन्मदिन मनाउनु पर्छ त्यो दिन. ८, ९ बजे पुग्नुभो 
भने यसो गफ सफ नि गर्न पाइन्छ. अनि केकले भौतेको अनुहारमा दल्दिनु पर्छ. 
 
Posted on 12-17-07 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल हा हा हा हा !

हिजो पुरानो धागो खोज्न पुरानो कोट लगा'को त चेन्ज गर्नै बिर्सेछ।

राहुलदा' यो नयाकोट हैन, बर्षौँ पुरानो कोट हो।

ठुल्नानीले "के भन्छ यो" भन्दै बस्याहोला। हा हा हा हा हा

-भउते


 
Posted on 12-17-07 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ह्वा भने अन्तरे दाई र म मिलेर १ कुइन्टल अट्ने बोरा ठीक्क पारीराख्या छम
भउते को उचाइ कती रे? छ फीट को बोरा ले त पुगिहाल्छ नि है है है अन्तरे दाई?
अटेन भने कर्याक् कुरुक् मेथोड कैले लाई काम लाग्ने नि


 
Posted on 12-17-07 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ विन्डोज फेरी इन्स्टल गर्नुस् न
हैन भने नर्टन एन्टी वाइरस फ्री डाउनलोड गर्न पनि मिल्छ तेस्ले ठीक पार्छ वाइरस , स्पाइवेर जम्मै गर्याम गुरुम


 
Posted on 12-17-07 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे, मेल आएन? चेक गर।

 
Posted on 12-17-07 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भाउते दा किन त्यसरी मुख च्यातेर हासेको फेरी सिगान तपाईंको मुख भित्रे पस्ला है।

 
Posted on 12-17-07 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अव सोमबार के लागेको थ्यो, कोहि पुरना कोटमा, कोहि नया मा, कोहि फलाम उचाल्दै कोहि फलाम् उचाल्नेलाइ उडाउदै, कति धेरै खुरापाति कुरा भै सकेछ।

लु मेरो नि जदौ सबैलाइ, यो गित सहित।

 

रातो टिका निधारमा टलक्क टल्कियो
छाति भित्र मायाको आगो सल्कियो

हे बिजुलिको तार तार तार तार
फुर्सद भए य मया भेटौ सनिवार

 

 


 
Posted on 12-17-07 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेहरु, क्यार्दै हौ त नि?

सान्फुरे गाम ग'र नि आइयो । गल्ली गल्ली चहार्दा नि तितौरी फेला पार्न सकिएन गाँठे ।

आफ्नु त यो बिहिवार देखुन टन्नै २ हप्ता फुर्सद हुनी भा'छ के रे । क्यारम क्यारम भा'छ ।

 

लु

 

रातो टिका निधारमा टलक्क टल्कियो
छाति भित्र मायाको आगो सल्कियो

हे बिजुलिको तार तार तार तार
बिहिबार देखुन फुर्सद छ, किन कुर्नी सनिवार ?

 


 
Posted on 12-17-07 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भाउते सिगाने दाअाअाअाअाअाअाअाअाअाअाअाअा

 
Posted on 12-17-07 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ मेल मात्र आयो फिमेल आएन
चना दाई लाई नमस्ते
तितौरी फेला परिनन रे? अस्ती मैले भन्या त हो नि फुन न. लिएर जानुस् खोज्न सजिलो हुन्छ भनेर


 
Posted on 12-17-07 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरि फेला परिन?

बोरु यो चना दाइको तितौरि र हाम्रो चौतारि को तितौरि एउटै हो कि फरक् हो?

तितौरि मैया लाइ त अस्ति मैले त्यो Truck Driver संग मस्कि राखेको देखेको?

कुरो नि एउटा।


 
Posted on 12-17-07 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल रिठ्ठे, म त त्यो ५ किलो चामलको ब्यागमा अट्छु, त्यति ठूलो बोरै चाहिन्न। अँ बरु त्यो बोरा राखिराख, तिमी र अन्तरे दुबैलाई त्यसैमा पोको पार्न पर्ला। हिउँमाथि त २ जनालाई एकैचोटी घिसार्न नि सकिन्छ।

 

ठूली फूली नक्कली, बोल्दिन तिमी सँग, के त ! अस्ती फुन पनि रिसिभ नगरेकी।  फुन उठाउँदा नि पैसा जाला जस्तो अर्नी के।

राहुलदा, खशी-बोकालाई भाइरस लाग्यो भने त हामीले काट्न दिन्थेम के रे।

जदौ चनादा' जदौ सुन्तले।


 
Posted on 12-17-07 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सुन्तले  तिरुलाई जे पि ति होइन ल फेरी खित खित खित


 
Posted on 12-17-07 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


उफ्फ्फ्फ्फ्फ्फ्फ्फ कहिले फुन गर्नु भाको मिस कल त आको छैन। तेसै झुत बोल्नु हुन्छ। म सोझी भएर हेरन हेपेको। भाउते दा एउटा कुराले बोर होला होला जस्तो लगिरा छ न्यू योर्क मा।


 
Posted on 12-17-07 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुब थिएन मिस-कल। त्यो जानी जानी नउठाएपछि नि देखिन्छ त मिस कल?  मेसेजमा के के के के अउँरेजीमा फलाकेर अझ लास्टाँ चेपारो पार्दै " ह्याभ अ नाइssssssssssssssssssssssssssssssssस वन !" रे मलाई त झोँक चलेर फुन सुन त्यै टेबलमा बजारम् जस्तो भा'को थ्यो, के अर्नु आफ्नै फुनको सर्वनाश हुने भे'र मात्र हो।

 

के कुरा ले बोर हुने हो?  मलाई रुघा लाग्यो भनेर बोर मानेको हो?  कि कोइ कोइ मुन्छे आउन नपाको भे'र बोर लागेको हो?


 
Posted on 12-17-07 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हजुरको फुन तेबुलमा बजाउनुस न। मैले साचै हजुरको मिस कल पाएन। भाउते दा हजुरले क्या थाहा पाको के कोही न-अौने भएर बोर लगेको छ नि khit khit khit

Last edited: 17-Dec-07 12:19 PM

 
Posted on 12-17-07 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रुघा त मलाई नि लागिराको छ भाउते द।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
सालीको चाक
TPS for Nepal likely to extend next week
I hope all the fake Nepali refugee get deported
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Embassy of Nepal might be able to help extend TPS for Nepal
TPS for Venezuela is terminated, only 60 days extension for transition period
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
ICE kidnapping people off the streets over op eds
Democrat lies revealed
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
Trump admin revokes 18 months TPS extension for Venezuelans
नेपालको TPS र USAID यसकारण बन्द हुन जरुरि छ
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
What is the purpose of an F1 student visa in the U.S.?
Why some Nepali people pull each other's legs???
TPS
#MAGA#FAFO is delicious
Good News for Nepalese TPS Holders!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters