[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 630]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 209983 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 04-07-07 1:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी ५१ ~






 



सयौं थूंगा फूलका हामी,
एउटै माला नेपाली

सार्वभौम भइ फैलिएका, मेची-महाकाली ।




प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल

वीरहरुका रगतले, स्वतन्त्र र अटल




ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल

अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।




बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल

अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।










उ को हो म को हो यो जात्रामा

पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!


 

Chautari (Chow-tar-ee)
:
(World's first and finest
internet IMPROV in Nepali language)






 





Running for 590 days (as of 04-07-07) since 7 Sept 2005 with more than 18,600 messages in a total of 50 editions




Meet the world's finest school
teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers,
vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, smokers, alcoholics, workaholics, home-makers, pretty
damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of
Chautari of Sajhaland.

 




सधैंका झैं यस संस्करणमा
पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल
बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो,
Nepesahila
- साहिंला, Poonte - पून्टे दाई, पून्टेदा, Kick -
काका, GautamB. - गोताएँ, गोतामे ज्यू, Shree5 - सिरे, Bhaute
- भउते, भौतेकाजी, Nepalean - नमे, Amazing - झिल्के,
Sandhurst_Lahure
- लाहुरे जेठा, Camoflaged - कुम्ले, Miss_me -
मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty - सान्नानी, Uptowngal
- ठूल्नानी, ठूली, Tyra - तितौरी, तिरू, Nirman - निरे, Ruina
- रूइना, Matrix_rose - पुष्पपुरी, Ocean - मुन्द्रे, Lau_ta_lau
- लाले, Bostonian_nepali - बेंसीथाने नेपाली, Sano_kanchha -
सान्कान्छा, Ishwor - ईश्वर, Floraj - फुलौरे, ज्योतिष महाराज,
World_map
- चित्रे, Echoes - धने, Dalli_Resham - डल्ली फुपू,
Subha - सुभे, शुभ दिदी, Chipledhunga - चिप्ले, Foe_4_Misty
- मिस्टे, Gwanche - ग्वाँचे, Sajha_user - सन्जु, Vata-ta-ta
- भट्टे, Gaalab - गाले, Lootekukur - लुते, Sherpini -
शेर्पिनी, Ma_chameli - चमेली, Ramkisne - रामकिस्ने,
Nepal_ko_chora
- नेप्चे, Cerine - सेरू, Yahoooo - यामे,
Harke_kailo
- काहिंला, Nails - चरिनंग्रे, Bob_dai - बबे दाई,
Deep - दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa
- माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal -
राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai -
राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना
- ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh -
सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu - नानु,
dilute
- दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,
nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande
- पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple -
थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap
- ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar
- खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली आदि
चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 


 
Posted on 04-18-07 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कुमलवा अझै देखियाछैन, कता आफ्नु गामतिर गएर फोरम सोरम तिर सरसल्लाह गर्दै हो कि।"

लोल। होला होला! कुमलवा भैया डराई गएछ!

लोल।
 
Posted on 04-18-07 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रसबरि पनि खाम्

 
Posted on 04-18-07 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सेल रोटि पनि खाम् बाडिचुडि

 
Posted on 04-18-07 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रात्तै! ब्यान ब्यानै मुख रसाईदिएर क्यार्न लाईन दुर्गे माताले?

किबोर्डमा सलाईभा चुहिङ्! यू मेकिङ् ड्याट् लालमोन सेल्फ? ओर क्यान ओपनिङ्, पुटिङ् ओन बाउल एन्ड पिक्चर टेकिङ्? सेल्फ मेकिङ् त आई भेरी मच एडमाईरिङ् यू!
 
Posted on 04-18-07 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धत्! हदालत सदालत, निवेदन सिवेदन छोडिदिम् के रे। आऊ, कुम्ले, दाई भाई मिलेर अरु कसैलाई नदिई खाम्। सेलसंग मुला र मसिनो केराऊ, तिलको अचार नि भए हुन्थ्यो के रे, दुर्गे आन्टी! :D
 
Posted on 04-18-07 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झगडा नगर है पुन्टे, कुम्ले ।

लालमोन, रसबरि, सेलरोटि खाऔ ।
 
Posted on 04-18-07 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अचार पनि चाहियो के, दुर्गे आन्टी!!!!!!!!!!!!!!!!!!!
 
Posted on 04-18-07 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहाँ फेरी अर्को पनि कुरो उठेको रहेछ हाम्रो सम्बन्धमा

हरि जीले साइकला को कुरो उठाउँनु भएको रहेछ । यसमा हामीले भन्दै आएको कुरो र अझै पनि जोड दिदै आएको कुरो के हो भने, देश नयाँ सत्ता तिर लम्केको बेलामा हामी यस्ता झिनामसिना कुरामा अल्झिन हुँदैन भन्ने हाम्रो भनइ छ । जहाँ सम्म तपाईंको साइकलको कुरो छ, मलाई अहिले सम्म त्यो सम्बन्धमा हाम्रो पार्टी पङ्तिमा कही कतइ नसुनिएकोले तेस उपर म छानबिनको लागि निर्देशानन दिन्छु । तर तपाईंले पनि त्यस्तो झिनो मसिनो कुरो मा हामीलाई न अल्झाउनु भए बेस हुने थियो । जहाँ सम्म मेरो गाडीको कुरो छ त्यो सबै पुराना मान्छेहरुको चलखेल र हामीलाई फसाउने बाहाना हो भन्ने हामीले बुझेका छौ ।


:) हाहा पुन्टे दाइ अदालत सदालत छोडदिम रे । LOL
 
Posted on 04-18-07 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टेले त मलाइ आन्टि भनेर बुढिनै पो सम्झेछ हो

म त भक्खर २ दस ५ भए हो

सबै थोक सेल्फ मकिङ्ग
 
Posted on 04-18-07 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्ते दाई एउटा रस्वारी मलाई नि दिनुस् है। कस्तो मुखै रसायो। दुर्गे तिम्रो के छ हाल् चल्।
 
Posted on 04-18-07 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२ दस ५ भए हो bhaneko ke ho ?
 
Posted on 04-18-07 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सुन म भन्छु, मेरो दु:ख को कहाँनी ।
"पिताजी को सुनको तक्मा" -भाग ७"

यसरी पहिलो पल्ट जीवन मा कुनै पदक जित्यौं र त्यो पनि तत्कालीन महारानी को बाहुली बाट । खुशी को सीमा रहेन । समारोह बाट सिधै घर पुगें र पिताजी को हात मा त्यो चाँदी को तक्मा राखी दिएं र धेरै बेर हामी बाबु छोरा रोइरह्यौं ।


त्यो आँशु, खुशी को मात्र थिएन। हामी यसकारण पनि रोयौं कि भित्ता मा झुन्डिएको त्यो तस्बीरले जिस्काइरहे जस्तो लाग्यो। तस्बीरमा त्यो "सुन को "तक्मा" टल्किरहेको थियो। त्यो बिबशता याद आयो, त्यो अमुल्य चीज बेच्न गएको क्षण याद आयो। र हामी बाबु छोरा रोयौं।
त्यो द्रविता स्थितिलाई मुश्किलले संहालें। अचानक मेरो मनस्थितिमा एउटा कुरो आयो र भनी हाले" बाबा, यहि हातले त्यो तक्मा बेचेको हुं, अब यहि हात ले त्यस्को बद्लामा १० ओटा तक्मा जित्ने छु। मलाई आशिष दिनुस्।"
पिताजी भित्रको मान्छेले के सोचे त्यतिबेला, थाहा भएन तर पिताजी को भाव मा केहि उज्यालो देखें। अझै असक्त, बिबश बुबाले खासै केहि त भन्नु भएन तर इशाराले गर भन्नु भयो र बडो कठिनपूर्बक आफ्नो पबित्र हात मेरो शिरमा राखी आशिश दिनु भयो।

यसरी समय घिस्रदैं थियो। पिताजी को स्वास्थामा सुधार हुंदै अब बिना लौरो र साथीको सहारा, सुस्त सुस्त हिंड्न सक्ने हुनु भयो। बिस्तारै टोला बजार घुम्न थाल्नु भयो। लामो समय सम्मन् को अस्पताल् को एकान्त बास् र घरको सानो कोठाबाट् निक्लेर् खुल्ला हावामा बिचरण गर्न पाउनु भयो।
उता, स्कूलमा आफ्नो पढाई को रफ्तार् सङ्ग् सँगै अतिरिक्त कृयाकलाप जारी थियो।
त्यतिबेला ( हाल संम पनि)हरेक् बर्श कमला पुरस्कार् निबन्ध प्रतियोगिता हुने गर्दथ्यो। त्यो सालको निबन्ध प्रतियोगिता जानेको नेत्रित्व मैले गरें। बिगत २ बर्ष् देखि हाम्रो स्कूल् ले जितेको त्यो उपाधि रक्षा गर्ने जिम्मा मेरो थियो। निबन्ध प्रतियोगितामा लेख्न गैयो। राम्रो नै लेखें जस्तो लाग्यो तर डर् भने बाकी रह्यो। आफ्नो भाषा (बोलिचालीको) भाषा नेपाली न भएको र भाग लिन आउने अधिकांश् हरु को अनुहारको बान्की देखेर् तर्सें पनि।
निबन्ध् प्रतियोगीता को पनि रिजल्ट् भयो। प्रथम भए छु। नेपाली का शिक्षिकाले पहिला थाहा पाई मलाई बधाई दिए। मेरो लागि अर्को एउटा खुशी आकाशबाट् झरे जस्तो। आश् गरे भन्दा बढी। केही दिन पछि नै राणा प्रधान मन्त्री पद्म् शंशेर् को दरबार मा पुरस्कार बितरण् समारोह् भयो। पद्म् शंशेर् को जीबित् रानी कमला अँफैले सुन् को तक्मा लगाइ दिनु भयो र एक् ठेली पुस्तकहरु दिनु भयो।
बडो गर्बिलो मुद्रामा घरा पुगें र पिताजी को हातमा यो पाली चाँही सुन् को तक्मा नै हाली दिएं। मैले खाएको कसम् पूरा गर्ने यात्रा को तो दोस्रो पदाव् थियो त्यो।बुवा खुशी हुनु भयो नै।

यसरि स्कूल मा अफ्नो प्रगति आशातित् रुपमा हुदैं थियो। सर् मिस् हरु अब एस् एल् सी मा बोर्ड् हान्नु पर्छ भनेर भनि रहनु हुन्थ्यो। त्यहि बिचमा घर् मा फेरि अर्को चिन्ता थपियो। उमेर् पुगेको दिदि को बिहे को कुरा चलेको रहेछ। राम्रो खान्दान बाट् प्रस्ताब आएको रहेछ। केटा पक्षले त्यहि साल बिहेगर्ने कुरामा जोड् दिन थाले। आमा बुबा अनि दाइ सबै चिन्तित् थिए। बिहे को जोरजाम् कसरि गर्ने भनेर। भर्खर् हात मुख जोड्ने समस्या बाट् मुक्ति के मिले थियो, बिहे जस्तो खर्चको पहाड् उचाल्ने कसले र कसरि? जटिल् समस्या।
अफ्नो कर्तब्य बाट् म मात्र कहाँ भाग्न सक्थें र? आफुले सक्दो गर्नै पर्यो। र मैले अब देखि अतिरिक्त १ घण्टा काम गर्ने र १ घण्टा कम् सुत्ने प्रस्ताब राखें। एस् एल् सी को बोर्ड् भन्दा पनि परिवार् को खुशी को लागि पसिना बगाउने कठोर् निर्णय गरें मैले। र दैनिक् अतिरिक्त संअय काम गरें।
यसै बिच मा आनन्द् कुटि स्कूल् को आयोजनामा अन्तर् माध्यमिक नेपाल् भाषा हाजिर् जवाफ् प्रतियोगिता सुरु भयो। स्कूल् को नेत्रित्व गर्ने फेरि मौका पाएं। सुरु को चरण देखि औसत तर जित्न पुग्ने प्रदर्शन गर्दै फाइनल पुग्यौं। फाइनल जित्ने आश न भए नि फाइनल पुगे पछि झिनो आश त जाग्छ नै। फाइनल मा हाम्रो प्रदर्शन अति नै उत्तम रह्यो र ठुलै अन्तर् ले प्रतियोगिता जित्यौं। भिमकाय शिल्ड् उचाल्ने मौका पाएं र साथमा फेरि एउटा सुनको तक्मा।
प्रदर्शन् स्थलबाट् स्कूल् मा संअर्थक् हरुले लावा लस्कर् सहित् अबिर् जात्रा गर्दै सबै भन्दा पहिला मेरो घर् पुर्‍याए। चोक् पुरै बिजय उत्सबले रंगीन भयो। बाजा गाजा कहाँ बाट् ल्याए कुन्नि। बुबा रात को ९ बजे घरबाट् निस्कनु भयो र चोकमा अौनु भयो। धेरै बर्ष पछि स्कूले केटाहरु सङ्ग नाच्न थाल्नु भयो। म एक् तमाश ले पिताजी नाचेको हेरि रहें। उन्को मुहार् को कान्ति पढिरहें। धेरै बेर् त्यो बिजय उत्सब मनाइ रहे। मैले पिताजी को त्यो सुनको तक्मा त कहाँ फिर्ता ल्याउन सक्छु र, तर हराएको मुस्कान भने फर्केको देखें। र असक्त शरीर मा जीवन संचार् गर्न सकेको मा सन्तोष को सास् फेरें।
क्रमश:
 
Posted on 04-18-07 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि मलाइ त ठिकै छ

तिम्रो के छ नि !
 
Posted on 04-18-07 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि २ दस ५ भनेको 20+5 भनेको नि
 
Posted on 04-18-07 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आबो, दुईटी भुरिको आमालाई आन्टी नै भन्देको नि! रिसानी माफ है!

अन्खेरुन्, दुर्गे नानी त दुई किलास सम्मुन् मत्र पढेको हो कि के? गाम तिर नि २० सम्म त गन्छन् के रे, नानी त १० सम्मुन् मत्र? एक बिस र पाँच कि दुई दश र पाँच?

ओल अफ दि अबोभ सेल्फ मेकिङ् रे? वाऊ! वेरी वेरी ईम्प्रेसिभ। ईफ मि एभर ओपनिङ् रेस्टुराँ, यू बिकोम कुक, ओके? आई अलरेडी हायर कुम्ले टु बि दि दिशवासर। :D
 
Posted on 04-18-07 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो ब्यान् ब्यान् के गर्या दुर्गे माताले, लौन काँ पाउनी अब त्यस्तो मिठो मिठो खान खानलाई लौन बित्यास् पर्‍यो, मरेँ भोकले............... uff
 
Posted on 04-18-07 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा.. बुधबारे हाटैमा आ'को हाटैमा आ'को
यति राउँरि नानि सँअ भेट भा'को
भुइँमा धुलो छ
संसारमा केइ छैन मया ठूलो छ

बुधबारे जदौ! यो बिर्खै माईलाको!!
 
Posted on 04-18-07 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीरखे दाई धरै दिन पछी पाल्नु भो नि। हजुर लाई सञ्चै दाई?
सानानी के छ?
दुर्गे मलाई नि सञ्चै छ।
राहुल् दाई एउटा सुन्को तक्मा मलाई नि भाई टिका मा दिनुस् है।
 
Posted on 04-18-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै आज् भोली तिरु कता हराइ कता। कताइ तिरु नि आफ्नो बिहे गर्न नेपाल त पुगिना।
 
Posted on 04-18-07 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D
नमस्ते है सप्पैलै
हन त्यो के जाती जनसरकार भूनेओ के हो ? अबचौतारीयो कुरो यहि त्यो के जाति मिलौन छोडि क्यार्न जनसरकारआँ ग'र मुद्दाहालन् पर्दा हो बाबै।

अब राहुलबाउ(राहुलदा) को चिलिम ले पोल्या जिब्रो कइलेकायि त चिप्लि हाल्छ नि भन्छु र।
त्यो कुम्ले कुरो माथिनि केइ भरोसा नअरै भओ । तिल लै पर्वत जो भनाम्छ के रे। चाकडी बाजि नि कति अर्न जानेओ हो ।

प्रचण्डबाउले कुरो ठ्याक्कै मिलाम्न भो ।यस्तै अर्न पर्च। हउरको कुरो एकदम मुनासिव छ।

कमरेड बेताल उ बेलआँ साइकिल चोर्दै हिन्यार'चन आफै । हेहेहेहेहे कुखुराचोर त टन्नै जो थे के रे ह्या नि ।अब साइकिलचोर नी आम्ने भे।
हन ए कमरेड बेताल परार मेरो बैंकआँ राखेओ ढुंग्री नौगेडि ५ तोलाओ तिलरी ४ वटा आ-आठाना ओठी १० तोलाओ ५ वटा चूरि सप्पै जो लुटेर लानी नि तिमी नै हौ कि जस्तो मानिचु र। खै त्यो नि फिर्ता पाम ।नत्र.......गर्र्र्र््र्र्र्र्र्र्र्र्र्र्र्र्र...
लौ यो कुरो नि प्रचण्डबाउ सामुन्ने राख्न पर्यो मलाइ न्याय चाहियो यो बुढेसकालआँ सप्पै जो ला'र मर्ने धोको छ। .........लौ जा के भइजाला त मनआँ लाएओ कुरो अर्दा


दुर्गेमाता ! लऔन हउरको घर कतापर्छ? मत आम्छु बाबै त्यो के जाति माथिराखेओ रातोसेतो डल्ला सेल जे जति छ सप्पै खान मुन लायो।

पुन्टेदाले अन्टि भुन्दा हउर लै किन डर लायो भन्छु र? चोर ले खुट्टो ताने अस्तो पो मानिचू मुइले त।;)

पुन्टेदा हउरको बानी कहिले नि नसुध्रिने भओ भन्चुर ? दुइदश र पाँच भनेनि एकबिस र पाँच भुने नि कुरो २५ मै पुग्ने हो के रे :D कति उइ पुरानो तरिकाले गिन्ति अर्नु र बाबै नया गिन्ति नि त हुनुपर्यो :)
(मनमनै : अब मार्चन होला गाम्ले ले के के जाती पो भनिसकेछु )
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
TPS for Venezuela is terminated, only 60 days extension for transition period
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat lies revealed
#MAGA#FAFO is delicious
Trump admin revokes 18 months TPS extension for Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
Measles vax deaths vs measles death in USA
Good News for Nepalese TPS Holders!!!
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Don’t Just Read—Join the Conversation
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters