[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६५~~

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 231276 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 07-30-07 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६५


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६५ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 65 editions.

Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइकोब्लग
- कफी विथ कुम्ले कार्यक्रम दोस्रो भागमा ठूली, तितौरी र सान्नानीको अन्तर्वार्ता, अरू आउने क्रममा
- क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित
- चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
- भउतेद्वारा सुध्रिने घोषणा, हरेकको जिस्काई/थर्काईका बाबजुद सुध्रिछाड्ने प्रतिबद्धता



ठुल्दाइको कविता/सविता/रमिता

यो माया पाप हो भने,
*******************

यो माया पाप हो भने,
तिमी अग्नि भएर उठ
म त्यही तापमा जलिदिन्छु।
यो माया श्राप हो भने
तिमी बानी भएर जाग
म चुपचाप सहिदिन्छु।
यदि यो माया पाप होइन भने
यो माया श्राप होइन भने
कुनै करकाप होइन भने
आउ निस्पाप अंगालो लिएर,
चोखो म्वाइ मा बांधिएर
जन्म जन्मान्तर् सम्म
एक अर्कामै सम्माहित् भएर
तिमी खाली सिउंदो फर्काएर
म मायाको छाप भर्दिने छु
मायाको अमर मिलाप लेखिदिने छु।




 
Posted on 08-02-07 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्यांक यु ठुलि, तिमी चाँही के फुराउँदैछौ नि? आँखा नीला भए भन्थ्यौ, आज कस्ता छन् त? चियाँ के चोपी खायौ कुन्नी।

नेप्ची पार्ट्नर, ठिकै ख मेरो त , छँगु छु ख नि?

ठुल्दाइ, एक बर्ष अमेरिकामा टिक्नु भएकोमा बधाई।
 
Posted on 08-02-07 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डाकेर मदहोसीमा आफ्ना अधरको
मदहोस गर्ने हरु
डुबाएर सागरमा आफ्ना नसालु नयनको
तमासा हेर्ने हरु
बाँधेर पासमा आफ्ना आलिङ्गनको
बेहोस पार्ने हरु
छोडेर अलपत्र दोसाँधमा होस र बेहोसीको
भन्छन जानेहरु भुलिदेउ बेहोसीहरु
 
Posted on 08-02-07 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लु आज त मेरो आखा हरियो च खित खित खित। चियामा नरिवल चोपेर खाको।
 
Posted on 08-02-07 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL deep dai
aba miss me jyu ko paalo
 
Posted on 08-02-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहिले आउने भऔ मावँल हँ भान्जो?
मामालाई चाइन्जो के कोसेली ल्याउने बिचार अर्‍यौ?
गाडीको चाइन्जो मबिल सबिल चेन्ज अर्‍यौ कि अरेछैनौ? एउपल्ट मिस्त्री कहाँ लगेर सबै हेराई वरि चाइन्जो जब जाँचबुझ अरेर आउनु, नत्र ह्याँ गाडी बिउरेला र मामालाई पार्लाउ पैसो तिर्नेमा। चाइन्जो तो टन्की भरेर आउनु, मिलो भने एउटो जर्किनाँ भरि तेलपनि राखेर आए मामालाई कोसेली हुन्तो।
यो बुढो मामाले के रउसी खुआउथो र तिम्लाई? बरु सुकुटी उहिले बना'थेँ, बिग्रिन लाओ, तेहि तारेर खाऔँला। तमाखु नि ल्याउनु तो पर्बते काँ'ट। :)
 
Posted on 08-02-07 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kumle daaaaaaaaaaaaa where is coffee with kumle?
 
Posted on 08-02-07 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

. LOL!
Sabailai Namste ma sojho Kumleko tarfa bata! :-)

Titauree: LOL titauree kya dine yar! Aba Miss ko palo! Ha..hahahah..

Deep ji: Dami cha bro .Aru ni jawos!

Thuli: Nariwal chopera khayera ankha hariyo bhayo? Nariwal hariyo huncha ho? :P

Hari: Aaanch Som! mamaghar gaidine som? kahile ho? :-)

Chiple: Chiple bro photo khai ta?

Baki sabailai Namaskar!

:-)
 
Posted on 08-02-07 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे लोल! ठुल्बुइनी, हाउँरो कार्जेक्रमको प्रायोजग चाइन्जो छोराओ बर्तमन अर्न सहराँ जानु भओ हिजो तेहि भ'र अहिले केहि दिन कफी खाने पैसो नभएको कुरो गाम्लेहरुलाइ भनिदेउ त बा! ह्याँ माइक नभेटेर हैरान भओ!

हरिशरणम्। :)
 
Posted on 08-02-07 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

. LOL!

HaHaHaHa .. Atti dine yaar..:P

:-)
 
Posted on 08-02-07 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kya kumle daaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa paiso nabhaera huncha ra aafulaa coffee piuna man lagiraa cha
 
Posted on 08-02-07 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

coffee chai haina khayar ho ki bayar ho haalera banaaeko chiyaa chaai maile khuwaaune bhae gaamle hur laai launa prabhu purograaaaam chalaaam ROTFL huna napaa dherai bhayo .
 
Posted on 08-02-07 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल बिर्खे बाबु! हन काँ'टी सिकेउ यसरी अउँरेजी बोल्न? हाउँरो मास्टर्नी नानीले चाइन्जो अचेल अउँरेजी नि पढाउन थालिन कि कसो? म बुढो मात्रै अउँरेजी बोल्न नसक्नी भएँ। हुन त बुढेसकालाँ क्यार्न सिक्न परो र मुइले? सिक्ने जान्ने भुनेको त चाइन्जो तरुनो उमेराँ हो। तितौरीलाई सिलाई बुनाई सिक भुनेर पैसो दिएको थिएँ के गरिन्? तो चित्रेले कस्तो पाइन्ट लगाओ हो तेस्तो? तो पाइन्ट भन्दा हाउँरो सुरुवाल राउँरो देखिन्थो। तो दौरा सुरुवाल सिलाउने दमाई अचेल कता गो? दमाईले बजाउने बाजा जस्तै राउँरो गाना सुनाउथो त्यो सानो कान्छा अचेल कता हराएछ। हराउन त मिस्टे पुनि हराओ छ अचेल। मिस्टे सहराँ पढ्न पो गओ हो कि? सहराँ राउँरा राउँरा ठाममा डुलाथो उ बेला ग्वाँचेले। अचेल ग्वाँचे कथा कुथुग्री राख्न किन छोड्यो? लौ के के सोच्न पुगिएछ? हरिशरणम्। :)
 
Posted on 08-02-07 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोक र लोहचा मरीको कथा।
****************************

कथा धेरै पुरानो हो। म कक्षा ५ मा पढ्थें त्यतिबेला। बुबा अस्पतालमा जीवन म्रित्युको संघारमा हुनु हुन्थ्यो। बिपत्तिको त्यो बेला लक्ष्मीले कहिलेइ क्रिपा द्रिष्टि राखेन।
एक दिन स्कूल जान भात खान गएं बुइगलमा। दिदीले भात पकाई स्कूल जाने बेला भो भनेर बोलाउनु भयो। थालको हाल बेहाल थ्यो। भातको मात्रा साबिकको भन्दा आधाथ्यो, न दाल थियो न तरकारी, अलिकति पानीले झोल बनाएको तिउन थियो। खानै पर्‍यो, आशुले भिजाउदै आधा भात दोब्बर समय लगाएर खाएं। मैले केही भनिन, दिदिले केहि भन्नु भएन। भाइले भन्ने कुरै भएन। बिबशताको खाना खाइ स्कूल गयौं।
स्कूल गए पछि अलिकति उछलकुद भए नै। आधा भरेको पेट, उछलकुद मै सकियो रित्तो पेट रित्तो भांडा समय बेसमयमा आवाज दिंदो रैछ।
भोक लाग्यो। लागेर के गर्नु, खाने चिज नि छैन, पैसा नि छैन। हाफ टाइम भो, कसैले पानी बरफ किनेर खाए, कसैले मकै। आफु भने भोकै। ५ पैसा नि थिएन। ५ पैसामा आधा नास्पातिमा नून खुर्सानी हालेर मज्जाले खानु हुन्थ्यो। थुक्क आफ्नो जन्म, मन मनै धिकारें। सबै खाजा खान र खेल्न मस्त थिए, आफु भने गम खाएर बसियो।

जस्तो तसो क्लास सकियो। मनमा तन मा उत्साह फैलियो, घर गए सि केही न केही खान पाइन्छ भनेर। अघिको आधा थाल बिर्सिसकेको थिएं। घरको भकारी अब भिखारी भै सकेको बिश्लेषण गर्ने क्षमता बालक राहुललाई सङ थिएन।
घर पुगी झोला लाइ फुट्ट फालेर, सिधै बुइगलमा गएं। हिजो अस्ति जस्तै भात बाकी छ होला भनेर जालीको खापा भएको खोपा खोलेर हेरें। के हुनु? भएको भए त बिहानै पेट भरि खान पाइन्थ्यो नि। हुस्सु म। अब भने भोकले बेस्सरी कराउन थाले। आन्दोलन गर्न थाले। अश्वासनहरुले पेट भरिन्न भन्थे। मेरो पेट नि पख पख एक् छिन पछि खान दिन्छु भन्दा नि मानेन।

संयोग बस, आमा अस्पतालबाट काम बिशेषले घर अौनु भयो। आन्दोलनकारी भोकहरु संगै म पनि चिच्याउन थालें- "आमा भोक लाग्यो, आमा भोक लाग्यो'।
आमाको मन न हो, दुखको पहाड बोकेकी, तै पनि छोरा छोरिको दुख देख्न, हेर्न सक्दैनन् भन्छन्।
"पख पख, म केही ब्यबस्था गर्छु " भनेर आमाले दराज, खोपा कुना कप्चा खोजखाज गर्न थाल्नु भयो। भाग्यले अलिकति मैदा र अलिकति आटा भेटाउनु भयो । त्यहि आटा र मैदा मिसाएर आमाले "लोहचा मरी" बनाउनु भयो र हामीलाई खान दिनु भयो।

यति मीठो परिकार जिन्दगिमा कहेको थिइन। सुख्खा पीठोमा अलिकति नून र जिरा हालेर क्या स्वादिलो। धीत मरुन्जेल् स्वाद लिएर खाएं। आमाले त्यो लोहचा मरी बनाउदा खेरिको अधोपान्त मैले हेरि राखेको थिएं। र भोलि पल्ट पनि बनाउन पुग्ने पीठो रहेको ले आफै बनाएर खाएं र खुवाएं। यसरी हाम्रो घरमा नियमित रुपमा लोहचा मरी पाक्न थाले। यस्को पनि कारण छ। भोकलाई बन्ध्याकरण गर्न सकिन्न।
तर गरिबीले लात मारेको घरमा धेरै भात पाक्दैन। लोहचा मरी बनाउन थोरै पैसा लाग्ने, मीठो पनि हुने देखियो। चिउरा, पाउरोटि भन्दा निकै सस्तो तर पेट भने मज्जाले भर्ने।

यही हो लोहचा मरीको कथा। अझै पनि समय समयमा , लोह्चा मरि पाक्छ, ग्यासको चुल्होमा। गरिबीको मीठो स्वाद लाई पुन: नबीकरण गर्छु। अझै पनि गर्दै छु। तारेमाम्।
 
Posted on 08-02-07 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल कुम्माल बा!

 
Posted on 08-02-07 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हो हो सान्नानि खै पठाको??? मलाई पनि पठाउ है?"
ke bhanya?

"प्रिती-जीले तिरा-जीलाई पठाको कुरो मैले पो पा'छु त। "

ke bhanya? chautari adkieara kehi bujhiena?
 
Posted on 08-02-07 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्माल बा ले हँसाउन नसक्दै ठुल्दाईले रुवाए!
आँशु र हाँसो नै जिन्दगी रहेछ, तारेमाम्।
 
Posted on 08-02-07 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sukka!! sukka!!! sukka ! raahul daa ko kataha le malaai ruayo . saachai ko katha ho yo
 
Posted on 08-02-07 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.Aww Rahul dai!
 
Posted on 08-02-07 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:( thuldai aba ma pani banauchhu lohochaa mari. :(
 
Posted on 08-02-07 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

e tiru ko post ta IE ma ta dekhdai nadekhne raichha, FireFox ma dekhe. Tiru check your mail ok.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Toilet paper or water?
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS advance parole Travel document i-131, Class of Admission ?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters