[Show all top banners]

PunteDamai
Replies to this thread:

More by PunteDamai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 BIRATNAGAR REUNION IN SAJHA!!!!

[Please view other pages to see the rest of the postings. Total posts: 1068]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 NEXT PAGE
[VIEWED 512269 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 54 pages, View Last 20 replies.
Posted on 08-31-07 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Anybody in Sajha from BRT?
I grew up in Biratnagar.
 
Posted on 09-17-07 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिराटनगर को नि के कुरा गराई भो -- जमाना मा खुब गईन्थ्यो बिराटनगर -- मिनपचासको बिदा नै बिराटनगरमा -- त्यो मेन रोडमा एउटा मिठई पसल थियो -- "लस्सी र पेडा यहाँको खुबि हो" भनेर लेख्या -- मिठो लस्सी पाईन्थ्यो -- खुब खाईयो -- टाईमपास भा थ्यो।

एक टाईम रंगेली तिर गा को हिरो साईकल बोकेर, फर्कदां खेरी झिस्मिसे साँझ पर्या थ्यो -- गोली जस्तो साईकल उडाएर ल्याईराको -- तिन टोलीया तिरै हो क्यारे -- बिर्सियो। बाटामा स्पिड ब्रेकर रैछ, अंध्यारोमा मा देखिएन, त्यो स्पिडब्रेकर मा हिरो साईकल र म उडेको -- आकाशमा -- हरे। हरिविजोग भाको -- म र साईकल दश फिट जति आकाशमा उडेर बाटोमा ल्याण्ड गर्या -- सिधै छतीले बाटोलाई टचडाउन गरि रा -- सोह्र बर्से जावानी को जोश थियो -- जर्याकमुरुक्क उठें -- घुंडामा धाउ -- छातीमा दुखाई -- छाम छुम पारेर आफ्नो चप्पल भेटांए -- त्यो नि चुडिंएछ -- भएन भनेर साईकल उठाको त साईकलको ह्याण्डिल नै खत्तम -- ह्याण्डिलको दाईने आकाशतिर फर्क्या देब्रे चाहीं जमिन तिर -- आंकलको साईकल -- दिमाग खराब भो।आब के गर्ने होला भनेर साईकल डोर्याउदै घर तिर जादैं थिए, एउटा साईकल बनाउने ठाँउ भेट्टाए -- ५॰ रुपैया भन्यो बनाको -- साईकल त्यहि छोडें। भोलीपल्ट साईकल लिन गा त जस्ता तस्तै बनाएर राख्द्या रैछ। जिन्दगी नबिर्सिने घटना।

रमाईलो थियो जे होस बिराटनगर -- गर्मि बाहेक सबै राम्रो।।
 
Posted on 09-17-07 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमाइलो अनुभव पस्कनु भएको मi कलंकीस्थानलाई धन्यवाद
 
Posted on 09-17-07 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hahaha Kalanki bro...malai afno din haru yaad ayo....Cycle ko katha haru dherai chhan mera pani..ahile kaam ma chu ..pachi share garaula
 
Posted on 09-17-07 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ritthe,

sab thik chha mero khabar.....ani kalankistahan le pani biratnagar feri jhaljhali samjhaidinu bhayo.....garmi ta mannai parchha hai biratnagar ko....
 
Posted on 09-17-07 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-17-07 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahaha .. whts with the emoticons Ritthe ji
 
Posted on 09-17-07 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kalanki Sthan Ma Maske ra Arjel haroo thiye kyara... Tyahan Thapa/Karki (?) clinic gagadi ko chiya pasal ma basi khub chiya piyeenthyo...
 
Posted on 09-17-07 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए............. त्यो त को को छ भनेर यता उता पुलुक्क हेरेको नि मैले......
 
Posted on 09-17-07 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

unko_khojima, tyo maske ra aryal ta maileni chinya chha.
 
Posted on 09-17-07 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्के र अर्याल? एकछिन् त कुरै नबुझ्या।
अर्याल त टनाटन् छन् क्यारे कलङ्कीस्थानमा -- एउटा बिराटनगर को परिवार थियो -- अर्यालनै हो क्यारे -- ठ्याम्मै चाहीं भन्न सक्दिन् -- खुब रमाईला थिए -- दोस्ती थियो बुढाहरु संग -- कलङ्की जनपथ निम्नमाध्यमिक बिध्यालय पारी को स्यानो बाटो बाट भीत्र जाँदा उनीहरूको घर थियो -- धेरै भयो, बिर्सिए -- एकचोटी बिराटनगर जाँदा त्यही परिवारको एकजाना लाई भेटेको थिए, साईकल चढेर जोगमनी मा अक्षय कुमार को के जाती फिल्लम हेर्न जाँदा -- रमाईलो भा थ्यो ।

मास्के चाहीं कलङ्की चोक नपुग्दै जमाना मा नवज्योती युवा क्लब थियो -- राम चा को खुद्रा पशल नजिक -- त्यही क्लबको पछाडी पट्टी बस्थे -- छोरा चाँही साथी हो -- कता छ, त्यो थाहा भएन ।। उसैको कुरा गर्या हो कि क्या हो?

फेरी कलङ्कीका धेरै मान्छेलाई नाम र थर ले भन्दा मुखै देखे चिनिन्छ -- सबैलाई कि त दाई भन्ने चलन, नत्र काका, मामा, भिनाजु आदी ।

मनश्री -- खै बाबै, गरमी त म खप्न सक्तिन -- उकुशमुकुुश हुन्छ -- गरमीमा बिराटनगर जाँदा दिनभरी त घर मै हुन्थे -- पंखाको मुन्तिर -- साँझ नभई बाहिर निस्कने हिम्मत नि हुन्न थ्यो -- फेरी मजा नि त साँझ पख नै हुन्थ्यो नि -- बिराटनगरका तरूणी दर्शन गर्न -- खुब राम्रा राम्रा तरुणीहरु -- ससुराली उतै बनाउने कत्रो धोको थियो -- कुरा अलिक मिलेन -- नत्ऱऽऽऽ -- उफ् त्यो मेनरोड मा सब्जीमण्डि थियो नि, त्यहि एकदुई जाना लाई "हम आपके हैं कौन?" भन्न मन नलाग्या कहाँ हो र?
 
Posted on 09-17-07 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-17-07 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Biratnagar ko garmi ta ke... Ek choti ta ma behosh bhako chhu class ma garmi le garda...

Taruni ko darshan re... Aafoo le ta kasai ko Darshan Garnu agi nai babu-aama le arkai ko darshan garadiye... tyasaile kasailai "Hum aap ke hain kaun" bhannu agadi nai Kasaile aafoo lai "Main Tulsi Tere Aagan Ki" Bhandiyera sab plan nai jhwamma... :)
 
Posted on 09-17-07 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मै तुलसि तेरी आगन कि" भनेर के भो' त उन्को ज्यु, "घर बाली बाहार बाली" चलाइदेको भे' हुन्थ्यो नि

 
Posted on 09-17-07 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मैं तुलसी तेरे आंगन कि" रे हाहा -- ड्याम ब्रो -- झुरै भएछ नि त -- कि राम्रै भएछ -- नत्र ब्रो नि आवाारा, आशिक आवारा, दिवाना के के हु्न्थ्यो नि हामी जस्तै -- मैले ने "प्यार किया तो डरना क्या" भनेर "मैने प्यार किया" दिने भा को, के कम्विनेसन् फुस्केछ -- "मैने प्यार किया" त होईन, "कयामत से कयामत तक" पो भा छ यार -- कयामत कहिले आउने हो -- कुर्यो, बस्यो -- हम इन्तजार करेंगे तेरा कयामत तक, खुदा करे के कयामत हो और तुम आए, भन्दै ।
 
Posted on 09-17-07 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज मलाइ धमाधम पर्यो भन्या त के हुन्थ्यो --बिचरो कलङ्की भ्याई नभ्याई चौतारी र बिराटनगर दौडीरा रे छ बेतोड।

कलंकीले "हम आपके है कौन?" भन्नी त भन्नी तर कल्लाई भनेर घुरेर घुरेर एउटीलाई यसैलाई पेल्दिन्छु डाइलोक भन्दै जुम ईन के गर्या थ्यो 'हम दिल दे चुके सनम' भन्दीछ ठीटीले।

कलंकीब्रो फेरी प्रो पर्यो "दे दे दिल जस्लाई दिने हो --हमे तो त्यो खतरा ज्यान चाहिए" ठोक्देर फेरी घुर्देछ।

त्यो बिराटनगरमा एउटा सिनेमा हल थ्यो ईन्द्र हो की के हो त्यो क्याम्पस तिर -- त्यो सिनेमाहल अघि रुखहरु थिए के का हुन -- टन्न रिक्सा राख्या हुन्थ्यो ति रुखहरु मुनी अनि पसलहरु पनि थिए साना साना। तेतै तिर हो कलंकी साईकलबाट पछारीएको रे।
 
Posted on 09-17-07 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-17-07 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउफेर त म पनि गा' हो के रे बिराटनगर। बैशाखाँ परिएछ, गर्मीले पाकेर आफ्नै ह्याकुलो लुछे 'नि मिठै हुन्छ कि जस्तो भाथ्यो। चोकैको होटलाँ "राति लाम्खुट्टे त आउन्न नि हगि दाई" भनेर सोधेको, "हिजा'ज गर्मीले लाम्खुट्टे सप्पै मर्याछ, ढुक्क भे'र सुत्नुस।" भनेको सम्झिन्छु।

त्याँ २ रात बास बसेर हुरुरुरुरुरुरुरुर भटभटेसाइकलाँ बयरबन पुगेको हो। त्याँ १०-१२ दिन आइतबारे देखि शनिबारे, सक्राते देखि मासन्तरे सप्पै गल्लि गल्लि छप्पा मारेर फर्केर फेरि त्यै बिराटनगराँ बास बसेम। दशै छेक गा'को भा' रमाइलो हुने रे'छ जस्तो छ। साह्रै मन परेको हो ठाम त।

चुनापका बेलाँ खानेपानीको सर्भे अर्न गा'को। नेताहुरले भोट माग्नलाई झुक्क्याउन पठा'का भनेर झन्डै लघारेनन् गाँठे। ज्यान जोगा'र फर्कियो।
 
Posted on 09-17-07 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कलंकीब्रो फेरी प्रो पर्यो "दे दे दिल जस्लाई दिने हो --हमे तो त्यो खतरा ज्यान चाहिए" ठोक्देर फेरी घुर्देछ।

lol
 
Posted on 09-17-07 6:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले चिने है ७-८ जनलाई , खोलिदिउ तिमीहरुको चर्तिकला??
तिमीहरु लाखा पाखा लागे पछी , बिराट्नग रेली हरु
ढुक्कले बस्न पाएका, पाइयो भनेका?

यहाँ लेख्ने मात्रै हो गर्मी ले साँझ मा किक्ल्न्थे भन्ने, बजारअद्द! चोक , देवकोटा चोक, महेन्द्र चोक फ न्फती गुम्ने तिमीहरु अहिले पानी माथिको ओबानो बन्न खोज्दा रहेछ्न।
 
Posted on 09-17-07 7:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु लु जावस जावस
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
From Trump “I will revoke TPS, and deport them back to their country.”
Tourist Visa - Seeking Suggestions and Guidance
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters