[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XIX

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 103060 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-20-06 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!

कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी १९ औं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यहाँसम्म पुग्न सफल भएको हो।

सबैको साझा चौतारीमा नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्

यस संस्करणमा पनि रमणीय सहर पोखराको ताल-बाराही मन्दिरमा अवस्थित चौतारी छानिएको छ।
आउनुहोस्,
यो गर्मीको पसिना फेवातालको पानीले पखाल्नुहोस्।
अनि चौतारीमा बसी नाच्नुहोस्, गाउनुहोस् अनि रमाउनुहोस्।


यसचोटीको चौतारीमा पुग्नको लागि डुङ्गाको आवस्यकता पर्छ। सहयोग चाहिएमा यो गालब डुङ्गा खियाउन हाजिर छ।

माझी दाइ पोखरा फेवातालको
लाऊ माया साँच्चैको, नलाऊ है ख्याल-ख्यालको!



 
Posted on 07-21-06 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाकाँ टिको लाइदिएछि त दक्षिणा नि दर्‍हो दिनु परो नि पुन्टेदा सनै बुइनिहुर् लाइ :D
 
Posted on 07-21-06 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाक त सेकौँला तर नाक मा टिका लगाउनुभयो भने म पनि तालुमा ओखर् फोड्छु है फेरि , तालु नि भुइँ जस्तै देखिन्छ अनि के गर्नु त।
 
Posted on 07-21-06 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D :D katti hasako ho mare ma ta.
 
Posted on 07-21-06 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नै पौरखले खान, लाउन सक्ने बुईनीहरुलाई दक्षिणा-सक्षिणा दिएर के हेप्नु? जति धेरै दियो, उति धेरै “तँ काम लाग्ने छैनस्, ला, गरि खा!” भनेर हेपे जस्तो। धत् म त सक्दिन तेसरी हेप्न बुईनीहुरलाई। बरु हेपिन्छु! लेऊ बरु मासिक कति कमाउँछौ, तेस्को केहि भाग!
 
Posted on 07-21-06 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-21-06 5:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर लोभि पुन्टे दा!!!!!!

त्यो धोबिनिलाइ केजाति किनदिनलाइ होला हाम्रो पैसा मागेको:)

अब त ओखर तालु र तिखो नाक दुबैतिर फोड्नुपइर्छ है प्रिती र तितौरी.....हाम्रो नाकमा टिका लाइ दिने पुन्टैदाको घाटिमा कौछो दलेको सयपत्रिकोमाला लाइदिनुपर्छ के । अनि थाहुन्छ । बडो नाकाँ टिका लाइदिन्छु रे अझ :( :(
 
Posted on 07-21-06 5:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा....
पुन्टे दाईले हसाँएर मार्ने भयो बिहान बिहान!
टाउकोमा ओखर फोर्ने रे हाहाहाहा!
बिचरी पुन्टेनी भाउजु,
हसाँएर हैरान पार्नु हुन्छ होला साँच्चिको!
निर्माण (निरे) लाई कसैले चिनेन रे:))
वेलकम ब्याक निरे ब्रो!
हाउ इज बेल्जिअम ?
मिस्! निरेलाई पनि भर्ना गरिदिनुस् चौतारी स्कुलमा!
रोल न् १५ मिस्टे
हाजिर मिस्!
 
Posted on 07-21-06 5:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-21-06 5:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो! हो!! हो!! बेल्जियम
बेल अनि जि एम
उस्को पुरानो केटि को पहिले बेल सङ्ग बिहे भयो
अनि पछि जि एम सङ्ग
बिचरा बिरक्तिएर बेल्जियम लाग्यो
अब बुझ्नु भयो हजुरहरुले??

लौ अब खुरुक्क भर्ना गरिदिनुस्, नत्र.......

अहम् अहम्,
नत्र म उस्लाइ "तिम्रो भर्ना नहुने भो केटो" भन्दिन्छु

"FILMY.... PURE FILMY!!!"

:पि
 
Posted on 07-21-06 5:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ कुम्ले पनि बेल्जियम् को कस्तो अर्थ लगाइदेको हो ? इस्कुलाँ मिस् ले शब्द को अर्थ पढा'को बिर्सिएको हो कि के हो? ल मिस् ५० पटक् उठ् बस् गराउनुस् है कुम्ले लाइ. बेल्जियम् भनेको त बेल् बाट बनेको जाम् पो हो त लौ जा:p
कत्ति जान्ने हो म यस्पालि फस् हुन्छु होला? :p
 
Posted on 07-21-06 6:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, हाम्रोमा त १२ बजिसक्यो, तर भोलि शनिवार हो क्यारे, त्यसैले जाग्राम बसिरा' :)

मिस्टे मेरो जन्ती जान पर्खेरा' रैछ, तिम्रो इच्छा चाँडै पुर्याइदिन्छु, तथास्तुऽऽ...
मिस्टे बुरो, हाउ इज फुरान्स (फ्रान्स)? :)

अनि त्यो निरे नि झुल्क्यो नि धेरै दिनपछि, शहरमा पढेर बल्ल पो फर्केछ।
ल मेरो नि स्वागतम् है निरे बुरो!

अनि कुम्ले र तितौरीको त टक्कर चल्दैछ नि बेल्जियमको शब्दार्थमा। दोहोरी नै खेलम् न बेल्जियमको बारेमा, कसले जित्छ हेरौं। ;)

पुन्टे दाइ, प्रिती जी र मास्टर्नी दिदीले नि हसाउनुभो। :D
 
Posted on 07-21-06 6:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि चौतारी महोत्सवमा चैं मेरो नि सहमति छ, रमाइलो गर्नु पर्छ त्यो दिन, दादाको आईडिया गजपको छ ल। अब सरसल्लाह र तयारी गरम्।

केही वर्ष पहिले अमेरीकामा र पछि नेपालमा साझावासीहरूको भेटघाट कार्यक्रम पनि भा' थ्यो। फोटाहरू पनि टाँसेका थिए। अचेल त साझाको जनसंख्या निकै बढ्यो, अहिले चौतारीमा मात्र त्यो बेलाको साझाको जति मान्छे छन् होला। हामी चौतारीबासी मात्र यस्सो भेटघाट गर्ने कार्यक्रम राख्न पाए हुन्थ्यो। तर कति त महादेश नै फरक बसेका छन्, त्यसैले नजीकै बस्ने, र भेटघाट गर्न ईच्छुक गाम्लेहरूले चैं कार्यक्रम आयोजना गरी फोटो सोटो नि टाँसे कसो होला? सब भन्दा बढी गाम्लेहरू त उत्तरी अम्रिकाबाटै छन् नि, लौ त्यहाँकाले पहल गरम न त।
 
Posted on 07-21-06 6:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को फेरि फुरान्स ( France) रे :D

अब फुरान्सको अर्थ केहोलानि ?? कुम्ले र तिरु भनत ।
जस्ले जान्छ त्यो मैन्टर(captain) हुन्छ है।:) :)

(कुम्ले र तितौरीको) यिनीहरुको झगडा पार्दिनुपर्यो अब

:)
 
Posted on 07-21-06 6:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, यो मिस्टे अहिले चैं फुरान्साँ हैन पो जस्तो लाग्न थाल्यो मलाई त।

उसले भन्यो >>>>पुन्टे दाईले हसाँएर मार्ने भयो बिहान बिहान! <<<<

यतिबेला बिहान हुने ठाम त पक्कै फुरान्स हैन। सके जापोन हो कि, या आस्टार्लिया हो, ल भन मिस्टे बुरो कता हो तिमी?
 
Posted on 07-21-06 6:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहेहे चित्रे बुरो
फुरान्स् छोडेको त भयो नि १ बर्ख्!
अहिले त म तेइ एसिया पसिफिक देश तिर छु! गेस् गर्नुस् आँफै!
हिन्ट दिम ? ?
सिंहको देस् हो;)
 
Posted on 07-21-06 7:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, मिस्टे बुरो, तपाई चैं सिंगापुरतिर जस्तो लागो। :)

मिल्यो कि मिलेन भोलि उठेर हेरम्ला, अहिले त साह्रै निद्रा लाग्यो।

शुभरात्री!
 
Posted on 07-21-06 7:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर के के जुहारी चल्दै रच याहा त । चौतारो त यति सानो छ मुन्छे चाइ कती अटाका गाठे ? त्यो पनि सप्पै संसारका । कता कता माथि एउ ठाममा मिसले मलाइ डाइलक हाने जस्तो मान्चु के रे? जे भे नि जसरी भे नि चौतारी महो्तशव धुमधाम मनउनू पर्च है ?
 
Posted on 07-21-06 10:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-21-06 11:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-21-06 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Upload music at Bolt.

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Don’t Just Read—Join the Conversation
Freedom of speech is dead in USA
Travelling to Nepal with expiration less than 6 months
मौका छोपी रक्सी र सुन्तला लुट्नेहरू थुना बाट भकाभक छुट्न थाले
NEED TRADE SHOW HELP- LAS VEGAS
Be the voice to Renew TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters