[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी तिहार बिशेष ~

[Please view other pages to see the rest of the postings. Total posts: 389]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
[VIEWED 162140 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 20 pages, View Last 20 replies.
Posted on 10-12-06 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी तिहार बिशेष ~



सप्पै चौतारीबासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,राँगे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाई तिहार को शुभकामना । तिहार आएको ले फेरी पनि रमाइलो गर्ने अर्को मौका मिलेको छ । यस्पाली त चौतारी मा छम छम भैलो खेल्नु पर्छ ।

दसैं को अलमलले कोही त नेपाल तिर हराए कोही कता हराए । अनि केही नयाँ मान्छे पनि चौतारीमा आए । ल अब सबै मिलेर अझ रमाइलो गर्नु पर्छ ।
नेपाल जाने हरु ले त नेपालको फोटो टासेर चौतारी लाई नै नेपाल बनाउनु पर्छ ।
दसैं पछी दशा कसैलाई लाग्यो कि लागेन मलाई त रुगा लागेर हैरान । ल अब तिहार पनि टिका लगएर, देउसी खेलेर, तास खेलेर मनाउनु पर्छ । लास्टा चै दिपेको दसैं कबिता ।

शुभकामना उधारै छ
रहरको पैचो पोहोरको तिरेकै छैन
फेरि दशैं आइसकेछ
दशैं उता आइज भन्छ
आफु यता परिस्थितीको बन्दी परेको छु
अचेल दशै म सँग रीसाएको छ
दियो छन धुपहरु किनेको छु
भजन पनि बजाएकै हो
मन् ठ्याम्मै मान्दैन खै किन हो
मन तस्बिरका पिङ्गमा मच्चिन्छ
पल भरमै आफ्ना हजारौं रहर पुर्याउँछ
म पनि मन हुन पाए?

 
Posted on 10-13-06 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे! ये मिस्टे! हे हे हे! के छ खबर? हे हे हे!

हे हे हे, झाँक्रीलाई डाकेको, हे हे हे, सबलाई हे हे हे भूत झार्देऊ भनेको, हे हे हे, जार्नु सार्नु त कता कता, हे हे हे, उल्टो मलाई नै उकाल्द्‌यो, हे हे हे!

हे हे हे, लालु रंगा, मब मुझे छोडेगा? हे हे हे

हे हे, हु हु, हाहा, हि हि, ही ही, हो हो, ह ह, है है

लु जा! पुन्टे बौलायो! हे हे हे!
 
Posted on 10-13-06 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए पून्टेदाई,
कसरी बौलाउनुभो तपाई? मानसिक अस्पतालको फोन नं ९७७ १ ५५२१३३३ हो। नत्र तपाईकै अम्रिका गाममा होला नि राम्रो अस्पताल। हैन भने झाँक्रीलाई कुरेर बस्नुस्। :P
 
Posted on 10-13-06 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेलाई खररै छ मानसिक अस्पतालको फोन नम्बर।
:D
 
Posted on 10-13-06 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kumle quoted...
>>चित्रेलाई खररै छ मानसिक अस्पतालको फोन नम्बर।
हे हे, हु हु, हाहा, हि हि, ही ही, हो हो, ह ह, है है (Punte Dai ko Stylema)
:P
 
Posted on 10-13-06 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मिस्टे!
तिमी सङ्ग नयाँ नयाँ नेपाली गानाहरु छन् भने मलाई इमेलमा पठाउ त mp3 हरु। लामो बाटो जानु छ यार भोली। सबै सुनेका गानाहरु मात्र छन्। लौ त ब्रो!
 
Posted on 10-13-06 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नम्बर गलत परेछ, चित्रे!

ठीक नम्बर नि पत्ता लाईं सकें!

हे ९ हे ७ हे ७ हा १ हु ५ हु ५ हि २ हि १ हो ३ हौ ३ ह ३

हे हे हे!!

मानसिक अस्पताल होईन होला, हानसिक हस्पताल होला! हे हे हे!! त्याँ को त हाक्टरै हौलाहा छ, हाम्रो हौलाहापन क्यारी निको पार्छ? हे हे हे!

हरि हरणम्!
 
Posted on 10-13-06 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau gaana haru ta tannai chha ni mero 200 gb ko hdd ko 50% ta yehi gaana haru le bhariyeko chha. mero bholi post bata cd haru aaudai chha parsi pathamla hunna ehehe
हे हे, हु हु, हाहा, हि हि, ही ही, हो हो, ह ह, है है (punte dai ko style ma feri ,...)
 
Posted on 10-13-06 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गीत सुन्ने, कुम्ले?

हे हे! हे हे हे हे हे हे हे हे ऽऽऽऽऽऽऽऽऽऽऽ! हा हा हाऽऽऽऽऽऽऽऽऽ! हो हो होऽऽऽऽऽऽऽऽऽऽ!!!!!!!!!

हिन्दगीको, हे हरोसा?
हो ह हानो हिलौना हो!
हुई हाँखामा, हेकमा हाँसो
हर्कोमा हुवाई ह!

हे हे हे
:डि
 
Posted on 10-13-06 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Miste,

अलि अलि अहिले पठाउ न कम से कम एउटा सिडी बर्न गर्न मिल्ने गरी। ६ घन्टा ड्राइभ गर्नु छ यार भोली बिहानै!

हैन! अनलाइन नेपाली नयाँ नयाँ गानाको सिडी किन्ने वेबसाइट छैन? पाइरेसी गर्दा आफैलाई नरमाइलो लाग्ने।

ha ha ha! Poonte dai! ...lol
 
Posted on 10-13-06 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हून्टे दाई, हुम्ले, हिस्टे अनि अरू हाम्लेहरूमा मेरो हमस्ते है!

हैन, यो मलाई हे भएको? :P
 
Posted on 10-13-06 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हित्रेलाई नि हढ्यो हे हे हे हूत!

हुल्हानि हराएर हौलाई हकेथ्यो, हब हन् हे हे हे हूतले हत्यानाढ हर्ने भो हित्रेको!

हे हे हे!

:पि
 
Posted on 10-13-06 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्यानाश हेखेको, हत्यानाढ हएछ!

हे हे हे!

:एस
 
Posted on 10-13-06 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे, हु हु, हाहा, हि हि, ही ही, हो हो, ह ह, है है (फेरी पुन्टेदाइको स्टायल्मा) हाहाहा
****************************

हैन ए कुम्ले तिमी कहाँ जान लागेको ६ घण्टाको ड्राइभ मा ?
सि डि बर्न गर्नु पर्‍यो रे :O
हैन हो भर्खर को भर्खरै कता बाट तिमीलाइ गीत पठाउने ?
एम यस यन मा आउ ।
मेरो पुरानाम्१@ह्ट्मेलडट्कममा याड गर त ।
**************************
>>ए हून्टे दाई, हुम्ले, हिस्टे अनि अरू हाम्लेहरूमा मेरो हमस्ते है!

हैन, यो मलाई हे भएको? :P >>>
चित्रेलाइ पनि "ह" भूतले समातेछ कि के हो ?
:P
 
Posted on 10-13-06 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन, यो हौतारी नै 'ह'मय हुन लागो नि गाँठे।

हब हून्टे दाईलाइ हानसिक हस्पताल लानु पर्ला हस्तो छ। म चैं हानसिक हस्पतालको हाक्टर, (हाईक्याट्रिस्ट)। :P

हब हिहार आउनला' बेलामा हौतारीबासीहरूलाइ यो कस्तो 'ह' को रोग लागेको होला भनेर म हनुसन्धान हर्दैछु। म यो होगको हामाकरण पनि गर्छु, 'ह्यारालाईसिस्', लौ जा!

- हा. (डा.) हित्रे :D
 
Posted on 10-13-06 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कुम्ले, के छ हालखबर, म उषा बोलेको"

एउटा अपरिचित फोन नम्बरबाट गरेको हुनाले सुरुमा उषालाई ठम्याउन मलाई गार्हो परेको थियो। तर उनको बोली नचिन्ने त कुरै भएन।

"ओहो! उषा तिम्रो नम्बर त मैले सेभ गरेर राखेको थिएँ त, तर अहिले अर्कै नम्बर आयो नि?" मैले बुझ्ने प्रयास गरेँ

"ए! यो मेरो नयाँ नम्बर हो। त्यहि भएर तिमीले ठम्याउन सकेनौ। कुम्ले! तिमी आज बेलुकी खाली छौ?" उनले मलाई सोधिन्।

"खाली नै छु, किन नि? के काम पर्यो र त्यस्तो?" मैले फेरि सोधेँ

"तिमी सङ्ग केहि सल्लाह गर्नु छ, आज अफिस सकेर साउथ बीचको Starbucks मा आउन है!"

"ओहो! त्यस्तो के पर्यो र उषा? यो नाचिजलाई किन त्यसरी सम्झियौ?" मैले ठट्टा गर्दै भने।

"सबै बेलुकै कुरा गरौँला नि है, अनि तिमी ६ बजे त्यहाँ आइपुग है त"

मैले बेलुकी उनलाई भेट्ने कबुल गर्दै फोन राखेँ।

उषा सङ्ग परिचय भएको त धेरै भएको छैन। हाम्रो कामको प्रकार एउटै भएकोले होला केहि समयमै हामी अलि नजिकको साथी भयौँ। कामको सिलसिलामा आइपर्ने धेरै समस्याहरुमा उनले मलाई सल्लाह अनि सहयोग गरेकी छिन्। भन्नु पर्दा उनलाई मैले unofficial गुरू भनेपनि हुन्छ।

अफिसमा हत्तार हत्तार आजको काम सकेर म साउथ बीचतिर निस्किएँ। अहिले यता तिरको सिजन सुरु भएकोले बाटोमा धेरै ट्राफिक हुन्छन्। म बल्ल बल्ल ६:०५ मा त्यो Starbucks मा पुगेँ।

उषाले हात हल्लाएर मलाई आँफु बसे तिर बोलाइन्।

"अहिलेको ट्राफिकले हैरान पार्छ। झन अफिस टाइम सकिएपछि त अत्ति गार्हो भन्या" मैले आँफु ढिला भएको कारण उनलाई बताएँ।

"ठिकै छ नि, म पनि भर्खरै आएको। यो लेउ तिम्रो लागी क्यापेचिनो", उनको टेबलमा भएको दुइवटा कप मध्य एउटा म तिर धकेल्दै उनले भनिन्।

"अनि के छ त हालखबर, उषा? धेरै दिन भयो है हाम्रो भेटघाट नभएको पनि" मैले कफीको कप समाउदै भनेँ।

"हो त, तिमीपनि ब्यस्त म पनि ब्यस्त। यस्तै त हो नि यहाँको जिन्दगी,.... तिमीलाई चिनी पुग्यो?" उनले कफी सुरुप्प पार्दै भनिन्।

"अँ! पुग्यो पुग्यो ठिक्क छ।" मैले कफी पिउदै भनेँ।

"अनि कस्तो भयो त आजको अफिसको काम?" उनले म तिर हेर्दै भनिन्।

"ठिकै भयो! अलि ब्यस्त थिएँ आज, एउटा प्रोजेक्ट बुझाउनु थियो काउन्टीलाई, बल्ल बल्ल २:२० को कुरियरबाट पठाएँ, १० दिन देखी क्लाइन्टको बाट चेक पर्खिरहेको थिएँ, आज आइपुग्यो अनि मिलाउदा मिलाउदै ब्यस्त" मैले आफ्नो दिनभरको कामको जानकारी दिएँ।

"यस्तै हो है हाम्रो काम, सबै ठिक पार्यो अनि फेरि एउट प्रोब्लम देखिन्छ, अनि फेरि सुरु गर्यो", उनले थपिन्।

"अनि भन, के कति कारणले तिमीले मलाई सम्झियौ? सधै मलाई सल्लाह दिने मान्छेलाई आज कसरी मेरो सल्लाह आवश्यक्ता पर्यो?" मैले ठट्टा गर्दै प्रश्न गरेँ।

"म नेपाल जाँदैछु", उनले भनिन्।

"ए हो! राम्रो नि, अनि कहिले जाने त? प्रकासपनि सङ्गै जाने होला नि हैन?" मैले कफी पिउदै उनलाई सोधेँ।

उनको हसिलो मुहार एक्कासी अध्याँरो भयो।

"प्रकास जाँदैन, म मात्र जाने" उनले कफीको कपलाई टेबलमा घुमाउदै भनिन्।

"किन नि? यसपाली त तिमीहरु नेपाल गएर बिहे गर्ने भनेको होइन र? के भयो?" मलाई उनको कुरो सुनेर अचम्म लाग्यो।

"हाम्रो Break Up भैसक्यो, कुम्ले" उनले कफीको कपमा लेखिएको Starbucks लाई कोट्याउदै भनिन्।

"के रे? लौ कहिले नि? तिमीहरु त त्यस्तो राम्रो जोडी लाग्थ्यो मलाई त, के भयो नि त्यस्तो?" मलाई पुरै कुरा जान्ने इच्छा भयो।

"खोइ उसलाई के भयो? म त अहिलेपनि त्यस्तै छु। उसले बोस्टनमा जब सुरु गरे देखी हाम्रो भेटघाटपनि हुन छाड्यो। अस्ति उसलेनै फोन गरेर अब हामी बिचमा त्यस्तो केहि छैन भनेर भन्यो, मलाई अचम्म लाग्यो, केहि दिन रोएँ, अनि घर फोन गरेँ, आमासङ्ग मनका कुराहरु पोखेँ, अहिले तिमी सङ्ग पोख्दै छु" आँखा भरी आँशु पार्दै उनले भनिन्।

"लौ त्यस्तो पनि हुन्छ त कोहि?" मलाई अझै बिस्वास लागिरहेको थिएन।

"भयो त!" उनले मलाई हेरिन् अनि खिस्सिक्क रुन्चे हासो हासिन्।

"अनि नेपाल गएर फर्किने कि नफर्किने?"

"फर्किन्छु नि, किन नफर्किने र, काम यता तिर छ, त्यहाँ के गर्नु?"

"अनि आमाले के भन्नुभयो त?"

"आमाले मलाई अब बिहे गर्नुपर्छ भनेर कर गरिरहनुभएको छ। मलाई माग्न एउटा मेरो मामाघर तिरको चिनजानको केटा आएको छ रे"

"अनि तिमीले के सोच्यौ नि?"

"खोइ के सोच्ने? मनले मानेको छैन तर कहिले काँहि दिमागपनि प्रयोग गर्नुपर्ला नि।"

"ठिकै हो नि, प्रकास नहुने भएपछि त, कोहि न कोहि सङ्ग बिहे त गर्नै पर्यो नि, जिन्दगीलाई अगाडी बढाउनै पर्यो नि" मैले थपेँ

"त्यो त हो, तर मलाई मेरो Past ले रुवाउँछ। तिमीलाई त थाहानै छ नि प्रकासको र मेरो कुरा" उनि सार्‍है चिन्तित् देखिन्थिन्। चिन्ता हुनुपनि ठिकै हो। जिन्दगीमा त्यस्तो क्षण कसैकोपनि नआओस।

"हेर उषा, बितेका समयलाई सम्झेर आउने समयलाई बिगार्नु हुन्न, बितेका समयमा भएका, गरेका भूललाई बिर्सेर अब सहि बाटोमा लाग्नुपर्छ। फेरि तिमीले गल्तीपनि त गरेकी छैनौ नि, माया गर्नु गल्ती होइन नि, धोका पाउनु गल्ती होइन नि। यो त नियतीको खेल हो। तिमी यस्को सजाय आफुलाई किन दिन्छौ? अतितलाई बिर्सेर सुन्दर भविस्य बनाउनु नै सहि Decision हुन्छ" मैले उनलाई सम्झाउन थालेँ।

"तर पनि....."

"केहि तर सर होइन उषा, यदि आमाले भन्नु भएको केटा राम्रो छ र तिमीलाई ठिक लाग्यो भने तिमीले बिहे गरेरै आउनु, फेरि अब के को लागी पर्खिनु छ र?" मैले उनलाई फेरि पनि सम्झाइरहेँ।

"हुन त हो है, कुम्ले। आखिर बितेका दिनलाई सम्झेर रुनुको के अर्थ छ र?" उनले अलि मुहार उज्यालो बनाइन्।

"हो!! त्यहि भनेको मैले। हुनेवाला श्रीमानप्रति इमान्दार हुनुपर्छ। उसैलाई सबथोक मान्नुपर्छ। अनि बितेका कुराहरु त्यसै हराएर जान्छन्। त्यहि नै तिम्रो लागी राम्रो हुन्छ" मैले कुरो टुङ्याए।

"कुम्ले, तिमीलाई धेरै धेरै धन्यवाद, मलाई धेरै ठुलो moral support भयो। मलाई अब Decision गर्न सजिलो हुन्छ" उषाको मुहारमा त्यो पुरानो ज्योती फेरि फर्कियो।

"अब ठिक भयो, बरु नेपालबाट फर्किदा मलाई अलि अलि कोसेली लिएर आउनु" मैले ठट्टा सुरु गरेँ।

"ल्याइहाल्छु नि, बरु आन्टी सितपनि भेटेर तिम्रो बिहेको कुरो गर्छु। तिम्रोपनि त बेला भयो नि" उनलेपनि ठट्टा सुरु गरिन्।

"हा हा हा!! ल ल ठिक छ"

हामीले कफी सकिसकेका थियौ। कफी पसलमा धेरै Costumers आएका हुनाले हामी जानुपर्ने भयो।

मैले उनलाई गाडी सम्म छोड्न गएँ।

"कुम्ले, म तिमीलाई फेरि फोन गर्छु है" उनले मलाई त्यत्ति भन्दै आफ्नो बाटो लागिन्।

मैले हुन्छ भन्ने इशारा गर्दै उनि सङ्ग बिदा भएँ। गाडीमा आएर एकचोटी जिउ तन्काएर भित्र छिरेँ अनि आफ्नो बाटो लागेँ।

त्यत्तिकैमा मेरो सेल फोनको घन्टी बज्यो। रूपेशले फोन गरेको रहेछ।

"ओइ कुम्ले! के गर्दैछस?" उसले भन्यो।

"केहि छैन यार त्यत्तिकै यता बीच तिर आएको थिएँ, अहिले घर फर्किदै छु" मैले जवाफ दिएँ

"म नेपाल जाँदैछु नि, अर्को हफ्ता" उसले भन्यो।

"ए हो र? ल ल दामी! अनि के गर्छस् नि त्यहाँ?" मैले सोधेँ

"अब बिहे गर्ने झ्याम झ्याम, अस्ति मेरो सिटिजनपनि भयो अब जाने बिहे गर्ने अनि बुढी लिएर आउने, के बुझिस?" उसले आफ्नो प्रग्राम भन्यो।

"बिहे गर्ने? कति चोटी गर्छस् नि? अनि यहाँकि कुइरिनि नि?" मलाई अचम्म लाग्यो उसको कुरो सुनेर।

"हत्तेरी यस्ले नबुझे झैँ गर्छ। हिजो भर्खर Divorce गरेको। अलि अलि पैसा दिएर कुरा मिलाएँ। त्यो पनि खुसी म पनि खुसी" उसले सहज तरिकाले मलाई भन्यो।

"अनि हुनेवाला भाउजुले थाहा पाउनुभयो भने नि?" मैले जान्ने इच्छा गरेँ।

"केहि थाहा हुन्न अब, म बिहे गरेर सिधै कोलोराडो जाने हो, यहाँ नर्थ क्यरोलाइनामा नबस्ने अब। अनि उसलाई केहि थाहा हुन्न, फेरि अमेरिकन सिटिजनसिप लिन बिहे गरेको भन्ने थाहा पाए भनेपनि कोहि रिसाउदैनन् के" उसले अत्यन्त सजिलो तरिकाले मलाई भन्यो।

मैले उसको कुरो राम्ररी बुझ्न सकिरहेको थिइन।

"ए! कुम्ले, म अहिले राख्छु है, एउटा डाइमन्ड पसलमा गएर हिराको हार किन्नु छ, पछि कुरा गरौला है" उसले त्यत्ति भन्दै फोन राख्यो।

म उस्ले भनेका अनि उषाले भनेका कुरा हरु सम्झिन थालेँ।

एउटै देशमा बसेरपनि दुइ जना कत्ति भिन्न। के यहि हो त महिला र पुरुषमा हुने भिन्नता? मलाई यहि प्रश्न ले पिरोलिरह्यो।

समाप्त
 
Posted on 10-13-06 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा र हु हु उत्र्यो सबै एकैचोटि, कुम्लेको कथाले!

फेरि आज धेरै दिनको कैयौं घण्टे काम पछि काम बाटै बिदा लिऊ भुनेर फोन आयो। हुन नि हो, अत्ति भई सकेथो, आज आराम गरि हालम्, फेरि अर्को हप्तासि त रन्किन्छ काम भुनेर बसें।

लु, आऊ को को आउने हो! सिकार पोलम्, रउसि खन्याम्, फिलम हेरम्! तिकुटे कता मोरेच?

:D
 
Posted on 10-13-06 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो कुम्ले आशु कथाकार पनि गज्जबको कथा लेख्छ ल। राम्रो लाग्यो कथा, काल्पनिक भएपनि यथार्थवादि नै छ।

ए पून्टे दाई, आज त शुक्रवार, मेरो नि अलि फुर्सद भो। ल नाचगान, भोजभतेर गर्नु परो!
 
Posted on 10-13-06 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ भन, चित्रे! तीन पत्रे बँगुरको मासु पर पर पोल्या खान्छौ कि, बोनलेस ल्याम्बको छोएला खान्छौ कि, खसीको भुट्टन खान्छौ कि, चिकेन चिल्ली? तिमी रोजी रोजी, म खोजी खोजी ल्याम्ला!

पाईनएपल सोडाँ सिट्रस एब्सोलुट घोलेर बाजाई सकें मुईले त!

तिहार कै मुखाँ परो, कौडा नि हानम् कि के हो?

ल, ल, ल! लँगुर बुर्जा! आ-आफ्नो भाग्याको परिक्षा गर्नुहोस्! दाउँ छानेर राख्नुहोस्! आएको बाद छैन, खानलाई लाज छैन! आएको, आएको, आएको, पुन्टेले मारेको!

मेरिज पुनि फिटम्ला, कुम्ले आम्ने भए त! ६ घण्टामा १० थपेर उँधो लागे त आईपुग्थ्यो मेरै ढोकाँ!

ल, ल ल, कता कता गए सब गाम्लेहुर? आम्, आम्, आज मज्जा अरम्!
 
Posted on 10-13-06 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तियाले मार्‌राऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ! :D

 
Posted on 10-13-06 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! हाम्रो पून्टे दाइ त दामी शेफ हुनुहुन्छ नि। म त ल्याम्बको छोयला र चिकेन चिल्ली खान्छु! :)

ल म्यारिज पनि खेलम्, अस्ति खेल्दा मैले ६ युरो त जित्याँथें नि जे भएपनि, खासै राम्रो खेलाडि नभएपनि माल चैं पर्छ मलाई। ;)

अनि देउसी भैलो पनि खेलम्, पटाका नि पड्काम्। यहाँ नि हालोविन् आउन लाग्या छ, पटाकाको आवाजले तिहार सम्झाइदिन्छ।

ल तासमा मलाई यौटा सिक्वेन्स चैं पर्यो। :D

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Best Consultancy for H1 sponsorship in USA.
Trump admin revokes 18 months TPS extension for Venezuelans
NEPAL TPS
Documents instead of Birth Certificate
Now, more than ever, is it a good idea to apply for advance parole?
What is the purpose of an F1 student visa in the U.S.?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters