[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 KAVITAKO DESH - III

[Please view other pages to see the rest of the postings. Total posts: 142]
PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
[VIEWED 87001 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, View Last 20 replies.
Posted on 12-29-06 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझामा लेखिएका अनेकौँ कविताहरुलाई एकै ठाउँमा राख्न, पढ्न र प्रतिकृया आदानप्रदान गर्न सुरु गरिएको कविताको देशले पनि २ भाग पुरा गरिसकेछ। पहिलो र दोश्रो भागमा अनेकन मित्रहरुले यो धागोलाई अत्यन्त माया, सद्भाव र चाखका साथ पढिदिनुभयो, लेखिदिनुभयो र साथ दिनुभयो; ति सबै मित्रहरुलाई निरन्तर सहभागिताको आग्रह सहित धेरै धेरै धन्यवाद् छ!
पहिलो र दोश्रो भागमा जानको लागि तलको ठेगानामा जानुहोस!

पहिलो भाग- - http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=25557
दोश्रो भाग- - http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=28216

बिश्वास छ, धेरैले यो कविताको देशमा गाउँहरु थपेर सिंगार्नुहुनेछ!

सुरुवातमा यो एउटा कविता-

जिन्दगी-

कहिले ढकमक्क
आँगन सिँगार्ने सयपत्रिको,
कोमल स्पर्ष र सुगन्धले
बाग बाग गराउँछ!
कहिले ओसिलो भुइँमा,
बर्षौँ फालिएको
पुरानो मजेत्रोको,
फोहोर चिप्लोपना सहित
डुङ्ग ढुसि गनाउँछ!
बलेसिबाट चुहिँदै गरेको
निराश थोपाहरु जस्तै,
कहिले एकछिन टल्केर
माटोमा कतै सेलाउँछ!
बिउ फाटेर कहिले,
नितान्त नयाँ संसार हेर्दै
मसिनो टुसा पलाउँछ!
यसैगरि, यता उता भौँतारिँदै,
कहिले चुलिँदै,
कहिले खस्किँदै,
मेरो जिन्दगी;
केवल जिन्दगी बिताउँछ!!

 
Posted on 01-17-07 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-17-07 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् माष्टरनी नानि मिठो हाँसोको लागि! :)
 
Posted on 01-17-07 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

-->चिसो पट्टयारलाग्दो सर्दीमा,
गजधुम्म परेर कपास ओडेका,
ती एकोहोरो ठाडा रुखहरु;
मेरो नियती जस्तै,
आफुमाथि क्रमश: थपिँदै गएको बोझ
हल्का हुने आशामा,
अरु बोझ थप्दै गइरहेका छन्!!

---> मेरो मुटुको एउटा पाना निकालेर ठ्याक्क छापेको जसो लागो! भन्न त नहुने हो तर यो बिर्खेले अर्काको मन भित्र हेर्ने मिसिन बना'छ कि के हो हँ!! मन बचा'र राख्नु परो यो जिम्मालेबाट!! फिरी अरु कुरो नि टिपेर ल्या'र याँ छाप्द्यो भने मेरी बास्सै बर्बादै हुन्छ नि!! :पि
ॐ जय शम्भु!!ॐ
 
Posted on 01-17-07 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे गुरु, भउते गुरु, कपी पेस्ट गर्दा गर्दै एक टुक्रा फुर्यो, टास्न मिल्ने हो कि होइन ? ल जा जे पर्ला पर्ला भनेर पेस्ट गरेको छु ।



उप्काउने असफल प्रयास नगर
मुटु भित्र गढिएको तिम्रो तस्बीर
जति पखाले नि बेरङ्ग हुने होइन
सिउदो भरि कोरिएको रातो अबीर
 
Posted on 01-17-07 7:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै राम्रो छ जिम्माल कविता। बिम्बहरुको संयोजन र अन्तर्सम्बन्ध राम्रो लाग्यो।

पहिलो खण्डको अन्त्यमा "----गइरहेका छन्" र दोश्रो खण्डको अन्त्यमा "-----नाटक गर्छन्" भएकोले तेश्रो खण्डलाई पनि त्यसैगरी अन्त्य गर्दा अझ राम्रो हुन्थ्यो कि!

यो चाहिँ त माष्टरपिसै लाग्यो! भूपिका छोटा कविताहरु सम्झाइदिन्छ यसले! बधाइ छ जिम्माल!


चिसो पट्टयारलाग्दो सर्दीमा,
गजधुम्म परेर कपास ओडेका,
ती एकोहोरो ठाडा रुखहरु;
मेरो नियती जस्तै,
आफुमाथि क्रमश: थपिँदै गएको बोझ
हल्का हुने आशामा,
अरु बोझ थप्दै गइरहेका छन्!!
 
Posted on 01-17-07 8:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीले सोचेको हौली म जे नि गर्छु , के म पागल हु र ?
तिमीले दिएको बिश पिउने खाले,मा कुन बिरामी हु र ? ?
तिमीले फाल्दा म नै मिल्किने म कुन फोहोर हु र ?
तिमीले हाँस्दा मसक्क हुने म कुन बच्चा हु र ?
तिले सोचेको अर्धपागल म कहाँ सच्चा छु र ? ?
तिमीले सोचेको हौली,,,,,,,,,
 
Posted on 01-17-07 11:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जग्गि, भनेपछि तिम्रो मनमा नि एस्तै कुरो खेल्दो रहेछ! धेरै धन्यवाद्!

राहुलदाई, किन नहुनु मजाले पेस्ट गरे हुन्छ। राम्रो टुक्रा राख्नुभयो!

गौतमजी, तपाइँले ठ्याक्कै समात्नुभयो मलाई! लेखेको बेलामा सोचेको थिएँ, तर अन्तिम हरफ परीवर्तन गर्न नै सकिन त्यसैले माथि पछि थप घट गर्छु भनेर लेखेको! हे हे हे गौतमजी भूपिको हरफ जस्तो लाग्यो भनिदिएर मलाई कस्तो कस्तो अप्ठ्यारो लाग्यो :)

विवसजी लेख्दै जानुस!
 
Posted on 01-17-07 11:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ के भन्ने? म अवाक भएँ। हे हे हे!! ;-)
 
Posted on 01-18-07 12:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे माइला दाइ क्या राम्रो कबिता छ। वाह् वाह वाह्। कबिता को प्रसन्सा गर्न मसग सब्द नै छैन
 
Posted on 01-18-07 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिउँ पर्यो कि कबिता फुर्ने कस्तो हिउँकबि होला हाम्रो जिम्माल बा :D:D:D
कस्तो राम्रो हौ कबिता ।लौ जाचमा आउने प्रश्न जस्तो पढेर पढ्या पढ्यै भैयो । hehehe..
 
Posted on 01-18-07 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै धन्यवाद् दादा! :)

राक्षसजी, यति भनिदिनुभयो मलाई केहि चाहिन्न! आउँदै गर्नुहोस र तपाईँको पनि राख्नुहोस स्वागत छ!

तितौरी! हे हे हे हिउँकवि रे! कुरा गर्न त हाम्रि तितौरि संग कस्ले सकोस! जाँचमा आउने प्रश्न जस्तो पढेर कण्ठ भयो हो? धेरै धन्यवाद्!! :)
 
Posted on 01-22-07 8:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझाको सुरीलो साहित्यले अझै तान्न खोज्छ वा!
कविताको देशका अनन्त यात्रीहरुलाई मेरो जदौ अनि मुरी मुरी सलाम। कतिपय सिर्जनाहरु असाध्यै मीठा लाग्यो।

मैले नी एउटा रात्री कविता लेखेको थिएँ निकै अघि अंग्रेजीमा र केहि साथीले अन्त पनि अर्कै
अर्कै नाममा राखिदिएका थिए। त्यहि साझामा टाँसेर भागें अहिलेलाई। परिचित अपरिचित मित्रहरुलाई नमस्कार छ।

Random Romance


When you were awake
You emerged by me
Like a pink daisy
And moved sideways
Like a serpentine
Before a snake charmer
You threw on me
Like you never cared yourself
Like you gave yourself up to me
Sublime you were
And it felt like being
In a sweet paradise
Blushed mountain
Sacred valley
Petals of rose
Scattered all over
And a butterfly
Stinging the juicy filament
Swift, smooth
Like a tumble in the snow
The momentum grew
The fire glowed
And with a long breathe
Like a pinch in the bubble
I succumbed
On the quilt of flowers
I shivered
And exploded
You, like a soft rock
Beneath a super-volcano
Took me on
And then closed your eyes
To feel asleep
Careless, unafraid and unruffled
Poised, buoyant and assured
Clad in majestic nudity
Like a spring waterfall
You flow still by my side
And I behold
The most beautiful thing
I could have ever seen.


newuser
 
Posted on 02-09-07 11:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अलि दिन भएछ यो धागो नदेखिएको। त्यसैले एउटा थप्दै छु!


बाध्यता-

मैले हत्केलाले छोप्न खोज्दा खोज्दै
फुत्त निस्केर भागेको,
कुनै उड्दै गरेको
सिमलको भुवा जस्तो तिम्रो माया;
उड्दै उड्दै हावाको तालमा,
पटक पटक कालावाजी खाँदै,
तातो स्पर्शको क्षणिक मादमा,
घाम घाम चुलिँदै र ढल्किँदै,
चिसो भुइँमा बजारिँदा,
मेरो हत्केलाको ताप,
अचानक पग्लन्छ; मेरो आँखाबाट!

साथका अनेक आयामहरु,
एक एक गर्दै केलाउँदै जाँदा,
सिधा बाटोको परिभाषा
गलत बनिदिन्छन कुनै मोडमा;
जहाँ दायाँ कतै पर,
प्रेम झुपडि मैले नियाल्दा,
बायाँको रंगि चंगि बलौटे महलतिर
तिम्रो पाइला बढ्छन्,
र म फगत जड बनिदिन्छु;
प्रेम झुपडिको झिंगटी संगाल्दै!

ढोका खोल्ने बेला भएको,
बिहानीको कुनै,
खुद्रा पसल जस्तो मेरो जवानी;
झिसमिसेमा तिम्रो साँचो हराउँदा,
एकछिन रनभुल्लमा पर्छु।
चाहँदा नचाहँदै पनि,
मेरो सामु कुनै नयाँ ढोका खुल्छ,
र म भित्र पस्छु;
टाढा कतै हराएको साँचो हातमा लिएको
उदास तिम्रो मुहार हेर्दै!!!

 
Posted on 02-10-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे जी, अति उत्तम् भाव्। तर त्यो शिर्षक "बाध्यता" हो कि "वास्तबिकता" ? अलमल मा परें। मेरो दिमाग् ले न् भ्याको हो कि?
 
Posted on 02-10-07 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खेज्यू,

अत्यन्त सुन्दर रुपक, उपमा र निदर्शन, सुकोमल शैली र करुण रस । एकदमै पठनिय र आनन्ददायक । समापनमा "साँचो हराएको" त "पाएको" चाहि अलिक राम्ररी जोडिएन ।

Nepe
 
Posted on 02-10-07 10:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे जी, गजब छ।

चट्टान जतिसुकै कडा होस खहरे बग्न थालेपछि नचोइटिइकन सुखै छैन। तपाईँको कविताको बहाब यति तेजिलो देख्छु कि यसमा खहरेको गडगडाहट छ। म त खिइई नै सकेँ। :-)

......ढोका खोल्ने बेला भएको,
बिहानीको कुनै,
खुद्रा पसल जस्तो मेरो जवानी.......

यस्ता उपमाहरुले म त यसै यसै यसै यसै....................... खोइ के हुन्छु भनुम, शब्दै आएन। :-)

यसरी नै बगिरहोस ! शुभकामना !

पुनश्च: गद्य कविताहरु बुझ्न मलाई अलिक समय लाग्छ। वास्तबमा भूपिको "घुम्ने मेच माथि अन्धो मान्छे" बाहेक कुनै गद्य कविता सँग्रह पढेकै छैन।

:-)
-भउते
 
Posted on 02-10-07 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aaare birkhe maila dai....k bhannu khai tapai ko kabita lai.....ati uttam ati uttam...wah wah wah.........
 
Posted on 02-11-07 12:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-12-07 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् राहुलदाई!
बाध्यताले निम्त्याएको वास्तविकता होला शायद!
तपाईँले राख्नुभएको शिर्षक ठानेर पढ्दा पनि हुन्छ!

नेपे दाई,
धेरै धन्यवद्! तपाईँलाई थाहा नै छ, म मा धैर्यता छैन जब कविता लेखेर टाँस्ने कुरा आउँछ। पछि जब पढ्छु धेरै कुरा भेट्छु जुन मिलाउँदा राम्रो टुक्रा बन्न सक्छ। सुधार सुझावबाट नै सम्भव छ , त्यसमाथि कुनै रचनाकरको सुझाव; जसको रचना पढेर म प्रभावित भएको हुँ! सिक्दै छु, यसैगरि अरु सुझावहरुको अपेक्षामा!
पुन: एकपटक धन्यवाद्!

भउते, के गर्नु -

बदलिँदैछ आनि-बानि मेरो पनि
मेटिँदैछ पुरानो कहानि मेरो पनि
:)

धेरै धन्यवाद्!

लेखक ज्यू (As a writer),
धेरै धेरै धन्यवाद्! आउँदै गर्नुस र साथ दिँदै जानुस! स्वागत छ कविताको देशमा!

माष्टरनी नानी, धन्यवाद्!
 
Posted on 02-13-07 6:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति सलल बगिरहन सक्या हुन् यी बिर्खे पनि, डाह लागिसक्यो!

अलि गतिलो कविताले साथ दिनुपर्ने हो, तर नभएपछि यसैलाई टाँस्दिँदै छु, 'सेल्फ पोर्ट्रेट' नै भन्दिउँ न (के जाला र!)। साथ दिन र यो धागोलाई माथि तानिरहन मात्रै है। शीर्षक पनि फुरेन!


"-------"

उत्रने जमीन नपाएका
मेरा कथाहरु कठै!
धेरै भयो-
मेरा पात्रहरुको नियतिमा
म एक्लै रोएको
म एक्लै हाँसेको,

हो, 'भोलि सक्छु' भन्ने बाचा गर्न
भुलेको छैन कुनै दिन
तर, धेरै भयो-
आधा कविता र चौथाइ गजल
खल्तीमा बोकेर हिँडिरहेको ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Best Consultancy for H1 sponsorship in USA.
Trump admin revokes 18 months TPS extension for Venezuelans
NEPAL TPS
Documents instead of Birth Certificate
Now, more than ever, is it a good idea to apply for advance parole?
What is the purpose of an F1 student visa in the U.S.?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters