[Show all top banners]

gahugoro
Replies to this thread:

More by gahugoro
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 sujata koirala in chandan taskari

[Please view other pages to see the rest of the postings. Total posts: 50]
PAGE: <<  1 2 3  
[VIEWED 33968 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 04-19-07 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुजाताको कारण बालुवाटारमा रडाको
आज प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठक प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र एक माओवादी मन्त्री मातृका यादवविच विवाद उत्पन्न भएपछि स्थगीत भएको समाचार त पढ्नुभयो होला ।
तर, सायद किन भयो त त्यस्तो रडाको त्यो भने त्यत्ति स्पष्ट रुपमा बाहिर आउन सकेको छैन । यस विषयमा मैले बैठकमा सहभागि एक मन्त्रीसंग कुरा गरेको थिए । उनका अनुसार आजको झगडाको कारण हुन् प्रधानमन्त्री कोइराला पुत्रि सुजाता कोइराला ।
सुजाता माओवादी नेताहरुविच अरुचीको नाम हो । विभिन्न बहानामा निरन्तर माओवादीलाइ गालि गर्दै हिडेकाले पनि हुनसक्छ सुजाता भनेपछि माओवादीको कन्सिरीको रौ पनि ठाडो हुन्छ जस्तो लाग्छ मलाइ ।
आज क्याविनेटमा के भएको थियो । त्यसको विवरण लेखौं है त ।
विहान नौ वजे क्याविनेटको बैठकको समय तोकिएको भएपनि माओवादी मन्त्रीहरु प्रधानमन्त्रीनिवास बालुवाटारमा साढे नौ वजे मात्र उनीहरु प्रवेश गरेका कारण बैठक आधा घण्टा ढिला शुरु भएको थियो ।
ढिला हुनुको कारण के रहेछ भनेर बुझेको माओवादी नेता डा. बाबुराम भट्टराइले मन्त्रीहरुलाइ मन्त्रीपरिषद्मा उठाउने मुद्धाको विषयमा प्रशिक्षण दिएकाले केह ििढला भएको रहेछ ।
बैठक प्रारम्भ हुनासाथ माओवादीका तर्फवाट सरकारको नेतृत्व गरेको सुचना तथा संचार मन्त्री कृष्णबहादुर महराले आफ्नो पार्टीको लागि भारतवाट ५० वटा जिप्सी ल्याउने तयारी गरेको र सरकारले त्यसको भन्सार मिनाहा गर्ने प्रस्ताव राखेका रहेछन् । उनले माओवादी छापामारको भत्ता एक हजार आठ सय वाट बढाएर तीन हजार पुर्याउन प्रधानमन्त्रीसंग माग पनि गर्छन् ।
तर, अर्थमन्त्री रामशरण महतले त्यो त सकिंदैन भनेर अस्विकार गरेछन् ।
सोमवार मन्त्री यादवले एक कार्यक्रममा काठमाडौंको उत्तरमा रहेको शिवपुरी राष्ट्रीय निकुन्जको शुरक्षाका लागि खटाइएको सेनाले बन फाड्ने तथा बन्यजन्तु मारेर खाने गरेको आरोप लगाएका थिए । अनी आज प्रधानमन्त्रीले त्यही विषयमा आपत्ति जनाएका रहेछन् ।
मन्त्रालयको विषयमा कुरा गर्दै जांदा प्रधानमन्त्री कोइरालाले बन मन्त्री मातृका यादवलाइ तिमिले मसंग नसोधि सेनाको बारेमा किन बोलेको भनेर प्रश्न सोधेछन् ।
अब ज्यानको बाजी थापेर जनयुद्ध लडेका यादव प्रधानमन्त्री कोइरालासंग के झुक्थे उनले बन मन्त्रालय मेरो भएकाले निकुन्ज पनि मेरो अधिकार क्षेत्रभित्र पर्ने कुरा हो भनेर जवाफ दिएछन् ।
कोइराला त परे सेना बन अन्तर्गत हैन रक्षा अन्र्गत हो अब आइन्दा अरु मन्त्रालयको विषयमा टिप्पणि गर्नेभन्दा अगाडि छलफल गरेर मात्र गर्नु भनेछन् ।
उनले आफ्नो मन्त्रालयमा हुने गरेका गलत काम आफुले जनतामाझ भन्छु भनेछन् ।
यसरी केही बेर बादवीवाद भएपछि एक्कासि यादवले तपाइको छोरी सुजाता रातो चन्दन तस्करीमा संलग्न रहेकी छिन् मलाइ के निर्देशन दिनुहुन्छ भनेपछि कोइराला रिसले आगो भएर यादवलाइ’ तिमि यहांवाट गइहाल भनेछन् ।
यादवले पनि म कसैको निगाहवाट यहां जागिर खान आएको हैन भन्दै त्यसको प्रतिवाद गरेपछि कोइरालाले जहांवाट आएको हो त्यही जाउं भनेपछि रिसाउंदै यादव बाहिरीरिएपछि उनीसंगै माओवादीका अन्य मन्त्रीहरुपनि बाहिरिए । जसका कारण मन्त्रीपरिषद्को बैठक बस्न सकेन ।
बालुवाटारवाट बाहिरिएका माओवादी मन्त्री आफ्नो अध्यक्ष प्रचण्डसंग भेट गर्न गए । त्यसको करिव चार घण्टापछि प्रचण्ड अर्का नेता बाबुरामलाइ बोकेर बालुवाटार छिरेर ४५ मिनेट विताए । सो क्रममा दुबै नेताविच समस्या समाधान भएको भनिएको छ । तर मलाय लाग्छ यो टेलर मात्र हो ।

http://www.hamroblog.com/?p=395#more-395
 
Posted on 06-06-07 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

Sujat Koirala came to Washington D.C. and New York to give speech to aboard Nepalese about How to be good Hindu religious people? How to be good Leaders?

Can you believe that what kind of people in Top Lidership position in Nepali Congress?


.
 
Posted on 06-08-07 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

I can not believe that she and her Nepali congress Party member Toooo ... corrupted.

.
 
Posted on 06-09-07 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.. Sujata Koirala Daughter’s Big Fat ‘Illegal’ Wedding Mocks Nepali Law:



source News:

http://www.blog.com.np/united-we-blog/2006/07/07/sujata-koirala-daughters-big-fat-illegal-wedding-mocks-nepali-law/

Nepal Army Chief Pyar Jung Thapa (extreme right, with Nepali cap) along with Mrs. Thapa congratulate behula behuli as the mother of the behuli Sujata Koirala (Jost), left, looks on. Nearly two months ago, General Thapa hit the headlines for organizing the illegal and lavish wedding party for his daughter.
.

 
Posted on 06-10-07 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chandan taskari le kamako paisa le shopping!!!!!!!!!!!!!!!!!!!
प्रधानमन्त्री-पुत्रीको राजसी किनमेल

एक लाख ३४ हजारको ब्याग, ६० हजारको चस्  मा र ३४ हजारको पर्स !

थानेश्वर सापकोटा/शरण केसी

म्युनिख -जर्मनी)

जेठको दोस्रो साता जर्मनीको म्युनिखस् िथत व्यस्त म्याक्सिमिलियन स्टि्रटमा एउटी चर्चित नेपाली महिलाले भव्य 'सपिङ्' गरनि् । सिद्धान्ततः समाजवादी पार्टी नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस् य एवम् प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालाकी एक्ली पुत्री सुजाता कोइरालाको सो राजसी किनमेल देख्दा लाग्थ्यो, उनी कुनै राजकुमारी हुन् ।

युरोपेली र अमेरकिी धनाढ्यहरूले सामान खरदि गर्ने सो बजारमा उनले महँगो फेसन ब्रान्ड 'गुची' को सोरुमबाट सामान्य लाग्ने तर निकै महँगो 'लेडिज ब्याग' खरदि गरनि् । गुचीको सोरुमसम्म पुग्न उनी यति आतुर थिइन् कि त्यसका निम्ति करबि एक घण्टा त पैदलै हिँडिन् । उनले किनेको हाते ब्यागको मूल्य थियो, एक हजार पाँच सय ६० युरो -अर्थात् करबि एक लाख ३७ हजार रुपियाँ) । सोही पसलबाट उनले तीन सय ९५ युरो -करबि ३३ हजार सात सय ७० रुपियाँ) को 'लेडिज पर्स' पनि किनिन्, जुन नेपालीको वाषिर्क औसत आयभन्दा डेढ गुणाले बढी हो । दुईदिने म्युनिख बसाइका क्रममा उनले यहाँको अर्को महँगो पसल 'प्रो-अप्टिक' बाट छ सय ७२ युरो -करबि ६० हजार रुपियाँ) तिरेर दुईवटा 'सनग्लास' पनि किनिन् । जर्मनीको सयरमा उनी त्यही चस् मामा देखिन्थिन् -हेर्नुहोस्, तस्बिर) ।

सुजाताले किनेको गुची अत्यधिक महँगो ब्रान्डमध्ये एक हो । १८ औँ शताब्दीमा एक इटालियन छाला व्यापारीद्वारा स्थापित यो ब्रान्ड अहिले विश्वको दोस्रो ठूलो फेसन ब्रान्ड मानिन्छ । किन गुची नै ? आफूले गुचीका उत्पादनहरू लामो समयदेखि प्रयोग गर्दै आएकाले यसपटक पनि त्यही छानेको उनको भनाइ थियो ।

म्याक्सिमिलियन स्टि्रटकै गहना पसलबाट एउटा 'नेक्लेस' किन्ने ताकमा पनि थिइन् सुजाता । तर, हच्किइन् । विभिन्न हीराजडित सो नेक्लेसको मूल्य करबि १२ लाख रुपियाँ थियो, जुन आफ्नी छोरीलाई 'सरप्राइज गिफ्ट' दिन किन्ने सुरमा थिइन् उनी । "मेरी छोरी केही दिनमै बच्चा जन्माउँदै छिन् । मैले उनलाई सरप्राइज दिनुपर्नेछ," सुजाताले भनिन् । बर्लिन पुगेपछि उनले छोरीलाई त्यस्तै महँगो नेक्लेस किनेको नेपाली दूतावासका एक कर्मचारीले बताएका छन् ।

सुजाता कोइरालाको म्युनिख यात्रा कुनै औपचारकि कार्यक्रमका निम्ति भएको थिएन । अमेरकिा यात्रा सकेर आफू नितान्त पारविारकि भेटघाटका क्रममा यहाँ आइपुगेको उनको भनाइ थियो । मुख्य उद्देश्य थियो, छोरा आन्द्रेयस जोस्टलाई भेट्नु । तर, भित्री रूपमा उनका अरू धेरै भेटघाटहरू भएका थिए र साथमा भव्य किनमेल पनि ।

सुजातालाई अमेरकिामा छँदै नेपाली जनसम्पर्क समिति, युरोप शाखा गठन गर्न बर्लिनका रेस्टुराँ व्यवसायी दिल गुरुङले निम्ता पठाएको भनिएको थियो । तर, सुजाता स्वयम्लाई यसबारे खासै जानकारी थिएन । यद्यपि, उनको दुईदिने म्युनिख बसाइका क्रममा भएको चारतारे होटलको खर्च दिल गुरुङले नै बेहोरेका थिए ।

जेठ ८ गते बिहान म्युनिखको प|mान्स जोसेफ स्ट्राउस विमानस्थलमा अवतरण गरेकी सुजातालाई छोरा आन्द्रेयस र अन्य केही नेपालीले स्वागत गर्ने बताइएको थियो । तर, उनी दक्षिण जर्मनीका लागि नेपाली वाणिज्यदूत अलेक्जेन्डर काइजरको कारमा होटेलतर्फ लागिन्, जुन दृश्यबाट त्यहाँ पुगेका अन्य नेपालीहरू मात्र होइन, उनकै छोरा आन्द्रेयस पनि आश्चर्यमा परे ।

सामान्यतया कुनै पनि नेपाली कार्यक्रम र नेपालीहरूबीच उपस्थित हुन नरुचाउने काइजर सुजाताकोे स्वागतका लागि विमानस्थलसम्म पुग्नु आफैँमा अनौठो घटना थियो । तीन दशकदेखि लगातार नेपाली वाणिज्यदूत रहँदै आएका काइजरलाई तत्कालीन राजा वीरेन्द्र दम्पतीको म्युनिखमा भव्य स्वागत गरेकै कारण सो पद प्राप्त भएको थियो । वर्तमान राजा ज्ञानेन्द्रसँगसमेत उनको निकट सम्बन्ध छ । र, सायद अब उनी नेपालका कार्यवाहक राष्ट्रप्रमुख गिरजिाप्रसाद कोइरालासँग उनकी छोरीमार्फत सम्बन्ध विस् तार गर्न चाहन्छन् ।

म्युनिखको मुख्य स्टेसननजिकैको एट्लस होटल पुग्नासाथ सुजातासँग केहीबेर कुराकानी गरेपछि वाणिज्यदूत काइजर त्यहाँबाट बाहिरएिका थिए । सुजाता म्युनिख आइपुग्नु एक दिनअघि नै उनका राजनीतिक सहयोगी रमेश धमलालाई नेपालबाट झिकाइएको थियो । धमला सुजाताका नजिकका विश्वासपात्र मानिन्छन् । सुजाताले जर्मनीमा रहेका छोरालाई खर्च पठाउँदा धमला नै बाहक हुने गर्छन् । पछिल्लोपटक जर्मनी आउँदा आफूले नै सुजाताले पठाएको पैसा उनको छोरासमक्ष पुर्‍याएको धमलाले पनि स्वीकारे । तर, रकमको राशि भने उनले खुलाएनन् । धादिङ घर भएका धमला लामो समयदेखि सुजातानिकट रहँदै आएका छन् । सुजाता प्रमुख रहेको नेपाली काङ्ग्रेस विदेश विभागको सदस्य रहेका धमलाको पार्टी राजनीतिमा भने न्यून भूमिका छ ।

सुजाताले काठमाडौँबाट धमलालाई बोलाउनुको खास कारण अर्कै थियो । धमलाले त्यसै बेलुका चार सय किलोमिटर पर हाइडलबर्गबाट 'प्यारेन्ट्स चाइल्ड बि्रज' नामक संस्थाका प्रबन्ध-निर्देशक सिगमन्ड जिमरमानलाई म्युनिख निम्त्याएका थिए, जसको मुख्य उद्देश्य थियो, अन्तरदेशीय धर्मपुत्र-पुत्री ग्रहणमा नेपाल सरकारले लगाएको रोक खुलाउनु । भोलिपल्ट बिहान सुजाताले जिमरमानसँग होटलकै बैठक कक्षमा भेटिन् । केहीछिनको गोप्य वार्तापछि उनले आफ्ना बुबा प्रधानमन्त्री कोइरालालाई भनेर अन्तरदेशीय धर्मपुत्र-पुत्री ग्रहणमा लगाइएको रोक खोलिदिने आश्वासन दिएको स्रोतहरूको भनाइ छ । त्यसलगत्तै जिमरमान हाइडलबर्ग फर्किएका थिए । त्यस दिनभर िधमलाको सहयोगमा सुजाताले अन्य विभिन्न व्यक्तिहरूसँगसमेत भेटवार्ता गरनि्, जो धर्मपुत्र-पुत्री ग्रहण गर्ने विभिन्न संस्थासँग सम्बन्धित थिए । उनले सबैलाई सक्दो आश्वासनसमेत दिइन् ।

'प्यारेन्ट्स चाइल्ड बि्रज' लामो समयदेखि विदेशबाट धर्मपुत्र-पुत्री ग्रहण गर्ने काममा सक्रिय छ । खासगरी एसियाली मुलुकहरूबाट बालबच्चाहरू ल्याएर सन्तानहीन जर्मन आमाबाबुहरूलाई उपलब्ध गराउने पुलको काम गर्छ, सो संस् थाले । एक जर्मन अधिकारीका भनाइमा, सो संस्थाका गतिविधिहरू व्यावसायिक देखिए तापनि युरोपमा गरबि मुलुकहरूबाट बालबालिका ल्याएर बेचबिखन गर्ने प्रवृत्तिचाहिँ बढ्दै गएको छ, जसबाट यहाँका अधिकारीहरू चिन्तित छन् ।

धर्मपुत्र-पुत्री ग्रहणमा लगाइएको रोक खोलिदिने आश्वासन त्यहाँ पुगेर सुजाताले किन दिइन् ? प्रोटेस्टेन्ट चर्चसँगसमेत सम्बन्धित 'प्यारेन्ट्स चाइल्ड बि्रज' का प्रबन्ध-निर्देश्ाक जिमरमानसँग सुजातासँगको भेटबारे कुराकानी गर्न पटकपटक सम्पर्क गर्दा पनि उनले प्रतिक्रिया दिन चाहेनन् । तर, सोही संस् थाकी कार्यसमिति सदस्य श्रीमती होफनागेलले सुजातासँगको वार्तापछि अन्तर देशीय धर्मपुत्र-पुत्री ग्रहणमा नेपालले लगाएको रोक खुला हुनेमा आफूहरू आशावादी रहेको बताइन् । "हामी नेपाल सरकारको सकारात्मक निर्णयको प्रतीक्षामा छौँ," उनले भनिन् ।

सुजाता म्युनिखमै रहँदा नेपालमा भने काङ्गे्रसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको अधिवेशन चल्दै थियो, जसबाट आउने परण्िाामलाई लिएर उनी निकै चिन्तित देखिन्थिन् । कारण थियो, गगन थापाले नेविसङ्घ अध्यक्ष पदमा उम्मेदवारी दिने हल्ला । टेलिफोनमार्फत उनी कसैलाई हप्काउँथिन् र भन्थिन्, "अरू जेसुकै होस्, गगनले कुनै हालतमा पनि चुनाव जित्नु हुँदैन । त्यसका लागि तपाईंहरूले जेजे गर्नुपर्छ, गर्नूस् । बरु प्रदीप - पौडेल) ले जिते केही फरक पर्दैन । " नेविसङ्घ निर्वाचनकै प्रसङ्गमा उनले कम्तीमा पाँच जनासँग नेपालमा लामो फोनवार्ता गरेकी थिइन् ।

म्युनिख बसाइको दोस्रो दिन उनले छोरा आन्द्रेयससँग बिताइन्, दिनभर िनै । छोरालाई पकेट खर्चका लागि केही हजार युरो दिइन् । २८ वषर्ीय आन्द्रेयस जोस्ट म्युनिखको एउटा कलेजमा सूचना प्रविधिका विद्यार्थी हुन् । उनका बुबा एवम् सुजाताका जर्मन पति अहिले इजरायलमा बस्छन् ।

तेस्रो दिन बिहानै उनी धमलासँग म्युनिख विमानस् थलबाट बर्लिनतर्फ उडिन्, जहाँ नेपाली काङ्ग्रेसको युरोप जनसम्पर्क समिति गठन गर्ने कार्यक्रम थियो । म्युनिखदेखि बर्लिन र बर्लिनदेखि म्युनिखसम्मको सम्पूर्ण टिकट खर्च रेस्टुराँ व्यवसायी दिल गुरुङले नै बेहोरेका थिए । सुजाता बर्लिनको दुईदिने यात्रामा स्पान्डाउस्थित नेपाली राजदूतको निवासमा बसिन् । र, त्यहाँ उनले केही जर्मन राजनीतिकर्मीसँग भेटघाट पनि गरनि् । र, बर्लिनबाट म्युनिख, दिल्ली हुँदै काठमाडौँ फर्किइन् । धमला भने सुजाता उडेको दुई दिनपछि मात्र नेपाल फर्किए ।

सुजाताको जर्मनी सयरमा जेजस्तो राजसी ठाँटबाँठ देखियो, त्यसका निम्ति उनले खर्च गरेको र यसरी नै अन्यत्र पनि खर्चिने गरेको धनराशिको स्रोतचाहिँ के हो, के उनले यसको जवाफ दिन सक्छिन् ?
 
Posted on 06-11-07 12:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

7 ton illegal red sandalwood seized from capital:

Kantipur Report

KATHMANDU, June 10 - The police seized a truck (Na 2 Kh 1116) full of red sandalwood that was "parked suspiciously" in Swayambu Saturday night.
According to Swayanbu police, the truck contained seven ton of illegal red sandalwood.

The police arrested Kumar Lama, the owner of the truck, who transports goods to Khasa.

Lama has confessed that he was transporting the sandalwood for a Chinese businessman.

The police informed that it had seized the truck while it was parked "suspiciously" in Swayambu at 9:45 last night.

 
Posted on 06-12-07 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

प्रधानमन्त्री-पुत्रीको राजसी किनमेल:

एक लाख ३४ हजारको ब्याग, ६० हजारको चस्  मा र ३४ हजारको पर्स !



http://www.kantipuronline.com/Nepal/bisesh-report.php
 
Posted on 06-12-07 10:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HOW COME Sujata Koirala Daughter’s AND HER HUBBY LOOKS LIKE DHOTI?
 
Posted on 06-15-07 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sujata was preaching social, religion and political speech in New York.

She was telling people how they must support Nepali Congress in Nepal.

What a criminal and corrupted personality on her behind the scense.
 
Posted on 02-23-09 6:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 



Sitaram Prasai is son-in-law of Girija prasad Koirala. Koirala family mobsters mafia.


 


 


 
Posted on 02-23-09 9:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

One Word for Sujata Koirala:  "BH@LU"







 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat lies revealed
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters