[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५८~~

[Please view other pages to see the rest of the postings. Total posts: 614]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 270624 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 06-08-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५८

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५८ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा,Gr Bush Jr. -जर्ज बुश आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 58 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.





लौ यसपाली यो रुखलाई चौतारी पनि बनाम,एउटा पिङ पनि हालुम



चौतारी-५७
चौतारी-५६
चौतारी-५५



**********************************************************************
अनि, चौतारीकी हाम्री राम्री भाञ्जी को फोटो पनि राखुम न यहाँ ...


सान्नानी लाई बधाई, आर्नालाई स्वागत!
*********************************************************************




यो मदनवा अ हे व भएर हाम्रो चौतारीमा आएको नि धेरै नै हुन लायो। पहिले पहिले आउँदा साण्डे का तेल भन्दै कुन्नी के हो बेच्थ्यो। पछी धेरै बेच्न नसकेर सुर्ताउँदै एकदिन आफैले एक बोतल पिएको, अहिले सम्म पनि कहिले को कहिले को बन्दै यहाँ मात्र नभएर मासने गाम को चाट पसलमा सम्म गाम्लेहरुलाई हैरान पारिराको छ। बिचरालाई पीर पनि धेरै नै छ रे, लरकी खोजेको जन्मेदेखी, अहिलेसम्म नि पाएन रे!

उसको कहानी उसकै मुखबाट!

गोरि सब भाव खोज्छ कालि हमको आँख मार्छ
कभि हमको टुनटुन मिल्छ कभि हड्डि पर्छ

ठिक बदन ठिक कलर हमले कहिले पाएन
पहले भि भनेको हुजुर हमको लभ कर्न आएन

एक्टा भैया बोल्यो हमको अनलाईनमे लभ करो
च्याट रुममा हमि गियो मोड्ले हम्लाई आउट कर्यो

एक्टा लरकि भेटे थियो एम एस एन मे याड कर्यो
१ महिने बात करेथेँ भन्छे छोरि भेट्न पर्यो

पेसा वेसा जमा कर्के हमले पिलेनके टिकेट किन्यो
धक धक कर्दै भेटनेको गयो बल्ल हुजुर लरकि चिन्यो

नाम पता त ठिके थियो जो हमको बताएथ्यो
पता चल्यो उमरवा त पाँच साल घटाएथ्यो

सोचेँ ठिक छ हमि भन्दा दु साल बडि त के भएछ
भेटघाट करे पछि बात मिलाउन हमि गएछ

हलवा टाइट भयो हुजुर जब हमले थाहा पाएछ
रोज वेब क्याममा सुसरि सहेलिलाई पो बिठाएछ

सहेलिके सिलिम बाँडि देखि देखि हमि फँसेछ
हमि फँसेको देखेर सला दुनियाँ बहुते हँसेछ

अएरपोरटमा जब उसको देखेँ सहेलि संग
सहेलिलाई वहि सोच्यो भयो हमि दंग

पास आयो हमि हँस्यो भन्छ के छ मदनवा
चिनायो हमको असलि लरकि टुनटुन जैसे बदनवा

पेशाब कर्ने बहानामा हमि तबातौड भाग्यो
वापस घइर आएपछि बल्ल हम्रो सास जाग्यो

जे राम जि कि।







 
Posted on 06-08-07 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् है गाम्लेहरु, लेट् नै भए नि नया चौतारिमा भेट् भयो क्या र। हरियालाई धन्यबाद , आषिश दिनु भन्दा नि दुखिया धनियाको ब्यथा बुझि दिनु क्या र। ठुली ले ठुल्दाइ सङ न बोलेको नि जुग भयो। बाकि जम्मै लाई ठुलदाइको जदौ। शुक्रबार् हो क्या र साँझ छिट्टै लाग्छ, मस्ति गर सास्ति नगर् क्या र।
 
Posted on 06-08-07 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओय धनियाँ, आइ एम भेरी सोरी ल! यितना भी दिल दुखाना स्वास्थको लागी अच्छा हुदेन। दिल विलमे ठाम को कुरा त देखा जाएगा, चोतारीमा नाम राख्न चैं बिर्सेकै हो। अगलि बार जरुर राख्छु ल।

ठुल्दाइ, चना दाइ, कुम्ले, दुर्गे माता, चिप्ले लगाएत सप्पैलाई ह्याप्पी विकेण्ड है। रक्सी पिउने हरु रक्सी पिउ, नपिउने हरु पिउनेहरुलाई थप्देउ.... हे हे
 
Posted on 06-08-07 6:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-08-07 9:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता लाए जम्मै? भट्टी पसे जस्तो छ नि :P
 
Posted on 06-08-07 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
नमस्ते है हउर हुर सप्पैलै जो

देवरजी हउर त हजुरबा भैसक्नु भओ के रे। खै त नातिनि लै आशिर्वाद दे को ?:

सुनसान छ त मलै फुर्सद हुनि बेला चौतारीआँ सप्पै जो हराम्छन

हरिशरणम!!
 
Posted on 06-08-07 10:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस नमस्ते, साह्रै बेफुर्सत हो ?

तिरु ठुली हरुलै पिङ खेल्न आओ भनेर बोलाएको, सुन्दै सुनेन । मिस नि खेल्ने ?

 
Posted on 06-08-07 10:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
दर्शन अरे है दुर्गेमाता !
के भन्स्याहोला दुर्गेमाता हउरले पुनि !यो बुढेसकालआँ पिङ खेल्दा करङ नै भाँचीयो भुने क्यारी हिड डुल अर्ने होला बाबै:)

उसो त भन्ट्याङभुनट्ङ ले'र खेल मैदान मा हिडे'सि उनुरको आँखा छलेर चचुहुइ नगर्या त कहाँहो र?

आकाशको तारा हेरेर पिङ खेल्न थाले'सी म चै घन्टौ गएको बिर्सन्छु पो त, साच्चि!! असाध्यै मुनपर्छ !:)
 
Posted on 06-09-07 12:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

1:09 am EST जदौ गाम्ले हो।
कहाँ गा हुन् सबै जना? अम्रिकातिरा त कि घुर्दै कि जाँड खाँदै होलान्। जापानतिरा चाँही माछा र भात खाइ सुस्ताउँदै होलान्।
 
Posted on 06-09-07 12:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाउमा पहिलो चोटि बस आएको छ, चढ्ने हैन?

 
Posted on 06-09-07 7:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मटर पो आच म नि चड्चु ।
 
Posted on 06-09-07 7:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन त्यो मटर ती मान्छेले धकेली धकेली ल्या'का हुन् कि आफैं गुडेर आ'को हो?
 
Posted on 06-09-07 7:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पछाडी बाट धकेल्ने अगाडी बाट डोर्याउने दुबै गरे जस्तो छ गाले ।
 
Posted on 06-09-07 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, शनिबारे जदौ बिर्खे माइला को।
 
Posted on 06-09-07 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार!!
 
Posted on 06-09-07 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हरि, चिया खायौ?
 
Posted on 06-09-07 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिया खाने सुरसारमा ठुल्दाइ। तपाईंले नि?
 
Posted on 06-09-07 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त पाईखाना जान ला'। :p
 
Posted on 06-09-07 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

G'morning!
galuuu le hasayo bus laai धकेली धकेली ल्या'का हुन् re :D
punteda feri bihan bihan pie khana jaan laa ? :O
 
Posted on 06-09-07 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।
हमि चाहिँ दतिवन करिरहेछु।
 
Posted on 06-09-07 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैजना स्यान्च्याई? आरु के च्या नि?

पुन्टेदाइ pie खान जान ला' हैन पाइखाना जान ला' होलान् नि। के भुनेकी नि यो तितौरीले! :) अनि त्यो मटर नधकेलीकन त्यसी कसरी आउँच त? तिमी नधकेलीकनै त्यत्रो चार जिनिस् त्यति टाढासम्म लैजान सउचेउ त? नमे इलिन्जिएरले (तेसमाथि नि मटर पाटपुर्जे इलिन्जियर हुन केरे पुल्चोकका) भनेसि त पक्का भो होला नि!

लौ सवा एक वजेको गुडमर्निङ् छ है।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
TPS for Venezuela is terminated, only 60 days extension for transition period
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat lies revealed
#MAGA#FAFO is delicious
Trump admin revokes 18 months TPS extension for Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
Measles vax deaths vs measles death in USA
Good News for Nepalese TPS Holders!!!
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Don’t Just Read—Join the Conversation
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters