CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६२~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 230848 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 07-09-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६२


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी - भाग ६२ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 62 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँ दाइको ब्लग
. चौतारी ताररम्पम अन्तरबार्तामा राहुल दाई अनि मिसको सान्दार अन्तरबार्ता, अरु अन्तरबार्ता आउने क्रममा
. पून्टे दाई एलाईन्स फर डेमोक्र्यासी एन्ड ह्युमन राइट्स इन नेपालको अध्यक्ष पदमा अत्याधिक बहुमतले बिजयी, चौतारीमा बिजय जुलुस


माछाको सुकुटि बनाउने र पकाउने तरिका :) -जिम्माल बा

सुकुटि बनाउने तरिका:

चौतारीको पहिलाको अंकमा भने जस्तै गरेर साना साना माछाको सुकुटि पनि बनाउन सकिन्छ। त्यसको लागि बिशेष किसिमले माछा काटेर ठिक पार्नु पर्दछ।

१)सानो साइजको टिलापिया, रहु(कार्प फ्यामिलिको माछा) वा क्याटफिस ल्याउने। सानो है सानो, नत्र मजा हुँदैन।
२)तपाइँको शहरमा बंगालि स्टोर छ भने पहिले नै सुकेको माछा ल्याउने र नम्बर ३ देखि नम्बर १४ सम्म नपढ्ने।
३)पुछ्छर र बाहिर निस्केका सबै अंगहरु काटेर फाल्ने।
४)माछालाई चपिङ बोर्डमा राख्ने।
५)मजाले पेपर टावलले पुछ्ने नत्र चक्कु चिप्लिएर माछाको सट्टा आफ्नै औँलाको सुकुटि बनाउनु पर्ने स्थिति आउन सक्छ।
६)माछाको पेट पटि बाट माछालाई लम्बाइ तर्फ पुछ्छर सम्म चिर्ने।
७)माछाको पेट पट्टि बाट माछालाई लम्बाई तर्फ मुख सम्म चिर्ने।
८)माछाको कान झिकेर फाल्ने।
९)मन पर्नेले टाउको राख्ने मन नपराउनेले टाउको काटेर फाल्ने।
१०)टाउको मन नपाराउनेले नम्बर ७ लाइ बिर्सने किनभने टाउको फाल्दा कान पनि संगै जान्छ।
११)अब माछालाई अलिकता फट्टयाएर चपिङ बोर्डमा हल्का थिच्ने (जोड लाउनु हुँदैन नत्र माछा कच्याक कुचुक हुन्छ।
१२)माछा ठुलो छ भने माछालाई माछाको काँडाकै समानान्तर हुनेगरि धारिलो चक्कुले चिर्ने र माछाको ढाडमा पुगेर छाड्ने। चित्र नं-२।
१३)चपस्टिक ले प्रत्येक पिस गाभिने गरेर घोच्ने। यसैगरि सबै माछालाई चपस्टिकको सिल मा उन्ने।
१४)पहिलाको साझामा मासुको सुकुटि बनाउने तरिका जस्तै गरेर सुकुटि बनाउने।

सुकुटि पकाउने तरिका:

१)माछाको सुकुटि (३ मुठि जति) एउटा भाँडामा राख्ने।
२) औँलाको सहायताले साना साना टुक्रा बनाउँदै चुँड्ने।
३) कराहिमा तोरिको तेल तताउने।
४) माछाको सुकुटि हाल्ने र अलिकता नुन छर्कने।
५) एकछिन चलाउने।
६) खैरो खैरो भएपछि र हल्का पाकेको मिठो गन्ध आएपछि तुरन्तै झिक्ने। ढिलो गर्नु हुँदैन नत्र माछा डढ्छ।
७) अदुवा (१ इन्च) र लसुन (५-६ पोटि) लाम्चो लाम्चो गरेर काट्ने।
८) हरियो खुर्सानि (थाइ) ४-५ वटा पनि चिर्ने।
९) एक पाउन्ड जति गोलभेँडा काट्ने।
१०)जिरा, धनिया, बेसार र मरिचको धुलोलाई अलिकता पानी हालेर पेस्ट बनाउने र त्यो पेस्टमा ५-६ वटा ल्वाङका टुक्राहरु हाल्ने।
११) कराहिमा तोरिको तेल तताउने।
१२) अदुवा, लसुन र हरियो खुर्सानि हाल्ने, एकछिन पछि मसलाको पेस्ट पनि हाल्ने र भुट्ने।
१३) नुन हाल्ने।
१४) गोलभेँडा पनि हाल्ने र मजाले चलाउँदै भुट्ने।
१५) गोलभेँडा गलेपछि माछा हाल्ने र एकछिन चलाउने।
१६) अलिकता पानि हाल्ने र केहि बेर पकाउने।
१७)पानि सुकेर सबै ग्रेभि माछामा टाँसिन थालेपछि झिक्ने।
१८) स्वादिलो माछाको सुकुटि संगै तिनपाने चुरुप्प पार्ने।



 
Posted on 07-10-07 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! राहुलदाइ! त्यसो भए कुम्लेले पीत पत्रकारीता(yellow journalism) गर्या हुन् त? पीत पत्रकारिता गरेर भ्रष्टाचारीसँग मीत लाउने, अनि कपोकल्पित गीत गाउनेको कहिल्यै जीत हुन सक्दैन, होइन त?
यसप्रति कुम्ले (अल्) पत्रकारको के स्पष्टीकरण छ नि?

ओहोऽऽऽ! यामे नि फर्क्यो नेपालबाट! कस्तो भो नेपाल बसाइ? बाटो नभा देशको के छ नि हालखबर? अनि महिला समूहलाइ मात्र तितौरा ल्याइदिया? हामी चैं थूक निली निली मर्ने?
 
Posted on 07-10-07 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु र चित्रे सबैउस्तै ता हो नि । नेपालको हडताल, बन्दले वाक्कै पार्ने भन्या ।

यता तिर ठिकै जस्तो छ ।

चौतारीमा उपस्थित पुरुष समुहको लागी यो ब्यबस्था छ है ।

 
Posted on 07-10-07 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yammu welcome back. my mouth is wateringggggggggggggggggggggg.ल मैले यो तितौरा मा मेरो , तिरुको र सान्नानीको नाम लेखी सके। कसैले नि त्यो तिरौरा चुन पैदाइन ल। अनी एउटा नाम नलेखेको चै अरु हरु बादेत खानु। सानानी तिम्रो लागि गुलियो तितौरा लिदेको चुल।

 
Posted on 07-10-07 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नियमापत्ति यामे, नियमापत्ति!!!!!!!
आजकाल समाबेसी चौतारिमा महिला पुरुष छुट्याउन पाइन्न। पुरुष होस् कि महिला, जो आउछ पहिला। उसको हो त्यो सोम रस, होइन र ग्वांचे र चित्रे सोम्?
 
Posted on 07-10-07 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau kina keta haru ko lagi matra tyo Red label ni. hami ni chakne ni yaamu.
 
Posted on 07-10-07 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो राहुलदाइ, समाबेसी चौतारीमा महिला पुरूष छुट्याउन पाइदैन!

यामे, रेड लेबलको लागि धनियाँबाद!

ठूली, म त तितौरा रेड लेबलमा चोपेर खान्चू!
 
Posted on 07-10-07 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो.. एकदम मनासीब कुरा गर्नु भो ठुल्दाइ, मेरो समर्थन!

एssss तेसो भे'छ है यामे, तेसो भे ! मेरो घरमा चिट्ठी पुर्‍याइदियौ नै होला, अनी घरबाट केइ कोसेली पठा'का छन कि?
 
Posted on 07-10-07 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे म त तितौरामा रेड लेबल चोपेर खाने।
 
Posted on 07-10-07 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेत्तेरीका मैले समाबेसी समाजमा महिला पुरुष भनेर अलग अलग ब्यबाहार गर्न खोजेको हैन क्या ।
येसो छुट्ट्याइदियो भने झगडा नहोला भनेर मात्रै हो । फेरि सबै यौटैले कुम्ल्याउला भन्ने पिरले मात्रै हो ।

ग्वाँचे सोल्टी चिठ्ठी घरमाइ पुगेर दिएको हो । सोल्टीलाइ कोसेली भनेर ठुलो खसीको सुकुटी पठाइदिएका छन् ।
 
Posted on 07-10-07 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे ठूली, जसरी खाए नि यौटै कुरो हो! लु अब शुरू गरूम्! चियर्स!

 
Posted on 07-10-07 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा ! आज त बिहान देखी हसार मार्ना लागे !!!!!!!!!!!!

मंगलबारे जदौ यो बिर्खे माइलाको !!!!

यामेलाइ धनियाको पात कोशेलि लेराइ दिएको मा
 
Posted on 07-10-07 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

where is Tiruuuuuuuuuuuuuuu? i m missing her kya. Tiru moriiiiiiiiiiiiiiiiiiiiiiiiiii
 
Posted on 07-10-07 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.pahilo chautari dekhi padhdai aaeko ranthaniea ma pani, ke ke ho ke ke kuro bujhe mardinu.




yamu welcome back and thanks for the titaura. tara mukhma pani matra aayo dhat testo ni garne ho la khurukka pathau aba mail garera.
Thuli mero lagi guliyo titaura aha kya majja.

kumle ko rubaru program le hasaunu hasayo, chhori pani ma hasya dekhera hasdai chhe. LOL

chitre, hari , gwache, thuldai, durgi bhauju sabailai darshan, namaste, hi-hello chhani chhani!!!
 
Posted on 07-10-07 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु यो यामेले दिउँसै देशीदारु देखाईदेर बित्यास पारो। बोतल हेर्दै सकाई हालुम जस्तो। झ्याईँ पार्या कोशेली हो?

सान्नानी रन्थन्नेको रे? ह्याँ आफू हाउस फूलका साथ रन्थन्नेको त आज तीन चार दिन भै सक्यो, बुझि नसक्नु छ। सोझो हुनु नि यो दुनियाँमा केही छैन। हैन त कुम्ले?

ठुली, दुर्गे माता, चित्रे,ग्वाँचे सोल्टी लगायत अन्य सप्पैलाई हाई हुक्कु हाई हुक्कु हाई हाई हाई है
 
Posted on 07-10-07 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kumle daduuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuu
 
Posted on 07-10-07 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुइयsss!

कुम्ले! ए कुम्ले! कुम्ले होsss!

तो तमाखु भर भर बाउ, साह्रै जो थाकिओ के रे साउको कामले, भात हसुरेसि झन नाइटै देखुन तल तल ला'र आम्ने!

बिदेशको गल्लि गल्लिमा
हिँड्डैछु कामको खोजिमा
स्वदेशमै फर्कन खोज्छु
दाम पैसा केहि छैन गोजिमा

मंगलबारे जदौ! यो बिर्खै माईलाको!!
 
Posted on 07-10-07 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सप्पैलाई यो सोझो भउतेको।

जिम्माल बा: सन्चै हुनुहुन्छ? हजुरको नलीखुट्टीको के खबर छ नि ?
भान्जी: नातिनी कत्री भइन? यसो फोटु टास्नु नि हो। कस्तो हे्न मुन लागिराछ।
ठूली: सन्चै छौ? तितौरामा रउसी चोप्ने कि रउसीमा तितौरा चोप्ने?
दुर्गी-भावी: आज के पाक्दै छ?
चित्रे: एउटा गिलास यता देउ न।
यामे: मलाई त तिनपाने।
ग्वाँचे: के छ खबर ईरोपको?
राहुलदाई: आज अफिस आइयो? लन्च चै के खाइयो? तारेमाम।

अरु सप्पै मौन पाठकलाई मङ्गलबारे जदौ यो सोझो भउतेको !



 
Posted on 07-10-07 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

awwwwwwwwwwww bhaute da. maile hajur lai miss garnai lageko thiye. tapai thik time maa aaunu bho.

birkhe dajuuuuuuuuuuuuuu lunch khana ma bg jasto cha ni.
 
Posted on 07-10-07 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-10-07 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते गुरू, यौटा गिलास हैन पूरै बोतल नै दिन्छु। हिजो मैले तपाइको जासूसी गरेर फोटू खिचेको थिएँ धोबिनीको भट्टीमा तीनपाने दन्काइराको। लु हेरम्।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
TPS EAD auto extended to June 2025 or just TPS?
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
whats wrong living with your parents ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Now Trump is a convicted criminal .
Why Americans reverse park?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Are you ready to know the truth?
TPS Renewal Reregistration
" अनि ग्रिन कार्ड बन्यो त ?"
Morning dharahara
Nepali Passport Renew
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters