[Show all top banners]

sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - भाग ४७

[Please view other pages to see the rest of the postings. Total posts: 612]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 204174 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 02-23-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्


चौतारी - भाग ४७



chautari

चौतारी:

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

sanokanchha

target=new href="http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=271&ThreadID=40599">चौतारी-४२</a>
<a target=new href="
http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=271&ThreadID=40838">चौतारी-४३</a>
target=new href="
http://www.sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41075">चौतारी-४४</a>
target=new href="
http://sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41336">चौतारी-४५</a>
target=new href="
http://sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41906">चौतारी-भाग ४६</a>


(Copy from Chautari - 46)
 
Posted on 03-08-07 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु यामे उसो भे' मेरो सट्टाँ तिमी घट्ट जाऊ!
एउ बोरा गहुँ बोक, एक घान मकै चपाम्दै ओरालो लाग!
 
Posted on 03-08-07 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए जिम्मबाल बुढा के भाका, यस्तो यो हाँडिले छोप्याजस्तो अध्यारो रातमा घट्ट जा भन्ने ? क्यारेर जाने हो ? भात खार टन्न भा बेला त्यो मकै हेर्न पनि मन लाग्या छैन । बरु भोलि गाइबस्तु चराउन जाँदा सङ्गै लगिदिम्ला ।

के छ जिमबाल बा अरु नयाँ खबर ? बेहाल भो बुढा यहाँ त । कसरि उम्कनि हो ?
 
Posted on 03-08-07 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के बेहाल भो भन्छ यो यामे??
कि पुरान फलाक्ने मिती आम्न लाओ? लेखेर त सकेउ होला के रे नि!
अरु गाम्ले कता अन्मरिएछन?
 
Posted on 03-08-07 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे बरै जिम्माल बा,
पुराण लेख्ने कैले हो
भट्ट्याने झन कैले हो
सुरुगर्नै गारो भो
सिध्याउने पो कैले हो

जाम कि क्या हो मपनि जिमखाना ।

खै गाम्ले हरु कता अन्मरिएछन्? सुनसान छ चुतारी । हैन राहुले बुढा त कुरि रा हुन्थे, बुढा पनि आज झ्यापमा छन् कि क्या हो?
 
Posted on 03-08-07 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाsssssssssssssssईई...!!!
हैन के भा हो गाँठे, सुत्नी बेला भा का लाई निन्द्रा लाएन रे, हाम्लाई चैं खपिनसक्नु भा छ, गोडा दुई घण्टा जति निकाल्न पा दुई तीन दिनलाई आनन्द हु्न्तो भनेको, खै र, घडिका सुई पनि घुम्दै घुम्दैनन, क्यार्ने होला?

:)
 
Posted on 03-08-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ह्यारी पनि आइ पुगेछन् । नमस्ते टक्र्याएहै ।
यस्तै छ दैब को लिला पनि निन्द्रा लाग्नु पर्नेलाइ लाग्दैन, काम गर्नेलाइ लागिरा हुन्छ ।

हरि शरणम् !!
 
Posted on 03-08-07 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भान्जोको नि उई ताल रेछ!
क्यार्छौ भान्जा अब घडिको सुई नि एक फन्को बढि घुम्ने ठाममा अड्डा पारेऊ के रे, कुरेर बस अब! :)

सुरु अर्न र सिद्धयाउन मात्तै गारो हो यामे, चाइन्जो बिचको ट्याम त ठ्याम ठ्याम बित्छ पत्तै नपाई!:)
हिजाज नि हिउँ परिरा होला के रे तेताहुँदि त? अचेल तो के जाति भेडिओहरु अपडेट अर्न छाडेछौ नि?
 
Posted on 03-08-07 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेई त मामा, शहरतिर बाट आबा, फुन केही खबर आयो?
 
Posted on 03-08-07 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आओ भान्जो आओ, कुरो चाइन्जो मिलो!
'तँ आफैँले तो पर्चि चाइन्जो काट्छस भन्देखुन मेलाँ आइज' भनो!
कुरो भओ पुर्जि चाइँ काट्नै छ!
:)
 
Posted on 03-08-07 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन यामे, यो बुढा जिउंदै छ । चौतारी कुर्न । पुन्: तारेमाम ।

नानु, देश को कुरा के अर्नु? सम्झ्यो कि मुटु छोयला, कचिला बन्छ । माओबादि बाँदरहरु को के बुद्धि फेर्ला र? बाबुराम् जस्ता डाक्टर् साहेब को त त्यस्तो कुबुद्धि, बाकी ६ फेलहरु जमात बाट् के आश् गर्नु। गिरिजा मर्यो भने झन् देश भड्खालोमा पुग्छ, यो बुढाको उमेर पनि गिरिजालाई थपिदिन्थे, मिल्ने भए।
 
Posted on 03-08-07 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई नि आएछन!
जदौ अरेँ है ठुल्दाई!
हउरको कुरो यो बुडोले बुझे मारिदिनु!
यो चौतारि गामको परधान मा उठाम्न पर्ला अस्तो छ हाउँरा ठुलदाई लाई :):)
 
Posted on 03-08-07 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो सुरु गर्ने र सिध्याउने बेलाको बिचको समय फेरि टिकट काटेर देश तिर धकेलि दिन्छन १-२ महिना जतिलाइ । उता गसि तेस्तै हो ।

यसपाला हिउ छैन । अचम्मै भै रा छ खसै हिउ परेन । पानि मात्र उधुम पर्छ, खै के भा हो?

हैन कस्तो भिडियो भन्नुभा हो? आजकाल हाम्रोमा एकजना ले भिडोयो हरु राख्या भर्याङ् बनाको छ तेसैमा हेरिन्छ । यहाँ राख्या छैन ।

ल यौटा भिडियो यहा राखि दिए है त ।


OnlineVideos by Veoh.com
 
Posted on 03-08-07 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ राम्रो भ च, मामाले नि शहर देख्नि भए :)

हैन ठु्ल्दाइ, अचाल चिलिमको त नामै लिनुन्न नि त किन हो, छोड्देको हो कि क्या हो?

यामे, हाम्रा पालाँ त निन्द्रा लाएन भने किताब खोल्थिम क्यारे, अनि त निन्द्रा ला को नि पत्तै नभई ब्यान हुन्थो। :)
 
Posted on 03-08-07 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भनेको जिम्माल बा, गाउंको प्रधान मा उठ्ने रे ? न हसाउनु भन्या । देश को प्रधान मा उठ्दिन्, बरु बस्छु यही चौतारीमा आरम सँग । यो बुढोलाई उठाइ रहने ? ढाड दुखेर्, के क दुखी सक्यो ।
अनि फेरी चुनाव भने पछि किशुन जी लाई जती डर लाग्छ त्यती नै मलाई नि । हुन त उहिले हाम्रो पालामा, युनियन भन्ने ठाउंमा उठे थें, २ भोट्ले जितें । पछि त्यो इन्जीनियर हरुको कलब मा बिद्रोही उठेको, त्यस्बेलाँ देखि चुनाव देखि तर्सेको ।
 
Posted on 03-08-07 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका, ज्यान छोडिएला, चिलिम छोडिन्न बरै । गिरिजाले प्र म को कुर्सि छोड्ला, माइला दाइले गद्दि छोड्ला, तर ठुलदाइले चिलिम् छोड्दैन्, भिष्म प्रतिज्ञा भणेको यस्तै हो।
 
Posted on 03-08-07 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ह्यारी यो किताबले पनि निन्द्रा को ट्रिप दिन छोड्या जस्तो छ । बढि भो कि क्या हो ?

हे हे राहुल दाइ, बिद्रोहि बनेर उठेपछि चुनाब बाट भागेको रे ।
 
Posted on 03-08-07 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चौतारी पनि नयाँ बनाउने बेला भो । यो बुढोको हात खुट्टा चल्दैन । किशोर अभियन्ताहरु हो, चिटिक्क परेको नयाँ चौतारी निर्माण गरम ।
यामे, कुनै दिन त्यो कथा नि भनौला, बिद्रोही र चुनाव को कुरा । कुरो गहिरो छ ।
 
Posted on 03-08-07 6:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै नयाँ चौतारी बनाउने होइन भन्या? नया चौतारीमा हाटा गरुम्ला भनेर कुरेको, यतिकै होला जस्तो छ
 
Posted on 03-08-07 6:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-08-07 6:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोहि छैन जस्तो छ ।।
खै नयाँ चौतारी बनाउने होइन भन्या?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
सालीको चाक
TPS for Nepal likely to extend next week
I hope all the fake Nepali refugee get deported
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Embassy of Nepal might be able to help extend TPS for Nepal
TPS for Venezuela is terminated, only 60 days extension for transition period
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
ICE kidnapping people off the streets over op eds
Democrat lies revealed
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
Trump admin revokes 18 months TPS extension for Venezuelans
नेपालको TPS र USAID यसकारण बन्द हुन जरुरि छ
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
What is the purpose of an F1 student visa in the U.S.?
Why some Nepali people pull each other's legs???
TPS
#MAGA#FAFO is delicious
Good News for Nepalese TPS Holders!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters