[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - शतकांक विशेष ~~

[Please view other pages to see the rest of the postings. Total posts: 713]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
[VIEWED 327252 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
Posted on 02-13-08 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - शतकांक विशेष --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 100 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


ह्याप्पी प्रणय दिवस (भ्यालेन्टाइन्स डे) फेब १४

 

तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।

 

चौतारी - शतकांक विशेष

चौतारी १०० औं अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ 
बधाइ!
यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा
-

१) चौतारी बनाउनेहरूको नामावली र बनाएको संख्या --
नमे ---
२४, चिप्ले --- १, मिस दिदी --- २, सानो कान्छा ---
सान्नानी ---
३, नेपेसाहिंला --- १, चित्रे ---  २९
गालब ---
८, कुम्ले --- ५, तितौरी ---
दादा ---
१, हरी --- ९, रामचन्द्रे ---
रिट्ठे --- २, लहरे --- ३

२) चौतारीमा आफ्नो पहिलो दिनको अनुभव सुनाउनुहोला।

३) यो बिशेष अंकमा चौतारीका सबै पुराना मित्रहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै 
बिजी भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।


४) १०० औं अंकमा पहिलो ईन्ट्री गर्ने बोर्ड फर्स्टलाइ आकर्षक पुरस्कार-- अर्को चौतारी भेलामा प्रमुख अतिथि बनाइने, र आयोजकको घरमा बस्ने पहिलो प्राथमिकता दिइने।


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 14-Feb-08 02:58 PM

 
Posted on 02-17-08 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है सबैलाई, चीनेको नचीनेको सबैले,
अब भाउजु पनि के कुरा गर्छ।
ठुल्दै ४० पर्ख अनुभब भएको मान्छे चौतारी ठुला बाठा म परीइहाल्नुभयो क्यारे।
अब भाउजु ठुल्दै को बेत्तर हाल्फ भएछी भाउजु १८ बर्ख भएनी ४० भएनी सबैले
बोल्लौनी भाउजु भनेर नै हो क्यारे। सबैले भाउजु भनेछी by default तपाईं नी
चौतारी ठुली बाठी मा पारीहल्नु भो क्यारे। सबैलाई थाहा भएको यो कुरा universal
fact नै हो। हैन र भन्या।   
 
Posted on 02-17-08 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे लौ न सप्पै गाम्लेहुरलाई बानेर यो चौपारिआँ लडाम्न परो। यो चौपारिलाई भूतओ अड्डा जस्तो सुनसान बनार कता भागे भागे।

:-(>


 
Posted on 02-17-08 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मीनी चौतारी सम्मेलन मा म: म: खाएर सुतीराख्या होला कोही कोही, अब उठेपछी
चार पाँच चोटी पाइखाना जानै पर्‍यो, म: म: देख्नै नहुनी यी गाउले लाई,
कहाँ बाट बोलौनु, सुने पो, तैपनी यएक्चोटी बोलौनु पर्‍यो,
एssssssssssssssssss गाम्ले होsssssssssssssssssssssssssss
चौतारीमा आउनु पर्‍योsssssssssssssssssssssssss
घाती नै सुक्यो, ल है ईश्वर म तल पढेरी मा गएर पानी पीएर आउछु,
एसरी कराम्दा नी कसैले सुनेन।    


 
Posted on 02-17-08 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घाँटी सुकेको बहाना बनार तेइ खोया बिर्को धोक्न जान लाको हेरन यो लहरे पुनि, कम्ताको बाठो छ र। बरु त्यो भट्टीआँ जो पैला भेट्टाइन्च तानेर ल्याएस् है।

;-)>


 
Posted on 02-17-08 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हो के भयो चौतारीमा आझ, को हो बिहान बिहान देखी टोल्नै थ्र्कौने गरी करौने, के भो, लु मनी आए अब भिडुम लु। लु त्यो खोय बिर्को निकल ईश्वर दाई भाई बशुम थालौ आझ बिहान देखीनै जे पर्ला पर्ला।
माथि वहाँ म:म: खाएको कुरो सुनी हालेउ, आफुले त त्यो मो: मो: भनेको के हो ह भन्ने बेला भयिसक्यो अब त, कुरो मात्रै हैन फोटो पानी हेरम न त्यो मो:मो: को यस्हो हेरेर चित्त बुजम्न हो, नत्र चोखे लग्ला है, खाएको नपच्लनी फेरी।
 
Posted on 02-17-08 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो जस्तो मुटु मेरो पनि
तिम्रो जस्तो माया मेरो पनि
नबोलाउ मलाई निस्ठुरी भनी
तिम्रो जस्तो माया मेरो पनि

तिमीलाई अंगाली कता कता
भागी जाने धोको मेरो पनि
पिर बेदना तिम्रो जती
तेती नै त छ या मेरो पनि
न बोलाउ मला निस्ठुरी भनी
तिम्रो जस्तो माया मेरो पनि।

हो कि के के

 

नमस्ते ईश्वर जि, नेप्ची भाउजु, लहरे, चेली र अरुहरु।

भौते दाइको कुरो खोतलिदिएकोमा इशोर लाई धन्यवाद। हे हे। आफु पनि उही पुल्चोके हो कि कसो। अनी तेउसास गाम्को के छ नि मेसो?

 


 
Posted on 02-17-08 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के मट्साप पनि आएछन।
सानीवेर जडौ तक्र्याए है।
 
Posted on 02-17-08 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर ईश्वर मैले दुई जना लाई लीएर आए, यो हर्के आउन पाछैन खानाको कुरा गर्नै पर्छ है,
ल बस्दै गर म अरुलाई पनी लीएर आउछु।

 
Posted on 02-17-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले मद्साब्को के छ खबर, लु गीत त रमाइलो गयी सकेछनी आउने बित्तिकै।
लहरेले के खाएउ आझ कि भोक्कै हो अझै

लु थालम केही गरौ चौतारीमा बशेर केही त गरौ हो।।।।।।।।।।।।

लु अब मादल घन्कार नाच्ने हो कि। यस्हो साँझामा कथा साथा छ कि एक नजर लगायी हालौ है त।
हैन यो चौतारीमा सबै ईन्जिनियर, डाक्टर मात्रै छन कि के हो। कमर्श म मात्रै परेकी के हो ह।


 
Posted on 02-17-08 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्क बहादुर मात्साब, धेरै थरी छन चौतारीमा, चारै जात र छत्तिसै बर्ण। भनेपछी गुरु चाँही हिसाब किताब वाला पर्नु भो।

लहरे बौचा, यता पनि एक गिलास पाम न। एसो सितन पनि केही भए, भातमास सटमास तारम न गाँठे।


 
Posted on 02-17-08 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजोको बाशी भात भुटेर खायियो क्या मिठो है फरायी राइस। लौ त्यो गिलास चै यता पानी पास गरम है। अनी त्यो पाङ्रा फरै एक प्लेट मलाई नि पाम त खै, हात नै पुगेन, ओि सुन्तले खै पास गरम त्यो प्लेट।
 
Posted on 02-17-08 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के गुरु, म पनि फिराइ राइस खार आम है त। 
 
Posted on 02-17-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ एकै चोटी दुइ दिने तारेमाम्।


हिजो ज्यादै ब्यस्त भएर बिजी रहें। महारथी पूण्टेण्द्र परियार् परिवार् तथा रिट्ठे राज रायमाझी बाटो भुलेर हाम्रो डेराँ आइपुगे छ। म: म: खाम् ठुलदाई भन्दै जिद्दी गर्न थाले। अब के अर्नु। कर गर पछि खुवाउनु पर्ने नै भयो, ठुलदाई को मन हो।


 
Posted on 02-17-08 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै फुटोनी हेरम्न ठुल्दै, त्यसरी मो:मो: खाएको कुरो गर्नु हुन्न यहाँ सबैको अगाडि, चोखे लाग्छ क्य ठुल्दै, मो:मो: भनेको कस्तो हुन्छ ह ठुल्दै।
 
Posted on 02-17-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-17-08 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्ले पनी हिजो म: म: बनाउन try गरे,
बनेछ, हीजो अली खाए, आज fry गर्दा त झनै मिठो
भएछ गाथे

 
Posted on 02-17-08 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्क बहादुर् मात्साब, ठुलदाईको ३६ बर्षिय अनुभव सहितको म:म: को फोटो टास्न नि सोच-रिसोच गर्नु पर्ला जस्तो छ। अस्ति कस्ले हो, यस्तो भोक लाग्या बेला म: म: को फोटो कस्ले राख्यो भन्दै झोक पोख्दै थियो।
कम्पुटर नै फोर्देला भन्ने डर लागो हो।

 
Posted on 02-17-08 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुखुराको पखेटा नी छ, खाने हो।



 
Posted on 02-17-08 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आझ त घरमा नै तीन चोटि हिजोko बाशी भात लाई फीराइ गरेर खायी सकियो ठुल्दाइ, आझ चै भोक लागेको छैन, खाली मो: मो: कस्तो हुन्छ भनेर हेर्ने सोख लगेको छ, तेशैले हेरम भनेको ठुल्दाइ, छ भने हेरम नत्र जाउ चिलिम तानम, आझ त ठुल्दैले मो:मो: खादा खादा चिलिम तान्न नै बिर्सेंकी के हो।
अनी त्यो रिथ्हे चै के गर्दै छ ह त्यहा, मो:मो: पचायो कि पचाएन तेल्ले। कि सल्लुको गाना सुन्दै हिडि सक्यो खर्क तिर।
 
Posted on 02-17-08 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो लहरे बौचाको मो:मो: नि मो:मो: हो त्यो त चाइनिजको स्टोर बाट लेर आको फ्रोजेन मम हो। यो चै पक्काहो नत्र बाजी थोकम हैन भने।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS for Nepal likely to extend next week
सालीको चाक
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Best Consultancy for H1 sponsorship in USA.
Trump admin revokes 18 months TPS extension for Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Homeowner Charged renting to illegal migrants
Measles vax deaths vs measles death in USA
Why some Nepali people pull each other's legs???
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters