नमस्ते र स्वागत गर्दछु सप्पै चौतारवासीलाइ यो २३ औ चौतारीमा । २२ औ चौतारीमा क्रिष्ण जन्मअष्टमी मनाउनुको साथै कुम्लेको जन्मदिन पनि मनाउन पाइयो । साथै मिसले बनाका मिठा मिठा सेल रोटी पनि खान पाइयो । अब यो नया चौतारीमा त झन के के हुने हो म त त्यसै त्यसै दंग छु । १५-१५ दिनमा बनाउने भनेको चौतारी एकै हप्तामा बनेको देख्दा चौतारीले ठुलो फड्को मारेको हो कि जस्तो लाग्छ । फेरी पनि पुन्टे,ग्वाचेका जस्ता कथा, नेपालको छोरो,चित्रे, दिपे,कुम्ले का जस्ता कबिता, बिर्खे, दादाका जस्ता गित, भउतेका जस्ता गफ अनि मिसको जस्ता खाना चौतारीमा छाउदै गरोस । सप्पै चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे , मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, इश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि,रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे फेरी पनि जुटम अनि रमाइलो गरम यो नया चौतारीमा । देशमा लोकतन्त्र सितै थुप्रै उतार चढाव आए पनि सप्पैकुराको थान्को लागोस अनि देशमा राम राज्य छाओस । साथै श्रीलंकामा भएको साफ खेलमा सप्पै नेपालीले सुनै सुनको तक्मा ल्याउन । ठ्याक्क भन्दा चित्रेको कबिता जस्तै होस ।
ठिकै छ प्रिती :) अब भे'न उसो भा ।म नि तयारी गर्न पर्यो कपडाको । मेरो त २ वर्ष अघि को रंग खुइल्या कालो पेन्ट र रंग खुइल्या खैरो सर्ट छ । त्यहि लाउन पर्ला धोएर ।
लौ बेमा जानी नि तेस्तो पुरानो के लाउने मिस। ठुल्नानीले भन्या जस्तै सिर् (ठुल्नानीले के त अस्तिन अनि जिम्माल् बाले अर्थाको मलाई त :)) लाई भनेर नयाँ सारी किन्नु के। तिरु तिमि कुन रङ्गको लगाउने छिटो भन ल।
कसैलाई के को धन्दा, केटीहुरलाई साडीको धन्दा। :p :p
उता पुन्टेदाइ बाँधेर लडाका ठाम बाट फुत्केर भागे अरे। थाह पाएनौ ? पैला पुन्टेदाइलाई तह लाएर कुरो पक्का हुन त देओ न केटी हो। अनि त तिमेरुलाई गोनुचाको पसलाँ लगेर जस्तो भन्चौ त्यस्तै एक एकोटा साडी हाल्दिम्ला नि। बरु साडीमा सेट मिलाम्ने एक एकोटा बुलाउज को कपडा र रिबन पनि किन्दिम्ला। बुलाउजलाई त कति कपडा लाग्ला र, एउटीलाई एउ बित्ता भे पुगिहाल्छ। :p :D कुरो पक्का भे'सि त्यो हर्खमा मैले त्यति पनि नअरम्ला त? ;)
अझ त्यो तितौरीले त माझीमाइला दाइ काँ गएर जालको धागो माग्दै थी' रे, मेरो छोरोको लागि कन्ननी बाट्न। हैन के सारो हुन हउ यी केटीहरु। बिहे हुन काँ छ काँ कन्ननी खोज्दै हिन्नी गाँठे। :-) आफूलाई यहाँ जुरेलीलाई जोगाउनै कत्रो गारो। :p
बरु पैला घराँ डोरी, लठ्ठी, आँसी, हतासो, कपडा ठटाम्नी मुग्रो जे जे छ बोकेर हिँन, पुन्टेदाइलाई छोप्न। बिर्खेका खरबारी खरबारी हुँइकिँदै झरेर शेखाम तिर उकालो ला'का थे'रे। यता वालिङ स्याउँजा, नाउँडाँडाको बाटो जाँदा थाह पाम्छन भनेर उता शेखाम, गजरकोट, भिमाद, दमौली हुँदै पोखरा जान कस्सेका होलान। मुलाई थाह छ नि तिनको पिलान :-) धोबिनीलाई नि त्यै बाटो मनकामना पुर्याका हुन के तिनले। :p
तीजाँ नी क्यार्न कालोपत्रे रङ्गको सारी लाम्नी कुरो अर्चन भनेर गम्दा हुँदी पो बुझियो आरु रङ् लाम्नी भन्या रचन -- आरु लै त आरु नै भन्थिम् के रे हामि त --- पिच भनेसी त अब् उइ त हो नी कालपत्रे सटक।
तिरु तिमी रङ को सारी लगाउने । हामी (तिरु, म र सान्नानी) तृमुर्ती जस्तै देक्छ । मिस् तपाइ चै रातो सारि लाउनुस् न। अनि सर् लै चै सेतो रङ् को दौरा सुरुवल् र् कालो कोत् लाउनुस् भुनु। जोदि राम्रो देखिन्च। सुभे तिमि चै के लगाउचौनि।
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Embassy of Nepal might be able to help extend TPS for Nepal
ICE kidnapping people off the streets over op eds
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Nepal TPS decision
Democrat lies revealed
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
नेपालको TPS र USAID यसकारण बन्द हुन जरुरि छ
What is the purpose of an F1 student visa in the U.S.?
Why some Nepali people pull each other's legs???
TPS
#MAGA#FAFO is delicious
Good News for Nepalese TPS Holders!!!
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Nepal TPS
Bill Gates getting money from USAID!
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.