[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 KAVITAKO DESH - III

[Please view other pages to see the rest of the postings. Total posts: 142]
PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
[VIEWED 87005 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, View Last 20 replies.
Posted on 12-29-06 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझामा लेखिएका अनेकौँ कविताहरुलाई एकै ठाउँमा राख्न, पढ्न र प्रतिकृया आदानप्रदान गर्न सुरु गरिएको कविताको देशले पनि २ भाग पुरा गरिसकेछ। पहिलो र दोश्रो भागमा अनेकन मित्रहरुले यो धागोलाई अत्यन्त माया, सद्भाव र चाखका साथ पढिदिनुभयो, लेखिदिनुभयो र साथ दिनुभयो; ति सबै मित्रहरुलाई निरन्तर सहभागिताको आग्रह सहित धेरै धेरै धन्यवाद् छ!
पहिलो र दोश्रो भागमा जानको लागि तलको ठेगानामा जानुहोस!

पहिलो भाग- - http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=25557
दोश्रो भाग- - http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=28216

बिश्वास छ, धेरैले यो कविताको देशमा गाउँहरु थपेर सिंगार्नुहुनेछ!

सुरुवातमा यो एउटा कविता-

जिन्दगी-

कहिले ढकमक्क
आँगन सिँगार्ने सयपत्रिको,
कोमल स्पर्ष र सुगन्धले
बाग बाग गराउँछ!
कहिले ओसिलो भुइँमा,
बर्षौँ फालिएको
पुरानो मजेत्रोको,
फोहोर चिप्लोपना सहित
डुङ्ग ढुसि गनाउँछ!
बलेसिबाट चुहिँदै गरेको
निराश थोपाहरु जस्तै,
कहिले एकछिन टल्केर
माटोमा कतै सेलाउँछ!
बिउ फाटेर कहिले,
नितान्त नयाँ संसार हेर्दै
मसिनो टुसा पलाउँछ!
यसैगरि, यता उता भौँतारिँदै,
कहिले चुलिँदै,
कहिले खस्किँदै,
मेरो जिन्दगी;
केवल जिन्दगी बिताउँछ!!

 
Posted on 02-13-07 7:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D गोतामेदाइ कस्तो राम्रो बेनामे कबिता राख्नुभयो ,अकबरि सुन् लाइ कसि लाउनु पर्दैन भन्या यहि रे'छ ल नामै नहुदा नि कस्तो राम्रो !

आँच् जिम्माल हजुरबा को कबिता झन्डै हेर्न बिर्सेको :P कस्तो राम्रो मलाइ नि एक्दमै मन् पर्छ हावा म उडेको सिमल् को भुवा!हिहि..
 
Posted on 02-14-07 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् गौतमजी!

तितौरी.... हेहेहे कता हराईन हाम्रि नातिनी भनेको त यो कविताको धागोमा :डि र :पि गर्दै हाँसिरहेकि! :)
धन्यवाद् छ!

गौतमजी,

"तर, धेरै भयो-
आधा कविता र चौथाइ गजल
खल्तीमा बोकेर हिँडिरहेको ।"

यस्तै अधुरा छन् शायद धेरैका; केहि जीवनहरु, केहि सपनाहरु, केहि कथाहरु, केहि कविताहरु!
धन्यवाद कविताको लागि!
कुनै अधुरो जनाऊने, पर्खाई जनाउने शिर्षक राख्दा कस्तो होला? :)
 
Posted on 03-08-07 11:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै दिन पछि एउटा गनथन पस्कन मनलायो । हुनत मैले अन्त कतै बाट सुटुक्क टिपेर ल्याएकिम :)

संकल्प

बोलि रोक्न सक्दिन म गर्नै परोस बरु प्रतिकार
बाटो मोड्न जान्दिन म लडेरै होस बरु प्रतिहार
स्विकार्न सक्दिन भिख म रगत झर्नै परोस बरु
एक छाक गाँसमा स्वाभिमानमा मर्नै परोस बरु

जित-हारनै प्रतियोगिता हो म एक प्रति-योगी हु
हरेक मोडहरुमा झुध्ने म अकाट्य सह-यात्री हु
मेटाउन नखोज है ज्वाला म अदम्य नव-क्रान्ति हु
ज्वारलाइ चुनौति दिने पूर्णीमाको टलक-कान्ति हु

हत्केला- रेखाहरुमा म जिवनलक्ष देख्दै देख्दिन
औंल्याएको बिन्दुमा म जिवनलक्ष मेट्नै सक्दिन
भाग्यले निर्देशित हुने म जिवन जिउनै मान्दिन
जे लेख्छु पाइलामा दृढ छु म रुक्न जान्दै जान्दिन
 
Posted on 03-09-07 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यता फेरि माष्टरनी नानिको संकल्प पढ्नै छुटिरा!
धेरै राम्रो कविता पस्कनुभयो!
आशा छ तपाईँको यो संकल्प सदा रहिरहोस!:)
 
Posted on 03-09-07 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदी, बजोड क्रान्तिकारी कविता! तपाईका कविता अदम्य, आशावादी र दह्रा हुन्छन्। लेखिरहनुस्। :)
 
Posted on 03-09-07 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे, गोतामे, भउते आदिले कसरी तकडा लेख्छन भनेको त बल्ल थाहा पाएं । मास्टर्नी नानी ले सिकाएको पो रहेछन्, आफु पर्‍यो नयाँ विद्यार्थी, सिक्दै जाम्, कुनै दिन हाम्रो पनि अच्छा सबिता बन्ने छ>
मिस् , बेजोड को कबिता, सलाम छ ।
 
Posted on 03-09-07 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिसनानीको छनोटहरु मलाई सधैं प्रिय लाग्छन । हुन त कहिलेकाहीको छनोटमा पिष्टोक्ति (clichés) पनि परेको देख्छु । तर तीनमा समेत आडम्बर नभएर मेरो कल्पनाकी करुणामयी, न्यायप्रेमी, प्रगतिवादी मिसनानीको स्वच्छ हृदय उत्रेको देख्छु ।

Nepe
 
Posted on 03-09-07 10:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) धन्यवाद भन्दा अर्को शब्द भेटिन जिम्माल बा चित्रेभाइ अनि राहुलदा ।
गौतमजीकै धागो ले मलाइ यहाँ मे रो गनथन टाँस्न प्रेरित गरेको हो ।अनि भउतेजीको गजल त मैले मात्रै हैन घरमा भाको मान्छेलै पनि देखाउने गर्छु म -असाध्यै मनपर्छ

नेपेदाजु,
निकै आभारी भए। हजुरले दिएको शब्दले म नै नि:शब्द भए। के लेखु के लेखू जस्तो के गरु के गरु जस्तो , नाक नि बढिरा'जस्तो अनि मैले नाक छामीहेरे तर नाक चै उहिनेर टुसुक्क बसिरा रे'छ :)
निकै खुशी लाग्यो मेरो गनथन हजुरकोलागि प्रिय हुन्छन भन्ने था पाएर
 
Posted on 03-10-07 8:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

संकल्प

आश्मा

यू एस ए, मार्च ८


बोलि रोक्न सक्दिन म गर्नै परोस बरु प्रतिकार
बाटो मोड्न जान्दिन म लडेरै होस बरु प्रतिहार

स्विकार्न सक्दिन भिख म रगत झर्नै परोस बरु
एक छाक गाँसमा स्वाभिमानमा मर्नै परोस बरु

जित-हारनै प्रतियोगिता हो म एक प्रति-योगी हु
हरेक मोडहरुमा झुध्ने म अकाट्य सह-यात्री हु

मेटाउन नखोज है ज्वाला म अदम्य नव-क्रान्ति हु
ज्वारलाइ चुनौति दिने पूर्णीमाको टलक-कान्ति हु

हत्केला- रेखाहरुमा म जिवनलक्ष देख्दै देख्दिन
औंल्याएको बिन्दुमा म जिवनलक्ष मेट्नै सक्दिन

भाग्यले निर्देशित हुने म जिवन जिउनै मान्दिन
जे लेख्छु पाइलामा दृढ छु म रुक्न जान्दै जान्दिन

I converted your nice poetry into a doha.
 
Posted on 03-10-07 11:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिसनानी,

तपाईको प्रशंसक हुँ, अवसर मात्र नमिलेको हो भन्न । तपाईको उज्याला विचार, सुरुचीसम्पन्नता र साझामा मैत्रीपूर्ण र शिष्ट वातावरणको लागि तपाईको अनवरत कामना र परिश्रम, सबै कुराको उत्तिकै सम्मान गर्छु म ।

****** ******* *******

दोहाबारे
--------

नेपाली भाषा एकानुप्राससम्पन्न नभएकोले गजलमैत्री कम र दोहामैत्री बेसी छ । त्यसैले नेपाली दोहाको भविष्य छ । परन्तु, दोहामा अझै आदर्शवादको प्रभुत्व भएकोले (हिन्दी दोहाको कुरा गरेको) गजलविधामा आएको क्रान्ति (श्रृङ्गाररसबाट स्वाधिनता प्राप्त गरेको) जस्तै क्रान्ति नभई यसको लोकप्रियता बढ्दैन होला ।

अनि, दोहा र गजलको एउटा प्रमुख समानता के हो भने हरेक श्लोक (शेर) हरु आफैमा एक पूर्ण कविता हुनुपर्छ । एउटा श्लोक (शेर) ले अर्थ पुरा गर्न अर्को श्लोकको सहायता लिन पर्‍यो भने त्यो सामान्य कविता भयो, दोहा भएन ।

एकविषयी (Monothematic) कवितालाई प्राविधिक रुपले गजल वा दोहामा ढाल्न सम्भव भए पनि भावनात्मक रुपले भने सकिदैन ।

एकविषयी कविता भनेको wine drinking हो (एक ब्य्राण्डको मात्र wine पिउने सेशन) भने गजल/दोहा भनेको wine tasting हो (अनेक ब्य्राण्डको wine पिउने सेशन) ।
 
Posted on 03-10-07 11:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिश दाजु,
धन्यवाद नभनी बस्नै सकिन ।
एकैपटक खुशी मात्रै सम्हाल्न गाह्रो होला भनेर होला .....अलिकति अन्याय पनि गरिदिनु भएको :)

नेपेदाजु,
.. ( मनमनै के लेखुम...थाहै भएन ) :)
 
Posted on 03-11-07 4:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जगजीत सिंहले गाएको एउटा दोहा मिसनानी र दोहाप्रेमी सबै श्रोतामा समर्पण गर्दैछु ।

Audio:
- http://www.dishant.com/jukebox.php?songid=7625

Lyrics:
(The opening doha is missing)
- http://www.cmi.ac.in/~preyas/dohe.html


_______
 
Posted on 03-11-07 5:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I have noticed most of the Hindi Bhajans are written in Doha format.
 
Posted on 03-21-07 12:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बडो राम्रो छलफल भैराख्या रहेछ यहाँ त! मिसको कविता पनि साह्रै राम्रो लाग्यो।
******
नेपेजीले राख्नुभएको जगजीत सिंहले गाएको त्यो दोहाको शुरुको भाग यो हो;

मैं रोया परदेशमें, भिगा मा का प्यार
दिलने दिलसे बात की है, बिन चिठ्ठी बिन तार!
 
Posted on 04-24-07 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्पूर्ण शहीदहरुप्रति मेरो भावपूर्ण श्रध्दाञ्जली!!

सन्दर्भ बैशाख ११:


इतिहास लेख्छु भनेर हिडेकाहरु
आफ्नो प्रशस्ती मात्रै लेखाउन थाले
इतिहास अझै लेखिनै बाँकी छ,
कोठा रोज्ने हानथाप छ अचेल
मेरो सपनाको घर खै?
देख्छु, अझै जगै खन्न पो बाँकी छ!


निराशा र आक्रोशमा यो भन्दा बढी केहि फुरेन। आशा गरौं, आउँदो बैशाख ११ अलि बढी खुशी भईनेछ।
 
Posted on 04-24-07 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जग खन्ने कुरा त परै जाओस गौतमजी मलाई त कहिलेकाहिँ लाग्छ कि शीलान्यास नै भएको छैन!

धन्यवाद् सान्दर्भिक टुक्राको लागि!
 
Posted on 04-24-07 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतम् जी को सामयिक कबिता मार्फत लोक् तन्त्र दिवस् सम्झेको छु। गत साल आज को दिन राहुल भाई नि प्रचण्ड गर्मीको बाबजूद् नाच्दै रमाउदै हिडेको थियो। सदियौं देखि कचरा अनि पुर्खौं देखि दासत्व मिश्रित् रगत यति चांडै सफा होला भन्ने मलाई त लागेको छैन। तर पनि हिजो भन्दा आज आशाको किरण् दूर् क्षितिजमा उजिलिदै छ।
 
Posted on 04-24-07 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले सोचेको थिएँ मेरा निम्न असन्तुष्टी/अतृप्ती क्षणिक हुनेछन् । किन्तु भएनन् । यही अतृप्ती नै मेरो साँचो श्रद्दाञ्जली हुनेछ ती वीरहरुप्रति जसको उत्सर्गले मेरा सपना र आशाहरु जीवित छन् अझै ।



सामुन्ने छिन् मायालु, अझै कुरिरहेछु म
दूरी जमिन हैन रे'छ, आफै दूरी रहेछु म

आँखा पर्दा नुहें, पिठ्युँ पर्दा घुरिरहेछु म
सुरक्षित दूरीको पो बहादुरी रहेछु म

मनोरथ गुड्ने राजमार्ग कै'ले पुरा होला
एउटा खाल्डो खनी अर्को खाल्डो पुरिरहेछु म

जहाँको तहीं छु अझै, यस्तो त होईन कतै
व्यायामी धावन पेटीमा दगुरिरहेछु म

म निर्णायक मायाको सुनामी हुँ भन्ठानेको
भदौरे घाम, माघे ठण्डी, चैते हुरी रहेछु म

 
Posted on 04-24-07 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मित्रहरु,
नमस्कार !
वे‌फुर्सदका कारणले धेरै दिन साझामा आउन पाइन । आमाप्रति श्रद्धा र भक्ति चढाउने हाम्रो महान् पर्व मातातीर्थ भरखरै सम्पन्न भएको छ । सम्पूर्ण आमाहरुप्रति समर्पित त्यहीवेला लेखेको यो कवितालाई तपाईँहरुले उन्नुभएको यो मालामा एउटा थुँगोको रुपमा मैले पनि उनेको छु । धन्यवाद !


आमा

शिव प्रकाश

आमा ! मैले तिम्रो ममताको
व्यापकतालाई ठम्याउँन सकिनँ
सायद त्यो आकाश छुने
उचाईभन्दा पनि धेरै अग्लो होला,
अनि सागरको सतहभन्दा पनि
सायद अझ धेरै गहिरो होला !

आमा ! मैले तिम्रो हृदयको
विशालतालाई कहिल्यै आँक्न सकिनँ
त्यहाँभित्र सधैं म एउटा
सिङ्गो कञ्चन हिमाल हाँसेको देख्छु,
अनि हामी सन्ततिका लागि सधैं त्यहाँ
पूर्णिमाको जून झलमल्ल झुल्केको देख्छु ।

आमा ! मैले तिम्रो भावनाको
सीमान्ततालाई कहिल्यै भेटाउन सकिनँ
जहाँ सधैं अन्तहीन ममताको
मग्मग् वासना मात्र मग्मगाएको हुन्छ,
अनि त्यहाँ हाम्रा लागि बिहानीको
शितल किरण सधैं-सधैं छाएको हुन्छ ।

आमा ! मैले आमाको मातृत्वको
महानतालाई बुझ्न सकेको रहेनछु
आफ्ना सन्तानको प्राण रक्षाका लागि
याचना माग्ने तिमी तिनै गान्धारी रहेछौं,
आफूले खाएको ओकलेर भए पनि
बचेराको पेट भर्ने तिमी तिनै चरी रहेछौ

हो, आमा ! तिमी तिनै गान्धारी रहेछौ
हो, आमा ! तिमी तिनै चरी रहेछौ ।

अप्रिल, १५
हाल : बोष्टन, अमेरिका

साभार - फ्री नेपाल डटकम
 
Posted on 04-24-07 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HELLO FRIENDS ARE THERE ANY NEPALI LOVE POEMS WRITTEN HERE?
IF YES COULD YOU REWRITE FOR ME AND INCLUDE THE TRANSLATION PLEASE.
IF NOT
CAN YOU PLEASE HELP ME TO WRITE NEPALI LOVE POEMS.
ALSO PLEASE INCLUDE THE ENGLISH TRANSLATION AS WELL.

I REALLY APPRECIATE IT.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
From Trump “I will revoke TPS, and deport them back to their country.”
Tourist Visa - Seeking Suggestions and Guidance
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters