[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १५५ *~

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 138415 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 08-07-09 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १५५ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers,unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 155 editions.


 

 
Posted on 08-10-09 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या गर्नु पुरे रिसेसन मा नि काम हुँदा राम्रै हो , अली अली बिजी मात्रै भए नि हुने यहाँ त अत्यन्त बिजी भएर पो फर्साद भयो
 
Posted on 08-10-09 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे रिट्ठे।


खाने बेला मा होस् नगर्ने , लास्टाँ फिल्लेहरुले लास्टै खुवायो भन्ने ?



हुन पनि आफ्नो जिब्रो डामेको अहिले सम्म ठीक भा छैन, लोभि भएर ताततातो हुल्देको।
बडा मज्जा आयो क्वाटी पार्टी पनि ।


 
Posted on 08-10-09 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइले क्वाटिको बखान गरेको पनि १ घण्टा भइसकेछ, खै त आज जनताहरु? कता गए? हल्ला-खोर लहरे पनि देखिन्न, क्रेजी नि छैन, सनीराको नाख्-मुख देख्या छैन, हैन कता लागे सब्-का-सब 

 
Posted on 08-10-09 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा नि देखिदैन नि पुरे । बौचा सँग पिकनिक मनाउन लेक तिर गए कि क्या हो? छुपेरुस्तम छन सब जना।
 
Posted on 08-10-09 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ भनेको मैले नि ठुल्दाइ, खुसुर्-फुसुर गर्दै थिए, हिजो अस्ती, लागे जस्तो छ।

 
Posted on 08-11-09 6:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्

ल उठ अल्छि का पोका अरु

यतिन्जेल सम्म पनि सुतेर बस्छ

मंगलवार गन्नु दिवस -

अबे उठ्जा बे -

 
Posted on 08-11-09 7:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरेह! बौचाको पिक्निक सक्यो? रात भर भो जस्तो छ, अनी आउन साथ हाजिरी देको जस्तो छ, सुत्न गयो होला केटो, ल म नि काम तिर लागें! प्रणाम बौचा अनी सब्बै कमचोरहरुलाई

गण्णुको दिन गण्णुमय होस्, जय नेपाल

 
Posted on 08-11-09 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँझ को जुन सँगै
आउँछौ कि भनेर
टोलाई रहन्छु आकाशमा
रातको तारा गनेर
साँझ को जुन सँगै
आउँछौ कि भनेर


सजाई रहन्छु सपना अह्रु
हृदय भरी उमङ्ग लिएर
तर तिमीले बिर्दी दियौ
बिछोड को मिलन मायाका कथा हरु


साँझ को जुन सँगै
आउँछौ कि भनेर


 
Posted on 08-11-09 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
मंगलबारे गन्नुमय जदौ!


ब्यान ब्यानै बौचा? तारेमाम है ।



पुरे लाई नि तारेमाम।


लहरे लाई प्रेम रोग  लाग्या हो कि जस्तो  अस्ती देखी लाग्या थियो , हो रैच बाबै।


 
Posted on 08-11-09 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजार आँखा हेर्ने मेरी मायालु लाई
हजार हात छेक्ने मेरी प्रियाशी लाई
कशोरी म भेटुँ म देखु उनी लाई
यी बाधा छिचोली अंगालु उनी लाई


उनी बोल्दछिन गीत को भाका लीइ
उनी हाँस्दछिन फुल को बास्ना लीइ
नबोल्ने को होला देखेर उनी लाई
म बोलु कशोरी भनु के उनी लाई


बिहानी को शित मा उनी झल्मलाउछिन
जसै साँझ पर्छ प्रतिक्षा मा हुन्छिन
उनी ओँठ आँखाले छुन्छिन मलाई
उपहार के दिउँ भनु के उनिलाई 


 
Posted on 08-11-09 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यो लहरे पाट, बिहान बिहान साँझको जुन भन्दै गाउँदै छ, ल बज्येको कुरो टुँगो लाग्यो जस्तो छ, एइ कात्तिकमा झ्याँइ पर्नी भन्थ्यो बज्ये, कुरो मिलेछ रे, ल लहरे अन्द लहरीलाई अग्रिम बधाई!

 
 
Posted on 08-11-09 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दाइ अनी पुरे


काम गर्न आ हो म बिहान बिहान देखी - मुला प्यारे लाल नचाहिने हल्ला पो फैलाउदो रहेछ कपाल तानेर मुखमा प्याच्च दिनु पर्ने


हेल्लो ठुल्दाइ अस्ती देखी हैन - जमाना देखी लाग्या हो - ठुल्दाइ लाई अस्ती मात्र शंका लागेको त


अब त ठुल्दाइ लाई पनि हेक्का रहेन -

Last edited: 11-Aug-09 08:33 AM

 
Posted on 08-11-09 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सडकजाम... चक्काजाम... संसद्जाम... हड्ताल... तोडफोड... हत्या... पक्राउ... विरोधसभा रे,... छैन, त्यस्तो कुनै अप्रिय घट्नाबारे लेख्या छैन, नर्मलै छ।


 
Posted on 08-11-09 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जमाना देखी प्रेम रोग लागेको रहेछ र प्यार प्यार गर्दो रहेछ , एकलाई पनि बरबराउछ रे ।


 यस्तै ताल हो हो भने,


यस्तै हाल हो भने ।


जाने ठाउँ लगनखेल को


 मानसिक रोग अस्पातल नै हो लहरे को।



अहिले नै उपचार् गर । या डाक्टर देखाउ या डाक्टरनी भित्र्याउ ।


 
Posted on 08-11-09 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डाउटरनी भए त जान हुन्थ्यो


बरु पिलेन को टिकस् चाँही किनिदिने कि


म तु गएर डाउटरनी लाई भेटेर तु आउछु 


 
Posted on 08-11-09 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यादमा तिम्रो बिताएको छु
हरेक अधेरी रातहरु
खोजेर तिमीलाई रात र दिन
आफु आँफैमा हराइसके


स्वप्नेली रङमा रंगेकी तिमी
स्वर्ग कि परी हौ कि
आभास आउछ तिम्रो कता कता
सुनसान रातमा विश्व बिरानमा 


 


गूड् मर्निङ जदौ तारेमाम हरे राम !


ठुल्दाइ, लहरे, पुरे र अरु को?


 


 
Posted on 08-11-09 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वप्नेली रङमा रंगेकी तिमी
स्वर्ग कि परी हौ कि
आभास आउछ तिम्रो कता कता
सुनसान रातमा विश्व बिरानमा


प्रणाम रिट्ठे, अघी ठुल्दाइलाई देख्दै नदेखिरा, ल ठुल्दाइ, ठुलो प्रणाम तपाईंलाई

 
Posted on 08-11-09 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब पुरे ले ठुल्दाइ लाई कहाँ देख्थ्यो र - पुरी भा भे त एउटा कुरा नि


अब कार्त्तिक १५ को बिहान १०:२० को साइत निक्लेको छ है


पुरे र पुरी को -


पुरे ले कसैलाई खबर नगरे पनि मैले चाँही आफ्नो कर्तब्य पुरा गेरिदिएको - फेरी भनेनौ भन्लाउ भनेर


स्थान पुरे बस्ने ठाउँ नै


मलाई चाँही दुई दिन अगाडि देखी नै बोलाको रहेछ है - फुल सपोर्ट र ब्याक सपोर्ट दिन पुरे लाई


के भन्छौ पुरे - पुरी को फोटो टाँसिदिउ - ल भन त तिमी टाँस्दिउ



अनी रिट्ठे सान - के छ हालखबर - तारेमाम्


 
Posted on 08-11-09 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे,


ब्यान ब्यानै गीत ? को सँग बस्यो माया प्रीत ?


लहरे को प्रेम रोग पुरे हुँदै रिट्ठे सम्म आइपुगे जस्तो लाग्यो।


लौ जा म पनि ,


 


कहिले काहीं बिर्सिएर आकाश  खोज्दै हिड्छु,
भात्किएको मेरो पुरानो त्यो बास खोज्दै हिड्छु ,
धेरै नै भयो अल्झेको यहाँ भीड भित्र
तिनै भिडमा जिन्दगीको आभास खोज्दै हिड्छु


 
Posted on 08-11-09 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब चाँही ठुल्दाइ को पछाडि


बुढी हरु लाग्ने भए है - बाज्य ओपीं का ठुल्दाइ


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
TPS to F1 Status.
Business Ideas in Nepal?
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
#MAGA#FAFO is delicious
TPS Sakiyo Tara Case is in Court.
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters