साथोहरुको नेपाललाई सहयोग गर्ने भावना देख्दा मलाई साथीहरुको जमर्कोमा केहि सहयोग पुग्ला कि भनेर मेरो यात्रा विवरण राख्दै छु। ञस्लाई म part part मा प्रस्तुत गर्नेछु। नेपालको हालको स्थिति बारे यसबाट ज्ञान पाईएला कि भन्ने आशाको साथ:   
 "एउटा अनुभुति बेग्लै"   
 "आब्बुई हो!!! क्या बिघ्न रै?छ हो ऊकालो नि।" ८-९ कक्षातिरको ?घनघस्याको उकालो? पाठको सम्झना गर्दै मैले बोलें। खोई मलाई मात्र लाग्या हो कि तर त्यो पाठ लेख्नेले यो अन्धेरीघाटको उकालो नदेख्या हुनुपर्छ भन्ने लख काटें। 
 "काहाँ उकालो हुनु नि सर, यो ता क्याहि नि होइन" मलाइ साथ दिन संगै हिडेको लोक दाइले मेरो कुरा काट्यो। 
 हुन त आफु परियो शहरमा हुर्केको मान्छे, दश पाईला नि गाडिमा चढ्ने बानि लागेको, त्यो दाइ उकालो खाई शेष भएकोसंग कुरा नमिल्ने भइहाल्यो। 
 "हुन नि शहरमा बस्न छोडेर फिल्डतिर काम गर्ने जोश चलेर यो दु:ख गर्नुपर्यो" भन्ने मनमा चल्यो तर मलाई मजा नि आईराख्या थियो। आखिर काठमाण्डौ गएर साथीभाईलाई भोजपुर जस्तो ठाउमा गएर आएको भन्दा शानै अर्को हुने नि। 
 बाटो चाहिं परेछ आधा जिउ नै खाने। उकालो र ओरालो मात्र। आफु त्यतिकै दुब्लो मान्छे अब त भोजपुरसम्म पुग्दा त मान्छे नै बिलाउला भन्ने पिर पनि चल्यो मनमा। 
 बाटोमा कुरा गर्दै हिंड्यो भने बाटो गएको पत्तो पाइँदैन भन्थे, त्यै भएर लोक दाईसंग गफ गर्ने मेशो निकालें। 
 "अनि दाई, घरमा को को छन्, नि तपाईको???" 
 "छन् जहान अनि दोइटा भुरा।" 
 "अनि घर कता नि दाइको।" 
 "ऊ त्यहि धनकुटा हो, सान्मे गा. बि. स. पर्छ" दाईले फुईया गर्दै उत्तर दिनुभो। 
 हुन नि अफिसको सामानको भारि टन्नै थियो दाईको, म जस्ता त २ जनाले नि सक्दैन होला त्यत्रो भारि उचाल्न। दाईलाई थकाई लाग्या हुनुपर्छ भन्ने लख काटेँ 
 "यसो बस्ने कि दाई???" 
 "होईन, ऊ माथि एउटा होटेल छ, त्यहिं बस्नुपर्छ" दाईले यसो सुझाव दिनुभो। 
 आफुलाई नि थकाई लागेर भनेको अब भारि बोक्नेले नि त्यसो भनेछि लाजै लाग्यो बसम् भन्न नि। 
 ऊ माथि भन्या नजिकै होला भन ठानेको त आमै नि आएकै होईन। 
 "अझ कति छ दाई??" यसो सोधिहाले।"?सरलाई थकाई लाग्यो कि??? ऊल्टो प्रश्न पो बज्रियो। 
 ?होइन, यसो पानी प्यास लाग्यो" मैले नि कुरा मिलाईहाले। 
 हुन नि त्यत्रो बाटो हिड्नलाई एउटा टुम्लेट नि बोकिएनछ। प्यास नि लागेको थियो आफलाई धन्न दाईले पत्याईहालेछ मेरो कुरा। 
 "आयो सर, आबो त्यहिं हो" माथ्लो डाँडा देखाउँदै दाईले भन्नु भो। 
 आफ्नो खुट्टोले करामत देखाउने बेला भैसकेको थियो, झन त्यति माथीलाई त्यहिं भन्दा त सात्तो नै उडिहाल्यो। 
 "ऊसो भए यसो थकाई नै मारौं न।" मैले लाजै पचाएर भने लु जा त। 
 "लु बसम् न त सर त्यहि चौतारो मा।" अलि परको चौतारो देखाउँदै दाईले नि सहमति जनाउनुभो। 
 आफ्नो मनमा पनि यसो आराम भो दाईको शब्द सुनेर।   
 ********************************************