[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI ! Continued....

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 163384 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 09-15-05 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गाम्ले दाजु भाइहरु, केरे चाइनि यो सानेको पसलां त ३०० भन्दा बढि सामान भयो भने पसलैनै भत्किनच अरे ( खोइ पैला ५१ वटा भन्दा बढि झ्याल भको घर बनाउन नपाइनि जस्तै नियम हो कि ?) तर पनि सानेको पसल गोलखाडि गो भने त हाम्रा चोतारा सौतारा कता लङ्का पलङ्का पुइहाल्च नि गांठे । तेसैले अब देखि यो चौतारां सितल तापेर गफ अरम है ।
-------------------------------------------------------------------------------
उहि पुरानै नमेको चौतारो

 
Posted on 09-24-05 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाले चईनी चन्द्रमाको फुटो टाँस्नु भा को र'च केरे,
मलाई त कुभिन्डाको चानो जस्तो लागि राको के ;)

नाई भनी त अक्कास मा लाग्नी तेस्तो बाटुलो सुपा (नाङ्लो) जस्तो जुन त प्याँलो (पहेंलो) हुन्थ्यो केरे नि, फुटोमा त रायेपाटे ( रङ्गीचङ्गी ) छ हई ।

हाम्रो गाम्ले हुरको कचहरी पुनि कता पुगो कता, भेट्टाम्न, फलो अर्न पुनि भ्याएको छैन केरे, खाली हाजिर मत्रै बजाम, म जिम्दै छु भनेर भनम भनेर आको, २-४ दिन पछि बल्ल कचहरीमा चईनी हात हल्लाएर धोको फेर्नी अरी बात मार्न आम्ने नै छु केरे । ल सँगी हुरले चईनी गरि खाँदै अर्नुस हई त ।

keep rolling...

 
Posted on 09-25-05 2:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अध्याय १५

केटाहुरले मुन्छे सित कस्तो ब्यवहार अर्नी भनेर जान्दैनन के । अब तो टारिघरे बिचरा तेसको कामै बन पाले हो,
बन कुर्नी हो, चईनी एक पटक उसलाई सोधेको भए त उसले हुन्छ भनि हाल्थो केरे नि । केटा हुरले तेसको अगाडि
चईनी आँसी र खुर्पा नचाम्दै गएछन केरे, उसलाई देखेसि पुनि केही नबोलिकिन बन तिर लागेछन, अनि उ नसन्केर
क्यार्नी त ? सप्पै कुरो थाहा पाए पछि साँझ चार बजे तिर म आफै गएँ केरे नि त उसलाई फकाम्न । फेरि फकाम्नि
कुरामा त म चेम्पेन (च्याम्पियन) के । अब जमुनि जस्ती गँगटे मुन्छेलाई त फकाएर म भनेसि हिरिक्कै हुन्छे, अब
तो टारिघरेलाई फकाम्न त के साहारो भओ र ?

गएर पदे साहूका दोकान बाट चईनी पाँच रुप्याँमा एउटा पोका पाउच रउसी किने । यो पोके रउसी त यति लोकप्रिय भओ
कि जसले पुनि पोकेझोल भन्चन केरे यसलाई । लगेर टारिघरेलाई येसो साईडमा बोलाएर ल दाई अलिकति गित गाम्न
परो, घाँटी सफा अरम भनेर दिएँ केरे, साथी त एकै छिन मा फिटान भई हालो केरे । त्याँसी मैले " हेर दाई, चईनी बन
त सबैको साझा हो, दसैमा पिङ हाल्नलाई एउटा मुलडाँडी पुनि नपाए कसरी साझा बन भओ त ? तिमीले चईनी क्यारेको
हो, तो राजु र दादाहुरको खुर्पा खोसेर ? " भनेको त बल्ल थाहा पाएँ के, उसको पिर मर्म आर्कै रहेछ के । खास त अब
चईनी सामुदायिक बन को अधक्ष्ये त मुखिया बुढा हुन केरे । अस्तिन पिङ हाल्न लाई ठाम बढारेर पतिङगर सफा अर्नी दिन
को कुरा ले मुखियाको कम्पारा तातिराखेको रहिछ के । अब बुढाको कुकुरलाई पुनि राजुको पपिले डसेको केरे, त्याँसी बुढा
भाग्न खोज्दा खिर्राको रुखमा चरेको र पछि खेतका गरामा पछारिएको कुरा त अस्तिनै को कुरा भओ केरे । त्यस माथि त
बुढाको त सन्नि आसन (गुप्ताङ्ग) मा जो खिर्राको चोप लागेछ केरे, बुढा त अचेल बाहिर नि निस्कन्न अरे नि त । बुढाको
तो सन्नीमा खिर्राको चोपले पुरै खटिरा र बिबिरा आको छ रे, अब जति खेर नि कन्याईरहन परो केरे, अब तेस्ता गामका
जान्नि सुन्नी ठूला मुन्छे मुखियाले अब सम्साझै समाजमा चईनी गुप्ताङ्ग कन्याउँदै हिड्न त सुहाएन नि, मुन्छेले फेरि
भिरिङगी बुढा भन्छन केरे नि त । हो तो रिसले बुढाले सामुदायिक बनबाट कसैले एउटा मत्रै हाँगो काटेर लग्यो भनी मैले
तेरो जागिर खोस्छु भनेर टारिघरे बनपाले लाई साफ थर्काएका रहेछन केरे ।

 
Posted on 09-25-05 2:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब एकै छिन त्याँसी गफगाफ अरेसि त टारिघरे फकिई हालो केरे नि। अनि उसैले जो त हो, "रातिमा गएर ले न त सिरे,
फेरि चईनी एउटा भन्दा बेंसी चईनी नकाट है, म तेरा भरोसाले दिएको नि हेर सिरे" भनो उसले । भुत्रो मेरा भरोसाले हुन्थ्यो
र, रउसीले भेटो केरे नि त । रउसी खाका बेलाँ त हामीले पुनि कस-कसको भरोसा अर्चम कस-कसको नि त । जे होस,
तेही सल्लाहाले हो केरे मैले र दादाले राति जाने पलान बनाको । अब नमेको घराँ गएर उसलाई पुनि उठाएर जानी, खेमे र
राजु तेही आम्नी सल्लाहा थियो केरे । तेही सल्लाहा अनुसार रात-बिरात तेस्तो बेला नम्मेलाई पुनि लिएर म र दादा छापाको
चौतारीमा गएम । नम्मेले सानो बन्चरो पुनि बोक्यो केरे । खेमे र राजु तेही आम्ने सल्लाहा थियो, तर कोहि पुनि भेट्किएनन् ।
केटा हुरले धोका दिन त नपर्नी हो, तिनी हरुलाई नै केही पर्यो होला । दादा र नमे अझ एक छिन कुर्न पर्च, आई पो हाल्चन
कि भन्न थाले ।

अब खेमे र राजु पुनि नआएका, फेरि आफ्नो घरमा भैसी ब्याउनी छ केरे । आजभोलि जो भाको छ के भैंसी । अब ब्याउँदा
राम्रो सँग हेर-उबार अरिएन भनी त भैसीले त्यो ब्याउँदा खेरीको दुखाई र पीरले के खाम के खाम भाको हुन्छ र तेस्तै बेलामा
आफ्नो अँरो (साल-नाल) खान मरिहत्ते अर्च, अनि खाईहालो भनि त दूध जति सुक्छ, भैसीको दूध बाख्राको जति पुनि आम्दैन ।
अब दिउसोमा भए त आजकाल गामका केटाकेटीहरुका स्कुल बिदा छ केरे, येसो कसैका केटाकेटीलाई ल मेरो भैसी हेरिदिओ ।
ब्याउन लागो भनी ठूला-पाका मुन्छेलाई बोलाई देओ, नभए ब्याउनी बित्तिकै अँरो लाई एउटा राङसिङको घसेटाले तानेर जसरी हुन्छ
भैसीले खानबाट जोगाओ, मसिने ब्याँउति पेटभरि खान दिम्ला भने त काम सकिई हाल्थ्यो केरे । अब रातिमा भनी त आफू जो
पाले नबसी भएन केरे । यि सप्पै कुरा भनेसि दादा र नम्मेले "हुन्छ त तेसो भा तिमी जाउ सिरे । अब चर्खे पिङ (चर्खा जस्तो
देखिनी, राँटे पिङ) मत्रै हालेर त पुग्दैन, एउटा लठ्ठे पिङ पुनि त हाल्न परो नि । तेसो भएसि बरु हामीले हाल्दै अर्चम पिङ पुनि,
तिमी चईनी भोलि दिउसो खर र बाबियो काट्न जाउ र तिमीले लठ्ठे पिङ को काम चईनी हेर भने केरे ।

तेही सल्लाहा अनुसार म गएँ केरे घर । येसो गोठाँ हेरेको त भैसी सेपिएकै छैन, तहरिएको नि छैन, भनेसि आज रात भोरि त
ब्याउँदैन, भनेसि मजाले सुत्न परो भनेर सुतें। मनाँ भने केटाहरुले डाँडी काटे कि काटेनन भन्नी चिन्ता लागि नै रहेको थियो केरे ।

 
Posted on 09-25-05 2:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*******************************
भोलि पल्ट उठेर खर काट्ने सुर गरें । एउटा हँसिया आँगनको डिलमा भएको ढुङ्गोमा उध्याएँ । तर बोर लागि राको छ के मलाई
आज किन हो किन, एक्लै भाको जस्तो लागि राको छ । अब दादा, नमे, खेमे हरु सित राँटे पिङ हाल्न गाको भए अर्कै मजा हुनी
थियो, तर अब लठ्ठे पिङ पुनि चाईयो केरे, फेरि मेरै जिम्मा लगाई दिए केटा हुरले । अब एक्लै त खरबारीमा गएर खर काट्न त
सारै झ्याउ हुन्छ केरे नि । हो यस्तै बेलाँ हो केरे नि त साथी सँगी काम लाग्नी । अनि गएँ जमुनिका घराँ । जमुनि तेही पिढीमा
खामाको आड लागेर के सोचेर हो कुन्नि, ट्वाल्ल परेर मेरै बाटो हेरेर बसि राखेकि रहिछ ।


जमुनिलाई सप्पै कुरा भनेर "हिड जाम खर काट्न, गाम्लेकै कामलाई हो, पिङ हाल्न, मुखियाले आफ्नो खरबारी बाट एउटा पिङको
लठ्ठालाई पुग्नी बाबियो काटेर लानू भन्थे केरे" भने । जमुनिले बा ले नदेखे त हुन्थ्यो केरे, कता गएछन अहिले त । बहिनीहुर
उजेली र कान्छीलाई लेर गाका हुन बा ले, तिमीसित हिँडेको थाहा पाउनी हो भनी मेरा करङ भाँच्छन" भन्न थाली केरे । मैले "गाम्लेको
काम हो, दिउसोको घाममा खर काट्नी हो, मसित तेरा बा क्यार्न डराका होलान खोई, अब बातै लाएछन भनी पुनि खुसी भएर चईनी बाजा
बजाएर लान्छु केरे तँलाई, तेरै बाले खोजेर दिए पुनि म जत्तिको आर्को मुन्छे भेट्टाम्नी छैनन केरे, धेरै नकरा, जाम हिड" भने । केटी त
खुसी भएर हँसिया बोकेर हिँडी केरे ।


 
Posted on 09-25-05 2:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डहरको बाटो खरबारी तिर जाँदा जाँदै त बाटैमा जो त जमुनिका बा र बहिनी हुर, तेसका चईनी शाखा सन्तान तेही जो रहेछन केरे । बुढाले
बाख्रो चराम्दै रहेछन, बहिनीहुरले डोकामा घाँस काटिरहेका छन । अब म चईनी के हुन्छ र, जाम भन्छु, जमुनि भनि डरले काँपेर फर्कम
भन्दैछ, क्यार्नी हो, क्यार्नी हो । के साईतमा हिडिएछ कुन्नि घरबाट, बाटैमा जो भिलेन भेट भए, आजको दिन गतिलो होला जस्तो छैन ।

keep rolling...

 
Posted on 09-25-05 7:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-25-05 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ohh! thats jamuni!!!!!!!!! you were posting messages to jamuni and how stupid was i to reply ! shitt! >:( mero katro baijat!
 
Posted on 09-25-05 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jptgyall,

in fact that was Jamuni acting as a cow-girl. howz dat?

चित्त दुखेको छ भने चाहि माफी पाउँ है, I am so.....rry ;)

keep rolling...

 
Posted on 09-25-05 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

cowgirl who? the girl with black top on??
And the picture down there of a gal is very cute! :)
 
Posted on 09-25-05 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) keep rolling...

 
Posted on 09-25-05 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

All the stories and pictures are sweet but the picture with something done over their eyes dont look good, as if they are culprit or in serious situation that identification should not be disclosed. I guess they look preety good if they are posted without additional work.
 
Posted on 09-25-05 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरा ! ठाईँला मामा। सारै बुढो भैसक्नु भेsछ। जमुनीको कन्यादान पनि गर्न पाम्नि हुन् कि हैनन् खै !! :)

:-)
-भउते
 
Posted on 09-25-05 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भउते, काँ गाका थियौ र हो ? जाति बिधी असेट लाको थियो केरे । फेरि आफ्नै मेलो खेतीपातीमै चईनी होमिएको होला भनेर नजिस्काको के बिचाँ ।

जमुनिको कन्नेदानी पुनी चाँडै जो अराम्ला केरे नि त ;)

keep rolling...
 
Posted on 09-25-05 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

असार ला'छ हौ ! सिरेदाई मलाई त। खेताँ नि जता हेरे नि भङ्गालै भङ्गालो, कता टाल्नु, कता
छाड्नु हुन लाइसक्यो।

दुनियाँ दसैँको रमझममा रमाउँदा आफ्ना चैँ मुतिचटारो छ याँ, कहिल्यै सुबिस्ता नहुने भो।


ल ल पिङ् हाल्दै गरम, खेल्दै गरम अनि माड्दै पनि गरम्। तिहार सम्म राख्नीहोला के रे पिङ्।काठ अर्गाठै रे'छ के रे, दुइ-चार झरी खाए पनि कुहिदैन बाहाँ, पखेटा।

छापाका चौतारि उपल्ला पट्टीका उनियाँका झाँङ नि ठाईँला माँले डढेलो ला'र खोरिया बनाएछन्के रे, कोदोको बिउ छर्न। यस पालिका दशैँमा पिङ खेल्दै उता झ्याङ तिर खुसुक्क
छिरेर रमाइलो अर्न नपाइने भो, रातै पर्खिन पर्ने भो।

:-)
-भउते
 
Posted on 09-25-05 6:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो श्री का गाममा १३, १४ हुँदैन कि क्या हो? अध्याय १२ लेखेसी अध्याय १५ लेख्दा रेछन् क्यानाडातिर त।
 
Posted on 09-25-05 7:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This picture reminded me my sis. When she was a kid she used to wear plastic bangles.
Those cheap plastic bangels didnt look cute but she alyways urged my mom to buy them and happily wear them thinking that they are better than moms golden bangles. I hope I could give her those plastic bangles reminding childhood days as present during tihar but this time too I am missing dashai n tihar.

 
Posted on 09-26-05 6:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो दशैँमा म घर आईन,
सम्झनालाई पठाउन केहि पाईन;
रुमालै छ चिनो,
गाऊँघरको मायालाई सोध्या छ भन्दिनु ।
 
Posted on 09-26-05 6:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अध्याय १६
----------
डरले होला खेमे सबभन्दा पछाडि थियो। सिरेभने अगाडि अगाडि थियो। जमुनीको कुरा गरेर जगाईदिएछि अघि अघि सर्ने त बानि नै हो के सिरेको। त्यहाँ जमुनी समुनी थिइन् किन अघि अघि जानु प-यो त नि बेकारमा हैन। तैपनि जान्छ के बिचरा सिँगौरी खेल्दै।
यही बेलामा घरतिर पपि भुकेको आबाज सुनियो। खेमे त डराएर बिचमा घुस्छ बा।
***
हामी पुन्टे दाजीका कटेरामुनि पुग्दाखेरि पुन्टे दाजीको राँगो फुकेर यताउता गर्दै थियो तर तगारो लगाऽको हुनाले बाहिर भने निस्किन सकेको थिएन के। हाम्ले बाँधेर छोड्दिम कि पुनि सोच्या हो तर बुढा उठे भने फेरि जम्मै कुरो भन्न पर्च भो भैगो पछि फुर्सदमा भनुम्ला भनेर हिडेम्।
***
म बिहान उठेर जमरा कति लामो भो त भनेर यसो जमरातिर हेर्दै गर्दा आँगनमा नमे पनि टुप्लुक्क देखा प-यो। अनि हामी लागेम् चौतारीतिर। राती ल्याऽको मुलडाँडी साँच्चिकै ठुलो छ कि छैन भुनेर हेर्न गाऽ नि। हामी जाँदा खेमेले ताछ्दै थियो। "बढि ताछ्लास् नि त्याँ फेरि।" मैले खेमेलाई हकार्दै थेबे हातमा लिएँ। खेमे त झसगं प-यो।
***
मैले यसो मौवाको फेदतिर हेरेँ। "ए यो विहानको सितमा के गर्दै छौ? अहिले घाम साम परेसी बनाए हुन्न त्यो पिङ्? के को हतार हो?" लोकराज काकाले बिस्तारै बोले। काकाको पेट ठुऽलो छ त्यसैले बिस्तारै बोल्छन् के। सप्तमीसम्म त बुढा पनि फर्किहाल्छन् नि। मेरा आँखा काकातिर भन्दापनि काकाको पछि कोही निस्किँदै होला भुनेर अलि पछितिर तानिँदै थिए।

 
Posted on 09-26-05 6:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा,
चईनी केरे यो हातको माझी औलो अरु भन्दा अलि सुरो छ के, अरु भन्दा उही जो जान्नी भएर अगाडि सर्छ केरे, मैले यो अध्याय पुनि १३ टईपिउँ अर्दा त त्यो माझी औलो बाठो केरे, अरु भन्दा अगाडि जो गएर ३ को साटो ५ ठोकिदिछ के, आफूलाई भनी मेसै छैन केरे ।

गल्ती अरिएच, माफी पाम है ।

keep rolling...

 
Posted on 09-27-05 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ayoo tyat cutie,
I found this picture below in goo0o0o0ogl3! cute eh?

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
From Trump “I will revoke TPS, and deport them back to their country.”
Tourist Visa - Seeking Suggestions and Guidance
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters