[Show all top banners]

Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 KAVITAKO DESH-II

[Please view other pages to see the rest of the postings. Total posts: 315]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 142775 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 02-28-06 1:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझामा टाँसिने नेपाली कविताहरु एकै ठाऊँमा पढ्न र प्रतिक्रयाहरु एकापसमा आदानप्रदान गर्न पाईयोस् भनेर यो कविताको देश खडा गरिएको थियो। यो देशले सबैबाट अत्यन्तै धेरै माया र सदभाव पायो, त्यै माया र सदभावका कारण यसको यात्रा अगाडि बढ्यो र बढिरहेछ। यहाँ सक्रिय सहभागिता जनाउनुहुने कवि-कवियत्रीहरु, सुझाव र प्रतिक्रियाले हामीलाई आफ्नो लेखनी सुधार्न प्रेरित गर्नुभएका सबै साथीहरु र कविताको देशका सम्पूर्ण पाठकहरुलाई धेरै धेरै धन्यवाद। हाम्रो यो भावनाको यात्रा निरन्तर चलिरहनेछ।

साझामा ३०० पोष्टिङको सीमा हटेजस्तो छ अब। त्यसैले कविताको देशको नया भाग शुरु नगरी पुरानैमा निरन्तरता दिने हो कि जस्तो पनि लागेको थियो, तर पोष्टिङ ज्यादै धेरै भयो भने अलिकति अलमल थपिदो रहेछ पढ्ने बेलामा, विशेष गरी नया पाठकका लागि। नया
भाग शुरु गरेर पुरानो तिर जाने साँघु राखेपछि पुरानोलाई पनि हुने नयालाई पनि हुने भनेर नया भाग शुरु गर्दैछु। सकृय सहभगिताका लागि फेरि पनि सबैलाई स्वागत र अनुरोध।

कविताको देशको अघिल्लो भागतिर जानको लागि साँघु यो हो;

- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=25557

आजको लागि यो कविता। नया हो, काँटछाँट बाँकीनै छ, अहिलेलाई राखिहालौँ।

"मैले नेपाल छोडेको छैन"

हरेक पल मनको आँखामा
पाखाको गोरटोसंगै हल्का हल्का तेर्सिएर
सञ्चो-विसञ्चो सोध्दै उकालो लागेको छु,
देवीथानको चौतारीबाट
शिखरहरुसंग आँखा जुधाएर
भञ्ज्याङहरुको नाम भनेको छु
नटुंगिने नागबेली बाटाका
हरेक मोड औँलाले गनेको छु,
आमा रोएको बेला
अत्तालिएर रोएको छु
आमा अलिकति हाँसेको बेला
खुशी बाँड्न मैले-
एकछिन बतासै रोकेको छु
डढेलो सल्केको छ मेरो समयमा-
आगो निलेको छु श्वाशमा
र आगै बाहिर फ्याँकेको छु;

हरेक पल यस्तै यात्रा गरेको छु
यस्तै यस्तै यात्रा गरेको छु
हेर नपत्याए-
पैतालाभरि नेपालकै धूलो बोकेको छु
नक्शाको देश छाडे हुँला एकैछिनलाई
तर हरबखत मुटुमा देश बोकेको छु।
 
Posted on 03-20-06 10:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् नेपे दाजू!
तपाईँका शब्दहरुले मलाइ थप प्रोत्साहन मिलेको छ! के के फेरी भए जस्तो छ मलाइ चाहिँ :)

डल्ली, धन्यवाद्!

नेपालको छोराजी, लेखौँ अझै त्यसलाई पुरा गरौँ
 
Posted on 03-20-06 11:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लघुकथा : आदिकविको अलकपुरिको

मध्यरातमा मोटर चलाइ निन्द्रा बिथोल्न पल्केका ती तिर्खाएका सासहरु
मेलम्चिको पानी खाएर तिर्खा मेट्न बसेका काकाकुलका आसहरु
चिडियाखाना जानुपर्ने भएछ खोज्न रानीपोखरीका हासहरु
दहमा जलकुम्भि फैलिएझै फैलिएकछन् कङ्कृटका बासहरु

फोहोरका थुप्रामा आफ्नो सपना र भबिष्य खोज्दै गरेका हातहरु
बोराको सिरानी अनि सिरक सगै चिसो सडकमा बितिरहेका रातहरु
गन्हाउने कन्टेनर भित्र खाना खोज्दै रसाइरहेका आतहरु
पाचतारेमा थुप्रै सभा र गोष्ठी तर दिदैनन् कोहि भातहरु

मिनिस्कर्टको युगमा हराईरहेका फरिया अनि चोलिहरु
लाठी र बन्दुक देखाएर दबाइएका अन्धा र दन्दपिडिटका बोलिहरु
कसैले नचलाई आफै चल्न पल्केका बन्दुकका गोलिहरु
शान्ति र बिकाशको आसमा हामीले पर्खिरहेका भोलिहरु

शान्ति र बिकाशको आसमा हामीले पर्खिरहेका भोलिहरु ।।।।।।।।।।।।।।।।
 
Posted on 03-21-06 12:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कविताको देशको यात्रामा फेरि समाहित हुँदै छु। धेरै नया सहयात्रीहरुले एक से एक रचनाहरु पस्किरहनु भएक छ। नुइटेका छोटा तर गहन भावमय कविताको ईर्ष्या लाग्छ। यसबीचमा नवप्रयोगीजीले राख्नुभएको कविताले पनि मन छोयो। जिम्मालको 'मदिराको प्याला' पनि जति पिए पनि नसकिने रहेछ।
नेपालको छोराको कविताले समसामयिकतालाई दर्शाएको छ। तर तलको हरफसंग भने अलिक असहमति छ मेरो;
"मिनिस्कर्टको युगमा हराईरहेका फरिया अनि चोलिहरु..."
फरिया र चोलीहरु हराउनु नराम्रो हो र? मलाई त राम्रो पो लाग्छ। हाम्रा दिदी-बहिनीहरु बल्ल पो गतिवान होलान् भद्दा फरिया र सारीहरुबाट मुक्ति पाएपछि। फेरि हामी नेपाली पुरुषहरुले दौरा सुरुवाल छोडेको कति भयो?यसमा चाहिँ नो कमेण्ट?

यो हरफ बिल्कूल काग भएको छ बकुल्लाको बथानमा!
 
Posted on 03-21-06 1:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sujhab ko lagi dhanyabad, Gautam ji..
Sayad malai "miniskirt" vanda "choli ani fariya" man parne vayera teso huna gayeko hola
:)
 
Posted on 03-21-06 2:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"आँखा त मेरो पहिले नै लाल थियो,
किनकि म पहिला आँखाले पिउने गर्थेँ! "

माहिला साहु, क्या गजब लाग्यो
त्यो नशापनि साह्रै कडा हुन्छ है

तिमीलाई, बोध छैन,
धेरै घाउहरुमा तिमीले मलम लगायौ।
एक रात मलाइ बास देऊ
र मेरो घाऊलाई अलिकता सास देऊ!
घरको बाटो पहिले नै भुलिसकेको छु,
त्यसैले कतै पुग्नु छैन मलाइ!
एक क्षणको लागि मलाइ साथ देऊ।
अहो!
तिमीमा उनको अनुहार देख्दै छु!


आई लभ ईट
 
Posted on 03-21-06 3:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खेजी साझामा कविता लेख्ने त धेरै नै छौं तर तपाईका कविताको स्वच्छन्द वहाव, सरलता र मिठास वेग्लै र विशिष्ट छ। जुन गति र स्वच्छन्दताका साथ लेखिरहनुभएको छ त्यस अर्थमा कम्तिमा मेरा लागि तपाईं साझाका एक नम्बर कवि बन्नुभएको छ (अरु कवि, कवयित्रीहरु पनि कम चैं हुनुहुन्न तर)। यो काव्य यात्रालाई कायम राख्नुहोला र आफ्ना सवै सृजनालाई जोगाएर राख्नुहोला, मूख्य रुपमा चोरी, नक्कल हुन नदिइकन। तपाईंको आफ्नै योजना नै होला पछि कवितासंग्रह प्रकाशित गर्ने त। अहिलेलाई तपाईंको काव्यकुशलताको एकबाजी प्रसंशा नगरिरहन सकिन।

'सबै पिएको हैन मैले,
आधि गिलाँस त छचल्किएरै पोखिएको हो।
तिमीलाई बिश्वास छैन,
आँखा त मेरो पहिले नै लाल थियो,
किनकि म पहिला आँखाले पिउने गर्थेँ!
अहिले त्यो लालि मेटाउन पिउँदै छु।'
 
Posted on 03-21-06 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् गौतमजी, खै त आजकल गुरुको कविता?

नेपालको छोराजी, राम्रो छ भाव!

नुईँटेजी, धन्यवाद् कविता मनपराईदिनु भएकोमा! :)

न्यू युजरजी,
तपाई अनि अरु साझाका धेरै स्रश्टाहरुबाट प्रभावित भएर लेख्न थालेको हो मैले त्यसैले यसमा नम्बरको कुरा म देख्दिन तर तपाईँको मूल्याङ्कनको लागि धेरै धन्यवाद् छ! प्रकाशन लायक त के होलान र मेरा कविता तर पनि मेरा सबै कविता म संग संग्रहित भने छन्। तपाईँको अमूल्य सुझाव र कविता मनपराईदिनु भएकोमा फेरि धन्यवाद् छ!
 
Posted on 03-21-06 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! माइल्दाई, क्या मीठो कविता लेख्नुभो, फेरी फेरी पढुँ पढुँ लाग्ने, नपिए नि लागे लागे झैं लाग्ने, गज्जबको रैछ। अझै लेख्दैगर्नुहोस्।
 
Posted on 03-21-06 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खेजी, कविताको समय छोरीले खोसेर लगेकी छे क्या अचेल! फेरि बिस्तारै थाल्नु पर्ला।

नवप्रयोगीजीले भनेजस्तै तपाईँको कविताको स्तर, प्रवाह र शैली निश्चयपनि सबैभन्दा प्रशंशनीय छ । सहृदयीको नाताले एउटा सानो सुझाव; कवितालाई सकेसम्म छोटो र सटीक बनाउनुस्। कहिलेकहिँ तपाईँका कविता अलिक बढी DESCRIPTIVE (भावप्रधान निवन्ध जस्तो) भएझैँ लाग्छ मलाई।

कविताको चोरी आदिको बारेमा कुरो उठ्यो। मैले पनि मेरा कविताहरुलाई संग्रह गरेर राखेको छु। यसबीचमा मेरो "परदेशी"को नक्कल गरेर कसैले अर्को अड्डामा टाँसेको कुरा औँल्याइदिनु भयो साथीहरुले। "परदेशी" अनेसास-जापानको कार्यक्रममा पहिल्यै प्रस्तुत भईसकेको कविता भईसकेकोले यसको प्रामाणिकतामा समस्या नहोला। मैले बुझ्न चाहेको, साझामा मात्रै प्रकाशित हाम्रा कविता अथवा अन्य रचनाहरुको बारेमा कतै विवाद उठ्यो भने साझामा टाँसिएको मितिलाई आधिकारिक प्रमाणको रुपमा पेश गर्न सकिन्छ कि सकिँदैन?
 
Posted on 03-21-06 9:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समयए को भेल मा बग्दा बग्दै
अनेकौ परिस्थिती को झपेटा सहदै
आज म पत्थर झै भएछु
मलाई घिर्णा गर या देउ माया
अब म निर्जिव झै भएछु
मेरो उपहास गर या प्रशंशा
मेरो प्रतिकृया केही हुन्न
परिस्थिती को भुमरी मा परेर
आज म पागल भैइ सकेछु
जती सुकै तिमी हसाउ
मेरो ओठ मा हासो देखिन्ना
शायद मेरो हासो
धेरै पर पुगिसके को छ
जती सुकै जमाना ले रुवाआओस्
मेरो आँखा मा आशु देखिन्न
मेरो आशु आज भन्दा
धेरै अघी सुकी सके छ
आफ्नै बाट पराय भैइ
आज म पत्थर नै भएछु
मुटु ले ढुक ढुक गर्दा गर्दै
आज म मरी सके छु

गोर्खे माइला
 
Posted on 03-21-06 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् चित्रे कविता मनपराईदिएकोमा! :)

*****************

गौतमजी, गुरुको सुझाव शिरोपर छ!
नियम त्यति थाहा नभएर बहकिएर लेख्दा लेख्दा कविताले बिभिन्न रुप लिन पुगेछ! अब अलि अलि भेऊ पाउँदै छु। प्रयास गर्छु बिशुद्ध कविता लेख्ने!

**************
गोर्खे माईलालाई यो बिर्खे माईलाको स्वागत छ कविताको देशमा!
लु मित लाउन पर्ला जस्तो छ, नाममा कता कता समानता देखेँ मैले :)
 
Posted on 03-21-06 11:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साकी, भरिदेऊ अझै
प्याला माथि प्याला!
सबै पिएको हैन मैले,
आधि गिलाँस त छचल्किएरै पोखिएको हो।
----------------------------

मुझे दोस्तो
शराबी न सम्झो
मैं पीता नहीं हुँ
पिलायी गयी है ।

बिर्खे ब्रो-- modern devdaas in making... हे हे हे | राम्रो छ, कीप देम कमिङ :)
 
Posted on 03-21-06 11:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोनली ब्रो, थ्याङ्क्स ! :)
 
Posted on 03-26-06 7:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिखें माइला जि हो हो नाम त मिल्दो जुल्दो नै रैछ
 
Posted on 03-26-06 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु त आजबाट हामि मित! तर यो तपाईँको कवितामा भने जस्तो पत्थर सम्म भए त ठिक छ मर्ने कुरा चाहिँ नगरुम होला कि कसो? :)
 
Posted on 03-27-06 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wowwwwwwwww kasto ramro kabita haru padhna payo. aafo lai ta kabita patakai lekhna aaudaina lau sabai ko kabita dharai ramro cha ajjha padhna pau. :d
 
Posted on 03-27-06 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

up gal timi pani yauta duita kavita tasne kaam garana..
 
Posted on 03-27-06 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

spy malai ta kavita lekhnu aaudaina pls timi nai mero lagi kavita lekhdeu na kya :D
 
Posted on 03-30-06 1:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मानव?

मानव! मानव! हे मानव!
कति मानवताको हत्या गर्छौ?
तिमीलाई पुगेन अझै?
तिमीले हिरोशिमा पोल्यौ
र मुर्दा शान्तिको बिगुल फुक्यौ!
तिमीले पोलपोट जन्मायौ
र मानव खप्परको संग्रह गर्यौ!
र उपलब्धि?
रक्तपिपासु भएर गयौ अझै!
के संग्रह गर्दैछौ अझै तिमी?
अरु मान्छे पोल्ने चिताहरु?
बिश्व! बिश्व!
उफ!

तिमी नै सुन्दर बगैँचामा धावा बोल्छौ।
तिमी नै जिउँदो घर भत्काएर,
महल ठड्याउँछौ
र ‘भियतकङ्ग’ जन्माउँछौ!
अनि तिमी नै उत्तर हुन्छौ,
तिमी नै दक्षिण हुन्छौ
र बिचमा लाशको थुप्रो माथि बसेर ,
शान्ति खोज्छौ?
साईगोन! साईगोन!
उफ!

तिमी नै गाँस खोस्छौ
र तिमी नै पिठोका बोराहरु झार्छौ।
उठेको भुँडि र गन्न सकिने करङ्ग,
शायद तिमीलाई प्रिय लाग्छ।
त्यसैले त तिमी,
चराहरुको चिरबिरमा बारुदको शंख फुक्छौ!
पानी माग्ने खेतलाई,
रगतको सिंचाई गर्छौ!
रुवान्डा! रुवान्डा!
उफ!

तिमी नै रेखा खिच्छौ।
तिमी नै भाई भाई बिच अंशबण्डा गर्छौ।
तिमी नै कौरव र पाण्डव बनाउँछौ
र कृष्ण बनेर दुबैलाई लडाउँछौ,
अनि तिमी नै धृतराष्ट्र झैँ आँखा चिम्लन्छौ।
तिमी नै जमिनमा अन्नको साटो बारुद गाड्छौ
र दशकौँ सम्म त्यसलाई कोट्ट्याउँदै,
लाश माथि लाश थप्छौ!
बोस्निया! बोस्निया!
उफ!

तिम्रो ईश्वर मारिए,
तिमीले तिस लाख मानिस मार्यौ!
त्यसै गड्कियौ, दौडियौ
र अन्त्यमा आफैँमा खुम्चियौ।
आफ्नै शहरलाई मसानघाट बनायौ!
अनि बन्द कोठमा आफैँ मारियौ!
फ्युरर! फ्युरर!
उफ!

तिमी नै दासत्व हटाउँछौ
र स्वतन्त्रताको बिगुल फुक्छौ!
अनि तिमी नै,
दक्षिण पूर्वमा यौन दासि बनाउँछौ
र पुगेको ठाउँमा जरा गाड्छौ।
आफैँ परजीवी बनेको आभाष छैन तिमीलाई,
तर तिमी रक्तदान गरेको स्वाङ्ग पार्छौ
र आफ्नो व्यभिचार लुकाउँछौ!
बिश्व शक्ति! बिश्व शक्ति!
ऊफ!

तिमी भोको पेटलाई अन्न दिन सक्तैनौ
र तिमी नै भोको पेटको बहानामा,
बन्दुक समाउँदै दौडन्छौ!
अनि अर्को भोको पेटको हत्यामा भोज गर्छौ!
तिमी नै आतंक मेटाऊने बहानामा,
झन आतंक मच्चाउँछौ
र रगतको आहलमा पौडि खेल्छौ!
बुद्ध देश! बुद्ध देश!
ऊफ!

 
Posted on 03-30-06 4:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी नै रेखा खिच्छौ।
तिमी नै भाई भाई बिच अंशबण्डा गर्छौ।
तिमी नै कौरव र पाण्डव बनाउँछौ
र कृष्ण बनेर दुबैलाई लडाउँछौ,
अनि तिमी नै धृतराष्ट्र झैँ आँखा चिम्लन्छौ।

खुबै मन पर्यो माहिला साहु
india-pak partition :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
From Trump “I will revoke TPS, and deport them back to their country.”
Tourist Visa - Seeking Suggestions and Guidance
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters