[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी महोत्सब - २६~

[Please view other pages to see the rest of the postings. Total posts: 352]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 131204 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 09-10-06 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी महोत्सब - २६~

सर्वपर्थम त चौतारी महोत्सबलाइ महामहोत्सब बनाउने सम्पुर्ण चौतारीबासीहारुलाइ मेरो धेरै धेरै खुसीको अभिबादन । चौतारीमा यती धेरै सामाग्री छन कि म त अझ पनि पढ्दै छु । कुनै त नभ्यार अनि कुनै चाहि राम्रा लागेर । चौतारी महोत्सव सफल बनाउने लाइ मेरो धेरै धेरै धन्यबाद अनि राम्रो राम्रो लेख लेख्नेहरु पढेर मात्र बसेकोहरुलाइ मेरो नियमापत्ती ।
फेरी पनि चौतारी बासीहरू नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टेलाइ स्वागत छ।छुट्ने नामहरु अर्को चोटी समेट्ने छु ।
सबैलाइ दशैको अग्रिम शुभकमना साथै दशैको तयारी गर्नु होला ।

यसपटक महोत्सबको चौतारीले थाकेर चाडै आराम गर्ने बिचार गरे ।
यसपटकलाइ मेरै राष्ट्रीय गित ।
नेपाली माया बुद्दको छाया सगरमाथामा
हिमाल पहाड तराइ उठाइ एउटै साथमा
मेचि महाकाली मिलाइ हिड्छौ प्रगती पथमा
शान्ती र बिकास बोकेर हिड्छौ एउटै रथमा
एउटै जात एउटै धर्म नेपाली रगतमा
चन्द्र र सुर्य संगै नेपाल राख्नेछौ जगतमा

 
Posted on 09-11-06 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त तितौरि, ठुलि के बिधि मख्ख परेर हाँसेकि नि फेरि?
 
Posted on 09-11-06 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी र तितौरीले बडो अप्ठेरोमा पारे अब चाइँ!
हम्म्म्..... जिम्माल्नि आमैलाई कसरि लैजाने होला अब???

कुरो के भनेनि, हेरि जिम्माल्नि आमैको गाथमा अलि आराम छैन। तेस्तो केइ भा त हैन तर पनि तेई त हो बाथको बेथा, जोर्नि दुखेर आजै मर्छे कि अस्तो गरेर कराम्छे कैलेकाई। अनि तेस्तो बेलाँ क्यार्न यत्रो बाटो हिँडाम्ने भनेर भनेओ नि। बरु जे पाकेको छ, पलास्टिमा हालेर पटुकाले पोको पारेर लैदिम्ला नि घराँ।:)
तितौरी तो जाउलो, खिर, खिचडि कति खानु बाबा। येसो ट्वाक्क नुन, ट्वाक्क पिरो, ट्वाक्क अमिलो मिला'र चाइन्जो केइ बनाउन मिठो मिठो।

यो ठुल्नानि त चित्रेलाई एकै पटख रुघा लाएछ। यिनेरुको जोडि चैँ गजपको मिलेओ हो गाँठे। अब याँसम्म कि बेथा बिराम नि मिलार लाउने। के हो चित्रे र ठुल्नानी, चिना हेर्न पठाम् ज्योतिषलाई? के छ बिचार्:):)
 
Posted on 09-11-06 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए त्यसो पो हो कुरा हिहिहिहि तर धेरै प्वाख् जस्तो नहुनु है दीप् चित्रे ले फुssssss.... गरेर उडाइ देला :P :P
ठुल्नानि नक्कलि हासेकि हेरन फेरि :D :D
 
Posted on 09-11-06 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए तेसो भे त हजुरलाइ नि घरमै ल्याइदिउला ट्वाक्क ट्वाक्क खाना, तेस्तो दुखेर मर्नि गरि कराउन ला बुढिलाइ छोडेर पिक्निक् जानि रे हुन्न तेस्तो कुरा गर्न जिम्माल् बा। देख्नु भएन चित्रे ले सुप् बनाएर देको ठुलिलाई अनि दीपले नि कस्तो care गरेको?
 
Posted on 09-11-06 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा, हुन्छ म तपाईलाई मेरो चिना हुलाकबाट पठाइदिन्छु। हाम्रो चौतारीकै फुलौरे ज्योतिष महाराजले हेरिदिन्छन् नि, उसैलाइ देखाउनुस्।

ए ठूली, तिमी नि पठाउनु है चिना, के छ विचार? ;) ;)
 
Posted on 09-11-06 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर सबै मेरो कुरा कट्डै बसेक रैछ । ए वीरखे दाइ कति हतार् भको मलै बिहे गर्दिन। येति चादो बिहे गर्दिन है भन्देको चु।
दिप ज्यो धन्यवाद मेरो care गर्दिनु भाको मा ।
 
Posted on 09-11-06 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कुरै कुराको बिचाँ छिर्दा त केहि नबुझिने।

तपाईँहरु कुरो गर्दै गर्नुस्, म चाँहि लागेँ जिम्माल बा को मकै बारीमा....... तिनको मकैबारी मात्र सजिलो छ चोर्न, अरुले त के के जाती काँडा राखेर छिर्नै नमिल्ने बनाका छन्।

:-)
 
Posted on 09-11-06 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, अब ठूलीले मलाई मार्ने भईऽऽऽऽ

मैले त जिस्केर भन्या है ठूली :D :D
 
Posted on 09-11-06 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-11-06 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्यौ सान्नानि केहि भा'छैन जिम्माल्नि आमा लाइ ।हिजो म खेल्दै खेल्दै गा'थि के अनि जिम्माल्नि आमा ले मलाइ बोलाएर भनेको के "सुनिस् तितौरि जिम्माल् बा अज काल् कान् नसुनेर मलाइ दिक्क बनाइ सके भात् भन्यो बाथ् सुन्छन् अनि हिजो त बारि को डल्ला फोर्नि भन्या त घुडाँ जोर्नि दुख्यो सुनेचन् राति त माथ्ला हाटे धामि ले'राएछन् । " :p :p

जिम्माल्नि आमा ले आफै भन्या है ,जिम्माल् बा को कुरो नपत्याउनु कान् ले दुख द्या 'छ रे ।
तेइ भ'र पिक्निक् चै लैजाम् हुदैन सान्नानि :D ।

कुम्ले अलि धेरै चोर है पिउनिक् मा लान पुग्नि । :p
 
Posted on 09-11-06 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हि हि कुरो तेसो पो रेछ तितौरि? :D:D:D
 
Posted on 09-11-06 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरीले हसाई। :D :D

जिम्माल बा, के जिम्माल्नि आमैले तितौरीलाई भन्नुभा' कुरा साँचो हो? :)
 
Posted on 09-11-06 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो ब्यारे ठुली एइले ब्या गर्न के को हतार -- पैले चित्र्या जन्ती जाम अनि गरम्ला --- आच्या! के पो भनेछु अनि गर्नु।
 
Posted on 09-11-06 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो ल हो जिम्मालबाको कानाँ बाँस घिसार्छ रे अचेल दिन् रात् --- जिम्माल्नीले जिम्माल्को कानाँ तेसरी दिन् रात् एक् गरेर बाँस् घिसार्नीलाई धारे हात् लार् आशिष घोप्ट्याउँदा हातै दुखेछ --त्यै हात दुख्यालाई जिम्माल अचेल् जिम्माल्नीको गाथ् दुख्या भनेर जो भेट्यो उसैलाइ गुनासो गर्दै हिन्दा रे छन्।
 
Posted on 09-11-06 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सकिएन! ल ल ठुल्नानी तिमिले जहिले भन्छौ त्यतिबेला नै बिहेको कुरो अरम्ला। बरु चित्रे कुरेर बस्छ कि बस्दैन कुन्नि? :)

अब कान अलि अलि कम सुन्दै गाको त हो, तर चाइन्जो काग काँ काँ अर्दा कोइलि गा’को अस्तो ठ्याक्कै उल्टो त सुन्दिन गाँठे! क्यार्नु तितौरी म संगैका मुखिया बा म भन्दा नि कान नसुन्नि थे, कसले हो शहराटी के जाति कानमा लउने म्यासिन ल्याइदेछ बुडा त कानमा तो म्यासिन झुण्ड्यार सुन हालेओ आगाडिओ दोटा दाँत देखाम्दै गाममा कुरो अर्दै हिन्छन्। यो मोरो चित्रेको ब्याको मौका पारेर एउडा किनौँला भनेओ, ठुल्नानीले अइले ब्या नअर्नि रे। लु तितौरि बरु तिमि ब्या अर तेइ मौकामा काने म्यासिन नि किनम्ला म बरु। गरधुवा को चिन्ता नअर चाइन्जो भनेअस्तो दिम्ला! :)

अब जिम्माल्निले समेत मेरो कुरो चाइन्जो नपत्याम्नु भनिन अरे???
यो बुडेसकालाँ मया अर्ने एउडि बुडिले नि तेसो भनेसि अब क्यार्न थाल्नु मुइँले।
बेलाँ कम्ति मया अरिन तेसलाई! २ मुरि धान बेचेओ पैसो सपै खन्यार दुई दुई ओटा सिफनको फरिए हाल्द्या थेँ उतिबेला। वरिपरिको सात गाममा चाइन्जो जिम्माल्निको सिफनको फरिया छ भनेर आइमाईहरु डाहाले मरिसिद्धिन्थे। त्यसलाई वायु लागेर फत्रक फत्रक परेओ बेलाँ ३ दिन ३ रात आँखो झिमिक्क नि नअरि बसेओ ज्यान हो यो। जेठानले लाहुर ग’र फर्कँदा “भाउजुचाइँलाई बुलाकि हाल्दे म बैनिलाई पराई बनाए बुडा” भनेर रोएर रडाको मच्चाम्दा जलविरेओ आठ आना जग्गा बेचेर बुलाकि हाल्देको तेल्लाई। अइले आ’र म बुडोले भनेओ कुरो नपत्याम्नु भनिछे??? लु म आज घरै जान्न जे पर्ला पर्ला, पुन्टेदाई सँअ धोबिनिकाँ लागनु परो।
 
Posted on 09-11-06 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक दिनाँ ५-५ पन्ना पुग्ने भन्या यो चौतारीपनि। कसरी सकेका त्यत्रो बिदी लेख्न? पढ्दा पढ्दा बल्ल बल्ल सकेँ।

ए! ग्वाँचे त्यो काल्पनिक हो भन्ने कुरो त्यहि कथामा लेख्न पर्दैन??? धन्न त्यो अर्को लेखपनि पढेको भएर मन शान्त भयो। कथा राम्रो लाग्यो।

ग्वाँचेले भनेको कुरो चाँहि एकदम राम्रो लाग्यो। मैले देखेको कुरो के। अरु नि थुप्रै थ्रेड हेर्छु है, हरेकमा केहि केहि कुरामा झगडा भैहाल्ने। यो चौतारीमा जहिलेपनि हाँसो अनि ठट्टा हुन्छ। एउटा बेग्लै किसिमको रमाइलो अनुभव हुन्छ यहाँ। नयाँ आउनेलाई स्वागत गर्ने राम्रो चलन छ चौतारीमा। सायद त्यसैले होला यत्ति धेरै कुराहरु निस्कन्छन् यहाँ, यति धेरै रचनाहरु आउछन् चौतारीमा।

अब पिकनिकको कुरो: शनिबार बिहान जाने कुरो त मिल्यो। तर कस्को बिहान नि? गालउको बिहान भाको बेला मेरो मा राति हुन्छ। मेरो मा बिहान भाको बेला तितौरी मध्य निन्द्रामा हुन्छिन। चित्रे उठेको बेला कहिले काँहि ठुल्नानी TV हेर्या भएर सुत्न भ्याएकी पनि हुन्नन्। लौ कुरा मिलाम्न परो।

अब रुघाको कुरो: हैन ठुल्नानी र चित्रे के सार्‍हो सङ्गै घुमेका भन्या। यसो एउटालाई रुघा लागेको बेला त अलि दिन छुट्टिएपनि हुने नि। अब ओखती चाँहि सङ्गै मिलेर खाओ।

दीप जी को कविता क्या बात!

अनि जाँदा जाँदै: हाम्रा जिम्माल बा लाई अलिकत्ति नि निहु पाउनु हुन्न, खाली "पुन्टेदाई सङ्ग धोबिनि काँ जान्छु" भनिहाल्ने। बुज्या छु तिम्रा चाला नि बुढा मान्छे!!
 
Posted on 09-11-06 11:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oooooooooops!!!!
 
Posted on 09-11-06 11:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाको अनुरोधमा मेरो फोटो , आशा छ यहाँहरुको पनि हेर्ने अवसर मिल्ने छ
सबभन्दा पहिले दादाको पालो फोटो देखाउने :):):)

 
Posted on 09-12-06 5:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरा दाँत पाडोको जस्ता राम्रा छैनन्.
खच्चरका जस्ता छन् कि जस्तो मानिचु.


विना बादल असिना पानि
अचेल गाउँमा यस्तै छ सान्नानी
विना बादल असिना पानि
अचेल गाउँमा यस्तै छ सान्नानी ...


मेरो फोटु:

 
Posted on 09-12-06 7:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सबै ले आफ्नो आफ्नो फोटो तासेका रैछ। मास्टरनी दिदी कति राम्री देख्नु भाको।

वीरखे दाई धन्यवाद मेरो अनुरोद सुइकार गरिदिनु भाको मा ।

दिप ज्यो हुन्छ तपाईंले भने झै चित्रे को जन्ती गएची मात्रै आफ्नु बिहे गर्नु पर्ला ।

कुम्ले हामी दुबै सँगै ओखति गर्दै चम । मिस् ले भने झै चित्रे ले मलाई सुप बनाइ दिनु भो ।
लौ हजिर नि गर्नु पर्‍यो ।

रोल # ६ ठुलि
यस मिस्स्स्स्स्स्स्स्स्स्स्स्स्स्'
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Best Consultancy for H1 sponsorship in USA.
Trump admin revokes 18 months TPS extension for Venezuelans
Who is hottest nepali female?
NEPAL TPS
Documents instead of Birth Certificate
Now, more than ever, is it a good idea to apply for advance parole?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters