[Show all top banners]

Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौपारी-२००७

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 190025 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-31-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी २००७

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा

शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो

अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति

बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
---मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर

चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो

मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
पुरानो बानी गयो अब लाग्यो नयाँ बानी
त्यो बानी पनि हेर खाली बियर खानि
मान्दैन यो मन दिनमा एकोचोटि नतानी
पुरानो सपना गयो अब लाग्यो नयाँ साल !!!

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
खेलौ अब नयाँ जीवनको नयाँ तासक्ओ खाल
अनायसइ होला नि बर्बदी फेरी जीवन मालामाल
बिदा गरुम अब यो पुरानो बर्ष लाई
स्वागत गर्न तयार होउ अब नयाँ हर्श लाई
पुरनो सपना गयो अब लाग्यो नयाँ साल !!!

- बीसे (vivasg)

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri

– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ,

गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे,

Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्,

Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना,

Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली,

Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे,

Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले,

Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले,

Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने,

Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे,

Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने,

Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे,

ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, sunima_sh - सानीमा, rahulvai - राहुले,

/राहुलभाइ दाइ ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुली नेपाल मा गुतपाक तितौरा खादै होली, हामी चाइ यहाँ थुक निल्दै बस्दै :s

-पु दा को सकृयता मा हुने भनिएको कृसमस भेला थमौती :(

-झन्डै ४ महिना भुमिगत रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौते दाइ/भौतेगुरु को चौतरीमा उपस्थिती :D

-त्यसै गरि गालब ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिती :D

-र , साझा चौतारी विकि मा ।

मायालु हौ भनुम् भने माया लुकाउउँछ्यौ
निष्ठुरी हौ भनुम् भने आँखा जुधाउँछ्यौ

चौपारी हौ भनुम् भने च्याटरुम गन्हाउँछ्यौ
च्याटरुम हौ भनुम भने शित्तल बनाउँछ्यौ
--- ---


 
Posted on 01-02-07 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लाले नि आएचन, हुन्च केरे भरे तिर पुन्टे दाजीकाँ बसेर तुच्च तुच्च पारम्ला त नि ।

बरु अघि चईनी बाटाँ एउटी नानीले "नमस्ते अरेँ है भिनाजु, जमुनि दिदी लाई के लुगा लाईदेका हौ, भुत जस्तै देखिन्छिन" भनेर भनिन् । मैले तिनी नानी को मुन्छे हुन खासै चिनिन, नाम चईनी जोतना भन्थिन केरे ।

अब कुरो त खास के हो भनि चईनी अराप बाट घर फर्किनी बेला भओ केरे, अनि मैले समान चईनी अटैँची (attache-?, suitcase) मा हाल्दै अर्चु, तिमले चईनी तो बजाराँ गएर जमुनिलाई एक सरो बिदेसका आईमाईले लाउनी जस्तै कपडा किनेर लेईदेउ भनेर लालेलाई भने । लाले ले पुनि हुन्च त नि सिरे, जे भा नि लाहुरा'ट गा'सि एक सरो त राम्रै कपडा लगि दिन पर्च, मैले किनेर लेईदिम्ला भनेर लाले चईनी तो सुपरमार्किट भन्ने बजाराँ गाका थे । अनि कपडा पुनि ल्याए केरे, मैले नि के ल्याए भनेर तेति खेर हेरिन। अब आईमाई मुन्छेले लाउनी कपडा, मैले क्यार्न हेर्न परो भन्ठानेर सुटकेसाँ हालेँ केरे ।

लालेको ढङ्ग तो हो, चईनी उसले नि फुकाएर हेरेनछ। फेरि तो अरपाँ त आईमाई मुन्छेले लाउनी कपडा किन्नी ठाममा लोग्नी मुन्छे जान नि पाईँदैन केरे भित्रै सम्मन् त । लाले ले नि "हेऽरि यत्री भाउजुलाई कपडा लेउ" भनेछ, तो अरापको दोकानवाला ले पुनि तेही अरापका साहेपनी हुरले लाउनी चईनी कपडा हालिदेछ केरे ।

घर आएसि जमुनिलाई "हेर त मैले तँलाई उही बिदेसका आईमाईले लाउनी जस्ती फेसन फेसनका कपडा लेईदेको छु " भनेर दिँए । जमुनि बिचराले त "बरु यो जाडो महिनामा एउटा बर्को (च्यादर) लेईदेको भा त हुन्थ्यो नि, क्यार्न ति बिदेसका नक्कलीले लाउनी फिसन फिसनका कपडा ल्याउन परेको होला " भन्दै तो पाकेट खोलि केरे ।

हे बरै लालेको बुध्दि भन्नी हो कि के भन्नी हो, जाडाँ ओड्नी बर्को खोजेकी बिचरा जमुनिले, मैले त बुर्का पो लेईदेँछु त ।

जमुनि बिचरा त "के हो यो माकल टोपी जस्तो पुनि छ, क्यारी लाउनी हो" भन्चे केरे । तैपुनि ति अरापका साहेबनिहुरले लाको देखेको केरे चईनी, बल्ल बल्ल तो बुर्का लाउन सिकाईदिएँ । त्याँसी आर्को त झन दोलाईँको खोल जस्तो के हो रैच केरे तो ज्यानमा लाउनी, तेही पुनि लाईदिएँ । लाले ले पुनि "अहिले त साहेबनी जस्तै देखिईन जमुनि भाउजु त" के भन्देको थियो, जमुनिले त निकै ठूली मान्छे भए झै मानिच केरे, गाम गाम तो अरापी साहेपनीहुरले लाउनी जस्तै बुर्का र तो दोलाईँको खोल लाएर देखाम्दै हिँडिच अरे के ।

बाँकी बात पछि मार्दै अरम्ला केरे, अहिले अब लाले सित बस्न परो ।

Keep Rolling...
 
Posted on 01-03-07 12:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लाले,

बरु नमे र चित्रेलाई अनि दादा र गोताएचलाई नि अराप तिर पठाम्नी मेसो मिलाम्न पर्च कि त हँ? जिम्माल ले नि तो निशे भन्नी नातिलाई पठाम्ला भन्थे केरे । भरे सल्लाहा अरम्ला है ।

Keep Rolling...
 
Posted on 01-03-07 12:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है सिरे, गाममा च्यान्ज आको छ , धेरै रौसी खार नहिने, आमा पाटीले समात्लान ।
इ यो पैसो राख्ने ब्याग भेटाको छु, अरापका पैसा नि रैचन । यो फूटो त तिम्रो र जमुनीकको जस्तो मानीचु के रे, तिम्रै ब्याग त होला नि । राम्ररी समाले ।

 
Posted on 01-03-07 1:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झत्त हेर्दा त नमे ले बिहेको भोज खुवाऊछकी जस्तो ल को त सिरे को फोटो पो रैछ, मैले त नमेको निम्तो हो कि भनेको। इमान्दर छ केटो!!!!
 
Posted on 01-03-07 1:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लाले भाइ नि आएच। के भन्तेऊ बा? मर्लक्कै बिर्सेऊ नि तिम्ले त हाम्लाई।
लुउदी खोलखोलै माछा मार्दै मार्दै आको जस्तो छ हेर त तो कमीजमा हिलो ला'र। काकालई बोलाओ न कसैले रगं रमैलो हुन्छ नि।
 
Posted on 01-03-07 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाममा दम्तरी फर्केका, त्यो पनि देश खाई शेष भ'र (ज्यानमात्रै शेष भ'र!)! अब देश-विदेशका कुरा सुन्न पाईनी भ' ।

अनि ती काका अझै मुण्ट्या' छैनन, तिमारुसंगै आरप गा' हैनन् भन्या!?
 
Posted on 01-03-07 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते अनि नयाँ बर्षको शुभकामना सबैलाई। :)

अनि दादाले खिर्राको बुटा हालेको टुप्पोमा? खित् खित् खित्...

shree5को फिर्ति सवारी भे'छ आरपबाट, कथा सुन्न मजा आइराछ। :D
 
Posted on 01-03-07 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लालेकाँ बसेर बात मारिदै थियो, जिम्मालका तिर हल्ला-खल्ला सुनियो। "ए! समात्, समात्!!--"
"ल ल ल, भैसी पनि फुत्क्यो!--" भनेर जिम्माल कराम्दै थिए। एक घण्टा अघिसम्म त सिरे आ'र कल गर्दै थ्यो, पछि पुण्टे दाइले कता ले'र ग'थे। सिरे फेरि आ'र जिम्मालको गोठ लुट्न थालेछ कि क्या हो भनेर जिम्मालकाँ गयौँ म र लाले।
"के भयो जिम्माल--? किन घोक्रो फुला'छौ? " भनेको, "के के भ' भन्नु तिमी --ठाहर्लाई?! अघि पोईचैं आ'र मसंग तेस्सै बाजेर ग', अहिले स्वास्नीचैं आ'र गाई-भैंसी बिच्का'र गई---" भनेर जिम्माल गाई-भैंसीका पछि दौडिन थाले फेरि।
कुरो बुझ्दा, 'गाई-वस्तु गोठका गोठै भ' धेरै भ, बाहिर निकाल्नु परो, घाम राम्रो छ आज,--' भनेर जिम्माल्नीले आँगनाँ गाई-भैंसी निकालेकी र'छिन्। सिरेलाई खोज्दै जमुनी भाउज्यू जिम्मालकाँ पुगिछन्। बुर्का ला'र तालुदेखि पैतालासम्म गम्लङ्ग कालो कपडाले छोपिएकी जमुनी भाउजु आँगनाँ के पुगेकी थिन्, जिम्मालका गाई-भैंसी सप तर्सेर उफ्रिन थालेछन्।
"हाम्रा बूढालाई देख्यौ जिम्माल्नी'याँ?" भनेर जमुनी भाउजुले सोध्दा "तेरा बूढालाई हेर्नी ठेक्का द्या छेस् र हाम्लाई!?" भनेर जिम्माल्नीले भनिछन्। बिचरी जमुनी भाउजुलाई अघिको कुरो के थाहा, 'यी जिम्माल्नी पनि तेस्सै रिसाम्छिन्!' भनेर हिनिछन्। जमुनी भाउजु त हिनिहालिन् के रे, उता जिम्मालका गाई-भैंसी सब दाम्लो चुँडालेर बुर्कुसी मार्न थालेछन्।
भएन, बूढालाइ सघाम्नु परो भनेर बाहुला सार्दै थेम्, दादा कराउन थाले। दादाको राँगो पनि बिच्केर भागेछ जमुनी भाउजुलाई देखेर। एकछिन पछि पाखा'ट एउटा आर्को भैंसी पनि हान्निएर ओरालो लाग्यो। पछि पछि भउते लठ्ठी ले'र आम्दै थ्यो!
जमुनी भाउजु गामका सप्पै घर नपुगी छोड्दिनन् सिरेलाई खोज्न। आजचैं गामका गाई-भैंसीको आमसबै हुनी भ!
 
Posted on 01-03-07 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL

मा-यो नि मा-योऽऽऽऽऽऽऽऽऽ! गोताएँले हँसायो!!!!!!!!!!!
 
Posted on 01-03-07 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफू राती मस्त निन्द्रामा, आफ्नु कम्पुटराँ चैं दादा आएर के के कुरा गर्न लाग्नु भा' र च। आज ब्यान उठेसी पो बल्ल देखीयो। रिसानी माफ है दादा!

मा-यो नि मा-योऽऽऽऽऽऽऽऽऽ! गोताएँले हँसायो!!!!!!!!!!!

नमस्ते गरें है सप्पैलाई! गोताएँ, सान्नानी, पूण्टे दाइ --- के छ हालखबर?
 
Posted on 01-03-07 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शहरा'ट अराप् सा'प्निले लगौने लुगा ले'र आ'सित्यसतै हो । भउतेदाजीले सिरे भिनाजूलै पहिले डाक्टरी चेक गराउ अनि बुइनी लैजाउला भनेर घुर्काथे् के रे अब हेरुम भउते दाजीले कति दिन माइतीमै राख्ने र'छन जमुनी दिदिलै ..... हेहेहे गोठ रित्तो हुने भो :D :D
बिहान बिहान हसाएर जता गएनि हाँसो लागिर'ने भा'छ
नमस्ते गरे है सब्बै लै
 
Posted on 01-03-07 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साउको कामाँट फुर्सद मिलार यस्पाली मामाघर गे'को एक हप्ताआलागि गाम्मा त के के भई सकेछ गाँठे!

आज सखारै पँधेरोको बाटी भे'र गाम फिर्दै थे, टाढा'ट कालो छाँया अस्तो देखियो । लौ मार्‍यो मुन्छे छैन छाया मात्रै छ, फेरी घाम ला' भे त एउटा कुरा, झिस्मिसे उज्यालो मात्रै छ, बिहानको भाले नि बास्या थेन्, मेरो त हँसले ठाम नै छोड्यो ।

पक्कै नि किच्कन्नी हुनुपर्छ भन्ने लाग्यो । किच्कन्नी त सेतो लुगा लगाएर आउछे भुन्नी सुन्या थे । तर अब त्यो कुरो त मुलाइ पो थाहा छ त किच्कन्नी लाइ त थाहा छैन होला , फेरी लुगा त सेतो नै ला होला नि याँ त छाया मात्रै न देखिरा'छ । क्यार्ने क्यार्ने, मामाले त दिउँसो जाउ भन्दै थे नि, मै बज्यालाइ जान्ने हुनुपर्ने, फेला परिहालियो नि किच्कन्नीको ।

दुई तीन रात राम्ररी नसुतेको भेर न आँखा थाकेर कालो छाया जस्तो पो देखिएको हो कि के था!

अब जे पर्ला पर्ला सामना त गर्नै परो नि भुनेर अगाडि बढे, मुटु त ढ्याङ्रो बज्या भुन्दा नि जोडले बज्दैथ्यो ।

पँधेरो नजिक पुगेर न्वारन देखिको बल ला'र दौड्न थालेको त, 'हssन के भो ग्वाँचे बाबु किन त्यसरी भागेको ?' भुन्ने आवाज पो आयो त्यो छाँयाबाट ।

एक छिन रोकिएर हेरेको त ..... मेरी बास्सै, जमुनि भाउजु पो रैछिन ।टाउकोदेखि पैतालासम्म छोप्ने के जाती कालो कपडा ला कि रेछन !

'हन भाउजु के हो यस्तो, के लाउनु भे'को, मेरो त सातो नै उड्यो तपाईंलाइ देख्दा त' मैले सोधे!

'तिम्रो दाइ फर्किनु भो नि अरपाँट, उनले नै ल्याइ दे'का हुन यो कपडा नि । अरपको फेसन रे, साब्नीहरुले लाउने, अरपी बर्को भुन्छन यल्लाइ', एकै सासमा भट्ट्याइन जमुनि भाउजुले ।

'हुन त हो भाउजु, नयाँ फेसन होला तर यस्तो लुगा ला'र गाम्मा त काम छैन नि, मुन्छे नै नचिन्ने । यती राम्री जमुनि भाउजु नि किच्कन्नी अस्ती देखिने'

'तेइ त बाबु, मलाई नि यो काम न काजको लुगा लाउन मुन त कहाँ छ र, लाउन नि कति गाह्रो हो, फेरी हिजो त जिम्मालका बस्तु भाउ नि बिच्केछन मलाई देखेर । उसको राँगो त दाम्लो चुडा'र भागेको ऐलेसम्म भेट्ट्या छैन । तर तिम्रो दाइ त मरे मान्ने होइन्, अरपी आईमाई मात्रै हेरिर'को केइ दिन बानी नपरुन्जेलसम्म यै लुगा ला, अरपी साब्नी जस्तो, पछि मेरो बानी परेसि फेरी पैला कै लुगा लाउलिस् भन्नु हुन्छ ।' जमुनि भाउजुले कालो अरपी बर्कोको रहस्य खोलिन ।

यत्तीकैमा जमुनी भाउजुको घर नि आइ पुगो, लौ बाबु चिया खाएर जानुस् भनिन । सिरे दाइ नि उठिसक्या रैछन । सिरे दाइ त म सानै हुँदा अरप ग'का मैले त चिन्न नि चिन्दिन, तै पनि अब सिरे दाइको घर आएसि सिरे दाइलाइ चिन्दिन नि भन्नु भेन ।

सानो छँदा देखेको अनुआर नै याद थेन सिरे दाइको, भित्र कोठामा '(स)ल्लाह.......(स)ल्लाह्' हो कि के हो एकलइ फत्फताइरा' रेछन ।

'दाइ नमस्ते' मैले अभिबादन गरे ।

सिरे दाइ त माउबादी पो भे कि क्या हो, मुइले नमस्ते भुनेको, उनि त 'सलाम वालेकम ' पो भन्छन । लाल्सेना त लाल सलाम गर्छन भुन्ने था 'थ्यो, यो सलाम वालेकम भुन्या के होला ?
फेरी लुगा नि अचम्म को ला' का रेछन । टाउकाँ फेटा अस्तो बाँधेका रेछन्, कालो सेल जस्तो गोलो चिज फेटाको माथिबाट राखेका रेछन । आईमाईले लाउने मेक्सी अस्तो सेतो लुगा ला' रेछन । फेरी जुङा फालेर दारी मात्रै राखेका रेछन । हेर्दै डर लाग्दो ।

जमुनि भाउजु च्या बनाउन ग'कि, आएकै हैन्, सिरे दाइ फेरी आफ्नै (स)ल्लाह......... (स)ल्लाह..... मा लागि हाले । आफुलाइ 'सु' ले च्यापेर बबाल, च्या स्या होस् भुनेर लुसुक्क निस्के त्याँ'ट !
 
Posted on 01-03-07 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सप्पैलै !

के बिधि रमाइलो भैरा'रेच।
हिजो पधेराँ जमुनी ले बिदेशाँ'ट आउदा सप्पैले के के जाति कोसेली ल्यादियाछन लिन आउ है सप्पै जना भनेको सुनिकिम । मलै त जाम कि नजाम भै'राछ । सबैले त्ये अरपाँ साहेबनी हुरले लाउने लुगा त ल्याइदिया होला :)
 
Posted on 01-03-07 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरेको अरपाँ" एकतर्फी लप पर्या थ्यो भन्नी हल्ला छ गाममा। कुरा के भन्देखि, काम गर्या ठामको साहुका चारोटी र'चन। साहुको गाडी र'च सानो स्पोर्टस्कार, २ जना भन्दा नअटाउनी। दिनदिनै एकोटीलाई घुमाउन लगे'नि चारदिनमा मात्तै पालो आउनी। अनि बाँकी तीनोटी चैं दिनदिनै अफिसाँ आउँदा र'चन । त्यसमध्ये एउटी चैं मन परो रे। साहुले था' पाए राहु बनेर हाउ गर्न थालिहाल्चन्। एक तर्फी त होला नि!! :)

अँ त साँच्ची, यतै चाँडै फर्किनमा यै कारन त छैन? मलाई त शंका लाउन थालिसको।

फोटा नि ल्यारचन्। उल्ले मन परा' चैं देब्रेतिरकी काला मृगनयन, लामो कपाल, चुच्चो नाक भएकी चैं रे! त्यस्तो लुगा लाउनी र'च कता'ड आफूले मन परा' चैं यै नै हो भनेर कसरी चिन्नी होला गाँठे। उनले केके अर्थ्याउँदै थिए, मैले त बुझ्न सकिन, पुरा ट्वाँ भएर कुरा सुनेर मात्तै बसें केरे।

 
Posted on 01-03-07 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D गौतम दाई र ग्वाँचेको कथाले हँसायो।

मिस् ले नि त्यो कालो जमुनीले ला जस्तो लुगा लार आम्नु भो स्कुलाँ भने त हामी सबै भागम् भाग् होलाम् नि फेरि।
म ठिकै छु हरि, तिम्रो चहिँ के छ नि हाल खबर?

ठुली नि आइछ नेपालबाट रमाइलो गरेर, के कोशेली ल्यायौ त ठुली?
ज्योत्स्नालाई नि नमस्ते फर्काएँ ल।
 
Posted on 01-03-07 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-03-07 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-03-07 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

saanani maile ta timi laai k k lyaedeko chu. timi aauna ani dinchu
 
Posted on 01-03-07 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho ra Thuli? I am so excited!!! keke chha bhanana, kasto herna man laagisakyo ke..
 
Posted on 01-03-07 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलीले केको धुलो ल्या' भन्नी सुन्या थें। केको हो? कसारको धुलो हो?
सुर्ती, कक्कड, गाँजाको धुलो भए त पर्दैन, खानीकुरा हो भने यसो पोको पारेर पठाइदेऊ न हो! के एक्लै आफूमात्रै खाइरा'?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat lies revealed
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters