[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 रोमान्टिक नेपाली गजल -

[Please view other pages to see the rest of the postings. Total posts: 152]
PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
[VIEWED 86861 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, View Last 20 replies.
Posted on 09-10-07 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आकाशबाट उनी झर्ने खबर कस्तो होला ?
ज्यूंदै स्वर्गको अनुभबको अबसर कस्तो होला ?

रिसाउदा खेरि त फूलै फूलले हिर्काउंछन्
माया जागेको बेला झन् कर कस्तो होला ?

माराकाट हुंदैछ सम्भबत: उनलाई पाउन !
अपराधीले भरेको शहर कस्तो होला ?



मलाई चढ्न गार्हो छ उनी बस्ने शिखर 
हण्डरै हण्डरको त्यो सफर कस्तो होला ?





This is a thread for just romantic ghazals...you write the rest....


Last edited: 10-Sep-07 03:16 PM
Last edited: 10-Sep-07 03:16 PM

 
Posted on 09-14-07 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो आँखामा अब पानी रहेन
तिमी बिना जिन्दगानी रहेन

अफशोच ! तिम्रो पनि नामो-निशानी रहेन
जलाएं आफूलाई यत्ति कि खरानी रहेन

अपनाएँ, हराएँ, फजुलमा लुटाएँ
कठै! मेरो मायाको खानी रहेन

तोड्थेँ शायद बाँधिएका नेलहरु
त्यति साहस गर्ने जवानी रहेन

|
|
बन्द पर्दा भित्र गुम्सिँदैछु 'बिर्खे' (यसमा 'गुम्सिँदैछु' 'गुम्सिँदैछ' गुम्सिँदैछस्' कस्तो ठिक हुन्छ?)
रंगमन्चमा मेरो कहानी रहेन
 
Posted on 09-14-07 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो आँखामा अब पानी रहेन
तिमी बिना जिन्दगानी रहेन

अफशोच ! तिम्रो पनि नामो-निशानी रहेन
जलाएं आफूलाई यत्ति कि खरानी रहेन

अपनाएँ, हराएँ, फजुलमा लुटाएँ
कठै! मेरो मायाको खानी रहेन

तोड्थेँ शायद बाँधिएका नेलहरु
त्यति साहस गर्ने जवानी रहेन

उठ्छौ कि कतै झस्केर रातमा
मेरो छाति तिम्रो सिरानी रहेन


|
बन्द पर्दा भित्र गुम्सिँदैछु 'बिर्खे' (यसमा 'गुम्सिँदैछु' 'गुम्सिँदैछ' गुम्सिँदैछस्' कस्तो ठिक हुन्छ?)
रंगमन्चमा मेरो कहानी रहेन
 
Posted on 09-14-07 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उठ्छौ कि कतै झस्केर रातमा
मेरो छाति तिम्रो सिरानी रहेन

Ba Ba Birkhe !

I think you should go alone with this.

"Bani" mero lagi spare garnu hai !
 
Posted on 09-14-07 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्याङ्क्यू!
हाहाहाहा नभन्दै "बानी' नै सोचिराको थिएँ!
ल गुरु 'बानि' तपाइँको भयो!
 
Posted on 09-14-07 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जलाएँ आफूलाई यत्ति कि खरानी रहेन


वाह ! वाह !

उठ्छौ कि कतै झस्केर रातमा
मेरो छाति तिम्रो सिरानी रहेन


सुब्हानल्लाह ! सुब्हानल्लाह !

अनि बिर्खेज्यू, अघिको प्रसंगको 'मोटी स्त्री' चाही अम्रिकाने उखानबाट थियो । तर घ्याम्पोलाई मोटी स्त्रीको उपमा बनाउने हो भने 'सुबू' (wine pitcher) त हैन बरु 'खुम' (wine barrel) चाही होला ।
 
Posted on 09-14-07 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् नेपे दाई!

ए त्यो अगिको कुरा पछि बुझेँ मैले उखान भन्ने दोहोरयाएर पढ्दाखेरि, अनि एडिट गरेर मेटाएँ! पहिला त अलि बढि बुझेछु हे हे हे तपाइँले जे लेख्नु भो गजल कै बारेमा लेख्नुभो भनेर हतार हतार बुझेको कुरा पनि अनौठो छ- एक जना मोटि स्त्रीको महेफिलमा प्रबेश भए पछि गालीबको ध्यान अझ बडि मात लाग्ने 'मोटि' तर्फ गयो भनेर बुझ्नु सम्म बुझिरा!


खै त शिरिष गुरु 'बानी' आएको????
 
Posted on 09-14-07 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Birkhe

You have good mommentum right now...go take "bani" also.

Would you want to modify maqta ? and add some "baichitra" to it. It reads plain to me.
 
Posted on 09-14-07 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अफशोच ! तिम्रो पनि नामो-निशानी रहेन
जलाएं आफूलाई यत्ति कि खरानी रहेन

आम्म्म्मामामामामामामामामामा ! गजब गयो हौ गजब !

उठ्छौ कि कतै झस्केर रातमा
मेरो छाति तिम्रो सिरानी रहेन

बिर्खे जी, बबाल गयो यो शेर !

लास्टको र अनि जवानी वाला शेरलाई एक फेर बिचार पुर्याउनु, भन्ने मेरो सल्लाह। त्यो तखल्लुस "बिर्खे" को मोह छाडिदिनुस। तखल्लुस आफैले शेरमा अर्थ दिएन भने अलिक मज्जा आउँदैन।

लेख्न पो गाह्रो, सल्लाह दिन सजिलो छ नि।
 
Posted on 09-14-07 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरीष,

'मकता' हैन 'मतला' हो । म पनि झुक्किन्छु बेलाबेलामा यी उर्दु नामावलीमा । मैले एकबाजी संस्कृत नाम सुझाएको थिएँ, त्यही प्रयोग गरे हुन्थ्यो नि नेपालाँ ।

Opening couplet = मतला = आरम्भिका, आरम्भिक श्लोक
Concluding couplet = मकता = समापिका, समापक श्लोक

Nepe
Last edited: 14-Sep-07 02:32 PM

 
Posted on 09-14-07 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहे भउते नी आएछन्!
त्यो लास्टको तखल्लुस त शान दे'र राख्या हो, तै पनि कसरि राख्ने थाहा थिएन। उहिले नै मनु ब्राजाकीले 'मनु' भनेर राखेको र नेपे दाई ले नै एउटा गजलमा ( अनायास सपनामा कराएँ....) जस्ता कुरामा राख्या देखेर रहर गरेर राखेको। अब बिर्खेको नि केइ अर्थ लाग्ला र मनु र दीप को जस्तो??

एउटा कुरा पहिले देखि गर्न मन लागेको मुख फोरिहालम्!

१) "त्यो बिचार पुर्याउने, अलि मिलाउने, परिमार्जन गर्ने कि?" जस्ता कुराहरु घगडान शायरहरुको लागि सजिलो हुन्छ, फ्याट्ट मिलाऊन। म जस्तालाई त " यसरि गर्दा दामि हुन्छ" " यसरि मिलायो भने फरम्याट मिल्छ, राम्रो सुनिन्छ" जस्ता कुरासहित को सुझाव पाए अलमल हुँदैनथ्यो कि??? ए यसो गर्न पर्ने रेछ भन्ने लाग्थ्यो नि। नत्र त बिचार गर्न पर्ने रेछ भन्ने हुन्छ अनि त्यहि बिचार गर्दा गर्दा दिक्क लाग्छ!

२)गजलको शिरीष गुरुको धागोमा यो ' बैचित्र्य' भन्ने जिनिसमा पटक पटक नेपेदाई, शिरीष गुरु, भउते र गोतामेको बबाल डिसकसन पढे पनि यहि नै कुरा हो भन्ने निश्कसन निकाल्न गाह्रो परेको थियो, लज्जा त!
 
Posted on 09-14-07 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहाँहरु को गजल पढेर मलाई पनि एउटा लेखु लेखु लाग्यो
मेरी स्कुल को मायालु तिमी कता हर्यो
यदी तिमी मा सँग रिसाको हो भने भन मायालु
मैले यो साझा डट कम मा तिमी सँग माफी भनएे कस्तो होला??
 
Posted on 09-14-07 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बानी राखेर दुइटा शेर!

अबिश्वास तिमीले कसरि नगर्नु
शरारती मेरो त्यो बानी रहेन

मर्माहत होलाऊ पल पल तिमी
मुस्कुराउने मेरो बानी रहेन


खै आज त यो धागोमा धेरै मान्छे नै आएनन्। पुन्टेदमाईजी त आउनु पर्ने??
 
Posted on 09-14-07 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol मुकुर्धुमजी!

हाहाहाहा उनले साझा डट कम हेरिन भने माफी दिन्छिन्!
 
Posted on 09-14-07 6:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"त्यो बिचार पुर्याउने, अलि मिलाउने, परिमार्जन गर्ने कि?" जस्ता वाक्य शान दिन लेखेको बिर्खे-जी।

खाश मेरो माइक्रो-भेजामा त्यो शेर नघुसेर फ्यात्त विषबमन गरेर हिडेको हो के रे।

अँ छुट्टै प्रसंगमा त्यो "बिर्खे" भन्ने नाम त खाँटी नेपाली नाम हो जस्तो लाग्छ। यसको अर्थ पक्कै केही हुन सक्छ है। आवश्यक नपरेर नखोजिएको होला, अब खोज्ने जिम्मा हजुर कै।
 
Posted on 09-14-07 6:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

+
+
+

अफशोच ! तिम्रो पनि नामो-निशानी रहेन !
जलाएं आफूलाई यत्ति कि खरानी रहेन !



बाचा तोडेर आफ्नै बन्धन्‌बाट मुक्त भएं !
माफ गर प्रिया, मेरो नपिउने बानी रहेन !


my intention is not to discourage those who have promised not to drink
Last edited: 14-Sep-07 06:21 PM

 
Posted on 09-14-07 6:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अगि पनि भनिसके, यो शुरुको:

अफशोच ! तिम्रो पनि नामो-निशानी रहेन !
जलाएं आफूलाई यत्ति कि खरानी रहेन !

त अतिनै घाँघडान लाग्यो प्रभो। जति पढ्दै गयो उति भिज्दै जाने।
 
Posted on 09-15-07 6:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank You Bhaute.

Birkhe is responsible for current production.

I did not sit down and think - that was written instantly.
 
Posted on 09-15-07 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लुकाउन रात झन् गार्हो भो
सुस्ताउन कपास झन् सार्हो भो

मर्न जिन्दगी नै नासो भो
बाँच्न जिन्दगी नै कात्रो भो

पानी प्यासको बैरी भो
प्रेम हर्ष न बिस्मात भो
 
Posted on 09-15-07 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो राती कती पिएँ पिएँ होसै मलाई थिएन
बोतलको रक्सी सिद्धिये पछी
आशुँ  पिएको पनि थाहै भएन
एक एक घुट्को पछी चोट अझ बल्झन्थ्यो
कोठाको भित्ता बाहेक सम्झाउने मलाई कोही थिएन
बेहोसी मै लडदै उठ्दै बाहिर सडकमा हिंड्न पुगेछु
तमासा हेर्ने धेरै थिए हात समाइ डोर्याउने कोही थिएन
Last edited: 15-Sep-07 02:22 PM

 
Posted on 09-15-07 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.


तुम मुझे चओ या ना चओ ए तुमरी मर्जी
तुम मुझे चओ या ना चओ ए तुमरी मर्जी

BUT

BOOST IS THE SECRECT OF MY ENERGY
 



PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Homeowner Charged renting to illegal migrants
Measles vax deaths vs measles death in USA
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
Don’t Just Read—Join the Conversation
FDA admits Covid mRNA ‘Vaccines’ CAUSE CANCER
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA?
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
USCIS to Check Social Media Posts of Green Card Applicants Legally Residing in US
Nepal TPS
नपरी भोगिदैन नमरि नर्क हो वा स्वर्ग पुगीदैन
Trump says he ‘couldn’t care less’ if automakers raise prices 🤣🤣🤣🤣
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters