[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेषांक **

[Please view other pages to see the rest of the postings. Total posts: 617]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 263222 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 10-09-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेषांक --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-सिरेल आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 80 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैं
हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा

जता जाउ उतै भन्छन्
दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले
सबै संकष्ट बिर्सायो

ठूला साना सबैलाइ
दशैं अत्यन्त राम्रो छ
चलेका चाडमा ज्यादै
यही उत्कृष्ट हाम्रो छ

सबै अत्यन्त आनन्दी
सबै छन् पिङमा दंग
सबैको देखिंदै आयो
उज्यालो चेहरा रंग

---लेखनाथ पौड्याल


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
सुन्तलेको गाना



Last edited: 09-Oct-07 10:11 PM

 
Posted on 10-09-07 5:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

crazy LOL hasda hasda pet nai dukhyo.


 
Posted on 10-09-07 5:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! केर्जी लप्पूले हँसाई!
गज्जब छ हजूर!
म नि लप लेटर लेख्ने टिरेनिङ् लिन आम् तपाइकोमा?
बाइ द वे, मेरो चौतारीको नाम चित्रे हो।
तपाइको चौतारी न्वारन पनि बिर्खे जिम्मालले नै गर्देलान्। धैर्य गरेर बस्नुहोला।

राहुलदाइ, तारेमाम् टिरेनमाम्!
 
Posted on 10-09-07 5:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठूली, के छ हालखबर?
पेट दुख्यो भने औषधी खाऊ!
 
Posted on 10-09-07 5:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे जि रिसाउने हो कि?

माफ गर्नु ल बिर्खे जि गल्तिसे मिस्टेक भएमा।
उमेर जान लागिसक्यो एउटा लप लेटर पनि लेख्न नसकेकोले 'ट्राइ'मात्र गरेको मैले।

धन्यबाद, चित्रे जि अनि uptowngal Ji,

 

 


 
Posted on 10-09-07 5:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लौ, दशै नि आयो है, के छ त गाम्ले पिलान?

 

ठुल्दाइले हाउँरो चौतारी, पारि दौतारी र बल्खु गाम भरि दशै नै दशै को हावा छरिसकेछन के रे ।

 

चित्रे, ठुलि, हाउँरो पिलान थाहा पायौ हैन ? नवमि दिन शन्सरबार अरे, ब्यानै देखुन जम्नु पर्छ है । ठुल्दाइसित कुरोकानी भइसको ।

 

क्रेजि लप्पु स्वाअत अरें है, ह्याँ मलाइ चने भन्छन गाम्लेहुरले । हाउँरा जिम्माल, उहि क्या बिर्खे माइला, उनका जिम्माल्निले मुयाँ मारेदेखुन नियास्रो मान्दै थे, नलि खुट्टो दुखो छाति घ्यार्र घ्यार्र भो भन्थे अब लप्पु आ'सिन त मजा हुनि भओ गाँठे । बरु पुण्टेआ नाउँ सुन्या छ कि नाइँ कुन्नि ? मा'पाको छ, जिम्माल लै देखि सहन्न तेइ भ'र लप्पुलै नि देखि सहन्न कि जसो लाउछ के रे । हुन ता भउते छन पुण्टेआ हावा फुस्काउनि, तेइ भ'र चिन्ता सिन्ता लिन पर्दैन के रे । उस्तै परे पुण्टेआ चिल्लो तालुआँ हामी नि दुइचार हात प्याट्ट पारम्ला के रे । कुरो तेइ हो , रमैलो अरम है ता

 

 

 

Last edited: 09-Oct-07 06:02 PM

 
Posted on 10-09-07 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चनादाइ, के छ हालखबर? पिलान त थाहा पाएँ, सकेसम्म मिलाम्नु पर्ला।
अनि भाउजू, बच्चीहरूको के छ नि हालखबर?
अचेल भाउजू निकै ब्यस्त हो कि? चौतारीमा झुल्किनुहुन्न नि?

 
Posted on 10-09-07 6:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जदौ गाम्लेहुरलाई। पिँङ नि खेल्न थालिसकेचन्। दशैँ लागो के रे अब त पक्कै।

अनि आफूलाई भने तो मालश्री धुन नसुनि दशैँ आ जस्तो नि लाग्दैन। ए चित्रे यो दशैँको त्यान्द्रो खोल्नि बित्तिकै मालश्री धुन बज्नि बनाम्न मिल्दैन? लौ कम्फुटार इल्जिनेर हुर तिमेरु हौ के रे लगाउ त जुक्ति। तो धुन जैले नि बज्नि बनाम्न परो।


 
Posted on 10-09-07 6:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तरे जी, के छ हालखबर? निकै ब्यस्त हो?
दशैंको त्यान्द्रो खोल्ने बित्तिकै मालश्री धून बजाम्न त मिल्नुपर्ने हो।
पोहोर साल त सान बराजूले साझा खोल्ने बित्तिकै धून बज्ने बनाका थे, त्यो नि अन अफ गर्न मिल्ने। यसपाली पनि पक्कै राख्नेछन् बूढाले!
 
Posted on 10-09-07 6:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि शुभकामना है सबैलाई!

फलोस्, फुलोस्, मेरो जत्रै निधार बनोस्!

बरु, सुन्तलेलाई धन्नेबाद दिन भ्या'को थिइण। तो "बिछोडको पीडा" गाना गाईदे'कोमा। मुरी मुरी भन्नेबाद! मिठो गाउँछ ठिटोले!

चित्रे, main post नि एडिट गर्न मिल्छ भने तो सुन्तलेको गानालाई त्याँ राख्दिम् न!

दशैंआव त घर आम्निहोला नि, अन्तरे? जम्नि हो कि रेसटुराँ यसपाली?

 
Posted on 10-09-07 6:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! पून्टेदाइ नमस्ते! आज त टुप्लुक्क आम्नुभो नि!

सुन्तलेको गीत कहाँ छ, भन्नुस्।

main post edit त गर्न मिल्छ, तर पहिलेको कुरा बिग्रने risk चाही हुन्छ।
लु, म टराइ मार्छु, गाना दिनु्स्।
Last edited: 09-Oct-07 07:02 PM

 
Posted on 10-09-07 6:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साहू बुढाले एकै दिन नि छुट्टि नदेलान् जस्तो छ पुन्टे दाई। घर त आउनि भन्या, हाताँ त्यै एक दिन शनिबार पर्ला जस्तो छ। शुक्रबार आयो, आईतबार फर्क्यो हुनि भो। भ्याएँ भने पक्कै जम्नु पर्ला नि।

फोहोर साल त साझा फाजा थ्यो आफ्नो लागि पनि त्यसैले मैले चाल पाइनछु मालश्री राखेको चित्रे। अब चैँ कैले राख्नि हुन कुन्नि।


 
Posted on 10-09-07 6:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अन्तरे, राख्छन् सान बूढाले, यौटा धागो शुरू गर्नुस् न 'मालश्री धून चाहियो' भनेर, अनि चाँडो हुन्छ। पून्टेदाइ, मैले edit गरेर राखें सुन्तलेको गीत, तर त्यहाँ त आउँदैन बा! यहाँ टराइ गर्छु है त म!
 
Posted on 10-09-07 6:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आयोऽऽ! आयोऽऽ! दुबै ठाममा आयोऽऽऽ!
रिक्स ले'र गरेको काम बन्यो!
लु ईन्जोइ गर्नुस् पून्टेदाइ र अरू सबै!
 
Posted on 10-09-07 7:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

य्हा छ मंगल धून अनि मालश्रीको गाना:

- http://www.nepaliradionyc.com

Listen to the14th episode, which is the Dashain special. मालश्रीको गाना रेडियोको बिवरण लगत्तै पश्चात छ।

 
Posted on 10-09-07 7:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you, chitru!
 
Posted on 10-09-07 7:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु दामी चौतारी चीनेछ चित्रेले, धेरै धेरै धन्यबाद र बधाइ । लौ दशै धुम धाम संग मनाउनु पर्छ ।

अनि दौतारीको टोकन राखिदेकोमा नि धन्यबाद ,खास त दौतरी सप्पैको भेट्ने थलो हो है ।


 
Posted on 10-09-07 7:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! सुन्तले जी को गाना त बल्ल सुनें, अघिल्लो चौतारी मैले खासै फलो गर्या थिइन, त्यसैले गाना सुन्ने मौका पा'को थिइनँ। दाऽऽऽमी गाना सुन्तलेऽऽ!

यू आर वेलकम पून्टेदाइ!

 
Posted on 10-09-07 7:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे के छ?
दौंतरीको URL maile www.dautari.org rakheko thiye, but now it is pointing to something else when we click it. But when I check the HTML code, its correct. However while clicking, its not working. Its strange, isn't it?
 
Posted on 10-09-07 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याऽऽऽहूऽऽऽ!
यो काम पनि बन्यो नमे!
The problem is fixed! Now its working!

 
Posted on 10-09-07 7:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dashain ko dhoon post garna lageko janina maile. help!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
सालीको चाक
TPS for Nepal likely to extend next week
I hope all the fake Nepali refugee get deported
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Embassy of Nepal might be able to help extend TPS for Nepal
TPS for Venezuela is terminated, only 60 days extension for transition period
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
ICE kidnapping people off the streets over op eds
Democrat lies revealed
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
Trump admin revokes 18 months TPS extension for Venezuelans
नेपालको TPS र USAID यसकारण बन्द हुन जरुरि छ
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
What is the purpose of an F1 student visa in the U.S.?
Why some Nepali people pull each other's legs???
TPS
#MAGA#FAFO is delicious
Good News for Nepalese TPS Holders!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters