[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १९५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 197]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
[VIEWED 114756 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 07-08-10 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी १९५ ~

 

 


 

 

   

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा
आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९५ औं संस्करणमा
आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म
पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम
लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
 
VS
"चौतारी बरको त्यो
रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै
छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप







सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 195 editions.

 
Last edited: 08-Jul-10 09:47 AM

 
Posted on 07-12-10 8:48 AM     [Snapshot: 664]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त कहिल्यै नउठ्ने कर्ण फुसफुसमा कसले नै घन्टि बजायो होला र तै पनि-


हस्तिनापूरको कर्णफुसफुस दुर्भाग्यवस एक दुखद् दुर्घटनामा शौचालयको अति संवेदनशील प्वालमा खस्न पुगि कोमामा पुगेको छ। उक्त फोनमा विगत ४८ घन्टाको अथक प्रयास पश्चात पनि केवल झिनो हरियो बत्ति टिल्ल बल्नु बाहेक अरु कुनै पनि किसिमको जीवनको चिन्ह छैन। फोन डाक्टर डा. भेराइजन धनपती भन्छन्, यो स्थितीमा केवल कुर्नु शिवाय अरु काम छैन। केहि समय कुरेपछि कि त माता पाटी (मदर बोर्ड) ट्रान्सप्लान्ट गर्नु पर्ने  कि फोनको शहादत स्विकार गर्नु पर्ने स्थिती रहेको छ। यस्तै स्थीतीको कारणले गर्दा फोनको जीवन विमा अत्यन्त जरुरी कुरा हो भन्ने वाक्य डा. भेराइजन धनपतीले पटक पटक भनेको सुन्दा, बिर्ख बहादूर बोगटी ' दुई चार दिन हेरम कि डाक्टर नै फेरम' भन्ने ध्याउन्नमा छन्। धन्यवाद्।


जे जस्तो भए पनि, जति ढिलो भए पनि जति व्यस्त भए पनि जदौ! यो बिर्खे माईलाको!!


 
Posted on 07-12-10 8:57 AM     [Snapshot: 671]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खे बा ।


लङ टाइम नो सी । कता गयाप हुनु भएको ? गाउंमा कस्ता कस्ता हल्ला चले ।


अपहरण मा परे समेत भन्ने थालेका थिए असत्तिहरुले ? के भाको हो खुलस्त बयान गर्नु पर्‍यो।


 
Posted on 07-12-10 9:10 AM     [Snapshot: 680]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 HELLO

Last edited: 12-Jul-10 09:17 AM

 
Posted on 07-12-10 9:13 AM     [Snapshot: 681]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठूल्दाई!


खै ठुल्दाई, कता पुगियो भन्दा, भनम न दाईको घर टाकुरामा बेस क्याम्प् सम्म चाहिँ पुगियो। टाकुरा मै पुगेर दाईलाई ढ्याप्पा गर्न चाहिँ समय र साहस पुगेन। 


अपहरण भन्ने  कुरा कुन असत्तिले कुन समयमा निकाल्यो हँ?


 
Posted on 07-12-10 9:17 AM     [Snapshot: 693]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम ठुल्दाइ, जिम्मालबा, प्लाटिनम (खै मुइले नचिन्या हो कि के हो के हो)

जिमालबा खै कुन चाइँ असत्तीले हो त ब्यापक हल्ला थ्यो, म नि एक ताका खोजम भनेर निस्की सक्या थें तर जिम्मालबाको अत्तो-पत्तो न-ला'र फर्क्या म त।

सप्पैलाई झ्याम्मा ला'र प्रणाम टक्राएँ है

 
Posted on 07-12-10 9:21 AM     [Snapshot: 704]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन जिम्बाल को अपहरण भा हो भने चाँही किने त्यसै छाड्यो त जिम्बाल लाई - अपहरण गरेर पनि त्यसै छाड्ने हो त असत्ती हरु - की अपहरण


गर्दै नगरर्नु - गरेपछी हैन र भन्या


ल तारेमाम ठुल्दाइ रामे पुन्टे दाई जिम्बाल पुरे अनी प्ल्याटु


 
Posted on 07-12-10 9:25 AM     [Snapshot: 685]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऐया ऐया ऐया ऐया
मरे मरे मरे मरे


खुट्टा दुखेर लखतरान
स्वर भास्सेर हैरान
लौन प्रभु
तेती गर्दा नि
किन गरेनौ कल्याण?



सोमबारे जदौ रामे, जिम्माल बुढा, ठुल्दाइ, प्लाटिनम, पून्टे दाई, हर्के भाई सबैलाई !


पून्टे दाई ले जानी जानी धकेल्देर अनी तरुनी सङ टास्स्या जस्तो बनाइदिएर फोटो खिच्या पोल खोल्दिम पून्टे दाई?


तरुनिको गालाँ आफ्नो हल्यान्डको फ्लाग भको  गाला दलेर त्यो हल्यान्ड को फ्लाग दुरुस्तै बनाइद्या पोल खोल्दिम पुन्टे दाई?


अरु नि सम्झिदैछु


हो भन्या एस्पानोल सुन्दरीहरुले जिउ भरी बियर नै बियर खनाइदिएर खत्तम्मै बनाये नि हौ


अरु कुरा तेस्तै हो, रमाइलो त अच्च्काली नै भा हो नि !


ठुल्दाइ,
हिजो पछी फर्काको थिए नि फोन ! सुनिएन कि रिङ्ग टोन?


जिम्मी सुड्ढा, त्यो फोन लाई एक दिन जती चामल को डरम मा राख भोली पल्ट तिम्रा भाले नै नबासी फोन बास्छ ! लु तेती गर !


दीप ब्रो, गजब गयो नि प्रभु ! एस्तरी नि बर्षाउनु हुन्थ्यो त?


चाँदी झैं त्यो बादल पस्चिम आकासमा हरपल सुन झै हुँदो थ्यो
बादल रंगाउँदो घाम - लाग्थ्यो साँच्तै छ कि अस्ताउने रहर
पैरोमा थ्यो सम्यम अफ्नो, झन झन मडारिदो बादल थ्यो
चम्कियो बिजुली त्यै बेला, निथ्रुक्कै भैयो, बर्षिए उस्का अधर


 
Posted on 07-12-10 9:27 AM     [Snapshot: 709]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बरु जिम्बाल को फोन किन्न लाई चन्दा आतंक माछाउने हो की


 ल धागो खोले भो त चन्दा आतंक मचाउन


अनी कस्तो भो सबै को सप्तान्त - आफ्नो त झक्कास भो - रमाइलो भो - मिठो मिठो खाइयो - एती भन्दा नि र्‍याल चुहाइसक्यो होला


असत्ती हरुले झन डिटेलमा बयान गर्दा त के के मात्र गर्ने हो - 



धेरै मजाको मान्छे राइछ हाम्रो बिस्टे काजी - निक्कै रमाइलो भो दुई दिन - शिरण पनि ह्यान्ड्सम भइसक्या राइछ, अर्को दुई चार बर्ष मा त तरुनी खोइ भन्दै चौतारी मा आउन बेर छैन - भाउजु ले बनाको मिठो खाने कुरा नि खाइयो - लु मज्जा आयो


 
Posted on 07-12-10 9:28 AM     [Snapshot: 709]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~~~ namaste ~~~
 
Posted on 07-12-10 9:31 AM     [Snapshot: 695]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के खसाउन पर्नी ठाम्मा चैनी, के खसाएर मोरेछन बिर्खे सैतान! हुन त तेस्को, चैनी, त्यो बराजुको पाला~ फुन, जे खस्नु पर्नी, चैनी, तेइ सरह थो होला के रे। जे भो राम्रै भो, खस्न पर्नी ठाम्मै, चैनी, खसेछ त नि!

ए, बुढा! बरु, चैनी, झिक्न पो क्यारी झिकेउ, हँ?

लु, फिरी टराइ मारम है फुटु को साइज, मिलेसी अरु नि टाँसम्ला।


 
Posted on 07-12-10 9:36 AM     [Snapshot: 717]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चेली , प्लाटु ( महिला लाई पहिला भन्ने सिद्धान्त अनुसार ), लहरे, रिट्ठे , पुरे ।


लहरे ले पनि गर्नु गरे छ, म: म: खाने लोभ ले २ घण्टा झरे छ ।


बिर्खेबाको डिसीमा शिशी रित्याउने कार्जेक्रमको सुइको रामेले दिएको थियो । दुई घण्टाकोबाटो हाम्रो गाउँ, २० घण्टा कुर्दा नि मान्छे त के घण्टी पनि आएन ।


रिट्ठे ब्रो, निक्कै रमाइलो गर्‍या राइछ । मच्ची मच्ची बियर गार्डन जाने भन्दै थिए । फुन सुनेको थिएं । त्यती बेला नयाखर्क कै एक जना अण्टी जी सँग बात भाईराखेको थियो । साहित्यकारहरुको चुनाव जित्नु भएकोमा बधाई दिदै थिए।


 
Posted on 07-12-10 9:36 AM     [Snapshot: 724]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 





LU CHINIYO HAINA TA PLATINUM BHANYAA KO BHANERA?




 
Posted on 07-12-10 9:41 AM     [Snapshot: 738]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुई घण्टा होइन ठुल्दाइ ३ घण्टा जो


एसै १ घण्टा लाई चिलिम मा उडाइदिने


 
Posted on 07-12-10 9:42 AM     [Snapshot: 739]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्लाटु bhaya chhin ko ni ?  mero ma ta kei ni aayena प्लाटु ko..

 
Posted on 07-12-10 9:43 AM     [Snapshot: 741]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ye dekhe dekhe.. naya rachhin.. maile nachinya!!

 
Posted on 07-12-10 9:43 AM     [Snapshot: 723]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गेम शुरु हुने टेम मा त, भुभु, के जाती, जेला, फुकी फुकी, कनी कनी, कपाल नि उमार्या थेम के रे




 
Posted on 07-12-10 9:52 AM     [Snapshot: 743]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गेम त शुरु भाई सक्या थ्यो, तै नि स्क्रिन तिर आँखा नगाढेर, बट्टारी बट्टारी, कता कता घुमाइ रा हो रित्थे ले भुनेर चियो गरेको त... ए रात्तै! हाम्ले नि गेम सेम, स्क्रिन सिस्क्रिन भुलेको त नि एुछिन त! कस्सो दाजु भाई को मुक्का मुक्की परेन!

ए केटी हो! लोउ हेर तिम्रा "रित्थे हेन्सम" को चाला...निको त लागेन मुलाई! 


 
Posted on 07-12-10 9:57 AM     [Snapshot: 761]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाम ठुल्दाइ, पून्टे दाई, बिर्खे बा, पुरे, लहरे, रिठ्ठे चेली लगायत सबै चौतारीका औतारिहरुलाई नमस्कार! अनी यो रामे आफ्नो सेतो दाँत देखाउन अहिलेसम्म किन हाजिर नभएको? गयल गरिदिन्छु अहिले....


 
Posted on 07-12-10 9:58 AM     [Snapshot: 756]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु, गरी खाउ बाहेक के भन्नु अरु तो गोरु सिँगे हुर्लाई?




 
Posted on 07-12-10 9:59 AM     [Snapshot: 730]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेला साँझ साँझको छ। मयल टल्किने कालो पर्दा लगाएको क्याबिनमा तिन जना सानो स्वरमा कुरा गर्दै छन।


फिस्टे (भेद नखुलोस भनेर नाम परिबर्तन गरीएको): कसो लाग्यो त आईडिया? काम गर्यो गरेन?


तिर्खे (भेद नखुलोस भनेर नाम परिबर्तन गरीएको): दरो गर्यो नी। जय होस। अहिले सम्म जसरी घरमा प्रभोको बाहीर जाँदाको भेद खुलेको छैन, त्यसै गरी कहिलेई नखुलोस।


ठहरै (भेद नखुलोस भनेर नाम परिबर्तन गरीएको): मैले देको आईडिया त झन सोलिडको थ्यो--लग्यो भने पछी टन्टै खलास-- मैले तै गर्या त हो नी अस्तिन--


तिर्खे: त्यो त हो, तर यो अब उता गुरुको स्वम्भू तिर मात्रै चल्ने चाल पर्यो नी त -- हुन त पश्पती, गुहेस्वरी तिर नी चल्छ क्यारे -- आफु यता हस्तिनापुरमा भास्सिया छु --


फिस्टे: आशिक चै राम्रा दिदै गर्नु, तिर्खे। बाँकीको लागि त म छदै छु नी।


ठहरै: अनि त्यस्तो २ नम्बर रानीपोखरीमै डुबाउनु पर्ने सम्म भैसक्या थ्यो र भन्या, तिर्खे?


तिर्खे: दिक्क मान्दै लामो सर्को चुरोट तानेर -- मन भै भै डुबाको त कहाँ हो र -- तर के गर्नु -- छिन छिनमा फोन गरेर कता छौ? के गर्दै छौ? को संग छौ? भनेर छिरिक्क दायाँ बायाँ गर्न नदिए सी के गर्नु?


फिस्टे र ठहरै (गिलास स्वाट्टै रित्ताएर हाँस्दै): अनि डा. भेराईजन के भन्छ रे तिर्खे?


तिर्खे (गिलास भर्दै गरेकी सुन्तलीलाई हेर्दै, मस्केर): यो स्थितीमा केवल कुर्नु शिवाय अरु काम छैन। केहि समय कुरेपछि कि त माता पाटी (मदर बोर्ड) ट्रान्सप्लान्ट गर्नु पर्ने  कि फोनको शहादत स्विकार गर्नु पर्ने स्थिती रहेको छ। यस्तै स्थीतीको कारणले गर्दा फोनको जीवन विमा अत्यन्त जरुरी कुरा हो ----


 


 


 


******


स्वस्ती गरें है।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Conservative discussions
सालीको चाक
tesla stock OMG !!
Looking for girl
Who is hottest nepali female?
TPS for Nepal likely to extend next week
I hope all the fake Nepali refugee get deported
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Those who are in TPS, what’s your backup plan?
Venezuela TPS lawuit
interesting fact about sajha.
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Embassy of Nepal might be able to help extend TPS for Nepal
TPS for Venezuela is terminated, only 60 days extension for transition period
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
To Sajha admin
If you got nothing to lose, fight tooth and nail explore every avenue
ICE kidnapping people off the streets over op eds
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters