[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI ! Continued....

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 163389 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 09-15-05 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गाम्ले दाजु भाइहरु, केरे चाइनि यो सानेको पसलां त ३०० भन्दा बढि सामान भयो भने पसलैनै भत्किनच अरे ( खोइ पैला ५१ वटा भन्दा बढि झ्याल भको घर बनाउन नपाइनि जस्तै नियम हो कि ?) तर पनि सानेको पसल गोलखाडि गो भने त हाम्रा चोतारा सौतारा कता लङ्का पलङ्का पुइहाल्च नि गांठे । तेसैले अब देखि यो चौतारां सितल तापेर गफ अरम है ।
-------------------------------------------------------------------------------
उहि पुरानै नमेको चौतारो

 
Posted on 09-27-05 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दसैमा घुमाका रोटा खान पर्च भनेर जमुनिकी आमाले चईनी धान निफन्दै हुनुहुन्च ।

keep rolling...

 
Posted on 09-27-05 9:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो सिरेले चाइ फोटा त राम्रा राम्रा टास्च तर यो बजियाले आखा नफुटाल भनेको जति भने पनि लाएन ?गाठे ! बिचको औलो लामो मात्रै हो कि नङ पनि लामा छन हं ?
 
Posted on 09-28-05 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Raju Damai ka Baa Dashain ma Jamuni to Cholo Siludai

 
Posted on 09-28-05 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राजु दमाइका बा दसैमा जमुनीको चोलो सिलाउदै। छेउमा जमुनीका सोल्?टीको बाहून

 
Posted on 09-28-05 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बेंसीथान का नेपाली (Bostonian Nepali),

चईनी, जमुनिको बाहुन त मै हुम्ला भनेकै छु, यी जमुनिका सोल्टी को रैचन र हो ? ती ढका टोपी लाउनी त बुढै जस्ता देखिन्छन केरे, के कुरो अरेका हुन यी बेंसीथाने ले ।

keep rolling...

 
Posted on 09-28-05 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अध्याय १७
----------
खास राजुका बा को नाम लाटे दमै हो के । खास त शंकर परियार हो तर बुढाले कान अलि कम सुन्चन के तेसै भर लाटे दमै भनेका हुन । लाटे बुढा भ नि मन चाइ बुढा भारैनच । अब कान कम सुन्ने एक सुरआं काम अर्नि अनि त बैशा कुन तरुनि ले हेर्नि त नि ? फोटा छन नि छेउको उ दमै जगते हो के । हो उसको बियामा जादा चापाकोटबाट राजुको आमालाइ भगार ल्याका रचन के । बुढा लाटा लाटा तर बियामा रैसि खा सि त बुढालाइ बैशले छोच अनि त भोटेसालमा उठि बसी नाचेछन । त्यो देखेर राजुकि आमा त हेरेको हेरै नि । अनि त बुढाले जगतेकै जन्ति सं लाटि दमिनिलाइ भगार ल्याचन । नाम लाटि दमिनि भ नि कान त राम्रै सुन्चिन क्या । बुढाको नाम लाटे दमै भर लाटि दमिनि भनेका हुन । तर लाटे दमै ले राजुको कुकुर त दख्नै हुन्न के फेरि , दिइ हाल्चन ढुंगाको झटारो । खास के र च भने राजुको पपि सानो हुदा बुढाको कुखुराको खुट्टो टोकि दिएच । त्यो कुखुरो बुढाले लाटि दमिनिलाइ दिएको प्यावो हो के अनि त बुढाको मन कटक्क भच । तेइ भर त हो त्यो कुखुरो बुढा जता जता जान्चन उतै उतै लाउच । फोटां पनि ठ्याक्कै पचाडि र च ।
 
Posted on 09-28-05 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छेउको जगते दमै हो के , खुब पिरिम छ लाटे दमै र जगते दमैको । अब दइटैको ससुरालि पर्यो चापाकोट अनि त दुइटै कोट लार दङग परेर फोटा बसेका छन ।
 
Posted on 09-28-05 6:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अध्याय १८
--------------

"केटाकेटीको जाडो त बोकाले खान्छ काका।" मैले काकालाई घत पर्ने जवाफ दिएँछु क्यार!
"तलाईँ उल्लु! बुवा कता हुनुन्छ?" भन्दै काका हाम्रो घरतिर बढ्नु भो।
माथिबाट सिरे र दमैको राजु पनि झर्दै थिए। ज्वाईँ जेठान मिलेर झर्छन् बा, काँ गाऽरेछ सिरे कुन्नि बिहान बिहान। ए पशुपतिकाँ गाऽको कपडा सिलाउन दिनलाई।
राजुकी बुइनी र जमुनी सैना हुन् के अनि हाम्ले तिनेरुलाई ज्वाईँ जेठान भुनेर जिस्काम्थेम्। राजु खुशी हुन्थ्यो सिरे भुने रिसाए झैँ ग-थ्यो।

"म खेल्नी हो फसमा। म खेल्नी हो!" हाम्ले पिङ् हालेर सक्दा नसक्दा खाना साना खाएर सञ्जु पनि आइपुगी।
"गर्ने गाँथ्ने हनुमान पगरी गुथ्ने ठेडु?" मैले सञ्जुलाई जिस्काइदिएँ। सञ्जुले मेरो रीस खेमेतिर पोख्दै प्याट्ट हानी।
खेमेको खल्तिबाट खैनिको बट्टा झ-यो झण्डै पोखिएन।
"यता पोख्दिइस् छँडुली!" खेमेले कपाल तान्दै भन्यो, "खेल्नी होस् भने जा भावियो लेऽर आ। तेरी आँवैसित मागेर।"
हाम्ले २ पिर्के पिङ् भने पनि साना डाँडीसम्म बनाएर अनि २ तिर २टा डोरीको प्रयोग गर्थेम् के। १,२ मुठा बाभियो पनि चाहिन्थ्यो।

"हजुराँ भावियो काँ छ ?"
"कसको भैँसी फुक्यो र बाभियो चाहियो तँलाई?"
"पिङाँ हो के बुढी!" सञ्जुकी हजुराँले कचकच गर्दै धन्सारको आँटीबाट १ मुठा बाभियो झिकेर दिनुभो। सञ्जुले हजुराँ भित्र पसेसी १ मुठा अरु थपी र लेऽर आई।
"ल, अब त खेल्न पाइएला नि। कि खैनीपनि किन्दिन पर्नी हो?" सञ्जुले बाभियो भुईँमा राख्दै खेमेलाई व्यगं हानी।
"भिजाऽर ल्याम्न पर्च पोखरीआँ गेऽर त्यसै हुन्च, कस्ती रैचिन यिनी त।" राजुले थप्यो, डोरी बाट्ने त राजु हो नि।

सञ्जु छँडुली आत्तिँदै पोखरीमा गेऽर बाभियो भिजाउन खोज्छु भन्दा त कुन्नि केले हो चप्पलै अल्झाएछ त्यसको त। हिँड्नै जान्दिन के उरन्ठेउली छ।
झ्वाम्म पोखरीमा पो पर्चे। गोबरै गोबर पग्लेर पहैँलो पोखरी सञ्जु त कता हो कता नि।

झ्वाम्लागं परेको आवाज सुनेर हाम्रा ध्यानजति त्यतैतिर आकर्षित भए। "पपी" हाम्फाल्दै पोखरीमा पुग्यो।
"ए सञ्जु लड्लिस् है तँ त उत्ताउलि छस्।" भन्दै हामीपनि पोखरितिरै लागेम्। to be contd.
 
Posted on 09-28-05 10:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hya ta dasai ko katha bhaneko, katha ta dada ko prem tira po modiyela jasto bhayo.

juun katha ma pani dada ley sanju lai haajir garai haalni kya, mannai parney ho kta haru lai ta. La la aba sanju aayepachi sirey ko prem tehi gobar maa gobriney ta hola ni. :PP:P:P

Ma ta dasai ko katha kata pugecha bhanera sunna aako.

la la jaawas aru pani.

ani tyo yeuta kura chai kya. Unicode nepali traditional keyboard setting chai kasari download garney, Mailey khojya curropted file po bhancha lau na. Malai tyo romanized type garna aaudaina, tradition paaye chai hanchu ma pani.

lau na sahayog paam

harkeDai

 
Posted on 09-29-05 1:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्काँ ल्या'को खसी हो यो यस्तो मरञ्च्याँसे ?

 
Posted on 09-29-05 2:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिङमा यी खाईलाग्दी नानी को हुन हँ ?

 
Posted on 09-29-05 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो गोतामेले कताबाट मेरी दिपाको फोटो तासेको हं ? मासबार बुडामामाका टिको लाउन जादा
किस्नेमामा ले पाहारि घाटमा खासाको पिङ छ भनेर म र मेरि दिपु गाको नि पिङमा मच्चिन । कता कता लाइट बले जस्तो त लाको थियो यो गोतामेलेपो मेरो दिपुकको फोटो निकालेच , यसो सोध्नु पर्च नि यार, म नाइ त कां भन्थे र, यो साझामा कस्तो उनको फोटो देखाउन मुन लाको थियो ?
 
Posted on 09-29-05 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मैले नि हा. टा. गरें है!!!!
नमे, सिरे, दादा, अनि भउते दाजुलाइ नमस्कार है मेरो!!!
:)
निर्माण
 
Posted on 09-29-05 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्लाई चईं बिर्सेको, निरे?
 
Posted on 09-29-05 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक्लै पिङ्गमा मच्चिरा' देखेर यस्सो हेरेको मात्रै । नराम्रो सोच्या भा' मरिजाऊँ ल ! दिपुलाई पिङ्गमा भुलाएर आफूचैँ कता नि? जमाना ठिक छैन है नमेजी । म त मान्छे सोझो भएर पो त !

 
Posted on 09-29-05 5:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ पुन्टे दाजै, पर्तिगमनको पुत्ला जलाउन गा'बेलाँ तात्तातो गोली लागेर कता पो लग्या छ भुन्थे!!! म त हर्लिक्स लेर भेट्न आम् कि भुनेर सोचेको यी त फिरिसकेछन् गाँठे।।। लु नमस्कार टक्राएँ हे दाजु।।।अब त माफि पाएँ नि दाजै!!!
 
Posted on 09-29-05 6:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरे, भाउते, र नेपे साथिहो- हन हिजो दिउसै यसो च्?याने डाडोतिर मेरो जर्सी गाइलाइ सोतर काट्?न जादाखेरी जमुनि
र माझा धरे अन्?तरे बा कि छोरी च्?यान्टि बाख्रा चराउदै थिय। जमुनिले त सिरेलाइ
हिउदमा बरमाला लाएर बाहुन बनाउने कुरा गदै' थि है। ए राता मकै, यो के सून्?नु परेको यो ।

 
Posted on 09-29-05 6:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाममा चईनी केटा धेरै केटी थोरै भाको बेला परो केरे । चईनी तेसो भासि के के हुनी के के । अब लरक्कका
सलक्कका केटीहुर भनेका चईनी जमुनि र सन्जु हुन केरे । खाईलाग्दा र लोर्के केटाहुर भनि एक मेसै के, अब म जो
भएँ केरे, दादा, नमे, खेमे, राजु को को हुन को को के डाँगा हुर । भउतेको त झन कुरै नअरम, तिनले त सात
गामका केटीहुर ताकेर बस्छन, के को ताक्नु मत्रै हो र, हुन त यहाँ अपुर कुरो नअरम । अब चईनी बेसिथानेले भनि
तेस्तो ठिटी जिस्काम्नी, चईनी मया पिरीम लाम्नी कुरा अर्दैनन है, सारै सोझा छन केरे । हुनु हुनामि चईनी हिजो त
निरे पुनि आको गाँठे चुरेटा दाईकहाँबाट कालो चस्मा किनेछ र तो पुनि टाउकाँ लाको के, आखाँ नि हैन ।

अब जमुनि र मेरो, त्याँसी दादा र सन्जुको कुरो त भित्र भित्र गाईगुई चलेकै हो केरे । जमुनिका घरकाले भनि
मलाई असाध्य रुचाउनी के, दादालाई भनि लोकेले देख्न माग्दैनन र पो ।

जे होस, खास त जमुनिका बा भउतेका ठाईला मामा जो हुन केरे । भउतेलाई के सिरिङ्गी चलेछ कुन्नि, मेरो त चईनी
ठूलो गुन अरे केरे नि भउतेले । अनि भउतेले चईनी आफ्नो मिलमा जो बोलाए केरे जमुनिलाई र मलाई र हाम्रो
तेहाँ सल्लाहा भओ । अब दिन दिन चईनी उसलाई माग्न पुनि मुन्छे आम्न लागे । भउतेले चईनी हाम्रो कुरो
थाहा पुनि पाका, फेरि हाम्रो सहयोग पुनि अर्चन के तिनले ।

तेसैले भउतेले आफ्ना मामा माईजुसित गएर चईनी "हेर्नुस ठाईला मामा, चईनी तपै जाद्रै बुढो हुनु भओ केरे,
आज हो कि भोलि हो जस्तो हुनु भयो, चईनी यै एउटी जमुनिको पुनि कन्नेदान अर्न सक्नु हुन्च कि सक्नु हुन्न,
मलाई त डर लागो । चईनी सिरे अब यो गाममा मत्रै हैन, यो भेकमै चईनी नपाईनी लोर्के केटो छ केरे, फेरि
दुईटाको चईनी मया पिरिम कुन्नि के के जाति पुनि बसेको, अब केलाई कुर्न परो र, जन्ति पर्सिम भो चाँडै जो"
भनेर फकाएछन । जमुनिका बाका मनाँ पुनि ठ्याक्कै तेही कुरो रैच, बुढाले मानि हालेचन केरे । त्याँसी चईनी
कुरो छिनेर बराउनी अरेर जमुनिका परिवार, मैले, भउते, दादा, नम्मे, र बेँसीथानेले चईनी रातो टिको लाको अगिल्लो साता
त हो नि । त्याँसी धेरै हल्ला खल्ला न-अरिकिन चईनी मेरो र जमुनिको ब्या अरिहाल्नी कुरो भओ ।

हिजो हो केरे हाम्रो ब्या भाको । चईनी साझाबासी हुरले हामलाई केरे चईनी सुभकामना देलान भनेर मत्रै भनेको,
नत्र खास्सै हल्ला गर्न भनि नहुनि भाको छ के ।

कुरो के भनि जमुनिको ठ्याक्कै उमेर त कसैले पुनि सम्झेका रईन्चन, तर जमुनिकी आमाले चईनी सोह्र भई कि
सत्र भई भन्थिन । पुन्टे दाजी हुन केरे येस्ता नियाँ-निसाफी चईनी अड्डातिरका कुरा जान्नी, पुन्टे दाजीले मलाई
"हेर सिरे, चईनी अठार बर्ष नपुगेकि ब्या अर्न र अराम्न पाईन्न, कानुनले दिन्न, अब जमुनि कतिकी भई सबुत
परमान छैन, तेसो भासि कसैले चईनी बाला-ब्या अरे यिनारुले भनेर चईनी उजुरि अरो भनि तँलाई पुलिसले लगेर
थुन्च, जमुनिलाई चईनी बा-आमाकाँ पठाईदिन्च, तेसैले धेरै हल्ला नअर्नु नि " भनेर सम्झाका थे के ।

जे होस, मेरो र जमुनिको ब्याऽ का फुटाहुर टाँसेको छु केरे, हजुरहुरले कस्तो मान्नु हुन्च कुन्नि ?
 
Posted on 09-29-05 6:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सर्वपरथम चईनी मेरा घरबाट पुजापाठ अरेर जन्ति निस्केम केरे । दुलही लिन जाँदा त दुलाहालाई पो चढाम्दा
रैचन केरे यो डोलीमा त । तो डोलीमा चरेको ढका टोपी लाम्ने केटो- म सिरे जो भएँ केरे । तो स्वीटर र गलबन्दी
लाम्नी जिवने, दुख मानी मानी डोली बोकेको छ, मलाई थाहा छ के तेसले पुनि ताकेको थियो केरे जमुनिलाई,
तेसका मन कति कुँडाका होलान, बरा ।

आर्का पट्टीको डोले चईनी खेमे, अब गाम भरिको बलियो र अरठ्ठिएको खेमे जो छ केरे, तेसो भएर । पछि पछि
आम्नी चईनी बेँसीथाने माईलो ।


 
Posted on 09-29-05 6:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाजी ले आर्को कुन्नि कुन मुन्छे हो साथाँ लेर गएर थाराको गोठमा चईनी जन्ती ख्वाम्नलाई भात-भान्साको
तयारी अर्न हिजै उता लागेका हुन केरे ।

चईनी छापाको चौतारिमा पुग्नी बेलाँ जन्तीले नगरा लाम्न लाका छन । बाजा बजाम्नी हुरले यो नगरा लाएसी
येता हुँदी घुमफिर अर्नि दोख, भूत, पिचास, राक्षेस, बन्डाईनी, किचक्न्नी सप्पै मक्ख परेर नाच्छन अरे, र त्याँसी
बल्ल दुख दिन्नन अरे के । यो नगरा धुनको बाजा बजाम्दा अचम्म जो हुन्छ, कहिलेकाँही तो ग्रुपमा भाको एक जाना
न एक जानालाई चईनी झाँक आम्च र उ आफ्नै सुरमा बेस्सरी जो हल्लिन थाल्च, त्याँसी नर्सिङ्गा र कर्नालले
धार दिन पर्च र उ बिस्तारै थामिन्च । तो सपभन्दा अगाडि नरसिङगा फुक्नी पसुपति दमै हुन केरे, राजुका बा ।
मेरो र जमुनिको ब्या भनेसि त बाजा बजाम्नीका नाईके भाका छन तिनी त । पछिल्तिर लईनमा चईनी नम्मे,
र दादा खुट्टो उचाल्दै बस्दै र उठ्दै गरेर नाच्दै छन ।

सनाहीको आबाज कति मीठो सुनिएको हो । ल येस्तैमा चईनी पुन्टे दाजी अगिल्तिर आए केरे, मैले त नगरा लाम्दाको
झाँक बुढालाई आएछ कि भन्ठानेको, अब किचकन्नी भूत पिचास जति जे पुनि उनैलाई लाग्नी केरे, तर हैन रैच, बुढा
त गीत गाम्न पो आएका रैचन केरे । ल अब पन्चे बाजा सितै पुन्टे दाजीको स्वर अनि दादा र नम्मे नाचेको देखदा
त मलाई पुनि डोलीबाट झरेर नाचम नाचम झै जो लागो ।

किन रोयौ दमिनी भाउजु
दमै दाईले कुट्यो कि
ट्याम्को फुट्यो कि....

ट्यानाकुटि ट्यानाकुटि झ्याईँ
गुनुनुनु गुनुनुनु ढ्याईँ


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS for Nepal likely to extend next week
सालीको चाक
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
I hope all the fake Nepali refugee get deported
Best Consultancy for H1 sponsorship in USA.
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Homeowner Charged renting to illegal migrants
Measles vax deaths vs measles death in USA
Why some Nepali people pull each other's legs???
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
Don’t Just Read—Join the Conversation
Nepal TPS decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters