मैले साझामा बिभिन्न धागाहरुमा छरेर टाँसेका छन्दविहीन कविताहरुलाई एकै ठाऊँमा ल्याउन र अब टाँस्ने कविताहरुलाई पनि यसैमा टाँस्न भनेर यो नया धागो फुकाको हुँ।
साझामा आउनु मेरो लागि जीवनको सानोतिनो क्रान्तिनै भएजस्तो मानेको छु मैले, विशेष गरी मेरो रोकिएको लेखन यात्रामा फेरि गति आएकोमा । नेपाली भाषा मेरो जिन्दगीको मिठास जस्तो लाग्छ मलाई। साझामा मिल्ने प्रतिकृयाहरुले मलाई धेरै सुधारेका छन्, मेरो जिन्दगीमा "मिठास" थपेका छन् ।
यो धागोमा सबै साथीहरुलाई सकृय सहभगिताको लागि स्वागत छ। साथीहरुका कविताहरु पनि पढ्न पाउने आशा गरेको छु। ***********************************************************
पहिले टाँसिसकेका कविताहरुबाट शुरु गर्दैछु। सबभन्दा पहिला, मेरो कविताको "परिभाषा" बाटै ।
"मेरो कविता"
दिनभरि यन्त्रहरू, यान्त्रिक समीकरणहरू र रेखाहरूसँग
यो कबिताको देश धागोमा धेरै पहिला देखि एउटा गाउँ थपुँ भन्दै थिएँ। एउटा मेरो पनि है, तथापि यहाँहरुको सुन्दर गाउँहरुमा आँखाको कसिंगर बन्ला भन्ने डर छ, माफ पाउँ।हैन कसरि लेख्न सक्या, डाहा लाग्ने गरि। अरु पनि जावोस। अनि सम्भव भए; गौतम गुरु,बिर्खे जी अन्य सबै तपाईँका कबिताहरु हामिलाई प्रकाशित गर्ने मौका दिनु भए आभारि हुने थियौ। यहाँ ई-मेल गरौं info@paradesh.com --------------------------------------------------------------- दिर्घायुको कामना
आत्मा भित्र कुनै कुरा छ भने एउटै तिमी छौ ममा रात्रि माझ कुनै शशी छ भने एउटौ तिमी भावमा ।।
सन्ध्याको सय गोधुँलि पनि फिक्का छ तिमी देख्दा प्यारो लाग्छ साथ तिम्रो अनि स्वर्णिम त्यो भावना लाखौं बाँच तिमी म गर्छु तिम्रो दिर्घायुको कामना ।। --------------------------------------------- भन्छ पवन
निलो सफा स्वच्छ आकाश टाढा क्षितिज ज्वजल्यमान छ एउटा खबर लिई आएको छ पवनले माया र बिश्वासको उपदेश सहर्श स्विकार भन्छ पवन ।।
ए सुरेन्द्रजी, धेरैमा झुल्किनु भो नि. हैन परदेशको गेटमा त काँडा लगार राख्या देख्थेँ त. के भो? साहित्यिक खुराक पुगेन कि कसो हो, बन्द गर्न त भे न, अल्लि नमजा भो.
****अब तिमीसँग- धेरै धेरै सोध्नु छ अब तिमीलाई- धेरै धेरै भन्नु छ एउटा नटुँगिने कुराकानीको आजै थालनी गर्नु छ धेरै धेरै सोध्नु छ धेरै धेरै भन्नु छ। ****
गौतम जी, यस्तो प्रश्न मेरो मनमा पनि धेरै आएका थिये र आउँदैछन् पनि! तेस्रो अनि अरु अनगिन्ती भेट होस तपाइँको मेरो शुभकामना छ!!
सुरेन्द्र जी त्यो वेब साइट हेरेँ मलाइ मन पर्यो, अनि कविताहरु पनि पढेँ। अब regular हेर्ने प्रयास गर्छु। :)
तल मेरो एउटा भूल सरल वाक्यमा राख्दैछु -
भूल -
बिस्तारै तिमी मेरो सामु आयौ बिस्तारै मेरो मनमा छायौ एउटा बिहानी उदायो; त्यहाँ आकाश थियो त्यहाँ पानी थियो त्यहाँ जीवन थियो शायद, मेरो स्वपनिल संसार थियो।
बिस्तारै फेरी तिमीले गायौ वातावरणमा, तिमि छायौ; त्यहाँ सङ्गीत थियो त्यहाँ राग थियो हराउने एउटा माद थियो शायद, मेरो बेहोशीको खात थियो।
बिस्तारै अझै तिमिले छोयौ अनुरागको तरंग छेड्यौ प्रणयको सुबास फुट्यो; त्यहाँ जित थियो त्यहाँ हार थियो जिवनको एउटा उपहार थियो शायद, मेरो बैँशको उन्माद थियो।
अनायाश तिमी भार भयौ कर्तव्यविमूढताको आधार भयौ त्यहाँ पश्चाताप थियो त्यहाँ दोश थियो त्यहाँ अपराधबोध थियो शायद, मेरो वर्तमानको कारक थियो।
मेरो गाऊँ बदलियो रे कोइलीले वन छाडिन् रे डाँफे र मूनाल बसाइँ सरे रे अहिले त, जताततै गिद्ध उड्छन् रे दिदी बहिनी र आमाहरुलाई लुच्छन् रे अहिले त, ब्वाँसाहरु हुंकार भर्छन् रे दाजू भाइ र बुबाहरुको शिकार गर्छन् रे अहो! मेरो गाऊँ बदलियो रे!!
सारङ्गीको तार छिन्यो रे रोदन र शोक गित बन्यो रे मुरली र मादल फुटे रे क्रन्दन र पिडा लय बन्यो रे अहिले त, बन्दुकको बाजा बज्छ रे बुटको इशारा चल्छ रे अहिले त, लाशको भोज हुन्छ रे रगतको रक्सी बन्छ रे हरे! मेरो गाऊँ बदलियो रे!!
रोदि घर पनि सुनसान छ रे अहिले त, गोलीको रोदि चल्छ रे मृत्युको दोहोरी जम्छ रे अहिले त, बलत्कारको तांडव हुन्छ रे हत्याको नाच रम्छ रे उफ! मेरो गाउँ बदलियो रे!!
वनबाट हृदयहिन वनमान्छे निस्के रे अरुको पनि मुटु फोरे रे महलबाट छोडिएका विवेकहिन शिकारी आए रे गाऊँ कै शिकार गरे रे अहिले त, वनको कानून चल्छ रे शिकारीको पागलपन जिउँछ रे कठै! मेरो गाऊँ बदलियो रे!!
बिर्खे जिम्मालको दामी जाँदैछ। निकै भावुक र मार्मिक छन्।अरु पनि जाओस्।
सुरेन्द्रजीले पनि सुन्दर गाऊँ थप्नु भएकोमा धन्यवाद।
सुरेन्द्रजी, कविता छापिदिने तत्परताका लागि लागि धन्यवाद। अबश्य पनि पठाऊँछु चाँडैनै। *****************************************************
मेरो तर्फबाट आज यो एउटा सानो गाऊँ, जहाँ म विपनामा एक पटक र सपनामा धेरै पटक पुगेको छु।
यो उद्यान (सिद्धेश्वर महादेव)
एउटा छ्याङ्ग उघ्रेको आँगन-आकाशतिर धर्तीमाता ब्यस्त छिन जहाँ कूचो लगाऊँदै आफ्नो निश्वासले हरपल, टाढा टाढाबाट- प्रियजनको आशिषझैँ आएको मधूर बतास मेरो मुटुसम्मै पुग्छ र अचानक आफ्नै लाग्छन् मलाई यो गोधूलीमा घर फर्किरहेका सबै गोठालाहरु,
नजिकैबाट आऊँछ भजनको स्वर- एउटा उत्ताल तरंग ऊठिदिन्छ पोखरीको पानीमा लहर उक्लन्छ यो आँगनमा र फैलन्छ पृथ्वीभरि (अनि म आफू स्वर्गमा भएकोमा गर्व गर्छु!)
यो सुनौलो साँझमा सिद्घेश्वरको यो उद्यान- सपनाहरु भरेर कोमल हातहरुले बनेको बुट्टे रुमाल जस्तो छ जहाँ मेरा भावनाहरु पूर्णाकार हुन्छन् ।
गौतम जी, गजब छ! कबिता त गजब छ नै, मलाइ त तपाईँले कबिता लेख्नु भन्दा पहिला भनेको कुरा पनि गजब लाग्यो *** "जहाँ म विपनामा एक पटक र सपनामा धेरै पटक पुगेको छु।" :)
भार भयौ कर्तव्यविमूढताको आधार भयौ त्यहाँ पश्चाताप थियो त्यहाँ दोश थियो त्यहाँ अपराधबोध थियो शायद, मेरो वर्तमानको कारक थियो।""
Bafre Birkhe maila ji k ho yesto? tyesto romantic tarika le mathi tandai lyaera dyamma jhaskaidinu bhayo ni tapaile.
Sabai ko kabita padhne mauka paye tyesko lagi dherai dherai dhanyabad.
Mero tarfa bata pahilo prayash...kripaya Nepali ma type garna asamrtha bhayeko ma chyama pararthi chu
Karma ra sapanako bich ma ping kheliraheko chu ma Harek jhatka ma dui tarfi batas le malai inko paripurakta ko aavash dilaucha Hijo j gariraheko thiye gare Garnu dherai baki nai cha maile Sansar chodera aaja kina nidai rahechu ma. Kina nidai rahechu ma.
i could chose writing as a career if i didn't go to india. but i turned to be a tech guy. i was an ardent reader of Bhupi's works. many times i recited his " ...........chok" still i am a reader guy. anyways, thanks Gautam B. for making Bhupi alive among sajha ppls including me.
Thanks lalupatheyji. It is same with me. I also learnt tech and I always feel I chose a wrong profession. My writing had stopped after my student life, but Sajha gave it new motion. I am learning. I still have to improve a lot to write something good. And about Bhupi, I am his 'die hard' fan. Nothing is nearer to my heart than his poems.
i was a very serious guy and i guess i still am. After i came to kathmandu, Ratna pustak bhandar became my daily ritual , i kept looking for books for hours and read pieces that aroused my interest on a bench beside Ratna pustak bhander's door.
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Best Consultancy for H1 sponsorship in USA.
Trump admin revokes 18 months TPS extension for Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Homeowner Charged renting to illegal migrants
Measles vax deaths vs measles death in USA
Why some Nepali people pull each other's legs???
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.