[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी दशैं बिशेष~

[Please view other pages to see the rest of the postings. Total posts: 418]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT PAGE
[VIEWED 184641 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 21 pages, View Last 20 replies.
Posted on 09-23-06 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी दशैं बिशेष ~





दशैले सप्पैलाइ छोइसकेच,सप्पै घर तिर जाने लगे, यसैले हो कि चौतारी पनि पातलीदै गको छ । तर पानि एसो चौतारीमा आएर सप्पै संग टिका लाउने,
शुभकामना साटासाट गर्न चाहि नभुलम है , बर्ष भरि संगै बस्ने यिनै दौतारी हुन के रे ?

ल है सप्पै जना नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे ,म मन्तर जप्चु अब कस्कसले कस्कसलाइ टिका लाइदिने हो,सुरु गरौ । यहां त सप्भन्दा जेठो पुन्टे दाइ जो मानिचु के रे, म त पुन्टे दाइ सं नै लाउनि के पैला त।


आयू: द्रोणसुते
श्रियं दशरथे
शत्रुक्षयं राघवे!
ऐश्वर्य नहुसे
गतिश्च: पवने
मानन् च: दुर्योधने!
दानम् सुरोसुते
बलं हलधरे
शत्यन् च: कुन्तिसुते!
विज्ञाने बिदुरे
भवन्ती भवताम्
कृतिश्च: नारायणे!

हुन नि यो चौतारी त एउटा परिबार जस्तै भएछ,चीनजान हुदा हुदा । पुन्टे दाइ, दादा को फोटो त देखिसकियो ,गोतामे ले पनि आफ्नु आर्याको फोटो टासे के रे, अब बिस्तारै सप्पै टास्ने होला नि कसो ?गालब, कुम्ले, दादा त नेपाल तिर लागे के रे, मिस पनि उतै जाने जस्तो मानिचु, अब हामी टाढाहुनीको सट्टा पनि टिका लगार अक्षताले निधार भरम के रे। पिंग खेल्न चाइ सप्पैले चौतारीमा नै आम है,सारै राम्रो पिंग हालेका छम जम्मै मिलेर ।

मलाइ त यो दशैमा चौतारीमा रमाउदा ताराको कबिता पो याद आयो के चौतारीको बारेमा लेखेको । अझ हाम्रो चौतारीको पनि फोटु कोरेर बर्णन गर्दा त कति राम्रो कति ?

थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !
बिरानि मा एउटा टुक्रो
देशै भेटाए
थकाइ लाग्दा सुस्ताउने
शितल् भेटाए !!
थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !!!


 
Posted on 09-25-06 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्टे खुब!!!!! गयो टिका लाउन पुन्टेदाको मा ..

हामी त लाउन पाएन टिका पुन्टेदा १३ दिनसम्म झुठो बारेर बस्ने रे । अझ १३ लाई लम्याएर २० रे २० बड महिना दिन नैबार्ने रे तिहार लै पनि ( मनमनै ळोभि पुन्टे दा..... पैसो दिन पर्च भनेर .... .....)

यस्तो नहोस है पुन्टेदा भो बरु पैसा सैसा दिन पर्दैन आशिर्वाद दिए पुग्छ ।

:)
 
Posted on 09-25-06 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D miste le tikaa layo aba puntedaa ko ma.
 
Posted on 09-25-06 5:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गाम्लेहरू, आज मेरो कथाको छैठौं भाग लेखिसकाएँ। यसभन्दा अघिका पाँच भाग पुराना चौतारीहरूमा पढि नै सक्नुभएको होला।

तितौराको तृष्णा

म बिस्तारै बिस्तारै काठ्माडौंको जीवनशैलीमा भिज्न थालेको थिएँ। बिहान सबेरैदेखि सुनिने मानिसहरूको आवाज, चराहरूको चिर्बिर, शंखघण्टाको ध्वनी अनि रेडियोमा बज्ने भजन अब मेरालागि स्वाभाविक हुन थालेको थियो।

हाम्रो घरभन्दा केही पर ढुंगेधारा नजिकैको पुरानो पाटीमा थुप्रै लोभलाग्दा तितौरा, चकलेट, आदि बेचिन्थे। ती पाउँहरू हेर्दा मुखमा पानी नआउने सायद कोही थिएन होला। हामी घरमा जम्मा पारेका सिक्काहरू लिएर पाउँ किन्न जान्थ्यौं। बुबा आमाले ‘तितौरा खानुहुन्न, पेट दुख्छ’ भनी गाली गर्नुहुन्थ्यो, तर हामी लुकीछिपी भए पनि तितौरा किनेर खान्थ्यौं। मलाई सुख्खा, नुनिलो भन्दा गुलियो र प्लाष्टिक भित्रको रसदार पाउँ मन पर्थ्यो, तर आफूसँग धेरैजसो पर्याप्त पैसो हुँदैनथ्यो, त्यसैले पाँच पैसा जाने नूनिलो तितौरा खाएरै चित्त बुझाउँथें।

मैले एकपल्ट अलि बढि पैसा जम्मा गरेर आफूलाइ मनपर्ने तितौरा किन्ने विचार गरें, त्यसकोलागि केही दिनसम्म तितौरा खाइन, पैसा एक एक गर्दै जम्मा हुँदै गयो। त्यो पैसा लिएर म गएँ तितौरा किन्न। मनमनै खुशी हुँदै तितौरा छान्न थालें, यौटा प्लाष्टिकमा रहेको कालो रंगको तितौरामा मेरो आँखा गयो, झोल पनि थियो त्यसमा, मेरो मुखमा पानी आयो। हतार हतार उक्त तितौरा किनेर खानथालें। साह्रै पिरो रहेछ, चटपट पनि उस्तै, मेरो निधारमा पसिना आउन थाल्यो।

बल्ल बल्ल तितौरा खान सक्याएर म घर पुगें, झिसमिसे साँझ परिसकेको थियो। आमाले सोध्नुभयो, ‘चित्रे, यति ढिलोसम्म कहाँ गएको थियौ?’

मैले जवाफ दिएँ, ‘ऊ त्यहीं बाहिर खेल्दै थिएँ।‘

आमाले मेरो अनुहारमा केही अनौठो कुरा देख्नुभएछ, ‘चित्रे, तिम्रो ओंठ कसरी सुन्निएको?’ उहाँले आत्तिंदै सोध्नुभयो।

मलाई तितौरा खाँदै गर्दा माथिल्लो ओंठ चिलाएको जस्तो त लागेको थियो, तर यसरी सुन्निएकै थियो भन्ने कुरा चैं बल्ल थाहा पाएँ। मैले तितौराको ‘त’ पनि उच्चारण गर्ने आँट गरिन, किनभने मलाइ थाहा थियो कि तितौरा खाएको कुरा आमाले थाहा पाउनु भयो भने मैले गाली खानु पर्छ भन्ने। त्यसैले मैले हत्त न पत्त भनें, ‘ऐय्या! मेरो ओंठमा किराले टोक्यो जस्तो छ!’

ऐनामा हेर्दा त मेरो ओंठ हनुमानको जस्तै मोटो देखिएको थियो। आमाले शंका गर्नुभयो, ‘ बाहिर केही किनेर खायौ कि?’

मैले हतारिंदै भनें,’ हैन, केही पनि किनेर खाएको छैन, मेरो ओंठमा किराले नै टोकेको हो।‘

तर म आफैंलाइ समेत यकिन थिएन, मेरो ओंठमा किराले टोकेको कि त्यो कालो तितौराले टोकेको भनेर।

*****************************************************************

मेरी कान्छी दिदीले स्कूलमा सिकेको अंग्रेजी मलाई सिकाउँदै थिइन्, ‘थाहा छ चित्रे, कसैलाइ जानेर या नजानेर चोट पुग्यो भने ‘सोरी’(sorry) भन्नुपर्छ।‘

मैले टाउको हल्लाएँ, अनि यसको प्रयोग कतै गर्नुपर्छ भन्ने निधो गरें।

मनिषको घर मेरो घर नजिकै थियो, हामी सँगै खेल्थ्यौं र कहिलेकाहीं सँगै तितौरा पनि किनेर खाने गर्थ्यौं। एकदिन हामी चानचुन पैसा लिएर सँगै त्यही पाटीमा तितौरा किन्दै थियौं, मैले आफ्नो पाइला सार्दा गल्तिले उसको खुट्टामा टेक्न पुगेछु। मनिष, ‘अय्याऽऽ‘ भनी करायो।

मैले दिदीले सिकाएको शब्द सम्झने कोशिश गरें, तर तत्कालै सम्झन सकिनँ, बल्ल एकछिन घोरिए पछि फूर्तिसाथ ,‘चोरी!’ भनें।

मैले त सोचेको थिएँ कि मनिष खुशी हुन्छ, तर मेरो सोचाइ विपरीत ऊ जंगियो, ‘के रे? चोर रे? मलाई चोर भनिस् तैंले! मैले के चोरें भन्?’

म छक्क परें। भनें, ‘मैले तिम्रो खुट्टामा टेकेको हुनाले पो ‘चोरी’ भनेको त।‘

मनिष फेरी पनि अकमक्क पर्यो, तर अरू केही बोलेन।

मैले मनमनै सोचें,’ यसलाई त मलाइ भन्दा पनि कम अंग्रेजी आउने रैछ!’

*****************************************************************

घरमा फलफूल खूब खाइन्थ्यो, केरा, सुन्तला, स्याउ, अनि मौसम अनुसार मेवा, आँप, उखु आदि। एक शनिवारको दिन बुबाले उखु ताछेर, काट्दै सबैलाई दिंदै हुनुहुन्थ्यो। मलाई गुलियो साह्रै मन पर्थ्यो। ‘जहाँ गुलियो त्यहीं चित्रे भुलियो’ भन्ने भनाई ममाथि ठ्याक्कै मिल्थ्यो। रसिलो उखुको टुक्रा दाँतले मजाले चपाएपछि निस्किने गुलियो झोल पिउँदै म रमाईरहेको थिएँ। बुबाले सबैलाई उत्तिकै टुक्राको भाग लगाएर दिनुभयो। मैले चाँडै खाई सिद्ध्याएँ, दिदीहरूले पनि खाए। एउटा भाग आमाको लागि थियो, तर उहाँ लुगा धुँदै हुनुहुन्थ्यो, माथि कौसीमा।
बुबाले मलाई भन्नुभयो, ‘चित्रे, जाउ यो भाग मम्मीलाई लगेर देऊ।‘

म उखुको टुक्राले भरिएको बटुको लिएर कौसीतिर उक्लिएँ। भित्रैबाट म कराएँ, ‘मम्मी, तपाईको लागि उखु ल्याएको छु।‘

लुगा धुँदै गर्नुभएको आमाले भन्नुभयो, ‘त्यहीं राख, यति धोई सिद्ध्याएर खान्छु।‘

मैले ‘हुन्छ’ भनें तर एक टुक्रा उखु खाउँ खाउँ लाग्यो र एक टुक्रा मुखमा राखेर चपाएँ। रसिलो उखु साह्रै मीठो लाग्यो।

त्यो सकिएपछि अर्को पनि खाउँ खाउँ लाग्यो, फेरी एक टुक्रा लिएर चपाएँ।

एक एक गर्दै उखु त आधा बाँकि भइसकेछ। म झसंग भएँ र आमालाइ बोलाएँ, ‘मम्मी, उखु खानुस् न।‘

‘ल हेर, यो त अझै त्यहीं रहेछ, त्यहीं राखेर जाउ न, म खाइहाल्छु नि’, आमाले भन्नुभयो।

अब म चूप लागें, तर अर्को एक टुक्रा पनि खाउँ खाउँ लाग्यो, र चपाएँ।

यस्तो गर्दा गर्दै त अब बटुकोमा तीन टुक्रा बाँकि भइसकेछ। म वाल्ल परें। तर जाबो तीन टुक्रा पनि के आमालाई दिनु भनेर सबै खाइदिएँ र बिस्तारै तल ओर्लिएँ।

लुगा धुन सकिएपछि आमा तल ओर्लिनु भयो। बुबाले सोध्नुभयो, ‘ उखु कस्तो थियो?’

‘खै मैले त खाएकै छैन’, आमाले उत्तर दिनुभयो।

‘अनि चित्रेले ल्याएर दिएन?’, बुबाले सोध्नुभयो।

‘ल्याएको त थियो, खै कता राखेछ मैले त देखिनँ।‘ आमाले भन्नुभयो।

‘चित्रे, तिमीले मम्मीलाई उखु दिन गएको होइन?’, बुबाले मलाई सोध्नुभयो।

मैले अन्कनाउँदै उत्तर दिएँ, ‘दिन लगेको त हो, तर मम्मी खान आउनै भएन, त्यसैले मैले नै खाएर सकाएँ।‘

आमा, बुबा र दिदीहरू हाँस्न थाल्नुभयो। म पनि ङिच्च दाँत देखाउँदै तल्तिर भागें।
 
Posted on 09-25-06 6:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिहिहि चित्रे तिमि त सारै को छट्टु रे'छौ सानो मा। खुब् हासे म त तिम्रो बाल्यकाल् को को कथा पढेर , रमाइलो भयो । ।अरु पनि लेख्दै जाउ है पढ्ने मान्छे को कमि छैन । :D
 
Posted on 09-25-06 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेहरु!!

तितौराको मजाको कथा पछि तितौरीको मजाको कमेन्ट हे हे हे :)
 
Posted on 09-25-06 11:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु यो आधा रातमा घाटमा लगेओ बुढोले काल कुरेको अस्तो, घाटा लाएको पसलेले गाहकि कुरेओ अस्तो कति मुन्छे कुर्नु, म गएँ सुत्न!!
 
Posted on 09-26-06 12:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुईक्क! दाउँ नला’र नाउ नै झण्डै डुब्यो! बेपत्तै हारियो नि! >:-(
 
Posted on 09-26-06 12:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुडेसकालाँ भाउजु सँअ घरधन्दा नअरेर क्यार्न खालमा पस्नु परेओ त?
लु बरु हाम्रोमा आउनुस, एसो चुरुप्प पारुम्ला तिनपानेओ झोल अनि भलाकुसारि अरम्ला। हारेओ पैसो र पोइला गएकि स्वास्निओ कुरो अर्नु बेकार छ भन्ते पैले पैले! :)
 
Posted on 09-26-06 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dada_Giri Posted on 09-26-06 1:58 AM Reply | Notify Admin
यो अनिशसित बाउचाल खेल्न कसैले नि सउतैन ल. जिम्माल बुडाले सउतैनन्.

- http://www.nepaljapan.com/read.php?section=headlines&topic=headlines&id=804


--------------------------------------------------------------------------------

Dada_Giri Posted on 09-26-06 2:00 AM Reply | Notify Admin
चौतारीयाँ टाँसेँ भनेको यता टाँसेर हिनेछु.
*******************************************************
मैले अर्को धागो बड चोरेर ल्याको ...दादा पनि गर्नु गर्नुनुहुन्छ ...:D.नेपाली लेख्ने जति सबै चौतारी नै होला जस्तो ........ जे भा'नि कुरो चै गज्जब को रे'छ सम्चरमा

अनि चित्रे तिमी अझै नि त्यस्तै छौ जस्तो लाउछ मलै त :):)

ल नमस्कार गर्न नै बिर्सेछु

नमस्कार है जिम्माल बा अनि पुन्टेदा , तितौरीलै नि नमस्ते
 
Posted on 09-26-06 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा, पुन्टेदा अनि सबैलाई नमस्कार

हाहा चित्रेले हसायो। कस्तो तितौरा र उखु को कुराले मुखमा पानी नै आयो। म त खाइहाल्छु क्यारे अब नेपाल गएर। :P:P

कुम्लेको "नमेको खसि" कथाले नि हसायो, मिठो थ्यो मासु त, मजा आयो। :D:D

कति नयाँ नयाँ हरु पनि आएछन्, दशै भनेर दक्षिणा सोहोर्न आएका त होइनन्? :P:P

पुन्टे दाई लाई त बोर् भए छ त, उत झुठो लग्या फेरि जुवामा हार्या, हरे :(

गौतमजी, मलाइ त आजकाल् चटारो छ के। मिसले "सबै काम मैले नै गर्न पर्नि?" भन्या जस्तै । अफिस् मा नि नेपाल जाने भे सबै काम भ्याएर जा रे। घरमा नि चटारो छ, फेरि जाने शपिङ् प्याकिङ् के के के के। यसो तितौरि र ठुलिले हेल्प गर्देलान् कि, भन्या खै तिनिहरुको नि त्यै ताल् जस्तो छ।

सबै चौतारीका गाम्लेहरुलाई विजया दशमीको हार्दीक शुभकामना छ है।
 
Posted on 09-26-06 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ मिसलाई नमस्ते गर्नै बिर्सेछु। नमस्ते मिस, के छ हजुर्को हाल्चाल?
 
Posted on 09-26-06 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, फेरि पुनि सबैलाई शुभकामना के रे।

कुरो ता केई छैन, रमईलो अर्दै अरम। चित्रेको पिरो, नुनिलो, गुलियो, अमिलो, सबै एकैचोटि मिसेर चईने, पेट खुस्केला जस्तो भो!

पिरती बुईनीलाई सप्रेम आशीर्वाद, धेरै पछि झुल्कियौ।
 
Posted on 09-26-06 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए पुन्टेदा !!!!मलै खै आशिर्वाद .....

प्रिति मेरो हालचल ठिक छ नि ..तिमिलै नि नमस्कार है मेरो
 
Posted on 09-26-06 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आच्या! मास्टर्नी नानीलाई छुटाएछु? थुईक्क मेरो खप्पर!

तीलको ढिस्को बराबरको आशिर्वाद ल, तपाईंलाई नि! तिकाको दिन सम्म त फुकिन्च रे, लाम लाओ को को छ दउखिना लिने। जुवामा हारेको, दउखिना उल्टो लिन पो पर्ला, गाँठे!
 
Posted on 09-26-06 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे भगवन!!! तिलको ढिस्को रे !!!?? कन्जुस !! :(:(
 
Posted on 09-26-06 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो मसिनो तीलको थुप्रोले बडेमानको ढिस्को बनाम्दा कतिवटा तील जाला, हिसाब अरम त! :D
 
Posted on 09-26-06 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D

हिडे म अब तिल गन्न :P
 
Posted on 09-26-06 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गन्दा गन्दै दिक्क लाग्ला फेरि! अलिक थोरै नै दिम् कि? गन्न सजिलो हुने अरि? :p
 
Posted on 09-26-06 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टेदा सान्नानि र मिस् लाइ मात्र रे आशिर्बाद्' मलाइ खै? :-( अझ हार्नु भएछ जुवामा लौ म त झन् वेस्टर्न् युनिअन् बाट् आउला दक्षिना भनेको , :D


सान्नानि ले हसाइ ,नया मन्छे हरु दक्षिना सोहोर्न आ'रे :D :D

सबै लाइ मेरो नमस्कार्
 
Posted on 09-26-06 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वेस्टन यूनियन त वेस्टन यूनियनै हो के रे तितौरी बुईनी, तर तो वेस्टन यूनियनले चईं यता’ट लानि मत्रै होईन, उता’ट ल्याम्नि काम नि अर्च के रे। जित्या भे यता’ट पठाईदिन्थिं, हारेसि उता’ट पाम्न! :D

लौ त नि, तिम्लाई नि मुरी मुरी आशिर्वाद! हेलिकउटर पाईलटै पोई पाएस्!:p
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS for Nepal likely to extend next week
सालीको चाक
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
I hope all the fake Nepali refugee get deported
Best Consultancy for H1 sponsorship in USA.
Trump admin revokes 18 months TPS extension for Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Homeowner Charged renting to illegal migrants
Measles vax deaths vs measles death in USA
Why some Nepali people pull each other's legs???
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
Don’t Just Read—Join the Conversation
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters